Skip to main content

Posts

Showing posts with the label Life n Death

Every year, thousands of Nepali laborers migrate to the Middle East and Gulf for better paying opportunities. Unfortunately, very few actually get what they hoped for or what they were promised. Many are either severely abused their employers-physically, mentally and in case of women workers sexual abuse is high, or are forced to work under horrible conditions, and denied proper pay. Reports of Nepali workers suffering in a far away land has become a sad fixture in Nepali media. At the Tribhuvan International Airport, almost everyday you can find someone weeping for lost family member or loved one and waiting for their body to arrive. This video, from Guardian is especially painful and exposes the bitter truth behind tall promises made to Nepali workers. Amar Bahadur Bam is one name on the long list of Nepali workers living a bad dream in the Middle East. He is currently on Dubai death row. In 2003, notorious Mumbai gang wars came ashore in Dubai. Sharad Shetty, Indian busines

बिहानै एक जना मित्र राजेश केसीको ट्विटमा ‘भीम विराग आर. आइ. पी.’ भनेर लेखिएको देख्दा एक पटक आङ्ग ढक्क फूल्यो । हुन त भीम विरागले ७८ वर्षमा टेकिसकेका थिए । पोहोर साल पनि बेस्मारी बिरामी परेका थिए । यस पटक पनि अस्पतालमा भर्ना भएको कुरा केही दिन अघि थाहा भएको थियो । भेट्न जान पाइएको भने थिएन । संसारमा कसैको पनि अजम्मरी देह हुँदैन भन्ने पनि थाहा नभएको कहाँ हो र ? तर यति सबै हुँदाहुँदै पनि त्यो ट्विट लाई आँखाले सही पढे पनि मनले एकै पटक स्वीकार गरेन । दुइ पटक पढेपछि मात्र जिन्दगीको अन्तिम र कटु यथार्थ घन बनेर दिमागमा ठोक्कियो । भीम विराग रहेनन् । व्यक्तिगत रुपमा पनि संगत गर्ने अवसर पाइएका मान्छेहरुको अवसानले अलि धेरै बिचलित बनाउँछ । भीम विरागसंग पनि पछिल्लो समयमा थोरै तर सार्थक र आत्मीय संगत गर्न पाइएको कारणले होला, मन एकतमासको भएर आयो । मित्र आभासलाई फोन लगाएँ, उनले पाटन अस्पतालमै हो भनेपछि त्यता तिर हुइँकिंदा ती केही भेट र उनका कुराहरु मनमा खेलिरहे । उनले एकपटक गुनासो गरेका थिए, “मैले सिंगो आकाश कहिले पनि हेर्न पाइनं ।” उनको संकेत आफ्नो कुप्रिएको शरीर प्रति थियो । ठाडो भएर उभिन नसकेकोमा उन

केही हप्ता र महिना भएको थियो, पड्किएको, पड्काइएको खबर नसुनिएको तर आज फेरि एउटा दुखद घटना घट्यो ! पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्दिको बाहना देखाएर संयुक्त जातिय मोर्चाले केही निर्दोष व्यक्तिहरुको अनाहकमा ज्यान लिए ! जुनसुकै बाहनामा पड्काइएको भएपनि, यो अत्यन्तै निन्दनिय काम हो, यसै ब्लगमार्फत त्यस्तो जघन्य अपराधको घोर भत्सर्ना गर्दछौँ ! एकपटक मात्र पाइने मान्छेको जिवन सस्तो छैन, मान्छे जिवनको अगाडि त्यो पेट्रोलको मुल्य के नै छ र? तर होइन उनीहरुले पेट्रोल महंगो र मान्छेको जिवन सस्तो देखे ! मान्छे मारेर, कुनै क्रान्ति हुँदैन, कुनै विरोध हुँदैन, कुनै आन्दोलन हुँदैन, सहरमा बम र बारुद पड्काएर, मान्छे मारेर क्रान्ति गरेँ भन्नु मुर्खता मात्र हो ! सहरको बिचमा बम पड्काएर, मान्छेको जिवन हरेर, सान सँग आफूले पड्काएँ भन्छन् तर सोच्दैनन्, जो मारिए तिनका आफन्तलाई कति पिडा भएको होला ! जो मारिए, उनीहरु गइगए ! न उनीहरुलाई अब कुनै पिडा हुन्छ, न कुनै किसिमको दुख वा अभाव नै हुन्छ ! जति पिडा हुन्छ बाँच्नेलाई हुन्छ ! मान्छेका कति सपना अनि आशाहरु हुन्छन्, के सोचेर जिवनमा अघि बढिरहेकोहुन्छ तर अनाहकमा ज

