Skip to main content

ट्विटर नयाँ डिजाइनमा, प्रयोगकर्ताले बुझ्नु पर्ने ५ कुरा

अप्रिलको पहिलो हप्ता सिमित प्रयोगकर्ताहरुको समूहलाई उपलब्ध गराएको नयाँ 'वेव प्रोफाइल' आजबाट ट्विटरले सबैका लागि खुल्ला गरेकोछ । फेसबुक र अन्य सोसल नेटवर्किङ साइटको दाँजोमा ट्विटरमा थोरै प्रयोगकर्ताहरु भएका कारण ट्विटरले नयाँ प्रयोगकर्ताहरुलाई आकर्षित गर्न केही समय अघि देखि विभिन्न तरिकाहरु परिक्षण गरिरहेको छ । अहिलेको नयाँ प्रोफाइललाई पनि त्यसैको निरन्तरताको रुपमा लिनसकिन्छ ।


ट्विटरमा भर्खरै भित्रिएको 'नोटिफिकेसन', चारवटा सम्म 'अपलोड' गर्न र ट्याग गर्न मिल्ने फोटो, अनि आज सबैका लागि सार्वजनिक गरिएको वेव प्रोफाइल आदिका कारण, ट्विटर अहिले फेसबुक झैँ देखिएकोछ । अझ केही प्रयोगकर्ताहरुको लागि त 'रिट्विट' को सट्टा 'सेयर', अनि युजरनेम विना 'रिप्लाइ' गर्ने फिचरहरु पनि ट्विटरले परिक्षण गरिरहेकोछ । यसका साथै ट्विटरले मोवाइल एप्सको पनि नयाँ अपडेटहरु छिटोछिटो दिइरहेकोछ तर नयाँ प्रोफाइल भने अहिलेसम्म 'वेव'को लागि मात्रै उपलब्ध छ । साँच्चै भन्ने हो भने, ट्विटर नयाँ प्रयोगकर्ताहरुको संङ्ख्या बढाउन लागिपरेकोछ ।

Old Twitter Layout
ट्विटरका अनुसार करिब ७६ प्रतिशत प्रयोगकर्ताहरु मोबाइलबाट ट्विटर चलाउँछन् । बाँकी २४ प्रतिशतले ट्विटरको 'वेव' भर्सन चलाउँछन् । कति प्रतिशत व्यक्तिले अरुको 'प्रोफाइल'मा गएर ट्विट हेर्छन् भन्ने कुरा चाँही स्पष्ट छैन, हुन त फेसबुकमा पनि प्राय: सबैले हेर्ने भनेको 'न्युजफिड' नै हो, थोरैले मात्र अन्य व्यक्तिको प्रोफाइलमा गएर उसका पोष्टहरु हेर्छन् ।

म प्राय: कमैमात्र ट्विटरको वेव भर्सन चलाउँछु, अत: यो ब्लग लेख्नु केही छिन अघिसम्म पनि मेरो प्रोफाइल पुरानै डिजाइनमा थियो । ट्विटर डटकममा लगइन गरेपछि, मेरो प्रोफाइल नयाँ डिजाइनमा रुपान्तर भयो । डिजाइन र फिचरका हिसाबले यो नयाँ डिजाइन अघिल्लो भन्दा राम्रो छ, तर फेसबुक झैँ देखिँदा खै के नमिलेको जस्तो लाग्नेरहेछ । 'पिन्ड् ट्विट', 'फिल्टर ट्विट' आदि नयाँ फिचरहरु राम्रा लागे ।

१) ठूलो प्रोफाइल फोटो: अब प्रोफाइलमा पहिलको भन्दा ठूलो फोटो देखिन्छ । ट्विटरमा फलोअर् बढाउन पनि प्रोफाइल फोटोले ठूलो भूमिका खेलेको हुन्छ । अत: ट्विटरमा आफ्नो अनुहार देखिने, या भनौँ आफू चिनिने किसिमको फोटो राख्दा राम्रो हुन्छ । तपाई फेसबुक, गुगलप्लस, इन्स्टाग्राम आदि विभिन्न साइटहरु चलाउनुहुन्छ भने, सबै नेटवर्कहरुमा एकै किसिमको प्रोफाइल फोटो राख्दा राम्रो हुन्छ ।

