Skip to main content

हाम्रो खोक्रो राष्ट्रियता #Nationality #Nepal #Opinion

सन्दर्भ भारतमा निर्वासित जिवन बिताइरहेकी बङ्गलादेशी लेखिका तसलिमा नसरिनले ट्विटरमा ट्विट गरेको कुरो हो ।

तसलिमा नेपाल जाँदै थिइन तर उनले एयरपोर्टमा पासपोर्ट लैजानMy Dream Nepal and Flag बिर्सिछिन् र उनले ट्विटर मा ट्विट गरिन्, “मैले नेपाल विदेशी राष्ट्र हो भनेर नसोचेको कारण, पासपोर्ट ल्याउन बिर्सिए, म काठमाडौँ जान पाइन” (My Nepali friends,I missed my flight to go to Kathmandu today.I forgot to bring my passport as I didn't consider Nepal a foreign country!)

उनले ट्विटरमा ट्विट गर्ने वित्तिकै नेपाली ट्विटरप्रयोगकर्ताहरु माझ ट्विट को बाढि आयो । नेपाललाई छुट्टै देश नभनिएको र नेपाल छुट्टै देश हो भनेर थाहा नपाएकोमा नेपाली ट्विटरप्रयोगकर्ताहरुको तारो तसलिमा बन्न पुगिन् । धेरै पहिले एक साथीले भनेको सम्झिन्छु, “हामी नेपाली साह्रै सेन्टी छौँ, देश, बुद्ध र सगरमाथा को कुरा गर्दा, तर काम कहिले गर्दैनौँ” । मलाई हिजो त्यस्तै लाग्यो ।

अरुलाई सायद तसलिमा ले भनेको कुरा असह्य भयो होला तर मलाई सामान्य नै लाग्यो । उनी बङ्गलादेशी हुन् अनि भारतमा बसिरहेकी छिन्, नेपाल र भारत बिच खूला सिमाना छ, जहाँ जानलाई पासपोर्ट चाँहिदैन, सायद यही कुरा सोचेर तसलिमा ले आफ्नो ट्विट गरेको हुनुपर्छ भन्ने मेरो अनुमान हो । तर हामी नेपालीलाई उनले भनेको कुराले धेरै छोयो, हामीले तथानाम गाली गर्यौँ । तसलिमाले आफ्नो गल्ति लगभग स्विकार गरिसकेकीछिन्, तर हामी यति उग्र भयौँ कि उनलाई तथानाम भन्यौँ । अन्तत: उनले नेपाल जाने कुरा क्यान्सल गरेको कुरा ट्विटरमा बताइन् ।taslima nasrin

ट्विटरमै यो पनि भनिन् कि, उनीहरुलाई राष्ट्रियता भएपछि पुग्यो तर उनीहरु शिक्षा, स्वास्थ्य, स्वतन्त्रता माग्दैनन् । (Give them religion and nationalism, they'll be happy forever. Will not demand for education,health care,equality and basic freedom.) मलाई उनको कुरामा खासै असहमति छैन, मलाई तसलिमा ले गरेको ट्विट सबै सामान्य नै लागेको हो । कमि हामी मै छ जस्तो लाग्यो, यदि हाम्रो देश अघि लम्केको भए, विश्वले नेपाल भनेर चिन्ने थियो तर हामीले त्यस्तो उल्लेख्य केही काम गरेको छैनौँ, हामी केवल सगरमाथा र बुद्ध को देश भनेर गर्व गरेर मात्र बसिरहेका छौँ । हामीले आफ्नो भनेर गर्व गर्ने कुरा पनि भारत र चिन जस्ता देशले मेरो भनिदिन्छन्, हामी हल्ला गर्छौँ तर गौतम बुद्द नेपाल का हुन् भनेर संसारलाई चिनाउने जस्तो कार्य केही गर्दैनौँ ।

