Skip to main content

नितान्त आफ्नै गन्थन

उसको मरण दिन र मेरो जन्म दिन, महिना, बार र वर्ष फरक भएपनि गते एउटै थियो । तर यस्ता कुराहरु मलाई पहिले याद थिएन तर अहिले यस्ता कुराहरु खुब याद आउँछ, अनि लाग्छ कहिँ कतै कुनै शक्ति को बास छ कि ? ‘कति कुरा नभनेर नै मिठा मिठा, मिठा हुन्छन्’ भने जस्तो पनि लाग्छ कहिलेकाँहि । यो अनौठो संयोग मात्र हो वा यसभित्र रहस्य नै केही छ त्यो त भन्न सक्दिन, तर पनि यदा कदा आफ्नो खप्पर मा लेखिएको कुराहरु सबै सही नै हुन्छन् कि जस्तो पनि लाग्छ । कोही नजिक भएर पनि केही कुरा मिल्न नसक्ने तर कोही टाढा र पराइ भएरै पनि सबै कुरा मिल्ने यो अनौठो संयोग को बारेमा कति जना जानकार छन् या भुक्तभोगि छन् त्यो त थाहा छैन तर यी कुराहरु जन्म मृत्यु सँग जोडिएर आएको सिलसिला भएकोले, कहिले काँहि तर्सिने पनि गर्छु । कोही भन्छन् केही पाउन केही गुमाउनु पर्छ, कोही यो त सबै भन्ने कुराहरु मात्र हुन् पनि भन्छन् ।

जब जब, यस्ता कुराहरु मन मा उव्देलित भएर आउँछन्, तब तब केही नराम्रो हुँदैछ या राम्रो को लागि नै हुँदैछ भन्ने कुरा छुट्याउन नै मुस्किल पर्छ । हुन त सबैको आ-आफ्नै धारणा हुन्छ जीवन को बारेमा, सबैले आफ्नै तरिकाले सोच्ने हुन् । यहाँ कसैले कसैको लागि सोच्दैन, किनकी हामी ठान्छौँ, ‘आफू भलो त जगत भलो’ । हामी भाग्यवादी हौँ, त्यसपछि मात्र कर्मवादी हौँ । ‘भाग्य मा छ भन्दै मा डोको मा दूध दोहेर अडिन्छ र’ हामी नै भन्छौँ तर पछि भाग्य मा यस्तै नै रहेछ भनेर चित्त बुझाउँछौँ, थाहा छैन यो आफैँ मा कति विरोधाभासपुर्ण छ ।

कतिले याद गर्नुभएको होला, कुनै कुनै क्षण मा आफूलाई यो क्षण त मैले पहिले पनि एकपटक व्यतित गरिसकेको छु जस्तो भान पर्छ । यही समय, यही क्षण अनि यस्तै अवस्था थियो झैँ लाग्छ कहिलेकाँहि, खै थाहा छैन त्यस्तो किन लाग्छ तर पनि कहिलेकाँहि महशुस हुन्छ, ठ्याक्कै यही कुरा पहिले पनि भएको थियो या गरिएको थियो । तर पनि मलाई आज आफ्नो जन्मदिन अनि उसको मरणदिन को गते एकैदिन हुनु ले अचम्मित तुल्याइरहेको छ, अचम्मित यसअर्थ मा पनि कि, त्यसपछि केहि परिवर्तन आएको छ, अवस्था मा, सोचाइ मा ! तर अचम्म मैले उसलाई चिनेको छैन र देखेको पनि छैन, मेरो जीवन का कुनै पाटा र छेउहरु मा पनि उसले छुँदैन, भविष्य मा कतै जोडिएछ भने अलग कुरा, साँच्चै उ सँग मेरो गोरु बेचेको साइनो पनि छैन, अनि उसले यो संसार छाडेको केही वर्ष भइसकेकोछ । अस्ति यत्तिकै एकजना ले सोधिदियो, आज कति गते ? म झल्याँस्स भए, उ आफ्नै ताल मा थियो, तर उसको पनि त्यही गते सँग नै सम्बन्ध रहेछ । मैले यति गते भनेर भनिदिँए, उ चुप नै लागिरह्यो, मेरो मन मा त्यही कुरा जोड ले ठोक्कियो, मैले मन मनै त्यही कुरा सम्झेँ तर मैले भनिन कारण उ पनि त्यही गते सँगै सम्बन्धित थियो, त्यो दिन मेरो जन्म दिन को गते नै परेको रहेछ ।

सायद, आज दिमाग खालि खालि भएर पनि यस्तो सोच्न आएको होला, नकारात्मक भावना ले थिचिरहेको होला अनि, त्यसभन्दा बढि डर या भनौँ गलत मानसिकता ले काम गरिरहेको होला, यो हुँदै होइन भन्ने जान्दा जान्दै पनि । हुन त, यो लेख्न सुरु गर्दा, अर्कै सोच्दै थिँए, त्यही जन्म र मृत्यु को बारेमा । तर मलाई आफैँलाई डर लागेर आयो त्यस्ता कुराहरु लेख्न । भैगो, आफ्नो जीवन का ती पाटाहरु को बारेमा यहाँ नलेख्दा नै उचित होला, तर मैले जुन देखिरहेको जस्तो लाग्छ, जुन सोचिरहेको जस्तो लाग्छ, ती कुराहरु मिल्दै गयो भने कुनै बेला पछि लेखौँला, कुनै संयोग या शिलशिला को नाम दिएर ।

