Skip to main content

Posts

विगतका वर्षहरु झैँ यसवर्ष पनि काठमाडौँ विश्वविद्यालय युथ रेडक्रस सर्कल ले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । यही २००८,नोभेम्बर १० तारिख सोमबार (कात्तिक २५ गते) का दिन, केयु युथ रेडक्रस सर्कल ले काठमाडौँ विश्वविद्यालय, धुलिखेल प्रांगण मा रक्तदान को कार्यक्रम आयोजना गर्दैछ । ईच्छुक व्यक्तिहरुलाई सो दिन, केयु मा उपस्थित भएर रक्तदान गरिदिनहुन यसै ब्लगमार्फत अनुरोध गरिन्छ । बिहान करिब ११ बजे देखि रक्तदान कार्यक्रम सुरु हुने कुरा, काठमाडौँ विश्वविद्यालय युथ रेडक्रस सर्कल ले जनाएको छ । स्मरणिय रहोस्; "रक्तदान जिवनदान हो" "क्लब '०७" ले प्रसिद्ध हाँस्यव्यंङ्ग्य कलाकार मनोज गजुरेललाई हाँस्यव्यंङ्ग्यात्मक कार्यक्रम का लागि काठमाडौँ विश्वविद्यालय मा निम्त्याउँदै छन् । मिति: मंसिर ८ गते स्थान: काठमाडौँ विश्वविद्यालय,धुलिखेल समय: बेलुका ठिक ४ बजे त्यस्तै २००८, नोभेम्बर १२ तारिख बुधबार (कात्तिक २७ गते) का दिन काठमाडौँ विश्वविद्यालय जियोम्याटिक्स ईन्जिनियरिङ सोसाइटिले "ग्रेटर नेपाल" (Greater Nepal - In Quest of Boundary) नामक वृत्तचित्र को प्रदर्शनी गर्ने भएको छ

केही समययता: ईन्टरनेटमा नेपाल का अर्थमन्त्रि डा. बाबुराम भट्टराई को फेसबुक प्रोफाइल का बारेमा चर्चा भैरहेको छ । कोही भन्छन् यो भट्टराई को नक्कली फेसबुक प्रोफाइल हो, अनि कोही भन्छन् यो नै सक्कली हो । उनी बाबुराम भट्टराई नै हुन् । यस्तै-यस्तै खुल्दुलीहरुले निकै चर्चा पाएको छ वेवसाइट र ब्लगहरुमा अनि व्यक्तिगत भेटघाट का बखत पनि केही हदसम्म भट्टराईको फेसबुक प्रोफाइल को चर्चा हुने गरेको थियो । "होइन होला, काँ मन्त्रि फेसबुक चलाएर बस्छन् ?", "हैन, यीनी कम्प्युटर प्रविधि - ईन्टरनेटमा चासो राख्छन्, अनि फेसबुक पनि यीनकै हो रे", यस्तै-यस्तै कुरा चलिनैरहेको छ । फेसबुक बिना अहिले के के नभएजस्तो लाग्न थालेको छ, फेसबुक का प्रयोगकर्ताहरुलाई । अत: फेसबुकमा एकपटक छिरेपछि मान्छे त्यहाँ भित्र नै हराउँछ । सिम्पल र क्लियर डिजाइन अनि चलाउन सजिलो भएकोले प्राय: सबै यसतर्फ आकर्षित हुँदै गएकाछन् । खैर, यहाँ म डा बाबुराम भट्टराईको फेसबुक प्रोफाइल को बारेमा चर्चा गरिरहेछु । हामीहरुका विभिन्न अड्कलबाजीहरुका बिच, आज भट्टराईको एक पत्रले,फेसबुक प्रोफाइल भट्टराईकै हो भन्ने कुरा पुष्टि भएको छ । इन्टन

