Skip to main content

ट्विटर नचलाउन्जेल गाह्रो, चलाउन थालेपछि त…

एक समय थियो, ट्विटरमा आफूले चिनेजानेको मान्छे भेट्नै गाह्रो । भेटिएर फलो गरिहालिए पनि आफ्ना चिनेजानेका साथिको ट्विट हेर्न हप्ता वा महिनौँ सम्म कुर्नुपर्थ्यो । सायद त्यसकारण पनि ट्विटर चलाउन मनलाग्दैन थियो ।

फेसबुकको भुक्तभोगी मलाई, ट्विटर साह्रै अप्ठ्यारो लाग्थ्यो, एक समय सबैले फेसबुकमा सोध्ने गर्थे, ‘तिमी कतिबेला चाँहि फेसबुकमा अफलाइन हुन्छौ?’ । न फेसबुकको जस्तो कमेन्ट गर्न मिल्छ न त अरु केही गर्न नै मिल्छ, “काला अक्षर भैँस बराबर” भने झैँ थियो ट्विटर आफ्ना’लागि । जम्मा १४० क्यारेक्टरमा लेखिएका केही कुराहरु टाइमलाइनमा देखिन्छन्, चिन्नु न जान्नु वा भनौँ आफूलाई कामै नलाग्ने ट्विट गर्नेलाई पनि फलो गरिएकोछ । सिधा रुपमा भन्दा ट्विटर बुझ्न साह्रै गाह्रो परेको थियो । तर चलाउँदै जाँदा, ट्विटरका आधारभुत सिध्दान्तहरु बुझिँदै गइयो, “लाइक माइन्डेड”हरुको नेटवर्क हो रहेछ, आफ्नो रुचि अनुसार फलो गर्नुपर्ने रहेछ, कुराकानी गर्दै जाँदा आफ्नो सर्कल बन्दै जाँदोरहेछ भन्ने थाहा भयो । Twitter Fade Image

म ट्विटर खासै चलाउँदैन थिए, यतिसम्म कि आफ्नो ब्लगपोस्ट पनि ट्विटरमा ट्विट गरिँदैन थियो । यसैबिच एउटा सोसल मिडिया तथा टेक्नोलोजी ब्लग “ग्लोबल थट्ज” (अहिले बजम भनेर सुपरिचित छ) मा लेख्नथालेँ, त्यसमा मलाई ‘साउथ अमेरिका’ सेक्सन’को जिम्मा दिइएको थियो ।

नेपालमा बसेर साउथ अमेरिकामा भएका टेक्नोलोजी गतिविधि समेट्नु पर्ने थियो ।  साउथ अमेरिका’को टेक्नोलोजी सम्बन्धि लेख्ने साइटहरु हेर्न थालेँ तर सबै साइटलाई बुकमार्क गरेर राख्नु वा आरएसएस फिड राख्नु झन्झटिलो काम थियो । यसको विकल्पको रुपमा ‘टविटर’ देखापर्यो । त्यसबेला देखि टेक्नोलोजी र सोसल मिडिया सम्बन्धि खबर पच्छ्याउन थालियो, अनि ट्विटरमा अन्य केही साथीहरु पनि भेटियो, ट्विट च्याट रमाइलो हुनथाल्यो । 

‘ट्विटर, ग्लोबल थट्ज र म्यासेबल’को नाम मैले यो ब्लगमा (Facebook Status became Colorful with Bra Color, But Why ?) उल्लेख गरेको छु । ट्विटरमा देखिएको ट्विट पच्छ्याउँदै यो ब्लग लेखेर, एक हिसाबले त्यसबेला नेपाली फेसबुक प्रयोगकर्ताहरुको माझमा क्रान्ति नै गरिएको थियो, भोलिपल्टको अन्नपुर्ण पोस्टमा यो ब्लगको हवाला दिएर एउटा समाचार नै पढ्न पाइएको थियो ।

