Skip to main content

नेपाल र ट्विटर ट्रेन्डस

ट्विटरमा एकाबिहानै जी. पौडेल (@gpoudel) को फोटो सहितको ‘मेन्सन’ आएको रहेछ, गएराती “नेपाल” ट्विटरको ट्रेन्ड टपिकमा देखियो भनेर ! हामीले हत्तपत्त रिट्विट गर्यौँ, नेपाली ट्विटर प्रयोगकर्ताहरुले आपसमा खुशी पनि साटासाट गरे तर केही छिनमै हल्ला फैलियो, हैन नेपाल ट्विटरमा देखिएकै छैन, पौडेलले सबैलाई झुक्याए, त्यो त ‘फोटोसप’ गरेको ‘फेक’ फोटो हो, आदि इत्यादी ! केहीले भन्नु नभन्नु, केही बाँकी राखेनन्, त्यो देख्दा चाँही नराम्रो लाग्यो ! फोटो सहित गरेको ट्विटलाई आधारहिन भन्दै ‘फेक’ फोटो र ‘फेक’ ट्रेन्ड भन्दै, ट्विटगर्ने र ती ट्विट रिट्विट गर्नेको बाढि नै आयो । ती ट्विटहरु देखेपछि मलाई ‘नेपाल’ ट्रेन्ड भएको भएपनि खासै उत्साहित बनाएन !

Nepal Trend on Twitterट्विटरको टाइमलाइन हेर्नै दिक्क लाग्नेगरि ट्विट आउन थालेपछि, केही ट्विटर टुलहरु चलाएर हेरेँ ! नेपाल ‘ट्रेन्ड’ भएको हो कि होइन भनेर थाहा पाउन, ट्विटको, सोसलमेन्सन, टप्सी आदि ‘साइट’हरुमा धाइयो तर ‘नेपाल’ को नाम निशान कहीँ भेटिएन ! जी. पौडेल सँग पहिले पनि ट्विटरमा कुराकानी भइरहने भएका कारण, पौडेलको ट्विट र फोटो सही छ भन्ने विश्वासमा म थिँए ! अत: पहिले जी. पौडेल सँग नै कुरा गर्नु उपयुक्त लाग्यो, अनि हामी बिच भएको कुराकानीबाट ट्विटरमा नेपाल देखिएको कुरामा म विश्वस्त भएँ । आफू विश्वस्त भएपनि, अरुलाई भन्नको लागि त केही गर्नै पर्थ्यो, फेरि नेपाल कसरी र कहाँ ट्रेन्ड भयो भन्ने कुरा थाहा पाउनु पनि जरुरी थियो ।

इनरेभ सिस्टम बेङ्लोरको सोसल मिडिया मोनिटरिङ टुल – “सिम्प्लिफाइ ३६०” बाट आफूले सोचे अनुसारको ‘डाटा’ पाइयो अनि ट्रेन्डिङ कसरी भयो र कसरी ट्विटर प्रयोगकर्ताहरु बिच विश्वासको संकटको जड के रहेछ भन्ने पनि थाहा भयो। Tweets related to Nepal

सिम्प्लिफाइ ३६० का अनुसार मार्च १५ को दिनमा १२ हजार भन्दा धेरै ट्विटमा ‘नेपाल’ मेन्सन भएको थियो । माथिको ग्राफमा पनि हेर्न सकिन्छ, मार्च १५ अघि र मार्च १५ को ट्विटमा आकाश पातालको फरक छ ! मार्च १४ को दिन देखि नेपाली ट्विटर प्रयोगकर्ताहरु ‘नेपाल’ ट्रेन्ड गरौँ भन्दै ट्विट गर्न थालेका थिए । उक्त दिन करिब ५ हजारको हाराहारीमा ट्विटरमा ‘नेपाल’ मेन्सन भएको थियो । तर मार्च १५ को दिन, भने नेपाल लेखिएका ट्विटहरु १२ हजार भन्दा धेरै थियो । सिएनएन र बिबिसीले आफ्ना अनलाइन संस्करणमा नेपाल सम्बन्धि समाचारहरु प्रकाशन गरेका कारण पनि, उक्त दिन नेपाल लेखिएका ट्विटहरुको सङ्ख्या धेरै थियो ।

