Skip to main content

Posts

Showing posts with the label Twitter

जब पनि कसैले ‘सोसल मिडिया’ को प्रयोग कसरी भइरहेको सोध्दा, मलाई सँधै गुगलका अभिनाष कौशिकको ट्विट याद आउँछ । अभिनाषले ‘सोसल मिडियालाई किशोरावस्थाको सेक्ससँग लगेर जोडेकाछन्’ । उनको भनाइले मलाई सँधै झक्झक्याइरहन्छ, उनले भनेकाछन्, “Social media is like teen sex. Everyone wants to do it. No one actually knows how. When finally done, there is surprise its not better.” अत: सोसल मिडियाको अभ्यास गर्दै जाँदा यस्तै लाग्छ ! अनि विभिन्न तरिकाले सोसल मिडियाको अभ्यास गर्ने गरिएकोछ । ब्लग पनि सोसल मिडिया नै हो । तर आज यही ब्लगलाई नै अरु सोसल मिडिया टुलहरु प्रयोग गरेर कसरी ब्लगरले फाइदा लिन सक्छन् भन्ने कुरा गर्दैछु । ‘सोसल मिडिया’ भनेको अनलाइन ‘टुल’ हो, जसको प्रयोगबाट हामी सजिलोसँग अनलाइनमा आफ्ना भनाइहरु सेयर गर्न सक्छौँ, एकअर्का सँग अन्तरक्रिया गर्न सक्छौँ । ब्लग, फेसबुक , ट्विटर , युट्युब, स्लाइडसेयर, गुगलप्लस आदि सबै सोसल मिडिया हुन् । साँच्चै भन्ने हो भने, वेव २.० टेक्नोलोजी भएका सबै साइटहरु नै सोसल मिडिया हुन् । सोसल मिडिया भनेको एउटा अनलाइन ‘माध्यम’ हो । पासवर्ड प्रोटेक्ट नभएका वा भनौँ प्राइभ

पोखराबाट उडेको विमान जोमसोममा दुर्घटना (Agni Air Plane crashed in Jomsom) भएको खबर माइक्रोब्लगिङ साइट ट्विटर (Microblogging site Twitter) मा परालको आगो झैँ फैलियो । अस्ति भर्खर सिन्धुलीमा विमान दूर्घटना भयो भन्ने झुटो खबर फैलिएका कारण खबर झ्वाट्ट सुन्नेले पहिले त पत्याएनन्, तर एकैछिनमा ट्विटर प्रयोगकर्ताहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमले प्लेन दूर्घटना भएको खबर पुष्टि गर्दै ट्विट गर्न थाले । माइक्रो ब्लगिङ साइट ट्विटर समाचार ब्रेक गर्ने तथा समाचार र सूचना छिटो भन्दा छिटो संसारभर फैलाउने टुलको रुपमा परिचित हुँदै आएकोछ । अनि यही शिलशिलाको नियमितता स्वरुप,जोमसोममा भएको विमान दुर्घटनाको खबर पनि क्षणभर मै ट्विटरको माध्यमबाट विश्वभर फैलिएको थियो, यति मात्र होइन नेपाल ट्विटर ट्रेन्डमा पनि केही क्षणका लागि देखिएको थियो । अर्थात भनौँ, नेपाल ट्विटरमा विश्वव्यापी ट्रेन्ड (Nepal Trends Worldwide on Twitter ) भएको थियो, यसको अर्थ हुन्छ नेपाली समयअनुसार दिउँसो ११-१२ बजेतिर नेपाल सम्बन्धि हजारौं ट्विटहरु एकैसाथ संसारभरबाट ट्विटरमा ओइरिएको थियो । निश्चय पनि विमान दुर्घटना हामीलाई दुखित