यहाँ पनि मोबाइल कै कुरा । मोबाइल अर्थात अहिले हामीले भोगिरहेको नेटवर्क को समस्या । हुन त यहाँ कुरा गर्नलाई विषयको खाँचो छैन । विषय प्रशस्त छन्: जस्तो कि, यहाँ को लोडसेडिङ, अनि दिनैपिच्छे बन्द भैरहने बजार र राजमार्ग, डान्सबार को रात्रिजिवन मा बन्देज लागेपछि को अवस्था, क्यासिनो काण्ड,फुटपाथको आन्दोलन, अनि राजनितिक दाउपेचहरु, खानेपानीको समस्या, अनि बेला-बेला उपराष्ट्रपति को बोलि ले ल्याउने तरंग, अनि कोही लुटिइरहेका, कोही मरिरहेको अवस्था आदि ईत्यादी ! यहाँ समस्याको जालो मात्र देखिन्छ तर नेताले गर्ने प्रत्येक भाषण मा "नयाँ नेपाल" भन्ने शब्द हुन्छ, जुन सुन्दा साह्रै कर्णप्रिय लाग्छ तर व्यवहारमा लागु नभइदिनाले गर्दा हामीले मनको लड्डु घिउ सँग खाएर बस्नु बाहेक अर्को कुनै उपाय छैन । लोडसेडिङ को कुरा पुरानो भै'सक्यो भन्दा हुन्छ र अब लोडसेडिङ बाट पार पाउन कम्तिमा पनि ४-५ वर्ष कुर्नुपर्छ रे ! अनि बारम्बार हुनेगरेको बन्द को महिमा पनि कम छैन । तर एउटा कुरा चाँहि उदेक के छ भने, काठमाडौँ उपत्यका मा गरिएको बन्द १-२ दिन मै पारलाग्छ तर विभिन्न जिल्लामा हुने बन्दहरु भने निकै लामो समयसम्म लम्ब

“नहाँसेर बाँच्न नसकिने जिवन तर हाँसेर बाँच्न नपाएको मान्छे, आफैँमा कति ठूलो बिरोध हो ।” सायद यी माथिका हरफहरु साहित्यिक कार्यक्रम बुलबुल कै कुनै अंकमा सुनेझैँ लाग्छ । कहिलेकाँहि घोत्लिने गरेको छु, तिनै शब्दहरु माथि, तिनै भनाइहरु माथि ! साँच्चै, हाँस्नै नपाएको मन को पिडा कस्तो हुन्छ होला ? अनि पिडा कति अथाह हुन्छ होला ? अनुमान गर्न निकै नै मुस्किल छ । तिहार को टिका लगाइसकिएको थियो । अनि खाना खाएर दिउँसो एकछिन तेर्सो बसेथेँ, भुसुक्कै निदाएछु, बिउँझदा बेलुका को ४ बजिसकेको थियो । उठ्दा खेरि मोबाइल मा एसएमएस आ’को संकेत बजिरहेको थियो, हत्तपत्त एसएमएस हेरेँ, लगभग १ घन्टा भइसकेछ एसएमएस आएको, एसएमएस पढेँ । यहाँ एसएमएस मा के थियो भनेर उल्लेख नगरौँ तर एसएमएस मा कसैको वास्तविकता थियो, कसैको कथा थियो, अनि कसैको व्यथा थियो, अनि कसैको तितो यथार्थ थियो, अनि कसैका लागि बल्झिएको घाउ थियो । साँच्चै भन्ने हो भने, एसएमएस मा कसैको जिवन भोगाइको तितो यथार्थ र वास्तविकता थियो । अनि वर्णन नै गर्न नसकिने एउटा अथाह पिडा थियो, अनि ती पिडाहरु मेरो सामु छताछुल्ल पारिएको थियो एसएमएस मार्फत । “सुख बाँढ्दा सुख बढ्छ भन

YOU DIDN'T SEE, MY LIPS ARE SEALED SO YOU ASK, FOR A LARGE SMILE THAT'S WHY IM SORRY YOU DIDN'T SEE, MAKING MY FEELINGS FUN SO YOU ASK, TO STIR IN LAUGHTER THAT'S WHY IM SORRY YOU DIDN'T FEEL, MY HEART IS BROKEN SO YOU ASK, TO BE HAPPY THAT'S WHY IM SORRY U DIDN'T SUFFER, THE BITTERNESS EVER SO YOU ASK, TO TRUST YOU UPON THAT'S WHY IM SORRY YOU DIDN'T FEEL, LET DOWN BEFORE SO YOU ASK, TO MAKE RASH PROMISE THAT'S WHY IM SORRY Mukunda Undestined BIO.TECH 2nd year KU

