Skip to main content

Posts

Showing posts with the label Twitter

अप्रिलको पहिलो हप्ता सिमित प्रयोगकर्ताहरुको समूहलाई उपलब्ध गराएको नयाँ 'वेव प्रोफाइल' आजबाट ट्विटरले सबैका लागि खुल्ला गरेकोछ । फेसबुक र अन्य सोसल नेटवर्किङ साइटको दाँजोमा ट्विटरमा थोरै प्रयोगकर्ताहरु भएका कारण ट्विटरले नयाँ प्रयोगकर्ताहरुलाई आकर्षित गर्न केही समय अघि देखि विभिन्न तरिकाहरु परिक्षण गरिरहेको छ । अहिलेको नयाँ प्रोफाइललाई पनि त्यसैको निरन्तरताको रुपमा लिनसकिन्छ । ट्विटरमा भर्खरै भित्रिएको 'नोटिफिकेसन', चारवटा सम्म 'अपलोड' गर्न र ट्याग गर्न मिल्ने फोटो, अनि आज सबैका लागि सार्वजनिक गरिएको वेव प्रोफाइल आदिका कारण, ट्विटर अहिले फेसबुक झैँ देखिएकोछ । अझ केही प्रयोगकर्ताहरुको लागि त 'रिट्विट' को सट्टा 'सेयर', अनि युजरनेम विना 'रिप्लाइ' गर्ने फिचरहरु पनि ट्विटरले परिक्षण गरिरहेकोछ । यसका साथै ट्विटरले मोवाइल एप्सको पनि नयाँ अपडेटहरु छिटोछिटो दिइरहेकोछ तर नयाँ प्रोफाइल भने अहिलेसम्म 'वेव'को लागि मात्रै उपलब्ध छ । साँच्चै भन्ने हो भने, ट्विटर नयाँ प्रयोगकर्ताहरुको संङ्ख्या बढाउन लागिपरेकोछ । Old Twitter Layout ट्विट

नोभेम्बर २०१३ मा प्रकाशित भएको " ह्याचिङ ट्विटर " न्युयोर्क टाइम्सका प्रविधि तथा 'बिट्स ब्लग" का लेखक निक विल्टन (@nickbilton)  ले लेखेका हुन् । "ह्याचिङ ट्विटर" मैले पढेका थोरै अंग्रेजी किताबहरुमा पर्छन् । नोभेम्बरमै यसको किन्डल भर्सन, पढेर सकाइयो, किताबबाट ट्विटरको कसरी जन्म भयो, ट्विटरको विकासक्रम कस्तो रह्यो, ट्विटरबाट कसले के पाए, के गुमाए आदि विविध भित्री कुराहरु थाहापाइयो । ट्विटरका संस्थापकहरु विचभएका राजनिती र 'इगो फाइट'हरु पढ्दा निकै मर्माहत भइयो, सोचेभन्दा धेरै फरक पाएँ ट्विटर, कम्पनीको रुपमा। स्टार्टअप भित्र त्यति धेरै उतारचढाव र भयंकर राजनिती हुँदा र स्थापनाको पाँच - छ वर्षसम्म पनि विना कुनै आम्दानी ट्विटर चलेको देख्दा भने निकै अचम्भित भएँ । किताब पढेर केही प्रति अगाध श्रद्धा पलायो भने, केही प्रति वितृष्णा पनि । प्रस्तुत ब्लगमा किताबको समिक्षा भन्दा पनि किताब पढेर बुझेका र थाहा पाएका तथ्यहरु राखेकोछु । "ह्याचिङ ट्विटर"को किन्डल भर्सन गिफ्ट दिनुहुने दाजु "योन्तेन ग्याछो"( @TheYGoffice ) लाई हार्दिक धन्यवाद । ब्ल