‘एप्पल’ (Apple) का सह-संस्थापक (Co-Founder) तथा भूतपूर्व कार्यकारी प्रमुख (CEO), स्टिभ जब्स (Steve Jobs) को ५६ वर्ष को उमेर मा गएराती अमेरिकामा निधन भएको छ । म्याकिन्टोस् (Macintosh), आइपड (iPod), आइफोन (iPhone), आइप्याड  (iPad) जस्ता युगान्तकारी ग्याजेटहरुको निर्माण गरेर, चर्चाको शिखरमा रहेको ‘एप्पल’ ले एक कुशल अभिभावक गुमाएको छ भने, विश्वले एउटा दूरदर्शी व्यक्ति गुमाएको छ । सन् १९५५ मा सुरु भएको स्टिभ पल जब्स (Steve Paul Jobs) को जिवन सन् २०११ मा आएर टुङ्गिएको छ । स्टिभ को निधन पछि उनको परिवारले एप्पल मार्फत प्रेस वक्त्व्य जारी गर्दै, “परिवारहरु का विच शान्त वातावरण मा आज उनको को निधन भयो”  (Steve died peacefully today surrounded by his family) भनेर उल्लेख गरेकाछन् । सन् १९५५ को फ्रेवुअरी २४ मा सन-फ्रान्सिस्को मा जोन्ने (Joanne Schieble) र अब्दुलफत्ताह (Abdulfattah Jandali) को घरमा जन्म भएको उनलाई पल (Paul) र क्लारा जब्स (Clara Jobs) ले धर्मपु्त्र को रुपमा ग्रहण गरेका थिए । ओरेगन रिड कलेज (Oregon’s Reed College) को पढाइ विचैमा छोडेर स्टिभ जब्स क्यालिफोर्निया  फर्किए, जहाँ उनले

३० वर्षमा काठमाडौंले बीपी कोइराला, नारायणगोपाल, पारिजात, मदन भण्डारी, गणेशमान सिंह, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालालाई अपार श्रद्धासहित अन्तिम बिदाइ गर्‍यो, जसमा ठूलो सङ्ख्यामा नेपालीहरू धुइरिनुले उहाँहरूले रचेको इतिहासको समकालीन मूल्याङ्कनलाई जनाउँछ। आफ्नो समयको नेपाली राजनीतिको केन्द्रमा रहेका जङ्गबहादुर राणाका समकालीनहरू उनको उच्च मूल्याङ्कन गर्थे। तर, २५ फेब्रुअरी १८७७ मा पत्थरघट्टामा मृत्यु हुँदा तत्कालीन राजनीतिक दाउपेचका कारण काठमाडौंमा उनको अन्त्येष्टि हुन पाएन। उनलाई दागबत्ती दिने छोरा पद्मजङ्गले लेखेको जङ्गको जीवनी मा त्यो अन्तिम दिनको वर्णन छ। त्यस दिन तराईको वाग्मती किनारमा जङ्गबहादुरबाहेक अरू कुनै शासकको नाम नसुनेका ६ हजार मलामी जुटेका थिए। सती जान चितामा चढेका तीन श्रीमतीमध्ये हिरण्यगर्भकुमारीले आफ्ना पतिले सधैं देश र जनताको भलो चिताएको बताउँदै जीवनकालमा कदाचित् कसैलाई केही चोट पुर्‍याएका भए माफ गरिदिन विनम्र आग्रह गरिन्। कोतपर्वमा चार दर्जनभन्दा बढी पुराना भारदार मारेका जङ्गको दृष्टिकोणमा त्यो अपरिहार्य घटना थियो, जसले भीमसेन थापाको मृत्युपछिको अस्थिरता, नेपाल