ट्विटर चलाएका कारण, यो रमाइलो खबरबारे आफूले पहिले जान्ने बुझ्ने मौका पाइएको थियो । जसबाट ट्विटरको अर्को राम्रो पक्षको बारेमा जान्ने मौका मिल्यो, ट्विटरमा रस बस्यो, फेसबुकबाट मन हट्दै गयो । यस्तै साना-साना अन्य यावत कारणहरुका कारण ट्विटर मनपर्ने थाल्यो, ट्विटरबाट नयाँ साथिहरु भेट्न थालियो, उनीहरुको विचार थाहा पाउन थालियो, आफ्ना साथी सर्कलहरु बनाउँदै गइयो, आफूलाई रुची लागेका विषयहरुमा ट्विट गर्न थालियो, ह्यासट्याग भन्ने बुझियो । 

टक्नोलोजी खबर हुन् या अन्य जुनसुकै खबर हुन् ती खबरहरु ट्विटरमा पहिले भेट्न थालियो । यसरी ट्विटर चलाउन थालियो, अहिले बरु अरु साइट नहेरी बस्न सकिएला तर ट्विटर नहेरी बस्न नसकिने भएकोछ । आफ्ना रुचीका विषयमा कुराहरु गर्दै जाँदा र ट्विटरमा ती कुराहरुलाई फलो गर्दै जाँदा, काम गर्दै जाँदा र सिक्दै जाँदा अहिले आफ्नो जिवनमा नै “सोसल मिडिया” अभिन्न अंगको रुपमा जोडिन आइपुगेको छ ।

यी त भए आफ्ना कुराहरु, मेरो जस्तै अवस्थामा अहिले पनि धेरै साथिहरु हुनुहुन्छ होला । ट्विटरमा आएका साथीहरु केही सयलाई सुरुमै फलो गर्नुहुन्छ, उनीहरुका सय थरिका ट्विट पच्छ्याउनु हुन्छ, कता-कता आफू हराए जस्तो लाग्छ, अनि अरुलाई सायद गाली गर्दै बस्नुहुन्छ होला वा फलोब्याक गरेन भन्दै नानाभाँति भन्नुहुन्छ होला । सुरु सुरुमा ट्विटरमा छिर्दा, आफूले फलो गरेको व्यक्तिले आफूलाई फलो गरेन भने साह्रै दिक्क लाग्छ, कति चैँ भाउ खान सक्दोरै’छ जस्तो लाग्छ, सके केही दिनमा अनफलो र ब्लक पनि ठोकिन्छ, कारण उसका कुराहरु ठूला ठूला लाग्नसक्छन् ।

तर अब यसको लागि एउटै उपाय छ, आफ्नो रुचीलाई फलो गर्ने, रुची मिल्नेसँग ट्विटरमा कुराकानी गर्न थाल्ने, यसको अलावा आफू ट्विटर के प्रायोजनको लागि चलाउँदैछु भन्ने हेक्का राख्न पनि जरुरी छ । ट्विटर चलाउनेहरुको फलोअरहरु जति भएपनि सबैको आ-आफ्नै समूह छ, जहाँ आपसमा धेरै कुरा गरिन्छ । तपाई भर्खर भर्खर ट्विटरमा छिर्नुभएको छ भने, तपाइको समूह नहुन सक्छ, तपाईले चिनेका मान्छे नहुन सक्छन् ! अत: ट्विटरमा कसैलाई पच्छ्याउनु भएको छ भने, उसले गरेका ट्विटहरु तपाईको रुचिका विषय हुन् भने उसँग अन्तरक्रिया गर्नुहोस्, रुचीकर ट्विट छैन भने, जुनसुकै बेला अनफलो गर्न सक्नुहुन्छ । बिस्तारै अन्तरक्रिया गर्दै जाँदा, तपाईको आफ्नो साथी सर्कल बन्दैजान्छ । तपाईका कुरामा चाखमान्नेहरुले तपाईलाई फलो गर्दै जान्छन्, यो एउटा स्वभाविक प्रक्रिया हो । तर ट्विटरमा छिर्ने बित्तिकै कसैले फलो गरेनन्, कसैले मेन्सन गर्दैनन् वा कुरा गर्दैनन् भनेर चित्त दुखाउनुको सट्टा आफू ‘एक्टिभ’ हुने कोशिस गर्नुस् । तपाईले अन्तरक्रिया गर्न थालेपछि, अरुले पनि तपाईलाई ‘नोटिस’ गर्छन्, तपाईको ट्विटको प्रकृति हेरेर, तपाईलाई अरुले मुल्यांकन पनि गर्न सक्छन्, तपाईको ट्विटको आधारमा तपाईलाई फलो गर्ने कि नगर्ने भनेर निर्धारण पनि गर्नसक्छन् ।