सोसल मिडियाको प्रयोगबाट अहिले नै कसैले नेपालमा चुनाव जिते भनेर भन्नु गलत प्रचार हुन्छ । तर सोसल मिडियाको अधिकतम प्रयोग भएको यो नेपालकै पहिलो चुनाव भने "संविधान सभाको दोस्रो चुनाव" हो। उम्मेदवार तथा मतदाताहरुले आफ्नो कुरा राख्न, सोसल मिडियाको राम्रैसँग प्रयोग गरे । सोसल मिडिया एनालिटिक्स कम्पनी सिम्लिफाई ३६० ले चुनावको समयमा सोसल मिडियाको अनुगमन गरेको थियो । सिम्लिफाइको रिपोर्ट अनुसार संविधान सभा निर्वाचनबारे सबैभन्दा धेरै बहस ट्विटरमा भएको थियो । त्यसो त #NepalVotes लेखिएका ट्विट मात्रै पनि ५० औँ हजार भन्दा धेरै गरिए, पछिल्लो १ महिनामा । रिपोर्टको सन्दर्भमा सिम्प्लिफाइ ३६० का सिइओ, भुपेन्द्र खनाल भन्छन् ,"सबैभन्दा धेरै डिस्कसन ट्विटरमा भएबाट पनि, ट्विटरको प्रयोग र महत्व नेपालीहरु माझ बढ्दै गएको प्रस्ट हुन्छ । त्यसबाहेक अन्तराष्ट्रिय क्षेत्रबाट पनि संविधान सभा निर्वाचनलाई निकै महत्वसाथ हेरिएको पाइयो।" Read: Nepal CA Election Happened Both in Ballot And in Social Media [Buzz Analysis Report] चुनाव अघि वैद्य समूहले नेपाल बन्द गरेको थियो भने ठाउँ ठाउँमा

ट्विटर, फेसबुक, इन्स्टाग्राम, गुगल प्लस आदि चलाउनेहरुका लागि यो सिम्बोल " # " नयाँ होइन। पहिले नम्बर/पाउन्ड सिम्बोल भनेर चिनिने # लाई ट्विटरमा प्रयोग गर्न थालेसँगै ह्यासट्याग भन्ने गरियो । ट्विटरमा एउटै विषयमा कुरा गर्दा # सिम्बोल सँगै उक्त विषय/शब्द लेखौँ भनेर गरिएको ट्विट बाट ट्विटर ह्यासट्यागको थालनी भएको थियो । how do you feel about using # (pound) for groups. As in #barcamp [ msg ]? — Chris Messina™ (@chrismessina) August 23, 2007 ओपन सोर्स एडभोकेट्, क्रिस मेसिना (Chris Messina) ले सन् २००७ को अगस्टमा ट्विटर ह्यासट्यागको सुरुवात गरेकाथिए ।  न्युयोर्क टाइम्स का अनुसार क्रिसलाई 'ह्यासट्यागको गडफादर' (hash godfather) भन्ने गरिन्छ । ट्विटरमा ह्यासट्यागको सुरुवात सन् २००७ मा भएपनि, यसको व्यापक प्रयोग हुन भने केही समय लागेको थियो। ट्विटरको ह्यासट्यागको शैलीलाई इन्स्टाग्राम, गुगलप्लस, फेसबुक आदिले पनि अनुसरण गरिसकेकाछन् । ट्विटरमा चलाइने 'क्याम्पेन', 'ट्विट च्याट' आदिमा ह्यासट्यागको विशेष महत्व रहन्छ । जनमत बुझ्नका लागि पनि ह्यासट्याग महत्

ट्विटरमा सबैभन्दा धेरै "पपुलर" भएको फोटो, ट्विट, भाइन भिडियो आदिबाट आफ्नो ट्विट भिडियो बनाउन मिल्छ । भिजिफाइ सँगको सहकार्यमा, आफ्ना "पपुलर" फोटो, भाइन भिडियो, ट्विट, फलोअर आदिलाई समेटेर केही मिनेटमै फलोमी ( #FollowMe ) भिडियो बनाउनमिल्ने सुविधा ट्विटरले हिजोबाट सुरु गरेकोछ  । यति मात्र होइन भिडियोबाट, आफूले ट्विट गर्ने विषय र समय पनि थाहा पाउन सकिन्छ । भिडियो बनाउन, भिजिफाईमा ट्विटरबाट साइनइन गर्नुस । त्यसपछि भिजीफाईले अटोमेटिक रुपमा केही मिनेट भित्रैमा तपाईको ट्विटहरुको फलोमी भिडियो तयार पारिदिन्छ । भिडियो तयार भइसकेपछि, आवश्यकता अनुसार आफूले सम्पादन पनि गर्न मिल्छ । Hey @KakaBaa , @Lohsirk , @anantabrt , you've got a starring role in my video: https://t.co/wL9iSnup1a #FollowMe #Vizify — Aakar Anil (@aakarpost) June 13, 2013 फरक प्रसंग हिजो देखि ट्विटरले ट्विटर एनालिटिक्स सबैको लागि खुला गरेकोछ । आफ्नो कुन ट्विट कति "ईंगेजिङ" छ, कुन लिंक कति पटक क्लिक भयो, कति पटक रिट्विट भयो, मेन्सन भयो, फेव भयो आदि विविध कुराहरु यसबाट जान्न सकिन्छ ।