ट्विटरमा एकाबिहानै जी. पौडेल (@gpoudel) को फोटो सहितको ‘मेन्सन’ आएको रहेछ, गएराती “नेपाल” ट्विटरको ट्रेन्ड टपिकमा देखियो भनेर ! हामीले हत्तपत्त रिट्विट गर्यौँ, नेपाली ट्विटर प्रयोगकर्ताहरुले आपसमा खुशी पनि साटासाट गरे तर केही छिनमै हल्ला फैलियो, हैन नेपाल ट्विटरमा देखिएकै छैन, पौडेलले सबैलाई झुक्याए, त्यो त ‘फोटोसप’ गरेको ‘फेक’ फोटो हो, आदि इत्यादी ! केहीले भन्नु नभन्नु, केही बाँकी राखेनन्, त्यो देख्दा चाँही नराम्रो लाग्यो ! फोटो सहित गरेको ट्विटलाई आधारहिन भन्दै ‘फेक’ फोटो र ‘फेक’ ट्रेन्ड भन्दै, ट्विटगर्ने र ती ट्विट रिट्विट गर्नेको बाढि नै आयो । ती ट्विटहरु देखेपछि मलाई ‘नेपाल’ ट्रेन्ड भएको भएपनि खासै उत्साहित बनाएन ! ट्विटरको टाइमलाइन हेर्नै दिक्क लाग्नेगरि ट्विट आउन थालेपछि, केही ट्विटर टुलहरु चलाएर हेरेँ ! नेपाल ‘ट्रेन्ड’ भएको हो कि होइन भनेर थाहा पाउन, ट्विटको, सोसलमेन्सन, टप्सी आदि ‘साइट’हरुमा धाइयो तर ‘नेपाल’ को नाम निशान कहीँ भेटिएन ! जी. पौडेल सँग पहिले पनि ट्विटरमा कुराकानी भइरहने भएका कारण, पौडेलको ट्विट र फोटो सही छ भन्ने विश्वासमा म थिँए ! अत: पहिले जी. पौडेल सँग नै क

ट्वीटर चलाउँदा बेग्लै किसिमको रमाइलो हुन्छ, चाहे सूचना समाचार होस् वा सन्चो विसन्चो सोध्न होस् वा अन्य नयाँ कुरा थाहा पाउन वा साथी बनाउन नै होस्, हरपल हरक्षण ट्विटरमा भुलिरहन मनलाग्छ ! केही साथीहरुलाई भर्खरै पनि ट्विटर चलाउन आग्रह गरेँ, यो ट्विटर फेसबुक भन्दा के फरक छ, यसबाट के हुन्छ भन्ने किसिमको जवाफ पाँए ! मेरो सुझाव थियो, रेगुलर एक हप्ता जसरी नि चलाउ, आफैँ थाहा हुन्छ ट्विटर भनेको के हो भनेर ! अनि ट्विटर चलाउनेहरुलाई ट्विटर के हो भनेर, बुझाउनु पर्छ जस्तो पनि लाग्दैन ! माइक्रोब्लगिङ साइट ट्वीटरको बारेमा सबैको आ-आफ्नै किसिमको धारणा होला, अनि यसको प्रायोजनको कारण पनि सबैको लागि फरक-फरक नै होला । कोही ट्वीटर रमाइलोको लागि चलाउँछन्, कोही आफ्नो विचार प्रवाह गर्न चलाउँछन्, कोही सूचना तथा समाचारको लागि प्रयोग गर्छन्, कोही साथीसँग नजिक भइरहनको लागि प्रयोग गर्छन्, कोही आफ्नो व्यापार-व्यवसायको प्रचारप्रसारको लागि प्रयोग गर्छन् । ट्वीटर जसले जसरी पनि चलाउन सक्छ, राम्रो सँग चलाएको खण्डमा रमाइलो हुन्छ, राम्रो प्रतिफल निस्किन्छ ! ट्वीटरको दुरुपयोग गरेको खण्डमा प्रतिफल नराम्रो नै हुन्छ । १४० “