new-twitterट्विटरमा आफ्नो ह्यान्डल छोटो मिठो राख्नुहोस्, सम्भव भएसम्म आफ्नो फोटो राख्नुहो्स र आफ्नो वायो पनि लेख्नुहोस् । वायोमा प्राय रुची/पेशा लेख्ने गरिन्छ, ता’की अर्कोले तपाईको वायो हेरेर तपाईलाई फलो गर्ने वा नगर्ने भनेर निर्धारण गर्नसक्छ । ट्विटर कुन प्रायोजनको लागि चलाउनुहुन्छ भन्ने हेक्का राखेर, ट्विट गर्नुहोला । अधिकांश केसमा, ट्विटरमा गरिएको ट्विटबाट तपाईको रहनसहन अनि तपाईको पेशा व्यवसायको बारेमा थाहा पाउनसकिन्छ । ट्विटरलाई राम्रोसँगले चलाउनु भयो भने, तपाईलाई फाइदा नै गर्छ, तपाईको लागि अवसरहरुको ढोका खोलिदिन पनि सक्छ तर ट्विटर’को गलत प्रयोग गरेको खण्डमा घाटा तपाईलाई नै हुनजान्छ ! “फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन” मानिने भएकोले सुरुमै यसबारे सोच्न जरुरी छ, ट्विटरमा छिरेर सुरुमै कसैलाई गाली गर्न थाल्नुभयो, बकम्फुसे ट्विट गर्न थाल्नुभयो भने, अरुले तपाईलाई सहज रुपमा स्विकार नगर्न सक्छन्।  “तपाईको परिचय, तपाईको व्यवहारले जनाउँछ” भनेझैँ तपाईको परिचय, तपाईको ट्विटरले जनाउनसक्छ, अत: सजग भएर ट्विटर चलाउनुहोला । शुभकामना ।

यो पनि….

आफ्ना केही अनुभव पहिले पनि यहाँ लेखिसकेको छु

ट्वीटर मा कसरी रमाउने, ट्वीटर कसरी चलाउने ? [Friday Tech ]

ट्विटर : फलो र अनफलो [Twitter Follow and Unfollow]

Comments

  1. You missed one very important point. There is no censorship on twitter. If you don't like someone's post, you just block him/her and they don't have to worry about their posts being removed. It is an actual freedom. Unlike facebook. :)

    Twitter has also defended many activists by refusing to provide their data to the governments.

    ReplyDelete
  2. Thanks for the comments. But I've mentioned this one: "
    ट्विटरमा कसैलाई पच्छ्याउनु भएको छ भने, उसले गरेका ट्विटहरु तपाईको रुचिका विषय हुन् भने उसँग अन्तरक्रिया गर्नुहोस्, रुचीकर ट्विट छैन भने, जुनसुकै बेला अनफलो गर्न सक्नुहुन्छ ।"

    ReplyDelete
  3. proud to have a twitter follower like you Aakarpost. you were one of my intial twitter friend who responded to my tweet and made it easier for me. As i always say, you and lexlimbu r celebrity twitter follower and blogger in eyes.

    ReplyDelete
  4. Thanks Shaku. That's how we started to Tweet. :)

    ReplyDelete
  5. Simply said impressive write...:-)

    ReplyDelete
  6. malai twetter chalaudai jani bani parya pachi sachikai facebook chalauna kam hudai gayako xa tara maile twitter ma aaphno circal banauna nai sakeko xaina tara pani aaphule follow gareka haruko tweet paddthha ramailo lagxa ra arko samasya vaneko nepali unicode ma lekhan nasakera ho. Tara pani ma aajakal Twitter ma bistarai ramauna thaleko chu ra yasma nai majja lagna thaleko xa. aaja kal ma pani twitter ma sikaru rupma prabes gari raheko xu tapaiko blog le twitter chalauna dherai nai sahayog gareko xa malai yasko lagi daju lai dherai dherai danyabadha.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post