देशलाई सगरमाथा र बुद्ध को देश भनेर बसेर मात्र हुँदैन, देशलाई चिनाउन हामी आफैँले आफ्नो ठाउँबाट आफ्ना साना-साना कुराहरु बाट सुरु गर्नुपर्छ । सबैले आ-आफ्नो ठाउँबाट आफूले सकेको योगदान दिने हो भने, सबै कुरा सम्भव छ, तर हामी राजनिती अस्थिर छ भनेर सँधै दोष दिएर पन्छिन खोज्छौँ, यद्दपी राजनिति अस्थिर हुँदा समस्या त जरुर नै हुन्छन् । आदर्श र राष्ट्रियता ले पेट भरिन्न भन्ने सबैलाई थाहा छ, सायद मैले गरिरहेको कुरा पनि आदर्शका भए होलान् तर आफ्नो तर्फबाट केही गर्न सक्छु भन्ने लागिरहेको छ ।

हामी अखबारका पाना मा पढ्छौँ, “अन्ना हजारे ले यस्तो र त्यस्तो गरे”, अझ एक वरिष्ठ पत्रकारले हिजो को एक दैनिक मा फेसबुक ट्विटर बाट परिवर्तन को सम्भावना प्रति लक्षित गर्दै  लेखेका थिए, "के हामी फेसबुक, ट्युटरजस्ता सामाजिक संजालसमेत प्रयोग गरेर एउटा निर्णायक दवाव दिने समूह निर्माण गरी सडकमा उत्रिन सक्छौं ?” उनको कुरालाई सबैले आदर्श माने, धेरै व्यक्तिले यही कुरा ट्विट गरे, तर यसरी त्यो कुरा ट्विट गर्नेहरुमध्ये अधिकांशले नै “नेपाल युनाइट्स” ले थालेको अभियानको खुट्टा तानिरहेकाछन् । हामी “डबल स्टान्डर” का मान्छे हौँ? म ट्विटरमा यही नै देखिरहेको छु । पत्रिकामा, अनलाइनमा फेसबुक, ट्विटरबाट परिवर्तन गर्न सकिन्छ भनेर गफ दिने, इजिप्ट, ट्युनिसिया र हालै भारतमा उर्लिएको जनलहर को उदाहरण दिने, अनि नेपाल मा पनि गर्न सकिन्छ, देशको कायापलट गर्न सकिन्छ भनेर युवा समूह अघि लाग्दा हामी आफैँ खुट्टा तान्ने, अनि नेपालयुनाइट्स को अभियानलाई लण्डन को हुलदंगा सँग लगेर जोडिदिने ? हामी मात्र खोक्रो आदर्श र राष्ट्रियता को कुरा गर्छौँ तर कुनै सिन्को भाँच्ने काम गर्दैनौँ ।Tallest Statue of Lord Shiva in the World

भारतिय नागरिक ले साँगामा विशाल महादेव को मुर्ति बनाएकाछन् । हामी सोच्दैनौँ, त्यसबाट देशमा कति धार्मिक पर्यटकहरु नेपाल भित्र्याउन सकिन्छ, मात्र हामी सोच्छौँ, भारतियले मुर्ति बनायो, पार्क मा छिरेको पैसा लिन्छ रे, आफ्नै अनुहार को बनायो रे मुर्ति पनि आदि इत्यादी । विश्व को सबैभन्दा अग्लो शिव को मुर्ति भन्ने कुरा हामी गर्वका साथ अरुलाई सुनाउँछौ, तर जब कसले बनायो, किन बनायो भन्दा एउटा भारतिय ले बनायो, त्यहाँ छिर्ने पनि पैसा लाग्छ रे, ठग रै’छ ! अनि पत्रिका, टिभी, अनलाईनमा विशेष खबर हुन्छ, यस्तो र त्यस्तो गरे भनेर, राम्रो कुरा सुन्न पाइँदैन । कमल जैन व्यवसायी हुन्, उनले शिव को मुर्ति बनाए, त्यसलाई देशको सानसँग जोड्न सकिन्छ, विश्वको अग्लो शिवको मुर्ति भनेर धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । त्यति ठूलो भारत का लाखौँ हिन्दुपर्यटकहरु भित्र्याउने प्रचुर सम्भावना छ, त्यो भनेको सबैको हित र फाइदा कै कुरो हो। जैनले त्यहाँ छिरेको पैसा लिन्छु भन्दा ३ हात माथि उफ्रेर यसले धर्म को नाममा व्यापार गर्यो भन्छौँ, तर यो सोच्दैनौँ कि त्यसलाई स्याहार सम्भार र हेरचाह गर्न मान्छे खटाइएको छ । पशुपति को करोडौँ को ढुकुटि लुट्दा हामी केही गर्न सक्दैनौ, तर निजि स्तरबाट गरिएका प्रयासलाई सँधै भाँजो हाल्न खोज्छौँ भने यो कस्तो राष्ट्रियता हो हाम्रो?