२) ठूलो कभर फोटो: सायद यही कभर फोटोको कारण पनि हुनसक्छ, ट्विटर फेसबुक जस्तो देखिएको । अब ट्विटरमा पनि आफ्नो ठूलो कभर फोटो राख्न सकिन्छ । पहिलेको कभर फोटो, अब नयाँ डिजाइनमा नमिल्दो देखिनसक्छ । अत: कभर फोटो परिवर्तन गर्ने समय आएको हुनसक्छ ।

३) पिन्ड् ट्विट: आफूलाई महत्वपूर्ण लागेका र अरुले यो चाँही हेरुन् है भन्ने हिसाबले गरेका आफ्ना ट्विटहरुलाई अब 'पिन' गरेर सबैभन्दा माथि राख्न सकिन्छ । यसो गर्दा, अन्य प्रयोगकर्ताले तपाईको प्रोफाइल हेरेको खन्डमा उक्त ट्विट देख्न सक्छन् ।


४) बेस्ट ट्विट: अरु भन्दा धेरै 'इंगेजमेन्ट' (रिट्विट, मेन्सन, रिप्लाइ) पाएका ट्विटहरु अन्य ट्विट भन्दा ठूलो आकारमा आफ्ननो प्रोफाइलमा देखिन्छन् ।

५) फिल्टर्ड ट्विट: प्रोफाइलबाट अब सिधै ट्विटहरु मात्रै हेर्ने, वा रिप्लाइ सहितका ट्विटहरु हेर्ने भनेर छान्न सकिन्छ । साथै, फोटो र भिडियो मात्रै भएका ट्विटहरु पनि सजिलै हेर्नसकिन्छ ।


बोनस: यी कुराहरुका अतिरिक्त ट्विटर प्रोफाइल हेरेर कसले कुन मितिमा ट्विटर चलाउनथाल्यो भन्ने कुरा थाहा पाउन सकिन्छ । यसअघि यो कुरा 'सोर्स कोड'मा मात्र हेर्न सकिन्थ्यो । प्रोफाइलको ठिक तल फोटो तथा भिडियोहरु 'मिडिया सेक्सन'मा देख्न सकिन्छ । ट्विटरले फोटो तथा भिडियोको ग्यालरीमा धेरै सुधार गरेकोछ । माथि (फिल्टर्ड ट्विटमा) भनिएजस्तै मिडियाबाट पनि सिधै फोटो र भिडियो मात्रै भएका ट्विटहरु हेर्नसकिन्छ । साथै, वाँया तर्फ नै अरुको प्रोफाइल हेर्दा अन्य कुनकुन साथीहरुले उक्त व्यक्तिहरुलाई 'फलो' गर्दा रहेछन् भनेर जान्न सकिन्छ ।
******************** ट्विटरसँग सम्बन्धित अघिल्ला सामाग्रीहरु ********************
ह्याचिङ ट्विटर पढेपछि [ट्विटरको भित्री रहस्य]
ट्विटर ह्यासट्यागको रामकहानी
आफ्ना पुराना ट्विटहरु डाउनलोड गर्ने तरिका
फलो फ्राइडे के हो? कसरी सुरु भयो? (Twitter Follow Friday #FF)
ट्विटर : फलो र अनफलो [Twitter Follow and Unfollow]

Comments

  1. I was wondering at first, how come the same person's profile show "# followers you know" and then got your message :-)
    Nice post !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ...

मेरो आउने बाटो हेरी, चौतारीमा कुर्छे होली । मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ।। आँखाभरि आसुँ लिई, वाटो छेक्न खोज्ने उनी । मेलापात आउँदाजाँदा, लुकिछिपि रुन्छे होली ।। चाँडै आउने वाचा गर, तिम्रो यादले मर्छु भन्थी । फर्की आउला कै'ले भनि, दिन मै'ना गुन्छे होली ।। एक्लो हुँदा कै'लेकाँहि, तस्विर हेरी रुन्छे होली । कै'ले टाँसी छातिभरि, कै'ले ओठ चुम्छे होली ।। -मुकुन्द "अनडेस्टिनी" बायोटेक, दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

Subscribe to Aakar Post