Skip to main content

नेपाल र ट्विटर ट्रेन्डस

ट्विटरमा एकाबिहानै जी. पौडेल (@gpoudel) को फोटो सहितको ‘मेन्सन’ आएको रहेछ, गएराती “नेपाल” ट्विटरको ट्रेन्ड टपिकमा देखियो भनेर ! हामीले हत्तपत्त रिट्विट गर्यौँ, नेपाली ट्विटर प्रयोगकर्ताहरुले आपसमा खुशी पनि साटासाट गरे तर केही छिनमै हल्ला फैलियो, हैन नेपाल ट्विटरमा देखिएकै छैन, पौडेलले सबैलाई झुक्याए, त्यो त ‘फोटोसप’ गरेको ‘फेक’ फोटो हो, आदि इत्यादी ! केहीले भन्नु नभन्नु, केही बाँकी राखेनन्, त्यो देख्दा चाँही नराम्रो लाग्यो ! फोटो सहित गरेको ट्विटलाई आधारहिन भन्दै ‘फेक’ फोटो र ‘फेक’ ट्रेन्ड भन्दै, ट्विटगर्ने र ती ट्विट रिट्विट गर्नेको बाढि नै आयो । ती ट्विटहरु देखेपछि मलाई ‘नेपाल’ ट्रेन्ड भएको भएपनि खासै उत्साहित बनाएन !

Nepal Trend on Twitterट्विटरको टाइमलाइन हेर्नै दिक्क लाग्नेगरि ट्विट आउन थालेपछि, केही ट्विटर टुलहरु चलाएर हेरेँ ! नेपाल ‘ट्रेन्ड’ भएको हो कि होइन भनेर थाहा पाउन, ट्विटको, सोसलमेन्सन, टप्सी आदि ‘साइट’हरुमा धाइयो तर ‘नेपाल’ को नाम निशान कहीँ भेटिएन ! जी. पौडेल सँग पहिले पनि ट्विटरमा कुराकानी भइरहने भएका कारण, पौडेलको ट्विट र फोटो सही छ भन्ने विश्वासमा म थिँए ! अत: पहिले जी. पौडेल सँग नै कुरा गर्नु उपयुक्त लाग्यो, अनि हामी बिच भएको कुराकानीबाट ट्विटरमा नेपाल देखिएको कुरामा म विश्वस्त भएँ । आफू विश्वस्त भएपनि, अरुलाई भन्नको लागि त केही गर्नै पर्थ्यो, फेरि नेपाल कसरी र कहाँ ट्रेन्ड भयो भन्ने कुरा थाहा पाउनु पनि जरुरी थियो ।

इनरेभ सिस्टम बेङ्लोरको सोसल मिडिया मोनिटरिङ टुल – “सिम्प्लिफाइ ३६०” बाट आफूले सोचे अनुसारको ‘डाटा’ पाइयो अनि ट्रेन्डिङ कसरी भयो र कसरी ट्विटर प्रयोगकर्ताहरु बिच विश्वासको संकटको जड के रहेछ भन्ने पनि थाहा भयो। Tweets related to Nepal

सिम्प्लिफाइ ३६० का अनुसार मार्च १५ को दिनमा १२ हजार भन्दा धेरै ट्विटमा ‘नेपाल’ मेन्सन भएको थियो । माथिको ग्राफमा पनि हेर्न सकिन्छ, मार्च १५ अघि र मार्च १५ को ट्विटमा आकाश पातालको फरक छ ! मार्च १४ को दिन देखि नेपाली ट्विटर प्रयोगकर्ताहरु ‘नेपाल’ ट्रेन्ड गरौँ भन्दै ट्विट गर्न थालेका थिए । उक्त दिन करिब ५ हजारको हाराहारीमा ट्विटरमा ‘नेपाल’ मेन्सन भएको थियो । तर मार्च १५ को दिन, भने नेपाल लेखिएका ट्विटहरु १२ हजार भन्दा धेरै थियो । सिएनएन र बिबिसीले आफ्ना अनलाइन संस्करणमा नेपाल सम्बन्धि समाचारहरु प्रकाशन गरेका कारण पनि, उक्त दिन नेपाल लेखिएका ट्विटहरुको सङ्ख्या धेरै थियो ।

माथिको ग्राफमा देख्न सकिन्छ नेपाल लेखीएका ट्विटहरुको सङ्ख्या १४ मार्च देखि बढ्न थालेकोछ । अत: फेरिपनि ‘नेपाल’ ट्विटरमा देखिएको भन्ने कुरामा विश्वस्त भएँ ।