जनवरी १८ लाई इन्टरनेटमा कालो दिनको रुपमा मनाइएकोछ ! “पाइरेसी रोक्न” अर्थात “स्टप अनलाइन पाइरेसी” (Stop Online Piracy Act –SOPA) “सोपा” नामक विधेक अमेरिकी संसदले “पास” गर्न लागेका कारण, इन्टरनेटका हजारौँ साइटहरुले, “सोपा” को विरोध गर्दै उक्त दिनलाई कालो दिनको रुपमा मनाएका थिए ! विरोध स्वरुप विकिपेडिया, रेडिट, बोइबोइङ लगायतका साइटहरुले आफ्नो पेजलाई कालो बनाएका थिए भने अन्य हजारौँ साइटहरुले “स्टप सोपा” सहितका व्यानर आफ्नो साइटमा राखेका थिए ! इन्टरनेटका कारण गितसंगित, चलचित्र लगायतका कुराहरुको पाइरेसी बढिरहेको कुरामा दुइमत नहोला ! यसर्थ अमेरिकी सरकारले ल्याउन लागेको कुरा, “पाइरेसी” का विरुद्ध भनेकाले राम्रो झैँ देखिएपनि, यथार्थमा यो नियम लागु भएको खण्डमा प्राय सबै साइटहरु बन्द हुनेछन् ! साइटहरु बन्द भएको खण्डमा इन्टरनेट कस्तो हुन्छ भन्ने कुरा त, हिजो गरिएको “इन्टरनेट ब्ल्याकआउट” ले पनि प्रस्ट पारेकोछ ! खोजेका सबै कुराहरु पाइने, विकीपेडियाका पेजहरुमा हिजो केही भेटिँदैन थियो ! बोइङबोईङ नेट, वायर्ड म्यागजिनहरुमा लेखिएका कुराहरु पढ्न पाइएको थिएन ! सोपा लागु भएको खण्डमा, विकिपेडिया, फेसबुक ,

माइक्रोब्लगिङ साइट ट्वीटर गत बिहीबार देखि नयाँ स्वरुपमा (New Twitter) आएकोछ । नयाँ आएको ट्वीटरको डिजाइनमा व्यापक परिवर्तन गरिएकोछ भने केही नयाँ “फिचर”हरु पनि थपिएकोछ। ट्वीटरको वेव भर्सन मात्र होइन, आइफओन (iPhone) र एन्ड्रोइड (Android) को लागि पनि नयाँ “ट्वीटर एप” ( Twitter App) को निर्माण गरिएकोछ भने ट्वीटरले केही महिना पहिले किनेको “ट्वीटडेक” (TweetDeck) को डिजाइनमा पनि हेरफेर गरिएकोछ । ट्वीटर होमपेजमा देखिने होम (Home), प्रोफाइल (Profile), म्यासेज (Message) आदिलाई होम (Home), कनेक्ट (@Connect), डिस्कभर (#Discover) आदिले विस्थापित गरिदिएकाछन् भने म्यासेज (Direct Message) ड्रपडाउन मेनुमा गएर लुकेकोछ । ट्वीटरको वाँया तिर देखिने टाइमलाईन ट्वीटरको दाँया तिर सरेको छ । नयाँ ट्वीटरको माथिल्लो भागमा होम, कनेक्ट, डिस्कभर, सर्चबार, प्रोफाइल र ट्वीट बटन रहेकोछ  । होमपेजको वायाँ साइडमा आफ्नो प्रोफाइल छ, जहाँबाट नयाँ ट्विट लेख्न सकिन्छ । त्यसको तल क-कसलाई फलो गर्ने भनेर ट्वीटरले सल्लाह दिन्छ । त्यसको तल भने, ट्वीटरको ट्रेन्डिङ टपिक रहेको छ । त्यस्तै ट्वीटरको दायाँ साइडमा आफ्नो टाइमलाइन

MLTR Live Concert in Nepal: Danish band MLTR band ( Michael Learns To Rock ) has arrived in Kathmandu on Wednesday for their Rock Live concert in Nepal 2011. MLTR’s band members, vocalist and keyboardist Jascha Richter, drummer Kare Wanscher and guitarist Mikkel Lentz are all set for the Live in Concert in Kathmandu on Saturday, 19th November. Formed in 1988, the band has sold over 11 million records worldwide, mainly in Asia, and in addition, another 6 million or more paid downloads for their single “ Take Me To Your Heart ” which was awarded " Most downloaded single of the year 2006 ". ~ Wikipedia MLTR band is here in Nepal and everyone is talking about them. Here is what people are saying about MLTR in SocialMedia. Most of the people are excited while some are complaining.