M aybe. . we were supposed to meet the wrong people before meeting the right one so that, when we finally meet the right person, we will know how to be grateful for that gift. Maybe . . . when the door of happiness closes, another opens; but, often times, we look so long at the closed door that we don't even see the new one which has been opened for us. Maybe . . . it is true that we don't know what we have until we lose it, but it is also true that we don't know what we have been missing until it arrives. Maybe . . . the happiest of people don't necessarily have the best of everything; they just make the most of everything that comes along their way. Maybe . . . the brightest future will always be based on a forgotten past; after all, you can't go on successfully in life until you let go of your past mistakes, failures and heartaches. Maybe . . . you should dream what you want to dream; go where you want to go, be what you want to be, because you have onl

घडि हेरेँ ३ बजिसकेछ, आज डिसेम्बर १८ मलाई एयरपोर्ट पुग्न हतार भइरहेको छ । क्लास भए पनि आशालाई भेट्ने हतार ले म होस्टेल बाट आफ्नो सानो झोला लिएर निस्किँए, होस्टल मा भनिदिएँ, ‘आज म आउँदिन है, बाहिरै बस्छु’ । के गर्नु होस्टल बसेपछि कहाँ जान्छु, के गर्छु नभने पनि बाहिरै बस्ने भएपछि त भन्नै पर्यो नि, फेरी हाम्रो होस्टल मा यो जाडो महिना मा बेलुका साँढे छ बजे भित्र नै भित्र छिरिसक्नुपर्छ । हप्ता मा एकपटक बाहिर बस्न जान पाइन्छ अनि यसमा नि कुनै गडबढ भयो भने, होस्टल बाट फस्ट टाइम लास्ट वार्निङ पाइन्छ । आशा भन्दैथिइ साँढे चार बजेको फ्लाइट छ । कति वर्ष पछि म भेट्दैथिएँ, मेरो सबैभन्दा मिल्ने साथि, मेरी फुपुकी छोरी, मेरी दिदी आशालाई । म पुल्चोक क्याम्पस को गेटबाट हतार हतार निस्किएँ हिमालयन होटललाई दाहिने पारेर । हतार मा छु म, यो अफिसबाट फर्कने टाइम त हैन तर पनि थापाथली पुल मा जाम लागेको छ गाडिहरुको । जहिले आफूलाई हतार हुन्छ त्यहिले नै किन यस्तो जाम साम हुनु परेको होला, कहिले काँहि त यो हाम्रो देश को सिस्टम देखेर पनि दिक्क लाग्छ, मलाई नि आशा जस्तै बाहिर जाउँ जाउँ लाग्छ । सायद अब को २-३ वर्ष पछि चाँह

