Skip to main content

ट्विटर नचलाउन्जेल गाह्रो, चलाउन थालेपछि त…

एक समय थियो, ट्विटरमा आफूले चिनेजानेको मान्छे भेट्नै गाह्रो । भेटिएर फलो गरिहालिए पनि आफ्ना चिनेजानेका साथिको ट्विट हेर्न हप्ता वा महिनौँ सम्म कुर्नुपर्थ्यो । सायद त्यसकारण पनि ट्विटर चलाउन मनलाग्दैन थियो ।

फेसबुकको भुक्तभोगी मलाई, ट्विटर साह्रै अप्ठ्यारो लाग्थ्यो, एक समय सबैले फेसबुकमा सोध्ने गर्थे, ‘तिमी कतिबेला चाँहि फेसबुकमा अफलाइन हुन्छौ?’ । न फेसबुकको जस्तो कमेन्ट गर्न मिल्छ न त अरु केही गर्न नै मिल्छ, “काला अक्षर भैँस बराबर” भने झैँ थियो ट्विटर आफ्ना’लागि । जम्मा १४० क्यारेक्टरमा लेखिएका केही कुराहरु टाइमलाइनमा देखिन्छन्, चिन्नु न जान्नु वा भनौँ आफूलाई कामै नलाग्ने ट्विट गर्नेलाई पनि फलो गरिएकोछ । सिधा रुपमा भन्दा ट्विटर बुझ्न साह्रै गाह्रो परेको थियो । तर चलाउँदै जाँदा, ट्विटरका आधारभुत सिध्दान्तहरु बुझिँदै गइयो, “लाइक माइन्डेड”हरुको नेटवर्क हो रहेछ, आफ्नो रुचि अनुसार फलो गर्नुपर्ने रहेछ, कुराकानी गर्दै जाँदा आफ्नो सर्कल बन्दै जाँदोरहेछ भन्ने थाहा भयो । Twitter Fade Image

म ट्विटर खासै चलाउँदैन थिए, यतिसम्म कि आफ्नो ब्लगपोस्ट पनि ट्विटरमा ट्विट गरिँदैन थियो । यसैबिच एउटा सोसल मिडिया तथा टेक्नोलोजी ब्लग “ग्लोबल थट्ज” (अहिले बजम भनेर सुपरिचित छ) मा लेख्नथालेँ, त्यसमा मलाई ‘साउथ अमेरिका’ सेक्सन’को जिम्मा दिइएको थियो ।

नेपालमा बसेर साउथ अमेरिकामा भएका टेक्नोलोजी गतिविधि समेट्नु पर्ने थियो ।  साउथ अमेरिका’को टेक्नोलोजी सम्बन्धि लेख्ने साइटहरु हेर्न थालेँ तर सबै साइटलाई बुकमार्क गरेर राख्नु वा आरएसएस फिड राख्नु झन्झटिलो काम थियो । यसको विकल्पको रुपमा ‘टविटर’ देखापर्यो । त्यसबेला देखि टेक्नोलोजी र सोसल मिडिया सम्बन्धि खबर पच्छ्याउन थालियो, अनि ट्विटरमा अन्य केही साथीहरु पनि भेटियो, ट्विट च्याट रमाइलो हुनथाल्यो । 

‘ट्विटर, ग्लोबल थट्ज र म्यासेबल’को नाम मैले यो ब्लगमा (Facebook Status became Colorful with Bra Color, But Why ?) उल्लेख गरेको छु । ट्विटरमा देखिएको ट्विट पच्छ्याउँदै यो ब्लग लेखेर, एक हिसाबले त्यसबेला नेपाली फेसबुक प्रयोगकर्ताहरुको माझमा क्रान्ति नै गरिएको थियो, भोलिपल्टको अन्नपुर्ण पोस्टमा यो ब्लगको हवाला दिएर एउटा समाचार नै पढ्न पाइएको थियो ।

ट्विटर चलाएका कारण, यो रमाइलो खबरबारे आफूले पहिले जान्ने बुझ्ने मौका पाइएको थियो । जसबाट ट्विटरको अर्को राम्रो पक्षको बारेमा जान्ने मौका मिल्यो, ट्विटरमा रस बस्यो, फेसबुकबाट मन हट्दै गयो । यस्तै साना-साना अन्य यावत कारणहरुका कारण ट्विटर मनपर्ने थाल्यो, ट्विटरबाट नयाँ साथिहरु भेट्न थालियो, उनीहरुको विचार थाहा पाउन थालियो, आफ्ना साथी सर्कलहरु बनाउँदै गइयो, आफूलाई रुची लागेका विषयहरुमा ट्विट गर्न थालियो, ह्यासट्याग भन्ने बुझियो । 

