Skip to main content

आफ्ना पुराना ट्विटहरु डाउनलोड गर्ने तरिका

गत वर्ष डिसेम्बरमा ट्विटरले, प्रयोगकर्ताले आफ्ना पुराना ट्विटहरु डाउनलोड गर्न सक्ने सुविधा घोषणा गर्दै थोरै व्यक्तिहरुलाई ट्विट डाउनलोड गर्ने सुविधा दिएकोथियो । aakarpost-on-twitter

यो हप्ता मैले पनि आफ्ना पुराना ट्विटहरु हेर्ने सुविधा पाएँ । आफ्नो सबैभन्दा पहिलो ट्विट के होला, भन्ने कौतुहलता थियो, त्यो पनि पुरा भयो । ८५ एमबिमा अटाएका मेरा करिब ५९ हजार ट्विटहरु एकैपटक आफ्नो कम्प्युटरमा पाउँदा, एउटा बेग्लै किसिमको रमाइलो लाग्यो, किनकी ती प्रत्येक ट्विटहरुले मेरा पछिल्ला चारवर्ष कसरी बित्यो भन्ने कुरा देखाउँछ । मैले विर्सिएका कतिपय आफ्ना व्यक्तिगत घटनाहरु पनि, आँखा अगाडी आए । ती साना साना कुराले कति फरक पार्दोरहेछ भन्ने कुरा ति ट्विटहरु हेर्दा आज थाहा भयो । ट्विटर मेरो पलपलको खबर राख्ने अनलाइन डायरी भएको रहेछ ।

ट्विटरमा साथी कोही नहुँदा, कस्तो र कसरी ट्विट गरिएको रहेछ, अनि कहिले साथी भेटिए, अनि त्यसपछि ट्विटहरु कस्ता भए, मेरो दैनिकी कस्तो रह्यो, ती सबैकुराहरु आफ्ना अगाडी आए । विश्वकप फुटबल हुँदाताको फुटबलमय ट्विटर र तिजको बरिलै टपिक हेरेर अहिले पनि हाँसियो ! ट्विटिएका लिंक हेरेर आफूले अहिलेसम्म कति ब्लग लेखिरहेको रहेछ भनेर पनि एकछिन सोचियो, केही पुराना ब्लगहरु पढ्दा रमाइलो लाग्दैछ ।

ट्विट कसरी डाउनलोड गर्ने?

ट्विटरले ट्विट डाउनलोड गर्ने सुविधा सबैलाई प्रदान गर्दैछ । ट्विटरले आफूलाई पुराना ट्विटहरु डाउनलोड गर्ने सुविधा दिएको छ कि छैन भन्ने कुरा ट्विटरको सेटिङमा गएर हेर्न सकिन्छ । यदि तपाईको लागि पनि ट्विट डाउनलोड गर्ने सुविधा आइसकेको भए सेटिङ्स पेजको तल ‘Request Your Archive’ भन्ने बटन देख्नुहुनेछ ।

request-your-twitter-archive“Request Your Archive” क्लिक गरेर ट्विट डाउनलोड गर्न ट्विटरलाई ‘रिक्वेष्ट’ पठाउन सकिन्छ । अहिले ट्विट डाउनलोड गर्न धेरैले रिक्वेष्ट गर्ने कारण, ट्विटरले केही समय पर्खनुस भन्न नि सक्छ वा ट्विटरमा त्यति धेरै रिक्वेष्ट गरिएको छैन भने ट्विटरले ईमेलमा ट्विट डाउनलोड गर्ने लिंक पठाउने जानकारी दिन्छ ।

twitter-sorrytwitter-received-request

तपाईको रिक्वेष्ट पाइसकेपछि, ट्विटरले तपाईलाई केही समयपछि ईमेलमा ट्विट डाउनलोड गर्ने लिंक पठाउँछ ।

twitter-download-message

ईमेलमा आएको लिंक पच्छ्याउँदै ट्विट डाउनलोड गर्ने पेजमा पुग्छौँ ।

download-twitter-archive

डाउनलोडमा क्लिक गरेपछि तपाईको ट्विटहरु .zip file मा डाउनलोड हुन्छ । उक्त .zip file लाई extract गर्नुहोस् । उक्त .zip file भित्र ५ वटा फोल्डरहरु का साथै एउटा readme.txt, tweets.csv file तथा index.html फाइल हुन्छन् । readme.txt फाइलमा ट्विटरले यसलाई चलाउने तरिका उल्लेख गरेकोछ, जुन निम्नानुसार छ!

# How to use your Twitter archive data

The simplest way to use your Twitter archive data is through the archive browser interface provided in this file. Just double-click index.html from the root folder and you can browse your entire history of Tweets from inside your browser.

In the `data` folder, your Twitter archive is present in two formats: JSON and CSV exports by month and year.

* CSV is a generic format that can be imported into many data tools, spreadsheet applications, or consumed simply using a programming language.

## JSON for Developers

* The JSON export contains a full representation of your Tweets as returned by v1.1 of the Twitter API. See https://dev.twitter.com/docs/api/1.1 for more information. * The JSON export is also used to power the archive browser interface (index.html). * To consume the export in a generic JSON parser in any language, strip the first and last lines of each file.

To provide feedback, ask questions, or share ideas with other Twitter developers, join the discussion forums on https://dev.twitter.com.

index.html मा डबल क्लिक गर्नुहोस्, तपाईको ट्विटर अर्काइभ ब्राउजरमा खुल्छ! दायाँ भागमा रहेको वर्ष र महिनामा क्लिक गर्दै आफ्ना पुराना ट्विटहरु हेर्न सकिन्छ । यसका साथै माथि सर्चबारबाट पनि आफ्ना ट्विटहरु सर्च गर्न सकिन्छ ।

twitter-archive-aakarpost

फेब्रुअरी २००९ मा खाता खोलिएको भएपनि मैले पहिलो ट्विट चाँही अप्रिल २००९ मा गरेको रहेछु । मेरो पहिलो ट्विटमा एउटा स्माइली :) मात्रै रहेछ ।

my-first-tweet

तपाईले आफ्ना ट्विट डाउनलोड गर्नुभयो? तपाईको पहिलो ट्विट के रहेछ, तलको कमेन्टबक्समा लेख्नुहोला है।

Comments

  1. In reply to @thehiddenfact "Nepal is the only country that doesn't have a rectangular flag. Switzerland is the only country with a square flag. #THF" replied as "and Nepal is the only country which have both Sun and Moon in its flag....thats why its the most unique flag in the world"

    ReplyDelete
  2. हाहा ब्रो believe me, मेरो चौथो ट्वीटमा ब्रोलाइ मेन्सन गरेको रहेछु.. तेश्रोमा प्रमोदले ब्रोलाइ मेन्सन गरेको रिट्वीट अनि पहिलोमा प्रमोदलाइनै मेन्सन.. ;) जे होस् मेरो ट्वीटर सुरुवात गराउने क्रेडिट आकारलाइ र प्रमोदलाइ नै जान्छ.. धन्यवाद साथीहरु.. मलाई यति रमाइलो/राम्रो प्लेटफर्म देखाएकोमा अझ डोर्याएकोमा... :)

    ReplyDelete
  3. धन्यवाद ब्रो । :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

Subscribe to Aakar Post