ट्विटर र फेसबुकमा "यस्तो हुनुपर्छ..." भन्ने आशयका ट्विट र स्टाटसहरु देखिरहिएकोछ । यसप्रकारका कुराहरु कहाँबाट सुरु भयो भन्ने त थाहा छैन, तर फेसबुकमा मात्रै सिमित रहेको यी कुराहरु गत शुक्रबार देखि नेपाली ट्विटर जगतमा पनि आगो झैँ फैलिएकोछ । ट्विटरमा शुक्रबार देखि सुरु भएको यो कुरा आज सोमबारसम्म पनि जारीछ, यसबिचमा करिब २५ सय देखि ३ हजारसम्म यस सम्बन्धि ट्विट भएको अनुमान गरिएकोछ ।प्राय प्रयोगकर्ताहरुले खेल, राजनिती, पेशा, नेपाली समाज आदि विभिन्न विषयमा यसप्रकारका ट्विटहरु गरेकाछन् । ट्विटहरु रमाइला हुँदा हुँदै पनि, एउटै कुरा धेरै पटक दोहोरिएकोले अनि ट्विटर भरि यही सम्बन्धि ट्विटहरु मात्र देखिएकोले प्रयोगकर्ताहरु 'इरिटेटेड' पनि भएकाछन् । यति हुँदा हुँदै पनि केही रमाइला ट्विटहरु यहाँ ब्लगमा समेट्ने जमर्को गरेकोछु । [ View the story "... यस्तो हुनुपर्छ..." on Storify ]

फेसबुक र ट्विटरमा अनगिन्ती गुनासाहरु पोखिएकाछन् । सामाजिक सञ्जालमा अपडेहरु हेर्दा यस्तो लाग्छ हामीलाई “नमर्ने रिस उठेकोछ”, आफू माथि,  भ्रष्ट नेताहरु माथि, मन्त्रीपरिषद अध्यक्ष, राष्ट्रपति, अनि लोकमान माथि । आफ्नै आँखा अगाडी अराजकताको राज चलिरहेकोछ, अनि हामी टुलुटुलु हेरिरहेकाछौँ । हामीसँग विकल्प छैन भन्दै आफ्नै पुर्पुरोमा हात लगाएर बसिरहेकाछौँ । चारदलहरुले नै यस्तो नचाहिँदो निर्णय गरेपछि अनि राष्ट्रपतिले नै लालमोहर लगाइदिसकेपछि लोकमानलाई मात्र गाली गरेर हुनेवाला पनि केही छैन । यदि यो गलत कदम हो भने, लोकमान भन्दा कयौँ गुना दोषी, माओवादी, कांग्रेस, एमाले लगायतका दलहरुछन् । यी तिनै दलहरु हुन् जो चुनावको समयमा हामीसँग हात पसार्दै आइपुग्छन् भोटको लागि । अनि हामी तिनै भ्रष्टहरुलाई चुनेर पठाउछौँ, हामीमाथि शासन गर्न । अनि उही प्रवृत्ति दोहोरिन्छ, कम्तिमा मैले यही देखेँ विगत १८-२० वर्षको समयमा ।   मलाई के लाग्छ भने, यी दलहरुका नेतृत्व विरुद्ध ती पार्टिका युवा नेताहरु जाग्नुपर्छ । लोकमान नियुक्तीको विरोधमा नेपाल बन्द गरेर सर्वसाधारण जनतालाई दुख दिनुभन्दा, आफ्ना पार्टि कार्यालय घेराउ गर्नुपर