उसको मरण दिन र मेरो जन्म दिन, महिना, बार र वर्ष फरक भएपनि गते एउटै थियो । तर यस्ता कुराहरु मलाई पहिले याद थिएन तर अहिले यस्ता कुराहरु खुब याद आउँछ, अनि लाग्छ कहिँ कतै कुनै शक्ति को बास छ कि ? ‘कति कुरा नभनेर नै मिठा मिठा, मिठा हुन्छन्’ भने जस्तो पनि लाग्छ कहिलेकाँहि । यो अनौठो संयोग मात्र हो वा यसभित्र रहस्य नै केही छ त्यो त भन्न सक्दिन, तर पनि यदा कदा आफ्नो खप्पर मा लेखिएको कुराहरु सबै सही नै हुन्छन् कि जस्तो पनि लाग्छ । कोही नजिक भएर पनि केही कुरा मिल्न नसक्ने तर कोही टाढा र पराइ भएरै पनि सबै कुरा मिल्ने यो अनौठो संयोग को बारेमा कति जना जानकार छन् या भुक्तभोगि छन् त्यो त थाहा छैन तर यी कुराहरु जन्म मृत्यु सँग जोडिएर आएको सिलसिला भएकोले, कहिले काँहि तर्सिने पनि गर्छु । कोही भन्छन् केही पाउन केही गुमाउनु पर्छ, कोही यो त सबै भन्ने कुराहरु मात्र हुन् पनि भन्छन् । जब जब, यस्ता कुराहरु मन मा उव्देलित भएर आउँछन्, तब तब केही नराम्रो हुँदैछ या राम्रो को लागि नै हुँदैछ भन्ने कुरा छुट्याउन नै मुस्किल पर्छ । हुन त सबैको आ-आफ्नै धारणा हुन्छ जीवन को बारेमा, सबैले आफ्नै तरिकाले सोच्ने हुन् । यहाँ

कुनै अघोषित गन्तव्यतर्फ लम्कदैंछ ऊ लक्ष्यसंग जम्काभेट हुने आशमा निरन्तर निसन्देह अघि बढ्दैछ यात्री निरामय अर्थपुर्ण जीवनको खोजमा। उकालीसंग चढ्छन, ओरालीसंग झर्छन उसका पाइला तर हार मान्ने छैन साहसी यात्री उसका पाइलाका डोबले साथ दिने सहयात्री भेटिन्छिन, छुट्टिन्छन् तर कसैसंग रिस नराखि सबैको बन्छ ऊ प्यारो साथी। भोलीको कुनै चिन्ता छैन, न त कुनै भय नै छ, उसका पाइलाहरुले बाटो पहिल्याउने नै छन्, पुरातन यात्राको धर्म पछ्याउदैं छौं हामी सबै पनि यात्रीझैं कुनै अपरिचित अन्तिम विन्दुको पर्खाइमा दिन काट्दै। -- अन्जली

Listen to above Podcast - Fall of the Berlin wall. ब्रिटेन बाट प्रकाशित हुने साप्ताहिक नेपाली पत्रिका एभरेष्ट टाइम्स का सम्पादक शशी पौडेल को आवाज मा २० वर्ष अगाडि बर्लिन को पर्खाल ढलेको विवरण सुन्नुहोस् । शशी पौडेल यो पोडकास्ट मा आफूले देखेको कुराहरु वर्णन गर्दैछन् । हुन त यो पोष्ट नोभेम्बर ९ कै दिन पोष्ट गर्नु पर्ने थियो होला तर पनि आज पोष्ट गर्दैछु । जर्मनी अनि त्यसमाथि बर्लिन को पर्खाल भनेर धेरै नै सुनिएको भएपनि म चाँहि प्राय: बर्लिन को पर्खाल ढालिएको प्रंसग सँग चाँहि अलि बेखबर नै रहेछु । साँच्चै यो बर्लिन को पर्खाल ढालिएको घटना त एउटा ऐतिहासिक घटना रहेछ । जर्मनी भन्नासाथ मलाई त हिटलर को मात्र याद आउँथ्यो तर त्यसबाहेक यो बर्लिन को पर्खाल पनि ऐतिहासिक रहेछ । यो बर्लिन को पर्खाल ले सहरलाई मात्र नभइ, जर्मनीलाई नै पूर्वि र पश्चिम जर्मनी मा विभाजन गरेको थियो । सन् १९६१ को अगस्ट १३ देखि पूर्वी बर्लिनलाई घेरेर पर्खाल बनाउन थालियो । त्यो १३ फिट अग्लो १ सय ७ किलोमिटर लामो कंकि्रटको पर्खालको नजिक पुग्नेलाई देख्ने बित्तिकै गोली ठोकिन्थ्यो । भत्कने बेलासम्ममा पश्चिमतिर भाग्न खोज्ने