खै, के हो त्यतिसारो चाँहि बुझिएन तर पनि ठूलै अनुष्ठान भैरहेको थियो त्यस मन्दिरमा ! सायद कुनै सम्प्रदाय को मन्दिर थियो, सायद कृष्ण प्रणामी, वैष्णब या अन्य यस्तै कुनै सम्प्रदायको कार्यक्रम त्यस मन्दिरमा थियो । कार्यक्रम या अर्थात पुराण या अन्य यस्तै केही धार्मिक कार्यक्रम थियो, जहाँ ठूला – ठूला पण्डितजीहरु प्रवचन दिनेगर्थे । दिनहुँ भक्तजनहरु आउँथे, गुरुहरुका प्रवचन सुन्थे, फर्कन्थे । प्रवचन को बिच-बिचमा भजनहरु हुन्थ्यो, भजनमा ती बुढाबुढीहरु पनि उठेर नाच्ने गर्थे, निकै रमाइलो हुने गर्थ्यो, त्यो प्रवचन को कार्यक्रम । मुख्य रुपमा प्रवचनमा पण्डितहरुले सबै का ईश्वर एकै हुन् भनेका भएपनि, आफ्नै सम्प्रदायलाई माथि देखाउँथे, अरु का दाजोँमा । आफ्नो सम्प्रदाय ठूलो र विशाल छ भन्थे । तर यसो भन्दैमा त्यहाँ, हिन्दु, मुस्लिम, ईशाइ धर्मआदिलाई होच्याउने काम भने भएको थिएन । मात्र यही सनातन हिन्दु धर्म का हामी एक सम्प्रदाय हौँ भन्थे, तर आफूलाई जस्तोसुकै तर्क दिएर भएपनि माथि पार्थे । उदाहरणका लागि, प्रणामी को कार्यक्रम मा, उनीहरु गोलोक र राजी बाहेक केही भन्दैनथे, उनै परमात्मा हुन भन्थे । अनि वैष्णव ले परमात्म

तिहार लागिसक्यो भन्दा हुन्छ । तिहार मा निकै रमाइलो पनि गरिन्छ, अनि देउसी भैलो पनि खेलिन्छ । यहाँ आज, सिस्नुपानी नेपाल ले खेल्ने देउसी को शब्द राखिएकोछ, जहाँ विकृति र विसंगति माथि कडा प्रहार गरिएको छ । आशा छ यो देउसी अवश्य मन पर्नेछ । ए भन भन भाई हो- देउसिरे ! ए भन भन बैनी हो- देउसिरे ! कुनै बेला हाम्रो- देशैमा ! किनिने बेचिने- केशैमा ! सम्सदबाट बोका- हराउथे ! हङकङमा पुगेर- कराउथे ! तस्करले तिन्लाई- चराउथे ! राजाले उठ्बस- गराउथे ! अहिले दरबार- रित्तो छ ! राजा छैनन- भित्तो छ ! भित्तामा गणतन्त्रको- नारा छ ! देशमा उही- पारा छ ! भन भन साथी हो- के भन्ने ? संबिधान छिटो- ले भन्ने !! राजा छैनन- भित्तो छ ! भित्तामा गणतन्त्रको- नारा छ ! देशमा उही- पारा छ ! भन भन भाई हो- जनता भन भन बहिनी हो- जनता जोड्ले भन- जनता राम्ररी भन- जनता पञ्चले भन्थे- जनता राजाले भन्थे- जनता नेताले भन्थे- जनता पार्टीले भन्थे- जनता सरकारले भन्थे- जनता वाइसियल भन्छ- जनता युथफोर्सले भन्छ- जनता ज्वाला सिह भन्छ- जनता कोब्रा सिह भन्छ- जनता गब्बर सिह भन्छ- जनता बब्बन सिह- जनता टाइगर सिह भन्छ- जनता सैतान सिह भन्छ- जनता रिनमा डुब्छ