गत वर्ष डिसेम्बरमा ट्विटरले, प्रयोगकर्ताले आफ्ना पुराना ट्विटहरु डाउनलोड गर्न सक्ने सुविधा घोषणा गर्दै थोरै व्यक्तिहरुलाई ट्विट डाउनलोड गर्ने सुविधा दिएकोथियो । यो हप्ता मैले पनि आफ्ना पुराना ट्विटहरु हेर्ने सुविधा पाएँ । आफ्नो सबैभन्दा पहिलो ट्विट के होला, भन्ने कौतुहलता थियो, त्यो पनि पुरा भयो । ८५ एमबिमा अटाएका मेरा करिब ५९ हजार ट्विटहरु एकैपटक आफ्नो कम्प्युटरमा पाउँदा, एउटा बेग्लै किसिमको रमाइलो लाग्यो, किनकी ती प्रत्येक ट्विटहरुले मेरा पछिल्ला चारवर्ष कसरी बित्यो भन्ने कुरा देखाउँछ । मैले विर्सिएका कतिपय आफ्ना व्यक्तिगत घटनाहरु पनि, आँखा अगाडी आए । ती साना साना कुराले कति फरक पार्दोरहेछ भन्ने कुरा ति ट्विटहरु हेर्दा आज थाहा भयो । ट्विटर मेरो पलपलको खबर राख्ने अनलाइन डायरी भएको रहेछ । ट्विटरमा साथी कोही नहुँदा, कस्तो र कसरी ट्विट गरिएको रहेछ, अनि कहिले साथी भेटिए, अनि त्यसपछि ट्विटहरु कस्ता भए, मेरो दैनिकी कस्तो रह्यो, ती सबैकुराहरु आफ्ना अगाडी आए । विश्वकप फुटबल हुँदाताको फुटबलमय ट्विटर र तिजको बरिलै टपिक हेरेर अहिले पनि हाँसियो ! ट्विटिएका लिंक हेरेर आफूले अहिलेसम्म कति ब्ल

प्रधानमन्त्रीको फेक ट्विटर एकाउन्ट बारे बहस भएको दुईहप्ता पछि नै, प्रधानमन्त्री डा. बाबुराम भट्टराई ट्विटरमा छिर्नुभएको छ । नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्विटर प्रवेश सँगै नेपाली ट्विटरजगत बाबुराममय भएकोछ । भट्टराईको पक्ष र विपक्षमा ट्विटहरु बर्सीरहेकाछन् । प्रारम्भिक अध्ययन अनुसार, भट्टराईले ट्विटरमा नकारात्मक टिप्पणी धेरै झेल्नु परेकोछ ।  १४ ट्विट ११ फलोइङ्ग यो ब्लग तयार गर्दा सम्म भट्टराईले १४ वटा ट्विट गर्नुभएकोछ भने ११ जनालाई फलो गर्नुभएकोछ । रिट्विटको बाढी डा. भट्टराईका सबै ट्विट लगातार रिट्विट भइरहेकाछन् । ट्विटोनोमीको अनुसार यो ब्लग तयार   गर्दासम्म भट्टराईको १४ वटा ट्विट करिब नौ सय उनान्चालिस (९३९) पटक रिट्विट भएकाछन् । १३०० मेन्सन सोसल एनलाइटिक्स टप्सीका अनुसार हालसम्म डा. भट्टराईलाई करिब तेह्रसय (१३००) मेन्सन गरिएकोछ । (प्रोटेक्टेड ट्विटको गणना गरिएकोछैन, साथै टाइमजोनमा भएको फरकका कारण मिती तलको ग्राफमा फरक देखिएकोछ।) सबैभन्दा धेरै फलोअर नेपालबाट फलोअरओङ्कका अनुसार भट्टराईका करिब पैँतालिस सय (४५००) फलोअर मध्ये करिब २ हजार फलोअर नेपालबाट रहेक

डा. बाबुराम भट्टराईको भनिएको ट्विटर एकाउन्टको नाममा हिमाल खबरपत्रिकामा यो र यो सामाग्री अनि मिडियाकुराकानीमा यो ब्लग र ट्विटरमा केही ट्विटहरु देखेपछि, आफूलाई थाहा भएको उक्त ट्विटर एकाउन्टको बारेका केही कुराहरु यहाँ राख्दैछु । सन् २०११, २३ जुलाईमा, म Simplify360 (Inrev Systems), बेंगलोर अफिसमा थिँए !  ट्विटरमा बाबुराम (@baburamb) नामको एउटा ट्विटर एकाउन्ट देखा पर्यो, केही व्यक्तिहरुलाई फलो गर्यो (मलाई नि फलो गरे) र पहिलो ट्विट गरे, “I would rather die fighting than surrender to injustice and wrong doing !” ट्विटरमा प्रचण्ड, बाबुरामलगायतका नेता तथा अभिनेताहरुको नाउँका ३-४ वटा “फेक एकाउन्टहरु” पहिले नै भएका कारण, यो एकाउन्टलाई पनि खासै भाउ दिइएन । फेक ट्विटर एकाउन्टहरुको लिस्टमा अर्को एउटा एकाउन्ट थपियो भनियो, वास्ता गरिएन ! तर त्यसलगत्तैको दोस्रो ट्विटमा मलाई (@aakarpost ) लाई मेन्सन गरेर उक्त एकाउन्टबाट ट्विट आयो । ट्विटमा अंग्रेजीमा भनिएको थियो, “यो बाबुराम भट्टराईको ट्विटर एकाउन्ट हो, यसलाई प्रचार-प्रसार गरेर सहयोग गरिदेउ” ! दोस्रो ट्विटमा एक्कासी मलाई सम्बोधन भएका कारण, एकछिन ट्व

