Skip to main content

नेपालमा यति को पदचाप भेटियो

“यति प्रोजेक्ट जापान” नामक जापानीजहरु को एकटोलीले, नेपाल र तिब्बत बिचको हिमाली क्षेत्रमा बसोबास गर्ने विश्वास गरिएको हिममानव “यति” को पदचाप भेटेको दाबी गरेकाछन् ।

यति प्रोजेक्ट जापान का लिडर योसितेरु ताकाहासी भन्छन् - “हिममानव ‘यति’ को पैताला को लम्बाइ लगभग २० सेन्टिमिटर (८ ईन्च) छ भने पैताला मान्छे कै जस्तो देखिन्छ” ।

हिममानव यतिको खोजीमा हिँडेको सात सदस्यीय उक्त टोली ले तेस्रो पटक को यात्रा मा हिममानवको पैताला (पदचाप) भेटेका हुन् । ७,६६१ मिटर (२५,१३५ फुट) अग्लो द्यौलागिरी चौथो हिमाल मा ४२ दिन बिताएका उनीहरुले, काठमाडौँ फर्किएपछि यी कुराहरु सार्वजनिक गरेका हुन् । विगतका “यति” सँग सम्बन्धित विभिन्न कुराहरु आफूहरुले भेटेको, देखेको र अनुभव गर्न पाएको दावि उनीहरुले गरेकाछन् । तर यससम्बन्धी कुनै फिल्महरु भने खिचिएको छैन ।




तर ताकाहासी भन्छन्, “यति को पैताला नै यति रहेको कुरा का प्रमाणका लागि पर्याप्त छन्” । उनी अघि थप्छन् – “म र मेरो टिम हिमाली क्षेत्रमा घुमेको धेरै वर्ष भैसकेको छ र हामी हिमाली भालु, ब्वाँसो, चितुवा आदिका पैतालाहरु चिन्छौँ, तर यो पैताला यी मध्ये कसैको पनि होइन” ।
“भेटिएको पैताला, स्थानियवासीका कथा तथा अन्यकुराहरु बुझेपछि यति को अस्तित्व थियो भन्ने कुरा बुझ्नैपर्छ” – ताकाहासी ले भने ।
सन् २००३ को दौरान मा आफूले यति नै देखेको दावी पनि उनले गरेकाछन् । त्यस बखत उक्त क्षेत्रमा ९ वटा विशेष किसिमका क्यामराहरु विभिन्न ठाउँमा जडान गरिएको थियो । “मैले अचम्मको दृश्य देखेँ, करिब १५० सेन्टिमिटर ऊचाइ रहेका तिनीहरु दुई खुट्टाले हामी जस्तै हिँडिरहेका थिए” – ताकाहासी ले भने ।

अब उक्त टिम जापान फर्कने तयारी गरिरहेको छ । टिम लिडर ताकाहासीले भने- “समयको अभाव मा अहिले पनि खासै ठूलै काम भने गर्न सकिएन, तर यो हाम्रो यति खोज्ने अभियान जारी रहनेछ । हामी चाँडै नेपाल फर्केर फेरी यति को खोजीमा लाग्नेछौँ । हामी तबसम्म यति खोजिरहनेछौँ, जबसम्म हामीहरु यतिलाई फिल्म मा कैद गरेर, सारा संसारलाई यति को अस्तित्व रहेको बारेमा विश्वस्त बनाउन सक्दैनौँ ।

उनीहरुको वेवसाइट: यहाँ छ
(स्रोत: विभिन्न वेवसाइटहरु)

Comments

  1. ओहो ! आज दुबै जनाले यौटै कुरा लेखेंछौ, सल्लाह गरे जस्तो भयो !
    म पनि यतिको अस्तित्वमा विश्‍वास गर्छु ।

    ReplyDelete
  2. म पनि साह्रै छक्क परेँ, फेरी सोर्स पनि एउटै जस्तो लाग्यो ।
    :)

    ReplyDelete
  3. Both of you have same news . I think you are talking each other when you are going to publish the news.

    ReplyDelete
  4. यो यतिको खेती पनि साह्रै चलिसक्यो! अब त दर्शन देऊ न यति प्रभो!

    ReplyDelete
  5. aakar jee thanx for such information.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Shruti Sambeg : Radha [Review & Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up.Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban.Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went.Radha faces a…

ट्विटर डिएमको १४० क्यारेक्टर लिमिट हट्यो

ट्विटरको एउटा विशेषता, ट्विट तथा डिएम'मा १४० क्यारेक्टर मात्र लेख्न सकिनेथियो । तर आजबाट भने डिएम'मा १४० क्यारेक्टर भन्दा धेरै लेख्न सकिने भएको छ।

सन् २००६ मा सुरु भएको ट्विटर, एसएमएस'को फर्म्याट पच्छ्याउँदै ट्विट र म्यासेजमा १४० क्यारेक्टरको लिमिट राखिएको थियो, सुरुका दिनमा ट्विटरलाई वेबएप् भन्दा पनि मोबाइल एसएमएस'को रुपमा बुझिएको थियो, भन्नको मतलब ट्विटहरु एसएमएसबाट अपडेट गर्नमिल्थ्यो (अहिले नि मिल्छ), र वेबमा चाँहि फलो गरेिएका सबै साथीका अपडेटहरु/ट्विटहरु एकै ठाउँमा पढ्न मिल्थ्यो । समयसँगै ट्विटर वेबएप्‌को रुपमा विस्तार भयो, तर १४० को क्यारेक्टर लिमिट भने यथावत नै राखियो । (पढ्नुस् ट्विटरको ईतिहास - ह्याचिङ ट्विटर)

मेसेजिङ/च्याट एप्‌मा आएको बाढीसँगै, ट्विटरलाई नयाँ प्रयोगकर्ता ल्याउन र टिकाइराख्न ठूलो चुनौती थपिएकोछ । ट्विटरको १४० क्यारेक्टर लिमिट विशेषता भएपनि, डिएम'मा धेरै कुरा भन्न नपाउनु, दोहोरो सम्वाद/च्याट फररररर गर्न नपाउनु आदि समस्या रहेको थियो । म र साथीहरु ट्विटरमै छौँ भनेपनि केही लामो म्यासेज पठाउनुपर्यो वा च्याट गर्नुपर्यो भने, अरु एप् चलाउनुपर्ने बाध…

ट्विटर लाइकोनोमिक्स

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन ।


दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ ।

फेसब…

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने ।

त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न ।


एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएमएस त छँ…

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो ।


नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो भन्…

Subscribe to Aakar Post