भारत ले बुद्ध भारतमा जन्मिएको दावी गर्दै लुम्बिनी जस्तै दुरुस्त ठाउँ बनाउँदैछ भन्ने थाहा पाएर हामीले हल्ला त धेरै गरिसक्यौँ तर खै लुम्बिनीलाई चिनाउने पहल गरेको ? देशमा सँधै बन्द र हड्ताल हुने, अनि हामी जपिरहने विश्व का शान्तिदुत बुद्ध को जन्म नेपालमा भएको हो । खै, हामीले उदाहरण पेश गर्न सकेको, साँच्चै गौतम बुद्ध नेपाल मै जन्मिएका हुन् भनेर ? ठमेल मा रात्रीजिवन छ भनेर हामी भन्छौँ भने, अन्तराष्ट्रिय स्तरमा प्रचार गरौँ न, नेपाल मा रात्री जिवन छ भनेर । हामी ठमेल जान्छौँ, अनि भन्छौँ ठमेल त खत्तम भएछ यार, त्याँ त यस्तो छ त्यस्तो छ । त्यहाँ रात्रीजिवन छ भने, प्रचार गरौँ अन्तराष्ट्रिय क्षेत्रमा नेपाल सगरमाथा र बुद्ध को देशमात्र होइन, यहाँ रात्रीजिवन पनि छ । सायद यस्ता कुरा अपाच्य लाग्न सक्छ, तर हामीले त्यसबाट पनि आफ्नो अस्तित्व संसारमा देखाउन सक्छौँ, संसारभर जहिँतहीँ रात्रीजिवन छ, भने नेपाल मा छ भन्न किन हिच्किचाहट?

जब पनि देशमा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरिन्छन् । नारिवादी संगठन र पार्टिहरु नारी को सौन्दर्य को व्यापार भो, यस्तो त्यस्तो भनेर कुरा गर्छौँ, अहिले सम्म का मिसनेपाल ले “टुपिस” लाउने बाहेक अरु के काम गरे भनेर उफ्रिन्छौँ । सायद हामीले उनीहरुलाई मिल्दो वातावरण हामीले बनाउन सकिरहेका छैनौँ । ऐश्वर्या राय भनेपछि सबैले भारत भनेर चिन्छन्, हामी पनि त्यस्तै गरि देशलाई चिनाउन सक्छौँ तर हामी यस विषयमा सकरात्मक सोच्दैनौँ । हामी नेपालीको बानी छ, प्रवल गुरुङ हुन् या निल डेभिड नेपाल मा बसेर काम गरेको भए हामी नकरात्मक नै सोच्थ्यौँ होला, के गरिरा’छन् यिनीहरुले? तर फेसन को दुनियाँमा प्रवल गुरुङ ले संसारभर तहल्का मच्चाइरहेका छन् । हामी प्रवल गुरुङ माथि गर्व गर्छौँ तर आफ्नो देशको सौन्दर्य प्रतियोगिता/ फेसन शो को चाँहि सदैव विरोध गर्छौ? अलकति लामो कपाल पालेको, मुन्द्रि लाएको देख्यौँ भने, कस्तो सुकुलगुन्डा रे’छ भन्ने धारणा बनाउँछौ तर निल डेभिड कटुवाल को चाँहि हामी खुलेर प्रशंसा गर्छौँ । आखिर यो डबल स्ट्यान्डर्ड किन? के हामी हाम्रो देशमा फेसन शो हुन्छ, हाम्रो देशमा सुन्दर नारीहरुछन्, हाम्रो देशमा सौन्दर्य प्रतियोगिता हुन्छ भनेर संसारलाई भन्न सक्दैनौ?