फलो फ्राइडे ट्रेन्ड ट्विटरमा करिब ३ वर्ष पहिले सुरु भएको ट्रेन्ड हो । हरेक शुक्रबार ट्विटर प्रयोगकर्ताहरु फलो फ्राइडे ट्रेन्ड पच्छ्याउँदै, आफ्ना फलोअरहरुलाई आफ्ना अरु साथीहरु तथा कुनै विषयमा दख्खल राख्ने व्यक्तिहरुलाई एकमुष्ट रुपमा फलो गर्न आफ्नो ट्विट मार्फत सुझाउँछन् । अधिकांश समयमा ट्विटरमा दिइने ‘फलो फ्राइडे’ले ट्विटरमा फलोअर बढाउन सहयोग गरिरहेको हुन्छ साथै नयाँ व्यक्तिसँग चिनाजानी र भेटघाट पनि गराइदिइरहेकोहुन्छ । हामी कसैलाई फलोफ्राइडे दिँदैछौँ भने, उक्त व्यक्तिको ट्विटर ह्यान्डल तथा उसको परिचय उल्लेख गरिदिनुपर्छ। उदाहरणको लागि अघिल्लो हप्ता मैले @HappyNepal लाई फलोफ्राइडे (#ff / #followfriday) यसरी दिएको थिँए ! #FF @ happynepal For good & motivational news from Nepal. So many good things happening here. :-) — Aakar Anil (@aakarpost) November 2, 2012 यसबाहेक एकै किसिमका रुची राख्ने वा एकै किसिमका विषयमा काम गर्ने, ट्विट गर्नेहरुलाई पनि समूहमा फलोफ्राइडे दिन सकिन्छ । फलोफ्राइडेले तपाई र तपाईका साथिहरु बिचको सम्बन्ध ट्विटरमा अझै दरिलो पनि बनाउन सहयोग गर्छ । ट्विटरमा फलो फ्र

जो ट्विटरमा भिजिसक्नुभएकोछ वा भनौँ आफ्नो दैनिक जिवनमा ३-४ जना भेट हुने बित्तिकै ट्विटरको कुरा गर्न थाल्नुभएको छ भने, ट्विटर यस्तो हो, उस्तो हो भनेर खासै भनिरहनु नपर्ला । अनि जो ट्विटरमा भर्खर छिर्नुभएको छ अनि ट्विटर बुझ्न सक्नुभएको छैन भने, तपाईलाई ‘ट्विटर’ सबैभन्दा झुर किसिमको सोसल नेटवर्किङ साइट लाग्ने कुरामा दुईमत नहोला ।  ट्विटर सँगका आफ्ना अनुभवहरु र यसले पुर्याएको फाइदा – वेफाइदाबारे पहिले पनि यहाँ र यहाँ लेखिसकेकोछु । कोही नयाँ साथिलाई ट्विटर चलाउ, यो रमाइलो र अन्य भन्दा भिन्न छ भन्ने कुरा बुझाएर ट्विटरमा टिकाइराख्न साह्रै गाह्रो छ । अरुलाई मात्र होइन, आफूले ट्विटरमा पाइला चाल्दा पनि यो अनुभव गरिएको हो, सुरुमा ट्विटर छिर्नै गाह्रो, छिरिसकेपछि पनि बुझ्नै गाह्रो, सायद सबैको अनुभव एकै किसिमको रहेकोछ । तर ट्विटरमा भिजिसकेपछि भने, उठ्दा, बस्दा, सुत्दा पनि एकपटक ‘ट्विटर’ नहेरी चित्त नबुझ्ने हुन्छ । संसारभरि नै ट्विटरलाई यसरी नै बुझिएको छ, अनि सबै प्रयोगकर्ताहरुले एकै किसिमबाट ट्विटरमा आफ्नो उपस्थिति देखाइरहेकाछन् । डिजिटल मार्केटिङ एक्सपर्ट रोहित भार्गव ले करिब ४ वर्ष पहिले ट्व