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडलाई अन्तरवार्ता दिँदै मन्त्रीमण्डल ठूलो बनाउनु आफ्नो बाध्यता रहेको बताएकाथिए । देशका युवाहरुले आफूबाट धेरै आश गरेको बताउँदै भट्टराईले आफ्नो छवि विग्रन सक्ने कुरामापनि आफू सचेत रहेको बताएकाथिए । शान्ती र संविधानको लागि आफूले स्याक्रिफाइस गरेको भन्दै, आफ्नो ठूलो मन्त्रिमण्डल विस्तार गर्ने कार्यको बचाउ गरेकाथिए । ठूलो मन्त्रिमण्डलको बारेमा राखिएको एक जिज्ञासामा डा. भट्टराईले सबै मन्त्रीलाई नचिन्ने बताए । भट्टराईले भने, “मलाई मन्त्री छान्ने सुविधा मलाई छैन। कति मन्त्रीलाई त म चिन्दा पनि चिन्दिन नाम पनि थाहा छैन। स‌ंयुक्त सरकारको वाध्यता हो यो।” बालकृष्ण ढुंगेलको बारेमा गरिएको कुराकानीमा भने अब सर्वोच्चले जे फैसला गर्छ त्यो मान्य हुनेबताए । दिपक भट्टराईले गर्नुभएको ट्विटहरु समेटेर हामीले यो ब्लग तयार पारेका छौँ !

फेसबुक अहिलेको समय मा सबैभन्दा धेरै चलाइने र धेरैले चलाउने ‘सोसल नेटवर्किङ साइट’ हो । साथीभाइ विच फेसबुक बाट नै सूचना को आदानप्रदान हुन थालेको छ । कैयौँ फोटो र भिडियोहरु ‘भाइरल’ भएर सबैको फेसबुकमा पुगिरहेकाछन् । फेसबुकमा लेखिएका अधिकांश कुराहरु मा साथीहरुले ‘कमेन्ट’ गर्ने, ‘लाइक’ गर्ने आदि गर्छन् । जस्तोसुकै कुरा किन नहोस्, फेसबुकमा राखिसकेपछि कुनै न कुनै व्यक्तिले जरुर हेरिरहेको हुन्छ । फेसबुकको लोकप्रियता सँगै, ब्लगहरु पहिले को जस्तो रहेनन् भनेर भन्नेहरु धेरै भेटिएकाछन् भने, ब्लगर साथीहरु पनि, आफ्नो ब्लग भिजिट नहुने, कमेन्ट नआउने कुराहरु गर्न थाल्नुभएको छ । भिजिट नहुनु र कमेन्ट न-आउनु अलग कुरा हुन् । कमेन्ट आएको र नआएको आधारमै यो ब्लग हिट भयो, यो ब्लग हिट भएन, कसैले पढेनन् भन्ने कुरा हुँदैन । राम्रो ब्लग छ भने, कुनै कमेन्ट नै नभएपनि, उक्त ब्लग हिट हुनसक्छ,  साथीहरुको फेसबुक र ट्विटरमा उक्त ब्लग ‘सेयर’ भइरहेको हुनसक्छ । साथीहरुको स्टाटस र ट्विटबाट नै तपाईको ब्लगमा मौन पाठकहरु आइरहेकाहुन सक्छन् । कसैले पढ्दै नपढि या भनौँ सरसर्ति हेरेर “साह्रै दामी पोष्ट” भनेर प्रतिक्रिया लेख्नु भन

जब जमिन हल्लिँदै थियो, हामी (म र इश्वर ) नेपाल वायुसेवा निगम सुन्धारा अगाडि सडक को बिच बाटो मा थियौँ । पानी परेको कारण सयौँ मानिसहरु गाडी को पर्खाइमा थिए । नेपाल वायुसेवा निगम अगाडि पुग्दा ड्याम्म केही पड्केको आवाज झैँ आयो, आफू तल को जमिन हल्लिरहेको थियो, आफू अगाडि को विजुली को खम्बा अनि वायुसेवा को बिल्डिङ हल्लिरहेथ्यो । हल्लीखल्ली मच्चीहाल्यो, भूकम्प आयो, भुइँचालो आयो, उ हल्लिँदैछ, घर अझै हल्लिँदै छ । हामी रोडको बिचमा थियौँ । रोड को पश्चिमतिर रोड को आधि बाटो ढाकेका थिए मान्छेहरुले । हामी रोड को बिचमा थियौँ, खुल्ला आकाशमुनी थियौँ । मन मा कुनै किसिम को डर थिएन । सम्भवत पहिलोपटक भुँइचालो को आभास गर्दै थियौँ । सडक को बिचमा उभिएको हुँदा यता र उता कुद्नुपर्ने कुनै जरुरी थिएन ।  याद आयो अरु केही नभएपनि ट्विट गरिहाल्नुपर्छ । मोवाइलमा ब्राउजर मा ट्विटर नै खुलिरहेको थियो, हतार हतार भूकम्प आएको कुरा ट्विट गरियो, आफू मुनि को जमिन हल्लिनै रहेजस्तो लागिरहेथ्यो । तर त्यो ट्विट प्रकाशित हुन सकेन, जिपीआरएस चलेन, मेरो र इश्वर दुवैको । ६.९ रेक्टर स्केल को नेपाल को पूर्वी सिमानमा आएको भुइँचालो ले क