हामी देशलाई क्रिकेट र फुटबल को देश भनेर चिनाउन सक्ने क्षमता राख्छौँ जस्तो लाग्छ तर यही विडम्बना छ कि, खेलाडीहरुलाई राम्रो सुविधा दिइँदैन, खेल को केही अघि देखि मात्र हाम्रोमा प्रशिक्षण र अनेक कुरा सुरु हुन्छ । अनि नतिजा सोचेको जति रहँदैन । तर हामीले “नेपाल” छ है भनेर विश्वमा चिनाउन यही फुटबल र क्रिकेट बाट सक्छौँ ! गौतम बुद्ध र सगरमाथा को कुरा नगरे पनि फरक पर्दैन । हामी हुँदै नभएको विश्वको दोस्रो जलस्रोत को धनी राष्ट्र भन्ने राग अलापेर बस्छौँ । १०० वर्ष अघि नेपाल मा बिजुली बल्दा हाम्रो छिमेक मा बिजुली थिएन रे, तर खै त अहिलेसम्म हामीले १ हजार मेगावाट पनि उत्पादन गर्न सकेका छैनौँ, १४ देखि १८ घन्टा सम्म लोडसेडिङ मा बसेको हाम्रो अनुभव छ । हामी कहिले लोडसेडिङ नहुने देश, देशको सबै कुनामा बिजुली, बाटो पुगेको देश भनेर संसार सामू चिनिने क्षमता राख्छौँ जस्तो लाग्छ ।

सबैकाम सबैले गर्न सक्दैनन् तर जसले पनि आफ्नो क्षेत्रमा भएको काम मा अलिकति मात्रै पनि संयमता अपनाउँछ भने नेपाल चिनाउन सम्भव छ । यसले यसो गर्यो र त्यसो भन्यो भनेर, भित्र भित्रै कुँडिएर बस्नु पर्दैन होला जस्तो मलाई लाग्छ । सकिन्छ आफ्नो तर्फबाट इमान्दारितापुर्वक आफ्नो काम गरौँ, हैन सकिँदैन भने आलोचना गरेर नबसौँ !

Comments

  1. तसलिमा त स्वीडेन बाट नेपाल आउन खोज्दा पासपोर्ट ल्याउने बिर्स्या  रे हैन? विदेश बाट  हामि हाम्रै देश नेपाल र उनि उनकै देश बंगलादेश वा भारत जाँदा नि पासपोर्ट त लिएरै जानुपर्छ हैन र?
    मैले नबुझेको हो कि?

    ReplyDelete
  2. ehh murkha...she stays in sweden not india. guff matrai badi dina aaucha...fact jati sab ulto

    ReplyDelete
  3. आकार जी,

    सबै शब्दहरु तसलीमाको प्रसँगबाटनै फुरेका भएपनि तसलिमाकै उदाहरणमा चाहिँ अलिक चित्त बुझेको छैन किनभने दक्षिण एसियाको एक प्रख्यात लेखिकाले त्यहि भू-भागको देश वारेमा नजान्नु पक्कै पनि हाँस्यास्पद कुरो हो। अन्यथा, लेख निकै राम्रो छ। सबै उदाहरणहरु वास्तविक लाग्छन्। यस्तै सटिक लेखहरुको प्रतिक्षामा।।।

    ReplyDelete
  4. Man ko kura....thank you aakar jee

    ReplyDelete
  5. सहि लेख !! ठ्याक्कै मनको कुरो !!! नेपालले भुटानजस्तो भारतसँग सम्बन्ध राख्यो भने मात्रै केहि हुन सक्छ । आफ्नो हुनुओर्नु केहि छैन, बुरूक् बुरूक् प्रचण्डले कुम उचालेजस्तो उचालिएर हु्न्छ ??