टक्नोलोजी खबर हुन् या अन्य जुनसुकै खबर हुन् ती खबरहरु ट्विटरमा पहिले भेट्न थालियो । यसरी ट्विटर चलाउन थालियो, अहिले बरु अरु साइट नहेरी बस्न सकिएला तर ट्विटर नहेरी बस्न नसकिने भएकोछ । आफ्ना रुचीका विषयमा कुराहरु गर्दै जाँदा र ट्विटरमा ती कुराहरुलाई फलो गर्दै जाँदा, काम गर्दै जाँदा र सिक्दै जाँदा अहिले आफ्नो जिवनमा नै “सोसल मिडिया” अभिन्न अंगको रुपमा जोडिन आइपुगेको छ ।

यी त भए आफ्ना कुराहरु, मेरो जस्तै अवस्थामा अहिले पनि धेरै साथिहरु हुनुहुन्छ होला । ट्विटरमा आएका साथीहरु केही सयलाई सुरुमै फलो गर्नुहुन्छ, उनीहरुका सय थरिका ट्विट पच्छ्याउनु हुन्छ, कता-कता आफू हराए जस्तो लाग्छ, अनि अरुलाई सायद गाली गर्दै बस्नुहुन्छ होला वा फलोब्याक गरेन भन्दै नानाभाँति भन्नुहुन्छ होला । सुरु सुरुमा ट्विटरमा छिर्दा, आफूले फलो गरेको व्यक्तिले आफूलाई फलो गरेन भने साह्रै दिक्क लाग्छ, कति चैँ भाउ खान सक्दोरै’छ जस्तो लाग्छ, सके केही दिनमा अनफलो र ब्लक पनि ठोकिन्छ, कारण उसका कुराहरु ठूला ठूला लाग्नसक्छन् ।

तर अब यसको लागि एउटै उपाय छ, आफ्नो रुचीलाई फलो गर्ने, रुची मिल्नेसँग ट्विटरमा कुराकानी गर्न थाल्ने, यसको अलावा आफू ट्विटर के प्रायोजनको लागि चलाउँदैछु भन्ने हेक्का राख्न पनि जरुरी छ । ट्विटर चलाउनेहरुको फलोअरहरु जति भएपनि सबैको आ-आफ्नै समूह छ, जहाँ आपसमा धेरै कुरा गरिन्छ । तपाई भर्खर भर्खर ट्विटरमा छिर्नुभएको छ भने, तपाइको समूह नहुन सक्छ, तपाईले चिनेका मान्छे नहुन सक्छन् ! अत: ट्विटरमा कसैलाई पच्छ्याउनु भएको छ भने, उसले गरेका ट्विटहरु तपाईको रुचिका विषय हुन् भने उसँग अन्तरक्रिया गर्नुहोस्, रुचीकर ट्विट छैन भने, जुनसुकै बेला अनफलो गर्न सक्नुहुन्छ । बिस्तारै अन्तरक्रिया गर्दै जाँदा, तपाईको आफ्नो साथी सर्कल बन्दैजान्छ । तपाईका कुरामा चाखमान्नेहरुले तपाईलाई फलो गर्दै जान्छन्, यो एउटा स्वभाविक प्रक्रिया हो । तर ट्विटरमा छिर्ने बित्तिकै कसैले फलो गरेनन्, कसैले मेन्सन गर्दैनन् वा कुरा गर्दैनन् भनेर चित्त दुखाउनुको सट्टा आफू ‘एक्टिभ’ हुने कोशिस गर्नुस् । तपाईले अन्तरक्रिया गर्न थालेपछि, अरुले पनि तपाईलाई ‘नोटिस’ गर्छन्, तपाईको ट्विटको प्रकृति हेरेर, तपाईलाई अरुले मुल्यांकन पनि गर्न सक्छन्, तपाईको ट्विटको आधारमा तपाईलाई फलो गर्ने कि नगर्ने भनेर निर्धारण पनि गर्नसक्छन् ।

new-twitterट्विटरमा आफ्नो ह्यान्डल छोटो मिठो राख्नुहोस्, सम्भव भएसम्म आफ्नो फोटो राख्नुहो्स र आफ्नो वायो पनि लेख्नुहोस् । वायोमा प्राय रुची/पेशा लेख्ने गरिन्छ, ता’की अर्कोले तपाईको वायो हेरेर तपाईलाई फलो गर्ने वा नगर्ने भनेर निर्धारण गर्नसक्छ । ट्विटर कुन प्रायोजनको लागि चलाउनुहुन्छ भन्ने हेक्का राखेर, ट्विट गर्नुहोला । अधिकांश केसमा, ट्विटरमा गरिएको ट्विटबाट तपाईको रहनसहन अनि तपाईको पेशा व्यवसायको बारेमा थाहा पाउनसकिन्छ । ट्विटरलाई राम्रोसँगले चलाउनु भयो भने, तपाईलाई फाइदा नै गर्छ, तपाईको लागि अवसरहरुको ढोका खोलिदिन पनि सक्छ तर ट्विटर’को गलत प्रयोग गरेको खण्डमा घाटा तपाईलाई नै हुनजान्छ ! “फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन” मानिने भएकोले सुरुमै यसबारे सोच्न जरुरी छ, ट्विटरमा छिरेर सुरुमै कसैलाई गाली गर्न थाल्नुभयो, बकम्फुसे ट्विट गर्न थाल्नुभयो भने, अरुले तपाईलाई सहज रुपमा स्विकार नगर्न सक्छन्।  “तपाईको परिचय, तपाईको व्यवहारले जनाउँछ” भनेझैँ तपाईको परिचय, तपाईको ट्विटरले जनाउनसक्छ, अत: सजग भएर ट्विटर चलाउनुहोला । शुभकामना ।