एक समय थियो, ट्विटरमा आफूले चिनेजानेको मान्छे भेट्नै गाह्रो । भेटिएर फलो गरिहालिए पनि आफ्ना चिनेजानेका साथिको ट्विट हेर्न हप्ता वा महिनौँ सम्म कुर्नुपर्थ्यो । सायद त्यसकारण पनि ट्विटर चलाउन मनलाग्दैन थियो । फेसबुकको भुक्तभोगी मलाई, ट्विटर साह्रै अप्ठ्यारो लाग्थ्यो, एक समय सबैले फेसबुकमा सोध्ने गर्थे, ‘तिमी कतिबेला चाँहि फेसबुकमा अफलाइन हुन्छौ?’ । न फेसबुकको जस्तो कमेन्ट गर्न मिल्छ न त अरु केही गर्न नै मिल्छ, “काला अक्षर भैँस बराबर” भने झैँ थियो ट्विटर आफ्ना’लागि । जम्मा १४० क्यारेक्टरमा लेखिएका केही कुराहरु टाइमलाइनमा देखिन्छन्, चिन्नु न जान्नु वा भनौँ आफूलाई कामै नलाग्ने ट्विट गर्नेलाई पनि फलो गरिएकोछ । सिधा रुपमा भन्दा ट्विटर बुझ्न साह्रै गाह्रो परेको थियो । तर चलाउँदै जाँदा, ट्विटरका आधारभुत सिध्दान्तहरु बुझिँदै गइयो, “लाइक माइन्डेड”हरुको नेटवर्क हो रहेछ, आफ्नो रुचि अनुसार फलो गर्नुपर्ने रहेछ, कुराकानी गर्दै जाँदा आफ्नो सर्कल बन्दै जाँदोरहेछ भन्ने थाहा भयो । म ट्विटर खासै चलाउँदैन थिए, यतिसम्म कि आफ्नो ब्लगपोस्ट पनि ट्विटरमा ट्विट गरिँदैन थियो । यसैबिच एउटा सोसल मिडिया तथा टेक्

ट्विटर प्रयोगकर्ताहरु सबैको आ-आफ्नै रुची हुन्छ, अनि त्यही रुची अनुसार ट्विटर चलाउँछन् । मलाई विशेषत प्रविधिमा रुची छ । #SocialMedia #SEO, #Technology, #Apps र #Nepal को बारेमा ट्विट गर्छु र प्राय: यही विषयका ट्विटहरु पच्छ्याउँछु । यसै विषयमा अन्तरक्रिया गर्ने र ट्विट गर्नेहरुलाई प्राय: पच्छ्याइरहेकोहुन्छु । हिजोआज ट्विटरमा धेरै सुनिने गुनासो भनेको, फलानाले फलोब्याक गरेन, फलानोले फलोब्याक गरेन अनफलो गर्छु, फलानाले भाउ खोज्यो त्यसलाई ब्लक हान्छु ! गुनासो सबैको आ-आफ्नै ठाउँमा छ, तर पनि बुझ्नुपर्ने कुरा के हो भने, ट्विटर चलाउनु भनेको फलो गर्नेलाई फलोब्याक गर्नैपर्छ भन्ने होइन । ट्विटर चलाउनेहरु आ-आफ्नै रुची अनुसार ट्विटर चलाउने हुँदा, रुचीका विषयमा ट्विट गर्नेहरुलाई प्राय: ले फलो गर्छन् । चिनेका साथीभाइ वा कुनै महत्वपुर्ण ब्रान्ड र व्यक्ति भएका हिसाबमा पनि फलो गर्लान् तर पनि प्राय: ले रुचिकै आधारमा फलो गर्छन् । फलो गर्ने, कहिले केही कुरा नगर्नेहरुलाई फलो गरेकै आधारमा निकै थोरैले मात्र फलोब्याक गर्छन् । तर हामी जानेर पनि नजानेर पनि ट्विटरमा पनि फलाना र चिलाना भन्दै बस्छौँ, आफ्नो बारेमा