    ReplyDelete
  6. दिनेश घिमिरेAugust 1, 2012 at 11:58 AM

    बिबिध कुरा मिलाउने छेमता जनताले राख्दैनन्,त्यो काम त सरकाको  हो,ट्वीटरको तसलिमा को भनाइ आफैँमा लज्जास्पद छ किनभने उनीजस्ती संसार प्रसिद्ध लेखिकालाई नेपाल एउटा स्वतन्त्र देश हो भन्ने थाहा नहुने?ऊनी त्यहिँ बङ्लादेशकी होइनन् र्?

    ReplyDelete
  7. intention सहि थियो, सदसियत देखाइएको थियो, impact गलत पर्‍यो । संबैधानिक कानूनको व्याख्या अनुसार Hitler को शासन पनि संबैधानिक थियो ... । मेरो भन्नु के मात्र हो भने prima facie असर के पर्छ भनी नसोचिकन लेखिएको हो वा attention प्राप्त गर्न नै पनि हुन्सक्छ । जसरी मुस्लिम धर्मको बिरोध गरेमा फतहा जारी हुनु स्वाभाबिक हो, एक समुहको प्रतिकृया पनि स्वाभाबिक थियो अनी खोक्रो राष्ट्रियता भन्नेहरुको पनि स्वाभाबिक ।

    तपाईं म हामीसँग 'right to get offended' र 'right to criticize' दुबै छ ... I declare I was offended by her tweet because she failed to act at minimum according to reasonable person's notion- duty of due care.

    कुनै अमुक ब्यक्तिको भनाइले मेरो देशको राष्ट्रियतामा  केही असर गर्दैन, त्यही महत्व प्राप्त गर्न सक्ने कोही छ जस्तो मलाई लाग्दैन ।  

    ReplyDelete
  8. लेखको सार प्रति अर्को मत रहेन मेरो। तस्लिमा नस्रिन बाहेक का कुराहरु तितो सत्य हुन्। हामि हल्ला मात्र गर्छौँ  काम फिटिककै गर्दैनौ। 

    जहाँसम्म तस्लिमाको कुरो छ, उनि जुन रुपमा प्रस्तुत भइन, त्यसले मलाई चित्त बुझेन। आफुलाई फलानो देशको नागरिक हुँ भनेर भन्न नपाउनुको पिडाबोध झल्कन्छ, उनको अभिब्यक्तिहरुमा। त्यो पिडाबोधलाई कसरि हेर्ने भन्नेमा हाम्रा रायहरु बाझिन पुगेका मात्र हुन।

    सधैँ झैँ हामिलाई अर्को हल्ला गर्ने issue मात्र थपिन पुग्यो।

    बिजय कुमारको लेख पढिसकेपछि, "हैन के भन्छ यो के हामि सधैँ आन्दोलन मात्र गरेर बस्ने" भनेर फेसबूकमा कमेण्ट गर्नेहरुसम्म देखिए। यहि पनि एकजनाले "त्यो सरकारको काम, जनताको हैन" भनेर कमेण्ट गरिसके। 

    नेपालले भारतमा जस्तो अन्ना हजारे प्रेरित  गान्धिवादि आन्दोलन कहिल्यै सिक्दैन। यस्ले सिक्छ त लण्डन जस्तो अर्थहिन हिँसा।गणेशमान सिँहले भनेझैँ , नेपालीहरु भेँडा हुन्। दुखका साथ भन्नुपर्छ, हामि अझ धेरै बर्ष भेँडा-बाख्रै रहनेछौँ।

    ReplyDelete
  9. Coming from Sweden does not mean she stays in Sweden. As per my knowledge she stays in New Delhi. 