यो पनि….

आफ्ना केही अनुभव पहिले पनि यहाँ लेखिसकेको छु

ट्वीटर मा कसरी रमाउने, ट्वीटर कसरी चलाउने ? [Friday Tech ]

ट्विटर : फलो र अनफलो [Twitter Follow and Unfollow]

Comments

  1. You missed one very important point. There is no censorship on twitter. If you don't like someone's post, you just block him/her and they don't have to worry about their posts being removed. It is an actual freedom. Unlike facebook. :)

    Twitter has also defended many activists by refusing to provide their data to the governments.

    ReplyDelete
  2. Thanks for the comments. But I've mentioned this one: "
    ट्विटरमा कसैलाई पच्छ्याउनु भएको छ भने, उसले गरेका ट्विटहरु तपाईको रुचिका विषय हुन् भने उसँग अन्तरक्रिया गर्नुहोस्, रुचीकर ट्विट छैन भने, जुनसुकै बेला अनफलो गर्न सक्नुहुन्छ ।"

    ReplyDelete
  3. proud to have a twitter follower like you Aakarpost. you were one of my intial twitter friend who responded to my tweet and made it easier for me. As i always say, you and lexlimbu r celebrity twitter follower and blogger in eyes.

    ReplyDelete
  4. Thanks Shaku. That's how we started to Tweet. :)

    ReplyDelete
  5. Simply said impressive write...:-)

    ReplyDelete
  6. malai twetter chalaudai jani bani parya pachi sachikai facebook chalauna kam hudai gayako xa tara maile twitter ma aaphno circal banauna nai sakeko xaina tara pani aaphule follow gareka haruko tweet paddthha ramailo lagxa ra arko samasya vaneko nepali unicode ma lekhan nasakera ho. Tara pani ma aajakal Twitter ma bistarai ramauna thaleko chu ra yasma nai majja lagna thaleko xa. aaja kal ma pani twitter ma sikaru rupma prabes gari raheko xu tapaiko blog le twitter chalauna dherai nai sahayog gareko xa malai yasko lagi daju lai dherai dherai danyabadha.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

दिशा निर्देश - Guidelines for Written Nepali v0.1Alpha

This text will highlight some of the common mistake on written Nepali usage and set some standard guidelines that everyone can follow. Common Guidelines Avoid justify alignment Never use two or more than two spaces between words or sentences. This is commonly caused when you use the justify alignment. Always use smart quotes Never use dumb quotes (" ") but always use smart quotes (“ ”). Dumb Quote Smart Quote Always use smart apostrophe Never use dumb apostrophe (') but always use smart apostrophe (’). Note: There is no use of apostrophe in written Nepali, it is written here for completion. Commas/periods Commas/periods should go inside quotes. For exmaple: “नेपाल सानो देश हो,” उसले भन्यो । Don’t Underline Titles Instead italicize them. Nepali Specific Guidelines Purna Viram Due to the complexities in Devanagari, it is recommended that one give space before and after the Purna Viram (Devanagari Dand...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Bryan Adams Concert In Kathmandu Nepal @BryanAdams #Nepal #Pictures #Video

Canadian Rockstar Bryan Adams has arrived here at Kathmandu for his concert  from Bangladesh, this afternoon. And now currently he is performing in Dashrath Stadium, Kathmandu. After arriving at Tribhuvan International Airport (TIA), he was escorted to Soltee Hotel. From there he tweeted , “Just flew over Everest into Katmandu, Nepal. We are the 1st western band to play here. With all the music in the world how is that possible?”. He seems to be excited and surprised too. In tweet he mentioned Everest, Kathmandu and Nepal. He seems to be excited by an wonderful views of Himalayas, So it’s possible that he could go to mountain flight tomorrow. And he was surprised too, by knowing that he and his band is the first western band to perform here in Nepal. Though Western celebrity  like Ricky Martin, Leonardo DiCaprio  etc had already visited Nepal. After arriving at TIA, Bryan took some snap and posted it on twitter saying, “A big welcoming at the airport on arri...

Subscribe to Aakar Post