‘ क ठै ! अब ता मेरा दिन गै’गए ’ जगदीश दाइको यो मार्मिक विस्फोटनलाई मैले “ईमोस्नल ब्ल्याकमेल”को नाउँ दिएको छु । लेख्दा पनि आफू कति भावविह्वल हुनुहुन्थ्यो होला, मेरो मन त पतिङ्गर बनाएर उडाइदिनुभयो । २-३ सय पेजको उहाँको जीवनोपन्यास ‘अन्तर्मनको यात्रा’ पढ्दा मेरो मन सुरुको दुई-तीन पेजमै मैनबत्तीझैँ पग्लेको थियो । खुब रोएँ । तर आँसु एकथोपा पनि झारिन । सोचेँ, मृत्यूको घन्टी बजेको थाँहा पाउँदा त जगदीश दाइ सन्तोषका साथ बाँच्न प्रयत्नरत हुनुहुन्छ भने म त स्वस्थ छु, हट्टा-कट्टा छु, किन आँसु झार्ने ? यी आँसु म जगदीश दाइकै लागि बचाएर राख्ने छु । हरेक दिनलाई, हरेक छिनलाई जीवनको अन्तिम दिन र छिन मानेर बाँच्न सक्नु नै बुद्धिमानी हो । ‘मल्टिपल माइलोमा’ क्यान्सरको घातक रुप, विना पूर्व सूचना मृत्युको आवाज दिने ज्यान घातक रोग रे । हे भगवान ! माइलोमा तिमी नै लैजाउ, हामीलाई चाहिँदैन । त्यसले फेरी अर्को जगदीश दाइलाई सिकार नबनाओस् र फेरी अर्को प्रतिभाको विछोड नेपाली पाठकहरु सहन नसक्लान् । सङ्कुचित नेपाली विचारधारा र खोक्रो नेपाली जीवन शैलीप्रति व्यङ्ग्यवाण प्रहार गर्दै दाइ लेख्नुहुन्छ, “यहाँ (नेपालमा) जस्त

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ

म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु । समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप । मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए ।

विर हस्पिटल को आकस्मिक कक्ष, निकै नै दौड धुप छ । डाक्टरलाई, नर्सलाई भ्याइनभ्याइ छ, परिचय नखुलेको एक अपरिचत को शरीरमा धुकधुकी बाँकि छ । डाक्टरहरु उसलाई बचाउन प्रयासरत छन्, तर अफसोच हस्पिटल मा उसलाई चिन्ने कोही छैनन् । एउटा लावारिश नै भन्दा पनि हुन्छ, यतिखेर सम्म पनि परिचय खुल्न सकेको छैन उसको । उसलाई राखिएको कक्ष को एक कुना मा उसलाई बाटो मा भेटेर उपचारार्थ ल्याउने नर्स शैली उभिएकि छिन् । शैली को हात मा एउटा डायरी छ, जुन घटनास्थल मा उक्त अपरिचित सँगै फेला परेको थियो तर त्यसमा कहिँ पनि नाम लेखिएको छैन तर दर्जनौँ पेजहरु भरिएकाछन्। शैली विर हस्पिटल कै नर्स हुन्, उपचार मा उनी आफ्नो संलग्नता जनाउँदैछिन् । शैली ले त्यो घाइतेलाई कुपण्डोल को बाग्मती पुल मा भेटेकि थिइन । भर्खर झिसमिसे साँझ परेको थियो, एउटा बत्तासिएर गएको निजी गाडिले उसलाई अर्थात रविलाई ठक्कर दिएको थियो, ऊ ढुन्मुनाउँदै लड्यो, त्यो निजी गाडि एकपटक पनि नरोकिइ पत्पत धुवाँ उडाउँदै कुद्‍यो । त्यही गाडि पछि पछि ट्याक्सीमा आउँदै गरेकि शैली ले घाइतेलाई देखिन्, अनि आफ्नो, एउटा नर्सको दायित्व निभाउन, त्यो घाइतेलाई विर अस्पताल को आकस्मिक कक्