    ReplyDelete
  10. 100% agreed.even I was disagreed abt the tweeter fight n I tweeted mention sum frens..nt to repeat the Hritik Roshan kanda again..sum tweetpal used very cheap words that we nt suppose to use for intl figure.sad bt fact when it comes to BIRODH we are always infront..and sum ppl may nt even know what's the birodh for but we just follow..I remember we asked Madhuri Dixit,Saharukh to say sorry ani even we had Hritik Roshan kanda,one of the unforgettable incident happened...we love our nation no doubt..bt we show more that we are frustrated!!! 

    ReplyDelete
  11. Nepal Unites को तर्फबाट तपाईँलाई धन्यवाद। हामी फेसबुकको प्रयोग गरेर नेपालीहरुलाई एक बनाउने कार्यमा लागीपरेका छौँ। आउनुहोस हामीसँगै हिड्नुहोस्: www.facebeook.com/nepalunites

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

वनेपा मा बाढि

गएराती देखि बिहान अबेर सम्म लगातार पानी परिरह्‍यो । खडेरी लागेको र गर्मी बढेका कारण पनि धेरै पछि परेको पानीले धेरैलाई आड भरोसा दिएको छ । पर्दा फिटिक्कै नपर्ने अनि पर्दा अत्याधिक पर्ने भएका कारण आज केही ठाउँको जनजिवन प्रभावित रहे । काठमाडौँ मा त थुप्रिएको फोहोर अनि त्यस माथि परेको पानी का कारण सडक मा हिँडिनसक्नु भएको छ । त्यस्तै मनोहरा खोला किनारा मा बसोबास गर्ने सुकुम्बासीहरुलाई पनि बाढि ले प्रभावित गरेको छ । यसैगरि भक्तपुर को ठिमी क्षेत्रमा पनि हनुमन्ते खोला मा आएको बाढिका कारण जनजिवन अस्तव्यस्त बनेको छ । बाढि घरभित्र पसेको छ, अनि रोड बाट पनि बाढि बगेको छ । हिम इलेक्ट्रोनिक्स, श्रद्धा नर्सिङ क्याम्पस, सा:ख टोरस्टिल को डिपो, श्यामा श्यामा धाम जलमग्न देखिन्थे । त्यस्तै वनेपा को पश्चिमी छेउ मा रहेको पुण्यमति खोला मा बाढि आएका कारण दिउँसो केही घन्टा सडक अबरुद्ध भएको थियो । खोला बाट बग्नुपर्ने पानी सडक बाट नै बग्न थालेपछि, यातायात आवागमन ठप्प बनेको थियो । पछि बेलुका ४ बजे तिर देखि एक एक ओटा गर्दै पालै पालो गाडिहरु पास गराइएको थियो । बाढि प्रभावित क्षेत्रमा उल्लेख्य मात्रामा प्रहरी परिचालन

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।

BarCamp Kathmandu 2011 on 6th August #barcampktm

An ad-hoc ‘un-conference’ BarCamp is being organized on 6 th August at Nepal Administrative Staff College (NASC) Jawalakhel, Lalitpur Nepal. BarCamp is a common ground for like-minded people. It is about change and innovation. BarCamp is a free event, which means everyone is invited. It is participant driven program where discussions are not limited to just one topic, but a wide range of topics. BarCamp offers a favorable environment for young, motivated and talented people to interact. More importantly, it is where ideas get shared, created and advanced. This is not a formal gathering of black suits but an intense camp for those who strive to achieve. “We believe BarCamp Kathmandu 2011 will be a great opportunity to network with likeminded people and interact with potential customers, clients, and maybe even competitors! If you plan to reach out to the young and motivated in Nepal, this is the place to do it” , according to BarCamp Kathmandu 2011 Organizing Committee. The who

Subscribe to Aakar Post