Skip to main content

How Facebook Games (Apps) Make Money [Zynga Business Model]

भनिन्छ, फेसबुक मा ‘फार्मभिल्ला’, ‘माफियावार’  जस्ता ‘गेम, एप्लिकेशन’ बाट ‘जिङ्ग’ (Zynga, /zɪŋɡə/) ले वर्षेनी करोडौँ डलर आम्दानी गरिरहेको छ । गत साल (२०१०) मा पनि ‘जिङ्ग’ ले ‘फेसबुक एप्लिकेशन’ हरुबाट नै  सत्तरी-असी करोड डलर आम्दानी गरेको थियो । ‘जिङ्ग’ को बढ्दो लोकप्रियता का कारण उक्त कम्पनीले ‘फेसबुक एप्लिकेशन’ बनाउनै का लागि केही महिना पहिले भारतमै कम्पनी खोलेको थियो ।

‘फेसबुक को एप्लिकेशन’ बाट कसरी कुनै कम्पनी ले पैसो कमाउँछ, कसरी त्यो कम्पनी धनि हुन्छ ? सायद तपाई पनि यसै सोच्दै हुनुहुन्छ होला । साँच्चै ‘फेसबुक एप्लिकेशन’  बाट कम्पनीहरुले कसरी आम्दानी गरिरहेका छन् त ? आज हामी यसैको बारेमा चर्चा गर्दैछौँ ।

farm villeतपाईलाई थाहा नहुन सक्छ या याद नगर्नु भएको हुन सक्छ तर  ‘जिङ्ग’  जस्तो ‘फेसबुक एप्लिकेशन’ बनाउने कम्पनीहरुले ‘इमोशनल अत्याचार’ गरेरै आम्दानी गर्छन् भन्दा फरक नपर्ला । यसलाई अर्को वाक्यमा भन्दा, “मानिसहरुको मनोविज्ञानलाई नै ती कम्पनीहरुले ‘क्यास’ गर्छन्” । ‘फेसबुक एप्लिकेशन’ मा देखिने विज्ञापनहरु बाट ‘जिङ्ग’ जस्ता कम्पनी धनि भएका होइनन्, न कुनै ‘ब्यानर’ वा ‘ग्याजेट’ राखेर नै ! फेसबुकमा देखिने विज्ञापनबाट ‘फेसबुक’ ले आम्दानी गर्छ, ‘एप्लिकेशन’ बनाउने कम्पनीले हैन । हुन त सिधै पैसा तिरेर चलाउनु पर्ने ‘एप्लिकेशन’हरु पनि फेसबुक मा छन्, र त्यसबाट ती एप्लिकेशन बनाउने कम्पनीहरुले आम्दानी गरिरहेका छन् ।

जिङ्ग (Zynga) कम्पनीले कसरी आम्दानी गर्छ, ‘फेसबुक गेम एप्लिकेशन’ बाट ?

जिङ्ग को बिजनेस मोडल ‘साधारण’ छ, प्रयोगकर्तहरुलाई खेलमा अभ्यस्त गराउने, ‘एडिक्ट’ गराउने, भर्चुअल सामाग्रीहरु किन्ने बनाउने भर्चुअल पैसा (‘फेसबुक क्रेडिट’) बाट । प्रयोगकर्ता को ‘मनोविज्ञान’ लाई ‘पैसा मा सटही’ गर्न जिङ्ग सफल भएको छ तर पनि आम्दानी गर्न सोचेजति सजिलो भने पक्कै छैन । प्रयोगकर्ताहरु खेलको ‘एडिक्ट’ बनेपछि मात्र कम्पनीले आम्दानी गर्न सक्छ ।

fishville

उदाहरण का लागि ‘जिङ्ग’ ले बनाएको ‘फिसभिल्ला’ नामक फेसबुक ‘एप्लिकेसन’लाई लिउँ । ‘फिसभिल्ला’ मा ‘भर्चुअल एक्वारियम’ बनाएर माछा पाल्न सकिन्छ । ‘फिसभिल्ला’  भनेकै माछापालन गर्ने ‘फेसबुक गेम/एप्लिकेसन’ हो, जुन भर्चुअल रुपमा साथिहरु सँग खेल्न सकिन्छ । ‘फार्मभिल्ला’, ‘माफियावार’ आदि पनि भर्चुअल रुपमा नै, साथी/समूहमा खेल्ने ‘खेल’ हो । ती खेलहरु खेल्दै जाँदा, प्रयोगकर्ताहरु त्यसप्रति ‘एडिक्ट’ बन्न पुग्छन्, र नक्कली पैसा बाट सुरु भएको खेलमा सक्कली पैसा को प्रयोग सम्म हुन पुग्छ । मानविय संवेदना या भनौँ मानिसको मनोविज्ञान बाट नै ती कम्पनीहरुले आफ्नो आम्दानी गर्छन् ।

बिजनेस इनसाइडर का अनुसार ‘फिसभिल्ला’ भन्ने खेल मा थरिथरिका माछाहरुलाई एक्वारियम मा पालिन्छ । खेल भनेकै जित्न को लागि हो, अत: यस खेलमा प्रयोगकर्ताहरु आफ्नो एक्वारियमलाई राम्रो र स्तरिय बनाउन चाहन्छन् साथै, थरिथरि का माछाहरुले एक्वारियम सजाउन चाहन्छन् । अत: फेसबुकमा गेम खेल्नेहरु, अफलाइन हुँदा पनि, कसरी खेल जित्न सकिन्छ भनेर समूहमा बसेर छलफल गर्न पनि पछि पर्दैनन् । उनीहरु गेमखेल्न कै लागि फेसबुक मा साइन इन हुन्छन्, एकछिन थकाइ मार्छन् र फेरि खेल्न सुरु गर्छन् ।

