Skip to main content

Posts

Showing posts with the label Life n Death

नेपाल को पूर्वि भाग जलमग्न छ । कोशी व्यारेज मा आएको बाढिका कारण ५० हजार भन्दा बढि मानिसहरु विस्थापित भएका छन् । जे जति क्षति भएको छ, अनि जति पिडा छ, त्यो त बाढिपिडित सँग मात्र छ अरु को लागि त यो केही होइन, सबैलाई रमिता नै छ । हो साँच्चै यहाँ एक नेपालीलाई दुख्दा अर्कोलाई हाँस उठ्छ । अनि पुर्व को आवाज पश्चिम ले सुन्दैन अनि पश्चिम को आवाज पुर्व ले सुन्दैन अनि समग्रमा जनताको आवाज सरकारले सुन्दैन, यदि सरकार बहिरो नभइदिएको भए सायद हामी ले बाढिका कारण यती धेरै क्षति व्यहोर्नु पर्ने थिएन । कोशी को ड्याम फुटेर गाउँ मा पसेको बाढिका कारण सबैतिर जलमग्न छ । टाढा-टाढा सम्म पानी छ, अनि पानी मा हेलिँदै मान्छेहरु हिँडिरहेकाछन्, कोहि आफन्त खोजिरहेकाछन्, कोही सबथोक गुमाउनुको पिडा ले रोइरहेकाछन् । समाचार मा देखाइएका यी दृश्यहरु निकै नै मार्मिक छन् । कोही घाइते छन्, कतै के बगाइरहेको छ, कतै के, अनि जमिन देख्न पाइएको छैन । बाढिले यति ठूलो उपद्रो गरिसकेको छ अनि उद्धारको काम पनि जारी छ तर केही व्यक्तिहरु चाँही धनि बन्न खोजिरहेकाछन् । उनीहरु पानी मा आफन्त खोजे झैँ, सम्पति फेलापार्न लागिपरेकाछन्, कसैलाई यो बाढि