यहाँ म बम को कुरा गर्दैछैन, तर बम विस्फोटनले पारेको असर फोटो मार्फत देखाउँदैछु । हुन त फोटो को लागि भनेर छुट्टै ब्लग बनाएको छु, अनि कम्प्युटर टेक्नोलोजी को लागि अर्को बनाएको छु । तर अहिले एउटै ब्लगमा पनि समय दिन गाह्रो बैरहेको छ, अत: सबै ब्लग अपडेट गर्नु भनेको काम गाह्रै हुँदोरहेछ । हुन त म समय यही ब्लगलाई दिने गर्छु, अनि खासमा भन्ने हो भने, अरु ब्लगलाई प्रमोट पनि गरेको छैन तर पनि नतिजा सन्तोषजनक नै छ । यहाँ म दिनहुँजसो झुल्कन्छु भने अरु ब्लगमा महिनौँ पनि रेगुलर नहुन सक्छु, यसका आफ्नै कथाहरु छन् । खैर, आज को पोष्ट को प्रसंगमा जाउँ होला । यहाँ फोटोहरु राखिएको छ, करिब महिना दिन अघि रौतहटको चन्द्रनिगाहपुर मा बम पड्किएको स्थल को । बाँकि कुरा त यही फोटो अनि क्याप्सन ले भन्नेछ । एक महिना अघि दुई जना बालबालिका को मृत्‍यु हुने गरी चपुर चोक मा भएको बिस्फोटको कारणले सुकेको रुख । मध्यमाञ्चल महोत्सब को प्रचार को लागि राखिएको ब्यानर। गौरमा भएको उक्त महोत्सबमा भएको बिस्फोट ले गर्दा पुरै महोत्सब नै असफल भएको थियो। सबै फोटोहरु दाजु "मेलोडियस मिलन" ले अस्ति रौतहट जाँदा खिच्नुभएको हो । आजै केह

हजुरबुवा र म बिच कुराकानी भैरहेको छ । हजुरबुवालाई म पुराना कुराहरु सोध्दैछु, हजुरबुवा जवाफ दिनुहुन्छ, मेरो मन मा खुल्दुली झनै बढ्दै जान्छ । म सोध्छु “बा” (हजुरबुवा) दिनुहुन्छ, कुनै ईन्टरभ्यु लिएजस्तो । दशैँको कुराबाट सुरु भएको हाम्रो गन्थन धेरै पछाडि का पुराना कुराहरु सम्म पुगे । “पहिले नुन कसरी ल्याउनुहुन्थ्यो ?”, बा जवाफ दिनुहुन्छ – “दशैँ अगाडि माझिलाई १०-१५ रुपैँया दिएर लेकबाट आलु ल्याउन लागाइन्थ्यो, अनि तिहार पछि बेच्न पठाइन्थ्यो” । “वास्तवमा बाहुन बाठा नै हुन्, सबै माझिलाई फर्किँदा आफ्नो लागि एक पाथि नुन ल्याइ’दे भनिन्थ्यो, अनि सबैले ल्याउने भएकोले, धेरै भइहाल्थ्यो, वर्षभरिलाई पुग्थ्यो” । मेरो प्रश्न –“काम गरेको ज्याला दिइन्थ्यो त ?”, “काँ’दिनु, उनीहरुले लगेको ऋण नै फर्छौट हुँदैनथियो, तर काममा आएकालाई भने खाजा खुवाइन्थ्यो” – हजुरबुवाले भन्नुभयो । यस्तै कुराहरु भइरहेको वखत मैले प्रसंग बदलेँ । हुन त मलाई बुढा पुरानका “गफ” सुनिरहन मन लाग्छ । त्यही भएर पनि मैले कुरा अन्तै तिर मोड्ने हिसाबले सोधेँ “बा, यो विर, मसान, भुत प्रेत भन्ने हुन्छ ?”, “भूत भन्नाले याद आयो, एकपटक मेरो भुत सँ

