Skip to main content

लौ सुन म भन्छु, ट्विटरर (ट्विटे) को रामकहानी…

जो ट्विटरमा भिजिसक्नुभएकोछ वा भनौँ आफ्नो दैनिक जिवनमा ३-४ जना भेट हुने बित्तिकै ट्विटरको कुरा गर्न थाल्नुभएको छ भने, ट्विटर यस्तो हो, उस्तो हो भनेर खासै भनिरहनु नपर्ला । अनि जो ट्विटरमा भर्खर छिर्नुभएको छ अनि ट्विटर बुझ्न सक्नुभएको छैन भने, तपाईलाई ‘ट्विटर’ सबैभन्दा झुर किसिमको सोसल नेटवर्किङ साइट लाग्ने कुरामा दुईमत नहोला ।  ट्विटर सँगका आफ्ना अनुभवहरु र यसले पुर्याएको फाइदा – वेफाइदाबारे पहिले पनि यहाँयहाँ लेखिसकेकोछु ।

y-u-no-twitterकोही नयाँ साथिलाई ट्विटर चलाउ, यो रमाइलो र अन्य भन्दा भिन्न छ भन्ने कुरा बुझाएर ट्विटरमा टिकाइराख्न साह्रै गाह्रो छ । अरुलाई मात्र होइन, आफूले ट्विटरमा पाइला चाल्दा पनि यो अनुभव गरिएको हो, सुरुमा ट्विटर छिर्नै गाह्रो, छिरिसकेपछि पनि बुझ्नै गाह्रो, सायद सबैको अनुभव एकै किसिमको रहेकोछ । तर ट्विटरमा भिजिसकेपछि भने, उठ्दा, बस्दा, सुत्दा पनि एकपटक ‘ट्विटर’ नहेरी चित्त नबुझ्ने हुन्छ । संसारभरि नै ट्विटरलाई यसरी नै बुझिएको छ, अनि सबै प्रयोगकर्ताहरुले एकै किसिमबाट ट्विटरमा आफ्नो उपस्थिति देखाइरहेकाछन् ।

डिजिटल मार्केटिङ एक्सपर्ट रोहित भार्गवले करिब ४ वर्ष पहिले ट्विटर प्रयोगकर्ता या भनौँ ट्विटरर या भनौँ ट्विटे (नेपालीकृत गरिएको :P) को व्यवहारको बारेमा आफ्नो ब्लगमा, हरेक ट्विटेको जिवनमा आउने ५ कुराहरु लेखेकाथिए । आज उनै रोहित भार्गवको शब्द/फोटो सापटि लिएर ट्विटेहरुको जिवनमा आउने ५ कुराहरु तल फोटोमार्फत उल्लेख गरेकोछु ।

5-stages-of-Twitter-acceptance

माथिको फोटो हेरिसकेपछि सायद सबैलाई आफूले कसरी ट्विटरको बारेमा सोच्थेँ, अनि अहिले ट्विटर कसरी चलाइरहेकोछु भन्ने कुरा बुझ्न सजिलो हुन्छहोला, अनि आफ्ना कुराहरु पनि याद आउँछन् होला । आजलाई ट्विटेहरुको रामकहानी यही फोटोमार्फत यत्ति मै भनियो ।   फलो र अनफलोको बारेमा र ब्लगरका लागि ट्विटरको बारेमा पहिले पनि उल्लेख गरिसकेकोछु । शुभ दिन, ह्याप्पी ट्विटिङ ।

Comments

  1. I guess the sixth stage would be addiction or obsession. Checking Twitter (or Facebook as more popularly) continuously

    ReplyDelete
  2. I think there is one more stage where you feel:
    "Y u retweet everything"
    :P

    ReplyDelete
  3. Short and informative...:-)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

मेरो बिहे [कथा]

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post