हामी अहिले प्राय: सोसल नेटवर्किङ साइट “फेसबुक” चलाइरहेका छौँ । यो फेसबुक हिजोआज ब्लग भन्दा पनि पपुलर भैरहेकोछ, कारण हो सबैका गोप्य खबरहरु, समस्याहरु, अनि नयाँ कामहरु फेसबुक मार्फत सार्वजनिक भैरहेको छ । त्यस्तै नेपाल मा पनि केही महिना यता फेसबुक मा धेरै नेपालीहरु जोडिएको कुरा सुनिन आएको छ भने, फेसबुक मा मान्छे चिन्न, अनि पत्रकारहरु, गायक-गायिकाहरु, नायक, मन्त्रीहरु तथा साथिहरुका गतिबिधि थाहा पाउन एकदम सरल माध्यम भएको छ । मेरै कुरा भन्नुपर्दा पनि, फेसबुक बाट धेरै कुरा को जानकारीहरु पाइएको छ, जुन सार्वजनिक मिडियाबाट थाहा पाउन सकिएको छैन । त्यस्तै फेसबुक बाट कसले के गर्दैछ, अनि के गरिरहेको छ, के समस्या छ, लगायत विविध कुराहरु थाहापाइरहिएको छ, जुन प्रत्यक्ष या अप्रत्यक्ष रुपमा हामीसँग पनि जोडिएको छ । तर आज यहाँ म, अष्ट्रेलियाको सिड्नी मा रहेको एक टेलीसेन्टरमा फेसबुक को कारण तनाव भएको कुरा बताउँदै छु, जहाँ अहिले अफिसले आन्तरिक रुपमा फेसबुक को अनुसन्धान गरिरहेकोछ । उक्त टेलिसेन्टर को प्रशासन ले अहिले Kyle Doyle र उनको बोस बिच भएको इमेल संसारभर सार्वजनिक भएपछि, यस मामला मा आन्तरिक अनुसन्धान सुर

In my school days, I used to talk about college life with my friends. I want to be college student and want to enjoy most lovely life. After I entered in it, I experienced most of moments and suffer something new which I never had expected before. It's all about changing trends of college life. Most of us have enjoyed breaking the traffic rules in our customized bikes which also are causes of maximum accidents and we don't mind disturbing people by our noisy bikes. Bunking classes is most common and most of us have enjoyed it. In my perspective, it's not wrong because we can explore new place with our friends where we never have been before or this may be our suitable moment to spend with our loved ones. Sometimes bunking classes and going to first show of newly released movie makes us surprise when we meet our friends or relatives that have been dead for years but sometimes it is embarrassing to watch movie in college dress when we meet our teachers or seniors in cinemas d

“यति प्रोजेक्ट जापान” नामक जापानीजहरु को एकटोलीले, नेपाल र तिब्बत बिचको हिमाली क्षेत्रमा बसोबास गर्ने विश्वास गरिएको हिममानव “यति” को पदचाप भेटेको दाबी गरेकाछन् । यति प्रोजेक्ट जापान का लिडर योसितेरु ताकाहासी भन्छन् - “हिममानव ‘यति’ को पैताला को लम्बाइ लगभग २० सेन्टिमिटर (८ ईन्च) छ भने पैताला मान्छे कै जस्तो देखिन्छ” । हिममानव यतिको खोजीमा हिँडेको सात सदस्यीय उक्त टोली ले तेस्रो पटक को यात्रा मा हिममानवको पैताला (पदचाप) भेटेका हुन् । ७,६६१ मिटर (२५,१३५ फुट) अग्लो द्यौलागिरी चौथो हिमाल मा ४२ दिन बिताएका उनीहरुले, काठमाडौँ फर्किएपछि यी कुराहरु सार्वजनिक गरेका हुन् । विगतका “यति” सँग सम्बन्धित विभिन्न कुराहरु आफूहरुले भेटेको, देखेको र अनुभव गर्न पाएको दावि उनीहरुले गरेकाछन् । तर यससम्बन्धी कुनै फिल्महरु भने खिचिएको छैन । तर ताकाहासी भन्छन्, “यति को पैताला नै यति रहेको कुरा का प्रमाणका लागि पर्याप्त छन्” । उनी अघि थप्छन् – “म र मेरो टिम हिमाली क्षेत्रमा घुमेको धेरै वर्ष भैसकेको छ र हामी हिमाली भालु, ब्वाँसो, चितुवा आदिका पैतालाहरु चिन्छौँ, तर यो पैताला यी मध्ये कसैको पनि होइन” । “भेटिएको