Tweets mentioning Nepal from different countriesमार्च १५ का दिन नेपाल मेन्सन भएका अधिकांस ट्विटहरु नेपालबाट ट्विट गरिएको थियो । (ट्विटरमा यस सम्बन्धि मैले पहिले ट्विट गरेको भएपनि, मैले ट्विट गरेका केही डाटाहरु गलत पर्न गएकोमा क्षमाप्रार्थी छु) करिब ६७ प्रतिशत ट्विट नेपालबाट गरिएको थियो भने त्यसपछि अमेरिका, भारत लगायत जम्मा ९६ देशहरुबाट ट्विट गरिएको थियो ।

Twitter Demographic

‘नेपाल’ मेन्सन गरेर ट्विट गर्नेहरु मध्ये करिब ७४ प्रतिशत पुरुष थिए भने, २४ प्रतिशत महिलाहरु थिए । यी माथिका डाटाहरुले ट्विटको बारेमा धेरै भनिसकेपनि ट्रेन्डको बारेमा प्रस्ट पार्न सकेको थिएन ! आखिर कहाँ देखियो ‘नेपाल’ भन्ने खुल्दुली अझै बाँकी थियो ।

Twitter Trend Nepalएउटा अर्को लिंक भेटियो जहाँ ट्विटरका बितेका ट्रेन्डहरु हेर्न सकिँदो रहेछ । अनि अचम्म सँगले ‘नेपाल’ नेदरल्यान्डमा ट्रेन्ड भएको पत्तो लाग्यो । नेपाल संसारभर नभइ नेदरल्यान्डमा ट्रेन्ड भएको रहेछ, सायद नेपाल लगायत अन्य देशमा पनि लोकल ट्रेन्डमा ‘नेपाल’ ट्रेन्ड भएको हुनसक्छ वा संसारभर ट्रेन्ड भएको पनि हुनसक्छ । तर जे होस् नेपाल, ट्विटरमा ट्रेन्ड भएकै हो । (ट्विटर ट्रेन्डमा खोज्दा हामीले नेपाल नेदरल्यान्डमा मात्र देखेकोले नेदरल्यान्डमा लोकल ट्रेन्ड रहेको होला भन्ने अनुमान गरेका छौँ, यदि अरु ठाउँमा पनि देखियो भने, संसारभर ट्रेन्ड पनि भएको हुनसक्छ!)

अब कुरा गरौँ नेदरल्यान्डमा रहनुभएका जी पौडेलको ट्विटको । उनले आइफोनबाट स्क्रिनसट लिएर ट्विट गरेका थिए । ट्विटरले ‘नेदरल्यान्ड’ को लोकल ट्रेन्ड र ‘वल्डवाइड’ ट्रेन्डलाई आइफोनमा एकै ठाउँमा देखायो । सबै भन्दा माथिको फोटो र सबैभन्दा तलको फोटो ‘कम्पेयर’ गरेर हेर्नुस् ! दुवै फोटोमा नेपाल देखिएको भएपनि, अन्य केही ट्रेन्डहरु फरक छन् ।

फोनमा ट्विटर चलाउँदै गर्दा, ट्रेन्डमा नेपाल देख्दा जो कोहीले संसारभर ट्रेन्ड नै भएको होला भन्ने सोच्छ ! यही कुरा जी पौडेलको हकमा पनि लागु भएको देखिन्छ र यो स्वभाविक कुरा हो । पौडेलले कुनै पनि हिसाबले झुटो बोलेको वा, फोटोलाई फोटोसपमा इडिट गरेको देखिँदैन । तर ट्विटरको लोकल ट्रेन्ड र वल्डवाइड ट्रेन्ड एकै ठाउँमा देखिएको कारण, पौडेल आफैँ झुक्किएका देखिन्छन् ।

जसले जे भने नि, पत्याए नि नपत्याए पनि, ‘नेपाल’ केही समयको लागि टविटरको ट्रेन्ड लिस्टमा देखिएको थियो ! नेपाली ट्विटर प्रयोगकर्ताहरुले ‘नेपाल’ ट्रेन्ड गराउन सक्दो प्रयास गरेका थिए, र केही हदसम्म सबैजना सफल भएका छन्, हामी सबैलाई बधाइ छ ।

माथिका डाटाहरु सिम्प्लिफाइ ३६० बाट लिइएको हो ।

Comments

  1. Yes, @Blogger.Dai  would be better to learn about trends in future as well if more comparative parameters and variable from that analytical tool are mentioned, what you say, Aakar Anil ?

    ReplyDelete
  2. It would have been great if you could enumerate what the topic was about... for example how many % talked about #nepal by just having the tag.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

Subscribe to Aakar Post