Skip to main content

फेसबुक बाटै बन्द को विरोध [Friday Tech]

माओवादी को आमहड्ताल लम्बिँदै जाँदा, फेसबुक जेनेरेसन ले, फेसबुक कै माध्यमबाट बन्द को विरोध मा आवाज उठाइरहेकाछन् । यही फेसबुक कै आवाजहरु, टिभि, रेडियो, पत्रपत्रिका, वेव र ब्लग मार्फत अधिकांशको bandaकान सम्म पुगिरहेको छ ।

फेसबुक मा, बन्द को विरोधमा ग्रुप  र फ्यान पेजहरु प्रशस्तै खोलिएका छन् । फेसबुक बन्दकर्ताहरुलाई गाली गर्न र विरोध गर्न को लागि मात्र सिमित रहेन । आज वसन्तपुर मा भएको शान्ति र्याली मा फेसबुक बाटै धेरै ले खबर थाहा पाए । फेसबुक मार्फत नै, आफ्नो उपस्थिति को मात्र जानकारी दिएनन्, फेसबुक जेनेरेसन राष्ट्रिय झन्डा फहराउँदै वसन्तपुर पुगे । मोबाइल, ल्यापटप मार्फत पलपल का गतिविधिहरु संसार सामु अपडेट गरिरहे । यो पक्कै पनि एउटा भिन्न र सफल अभ्यास थियो, नेपाली नेटिजनहरु को, शान्ति को पक्षमा ।

सोसल नेटवर्किङ साइट फेसबुक र ट्विटर मा बन्द का विरुद्ध आवाजहरु गुन्जिरहेकाछन् । पलपल मा नयाँ ग्रुप र फ्यान पेजहरु बनिरहेकाछन् । अनि प्राय: सबै नेपाली फेसबुक प्रयोकर्ता को फेसबुक मा कतै न कतै यही बन्द ले ठाउँ पाएको छ । मैले देखेको पेजहरु मध्ये मा कमैले मात्र बन्द को समर्थन गरेका छन्, अधिकांश नेटिजनहरु बन्द को विपक्ष मा छन् ।

Peace Rally to oppose Nepal Bandh - STILL ON भन्ने फेसबुक ईभेन्ट पेज मा हालसम्म २७ सय भन्दा बढि ले आफ्नो उपस्थिति जनाइसकेकाछन् । उनीहरुले त्यहाँ उपस्थिति मात्र जनाएनन्, काठमाडौँ मै हुने नेटिजनहरु सबै र्याली मा उपस्थित भए । त्यस्तै FNCCI, Nepal chamber of commerce, PAPAD & other non political organizations are going to organize a peace really to oppose the Bandh on May 7th Friday from basantapur at 9AM. Please joing the rally with your family and friends to show support. भन्ने मा १४ सय बढि ले आफ्नो उपस्थिति जनाएकाछन् भने Peace Rally नाम को ईभेन्ट मा करिब ३०० जना जति ले आफ्नो उपस्थिति जनाएकाछन् । फेसबुक को माध्यमबाट नेपाल मा पनि, यसरी हजारौँ ले सहभागिता जनाउनु ले नेपाली नेटिजनहरु फेसबुक मा झुन्डेर बस्ने मात्र नभइ, परिआउँदा सडक मै ओर्लिँदारहेछन् भन्ने कुरा प्रस्ट भएको छ ।fbस्मरणीय रहोस्, यी कुराहरु रमाइलो या टाइम पास को लागि गरिएको थिएन, फेसबुक मा सहभागिता जनाउने अधिकांशहरु वसन्तपुर मा पैदलै हिँडेर उपस्थित भएका थिए । माइक्रोसफ्ट नेपाल का एमएसपिहरु पनि, माइक्रोसफ्ट नेपाल को अगुवाइ मा शान्ति र्याली मा उपस्थित भएका थिए । शान्ति र्याली मा सहभागीहरु ले नेपाल को रा्ष्ट्रिय झण्डा फहराइरहेका थिए । सबै जना स्वतस्फुर्त रुप मा र्याली मा सहभागि भएका थिए ।

फेसबुक का पेज तथा ग्रुपमा नेटिजनहरु आ-आफ्ना रिस पोखिरहेकाछन् । सरकार र माओवादी दुवै देखि रुष्ट देखिएपनि, मुख्यत: सबैको आवाज बन्द को विरुद्ध केन्द्रित रहेको छ । बधाइ तथा धन्यवाद छ, नेपाली फेसबुक जेनेरेसनलाई !!! बन्द को विरोध फेसबुक बाटै !!!

ट्विटर मा ट्विट गरिएका आज का शान्ति र्याली का केही फोटोहरु:

Peace rally in Kathmandu Basantapur  Peace rally in Kathmandu Basantapur   Peace rally in Kathmandu Basantapur Madan Krishna n Haribansha wonderfully entertaining huge crowd of peace lovers in Basantapur  really huge, ppl at peace rally excited, clapping, hooting, moving slow. Whole New Road filled, extends 2 army ground

बसन्तपुरमा भएको शान्तिसभाका सहभागी। तस्बिरः चन्द्रशेखर कार्की बसन्तपुरमा भएको शान्तिसभाका सहभागी। तस्बिरः चन्द्रशेखर कार्की 1st and 2nd photo by: Ujjwal Acharya & 3rd,4th and 5th photo by: Dinesh Wagle

Comments

  1. अब त अत्ती भयो । मैले पनि ब्लगबाटै विरोध सुरु गरें ।

    छिटो जानकारी र तस्बिर सहितको अपडेटको लागि आभार !

    ReplyDelete
  2. यो पोष्ट पढुन्जेलसम्म बन्द फिर्ता हुने खबर आएको छ। भोलीदेखी आन्दोलनको स्वरूप परिवर्तन गर्छन् रे हेरू के हुन्छ ?

    ReplyDelete
  3. Facebook and SMS had helped a lot to make this rally a huge sucess i guess :)

    ReplyDelete
  4. अब त अत्ती भयो । मैले पनि ब्लगबाटै विरोध सुरु गरें ।

    छिटो जानकारी र तस्बिर सहितको अपडेटको लागि आभार !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post