“नहाँसेर बाँच्न नसकिने जिवन तर हाँसेर बाँच्न नपाएको मान्छे, आफैँमा कति ठूलो बिरोध हो ।” सायद यी माथिका हरफहरु साहित्यिक कार्यक्रम बुलबुल कै कुनै अंकमा सुनेझैँ लाग्छ । कहिलेकाँहि घोत्लिने गरेको छु, तिनै शब्दहरु माथि, तिनै भनाइहरु माथि ! साँच्चै, हाँस्नै नपाएको मन को पिडा कस्तो हुन्छ होला ? अनि पिडा कति अथाह हुन्छ होला ? अनुमान गर्न निकै नै मुस्किल छ । तिहार को टिका लगाइसकिएको थियो । अनि खाना खाएर दिउँसो एकछिन तेर्सो बसेथेँ, भुसुक्कै निदाएछु, बिउँझदा बेलुका को ४ बजिसकेको थियो । उठ्दा खेरि मोबाइल मा एसएमएस आ’को संकेत बजिरहेको थियो, हत्तपत्त एसएमएस हेरेँ, लगभग १ घन्टा भइसकेछ एसएमएस आएको, एसएमएस पढेँ । यहाँ एसएमएस मा के थियो भनेर उल्लेख नगरौँ तर एसएमएस मा कसैको वास्तविकता थियो, कसैको कथा थियो, अनि कसैको व्यथा थियो, अनि कसैको तितो यथार्थ थियो, अनि कसैका लागि बल्झिएको घाउ थियो । साँच्चै भन्ने हो भने, एसएमएस मा कसैको जिवन भोगाइको तितो यथार्थ र वास्तविकता थियो । अनि वर्णन नै गर्न नसकिने एउटा अथाह पिडा थियो, अनि ती पिडाहरु मेरो सामु छताछुल्ल पारिएको थियो एसएमएस मार्फत । “सुख बाँढ्दा सुख बढ्छ भन

“तिमीले आफ्नु कुरा भनेर तिम्रो फर्मालिटि पुरागर्यौ, तर किन सँधै म सँग मात्रै, किन जीवनको हरेक च्यालेन्ज मलाई नै आउँछ । के तिमी कल्पना गर्न सक्छौ, ४ महिनाको बिचमा एउटै घरबाट ३ लाश निस्कदाँ के हुन्छ ? अनिल, आज मेरो बहिनी को जन्मदिन तर कसलाई विस गरौँ म, कस्को सोख गरुँ म, यो संसार पापी छ, अनिल………. !” माथिका शब्दहरु एसएमएस को रुपमा प्राप्त भएका हुन् जब मैले दु:खद घटना भन्दै समवेदना को सन्देश एक साथीलाई एसएमएस को रुपमा पठाएको थिँए । करिब ४ महिना अघि आफ्नो बुबा र बहिनीलाई उनले एकैसाथ गुमाएकि थिइन्, र अहिले हजुरबुबालाई । एसएमएस पढेपछि, मन मा अनौठो तरंगहरु पैदा भयो, अनि फेरी किन मलाई मात्रै भन्ने साथीको वाक्य सम्झेँ, झनै आफैँलाई अप्ठायारो हुँदै गयो, यो खबरले म त मर्माहत भएँ भने उनी नहुने कुरै भएन । जसलाई पर्यो त्यसलाई मात्र थाहा हुन्छ चोट के हो ? हामी ले सान्त्वनाको स्वरदिने मात्र न हो । के यो दु:ख हामीले बाँडेर लिन सक्छौँ ? अनि मैले रिप्लाई गरेँ, “मलाई माफ गर, तिम्रो प्रश्नको जवाफ दिन एउटा शब्द पनि म सँग छैन, मात्र म त्यहाँ को स्थितिलाई सोच्नसक्छु अनि तिम्रो संवेदनालाई बुझ्न सक्छु, एक साथिका