Miss Nepal 2011: Malina Joshi. Congratulations!!! (Update) 17th edition of Miss Nepal 2011 beauty pageant has kicked off at "Nepal Army Officers' Club" in Kathmandu this afternoon. 19 beautiful and talented ladies contestant are participating in the grand finale of Miss Nepal 2011. Program is jointly hosted by Ramon Shrestha and Bhumika Thapa. Contestants are: Prasmita Sharma 01 Nisha Joshi 02 Manisha Bista 03 Namrata Dahal 04 Neha Paudel 05 Prasansha Rana 06 Malina Joshi 07 Shreeja Shrestha 08 Shruti Pandey 09 Pratibha Shrestha 10 Aruna Shrestha 11 Dipenti Shrestha 12 Madina Begum 13 Rajita Khadka 14 Bishnu Chemjong 15 Sarina Maskey 16 Biki Gadtaula 17 Neeta Yogi 18 Anupama Gurung 19 In the grand finale of Miss Nepal 2011, following people are seated as judge: Jenisa Moktan, Romi Pradhan, Yogeshwor Amatya, Rajendra Bajgain, Sailaja Acharya, Srijana Rana, Diapk Kharel,Ajaya Bhadra Khanal, Manisha Koirala, Ritu Singh Baidya. Yeso Bardhan Pra

The country is all set to get its 35 th prime minister today. Dr. Baburam Bhattarai of UCPN (Maoist) and Ram Chandra Paudel have registered their candidacy for PM election. As the United Democratic Madeshi Front (UDMF), the alliance of five Madhes-based parties, has already decided to support UCPN (Maoist) prime ministerial candidate Baburam Bhattarai. It is likely that, we are going to get Dr. Baburam Bhattarai as our 35 th prime minister. I’ve been seeing streams of tweets and updates on Twitter and Facebook respectively. And everyone is claiming that Dr. Baburam Bhattari is next PM. Lets have a look what people are saying about PM election on Facebook and Twitter. Tweepals are tweeting about PM election with #pmelection as hashtag.

सन्दर्भ भारतमा निर्वासित जिवन बिताइरहेकी बङ्गलादेशी लेखिका तसलिमा नसरिनले ट्विटरमा ट्विट गरेको कुरो हो । तसलिमा नेपाल जाँदै थिइन तर उनले एयरपोर्टमा पासपोर्ट लैजान बिर्सिछिन् र उनले ट्विटर मा ट्विट गरिन्, “मैले नेपाल विदेशी राष्ट्र हो भनेर नसोचेको कारण, पासपोर्ट ल्याउन बिर्सिए, म काठमाडौँ जान पाइन” (My Nepali friends,I missed my flight to go to Kathmandu today.I forgot to bring my passport as I didn't consider Nepal a foreign country!) उनले ट्विटरमा ट्विट गर्ने वित्तिकै नेपाली ट्विटरप्रयोगकर्ताहरु माझ ट्विट को बाढि आयो । नेपाललाई छुट्टै देश नभनिएको र नेपाल छुट्टै देश हो भनेर थाहा नपाएकोमा नेपाली ट्विटरप्रयोगकर्ताहरुको तारो तसलिमा बन्न पुगिन् । धेरै पहिले एक साथीले भनेको सम्झिन्छु, “हामी नेपाली साह्रै सेन्टी छौँ, देश, बुद्ध र सगरमाथा को कुरा गर्दा, तर काम कहिले गर्दैनौँ” । मलाई हिजो त्यस्तै लाग्यो । अरुलाई सायद तसलिमा ले भनेको कुरा असह्य भयो होला तर मलाई सामान्य नै लाग्यो । उनी बङ्गलादेशी हुन् अनि भारतमा बसिरहेकी छिन्, नेपाल र भारत बिच खूला सिमाना छ, जहाँ जानलाई पासपोर्ट चाँ