खेल खेल्नलाई ‘नक्कली पैसा’ दिएको हुन्छ, जसबाट मन लागेको र किन्न सकिने कुराहरु किन्छन् खेलाडिहरु । उनीहरु भएको पैसा ले अझ धेरै ‘रिसोर्स’ किन्छन्, अनि त्यसलाई धेरै पारेर फेरि नक्कली पैसामै अरु खेलाडिलाई बेच्छन् ।

त्यसरी उनीहरु आफ्नो पैसा ‘फिसभिल्ला’ मा ‘सानो माछा’ किन्न मा खर्च गर्छन् ती माछाहरुलाई पाल्छन् र अरुलाई बेच्छन् अनि पैसा आम्दानी गर्छन् । तर खेलमा एडिक्ट भएपछि यस्तो अवस्था आउँछ कि, तपाईलाई विपक्षीलाई जित्नै मन लाग्छ । मान्छे को स्वभाव नै त्यस्तै हुन्छ, अर्को भन्दा म राम्रो गर्छु, म अगाडि जान्छु भन्ने भावना हुन्छ । अत: खेल मा एडिक्ट भएका प्रयोगकर्ताहरु, आफू जित्न या भनौँ आफूलाई सम्पन्न र धनि बनाउन फेसबुक को नक्कली पैसा लाई ‘सक्कली पैसा’ ले किन्छन् ।

mafia wars

जस्तो कि ‘फिसभिल्ला’  मा ‘नक्कली पैसा’ मा सानो सानो माछा पाइन्छ र ती माछाहरु ठूलो हुन धेरै समय लाग्छ, ती माछाहरु को लागि सिमित खान्की हुन्छ । तर तपाई आफ्नो विपक्षीले चाँही धेरै प्रगति गरेको देख्नुहुन्छ, खेल खेल्दै गएपछि तपाई को उद्देश्य नै विपक्षीलाई जित्नु हुन्छ, कारण जितबाट खेल को आत्मसन्तुष्टि मिल्छ । सँधै खेल हारियो भने खेल्न मन लाग्दैन, विपक्षीले पनि गिज्याए झैँ लाग्छ । अत: तपाई भित्र को संवेदना या भनौँ मनोविज्ञान ले तपाईलाई खेल जित्नै पर्छ भनेर घच्घच्याउँछ ।

अनि तपाई आफ्नो माछाहरुलाई छोटो समय मा वृद्धि गर्न, ठूला ठूला माछाहरु किन्न या भनौँ माछाहरु को आहार/खान्की किन्न, आफ्नो सक्कली पैसाले ‘नक्कली पैसा’ किन्नुहुन्छ र खेल खेल्नुहुन्छ । ती खेलहरुमा निकै थोरै पैसा तिर्ने भएका कारण, तपाईलाई पैसा गएको जस्तो लाग्दैन । तर खेल खेल्ने मान्छेहरु लाखौँ को सङ्ख्यामा भएका कारण, ‘जिङ्ग’ ले चाँही समष्टिमा धेरै आम्दानी गरिरहेको हुन्छ । अनुसन्धानका अनुसार एक व्यक्तिले एउटा खेलमा ३ डलर प्रतिवर्ष खर्च गरिरहेको हुन्छ । एकजना को आधारमा वर्ष को ३ डलर भनेको रकम निकै थोरै हो, तर लाखौँका सङ्ख्यामा प्रयोगकर्ताहरु संसारभर भएका कारण ‘जिङ्ग’ ले ‘फिसभील्ला’ जस्ता  ‘फेसबुक एप्लिकेशन’ बाटै करोडौँ डलर कमाउँछन् ।

and-thats-how-you-get-addicted-to-a-stupid-facebook-game

फेसबुक मा गेम खेल्नेहरु को हालत अन्तिम मा यस्तो हुन्छ रे ! :P


यो ब्लग बिजनेस इन्साइडर को लेख “How A Stupid Facebook Game Makes Zynga Millions” को आधारमा लेखिएको हो । अधिक जानकारी को लागि बिजनेस इन्साइडर हेर्न सक्नुहुन्छ ।

Comments

  1. Can't believe such things also exist. Its nice to know how people earn real money though virtual stuffs. Nice blog..

    ReplyDelete
  2. के तपाइ विश्वको कुनैपनि कुनामा आफुले निशुल्कमा चाहे जति एस.एम.एस पठाउन चाहनुहुन्छ ? www.meromaya.net मा जानुहोस् ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुगु अनुभव - यात्रा

...सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छ

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

My First Post on Blog

LUST : Worldwide Release [Watch Nepali Movie LUST] #Movie

Nepali blog “ Aakar Post ” has released a short Nepali Movie "LUST" in an Internet for the first time on 14th February on the occasion of Valentine’s Day. Watch Nepali Movie LUST Movie name: LUST Run time: 22 minutes 15 seconds Actors: Manisha Bista & Pawan Jha Director: Rajan Kathet Producer: Praveen Samuel Thapa Script/ screenplay: Abhimanyu Mani Acharya Dixit Cinematographer: Shail Shrestha Editor: Bijen Shrestha One line description of the movie: They have different plans for each other. Release Note:  We are happy to release an award wining ( BUDS Film Fiesta - Best Film Award ) Nepali Short Movie ‘LUST’ worldwide on our blog www.aakarpost.com  as a Valentine's Day gift. We hope it will be a perfect gift for you on the occasion of Valentine’s Day. May be, we are the first Nepali Blog to release Nepali Movie officially on Blog. We would like to thank, Film Production Team, our readers and viewers.

Subscribe to Aakar Post