अध्यात्मका किताबहरु को खासै गहन अध्ययन त छैन तर कहिलेकाँहि दिग्गजहरु का वार्तालाप सुन्दा, अध्यात्म पट्टि पनि चासो बढेर आउँछ । अनि कहिलेकाँहि लाग्छ, अध्यात्मवादलाई छाडेर हामी कहीँ जानै सक्दैनौँ, हामी जहाँ जान्छौँ, सँगै हाम्रो दर्शन पनि सँगै गइरहेको हुन्छ । यो गन्थन भित्र सायद मैले मात्र बुझ्नसक्ने भाव छ जस्तो नि लाग्छ, कारण मैले यहाँ खासै भेद खुलाउन चाहेको जस्तो मलाई लाग्दैन, जे जति कुराहरु छन् आफ्नै मन मा छन् । त्यस्ता कुराहरु मन मा राख्दा कहिँ दुर्घटना त हुने हैन भन्ने डर ले पनि यहाँ केही जेपिटि कुराहरु टाइप गर्दैछु, भविष्य मा यस्ता कुराहरु आएछन् भने यो नै मेरो लागि रिफ्रेन्स हुनेछ । सायद यो आफ्नो सम्झना को लागि लेखिएको पोष्ट मात्र हो, अनि यो म बाहेक कसैसँग सम्बन्धित छैन । यदि सम्बन्ध छ भने, मेरो जन्मदिन र उसको मरण दिन को गते सँग मात्र । म यही कुरालाई रिफ्रेन्स मानेर केही कुरालाई नियालीरहेको छु, कुनै दिन निचोड निकाल्न सकेँ भने यहाँ फेरि लेख्ने नै छु, हामी भाग्यवादी मान्छेहरु भनेर ।

केही कुराहरु अनौठा अनि अचम्म हुनेरहेछन्, मैले वरिपरि जति जे देखेँ, त्यसले मलाई त्यस्तै लाग्छ । अघि भर्खर पनि मैले उसलाई यस्ता कुराहरु भनेँ, थाहा छैन उसले कति बुझ्यो ? भावना मा बग्ने कुरा अनि प्राक्टिकल लाईफ का कुराहरु मा नितान्त धेरै भिन्नताहरु हुन्छन्, म उसलाई यही नै सम्झाउँदै थिँए, केही पहिले । उसले बुझेको जस्तो त गर्यो तर म विश्वस्त छु, उसले मेरो कुरा पत्याएन । यो कसैको कुरा मान्नु, सुन्नु र पत्याउनु पनि एउटा समय हुँदोरहेछ । हो मान्छेलाई, कहिलेकाँहि एकदम वकवास र वाहियात कुरा पनि कति राम्रो लाग्छ अनि कहिले काँहि धेरै राम्रो कुरा पनि एकदम नराम्रो र झुर लाग्छ, अझ भनौँ, पुरातनवादी भन्यो भने कुरै खत्तम । कोही परेर जान्छन्, कोही पढेर भन्छन् तर केही यस्ता कुराहरु पनि रहेछन्, जुन देखेकै भर मा पनि जानिँदोरहेछ । म उसलाई त्यही कुरा सम्झाउँदै थिँए अघि पनि, आफू निकै जान्ने सुन्ने भएसरी अनि कुनै दर्शन शास्त्र पढाएजस्तो गरि । मैले सिधै भनिदिएँ, लक्षण राम्रो देखिएको छैन है, बेलैमा होश गर ! उसले आखिर मा हो मा हो त मिलायो तर पनि कता कता डर लाग्दैछ। समग्र मा भन्दा यो सबै गन्थनहरु को रिफ्रेन्स चाँहि उ नै हो । आगे हेर्दै जाउँला, अध्यात्म को कसीमा यी कुराहरु जाँचेर हेर्दै गरौँला । अहिलेलाई यो नचाहिने र नबुझिने अनि आफैँलाई मात्र चित्त बुझाउन लेखिएको गन्थन यत्ति नै !

imgsrc: alvalentine.wordpress.com

Comments

  1. Confusing :)

    Maile ali ali bujhna sake...timi le k bahnna khojeko...Practical life ko kura gareko chau...bastav ma timro janam din ra usko maran din ekai din parnu yeuta samyog ko kura matra ho....

    We feel we are related to somebody...tht is natural...bt tht is a mere coincidence...my fren...u don have to be sad becoz of tht....because daily there are so many ppl dying...u know the incident...tht when I was celebrating my bro's wedding and wht had happened....

    Death is inevitable....and its a debt to be payed by all...We all need to die one day...and the same day some one will get birth isn't it... ????

    ReplyDelete
  2. जन्म मृत्युका कुरा, भाग्यका कुरा, संयोगका कुरा आदि ईत्यादि कुराहरूको विश्लेषणमा गहिरो खोज र चिन्तनको आवश्यकता पर्छ जस्तो लाग्छ, अनि मात्र यस्ता कुराहरूमा हामी पनि तर्क गर्न सक्छौ होला । मलाई थाहा छैन आकारले कति चिन्तन गरेको छ यसबारेमा(हुनत केहि खोज अनुसन्धान गरेरै लेखेको जस्तो लाग्यो मलाई यो लेख) तर मलाई केहिपनि कुरा भन्ने हुति भएन । कारण यस्ता कुरा मैले कहिल्यैपनि सोचेको छैन । विचमा अध्यात्मको कुरो चाहिँ साह्रै मनपर्यो । सायद मेरो नि चाख भएर होला यसप्रति । सार कुरो केहि भन्नै आएन । कुरो मज्जाले खुलाएर लेखेको भए अझ राम्रो हुने थियो कि?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Subscribe to Aakar Post