माथिको ग्राफमा देख्न सकिन्छ नेपाल लेखीएका ट्विटहरुको सङ्ख्या १४ मार्च देखि बढ्न थालेकोछ । अत: फेरिपनि ‘नेपाल’ ट्विटरमा देखिएको भन्ने कुरामा विश्वस्त भएँ ।

Tweets mentioning Nepal from different countriesमार्च १५ का दिन नेपाल मेन्सन भएका अधिकांस ट्विटहरु नेपालबाट ट्विट गरिएको थियो । (ट्विटरमा यस सम्बन्धि मैले पहिले ट्विट गरेको भएपनि, मैले ट्विट गरेका केही डाटाहरु गलत पर्न गएकोमा क्षमाप्रार्थी छु) करिब ६७ प्रतिशत ट्विट नेपालबाट गरिएको थियो भने त्यसपछि अमेरिका, भारत लगायत जम्मा ९६ देशहरुबाट ट्विट गरिएको थियो ।

Twitter Demographic

‘नेपाल’ मेन्सन गरेर ट्विट गर्नेहरु मध्ये करिब ७४ प्रतिशत पुरुष थिए भने, २४ प्रतिशत महिलाहरु थिए । यी माथिका डाटाहरुले ट्विटको बारेमा धेरै भनिसकेपनि ट्रेन्डको बारेमा प्रस्ट पार्न सकेको थिएन ! आखिर कहाँ देखियो ‘नेपाल’ भन्ने खुल्दुली अझै बाँकी थियो ।

Twitter Trend Nepalएउटा अर्को लिंक भेटियो जहाँ ट्विटरका बितेका ट्रेन्डहरु हेर्न सकिँदो रहेछ । अनि अचम्म सँगले ‘नेपाल’ नेदरल्यान्डमा ट्रेन्ड भएको पत्तो लाग्यो । नेपाल संसारभर नभइ नेदरल्यान्डमा ट्रेन्ड भएको रहेछ, सायद नेपाल लगायत अन्य देशमा पनि लोकल ट्रेन्डमा ‘नेपाल’ ट्रेन्ड भएको हुनसक्छ वा संसारभर ट्रेन्ड भएको पनि हुनसक्छ । तर जे होस् नेपाल, ट्विटरमा ट्रेन्ड भएकै हो । (ट्विटर ट्रेन्डमा खोज्दा हामीले नेपाल नेदरल्यान्डमा मात्र देखेकोले नेदरल्यान्डमा लोकल ट्रेन्ड रहेको होला भन्ने अनुमान गरेका छौँ, यदि अरु ठाउँमा पनि देखियो भने, संसारभर ट्रेन्ड पनि भएको हुनसक्छ!)

अब कुरा गरौँ नेदरल्यान्डमा रहनुभएका जी पौडेलको ट्विटको । उनले आइफोनबाट स्क्रिनसट लिएर ट्विट गरेका थिए । ट्विटरले ‘नेदरल्यान्ड’ को लोकल ट्रेन्ड र ‘वल्डवाइड’ ट्रेन्डलाई आइफोनमा एकै ठाउँमा देखायो । सबै भन्दा माथिको फोटो र सबैभन्दा तलको फोटो ‘कम्पेयर’ गरेर हेर्नुस् ! दुवै फोटोमा नेपाल देखिएको भएपनि, अन्य केही ट्रेन्डहरु फरक छन् ।

फोनमा ट्विटर चलाउँदै गर्दा, ट्रेन्डमा नेपाल देख्दा जो कोहीले संसारभर ट्रेन्ड नै भएको होला भन्ने सोच्छ ! यही कुरा जी पौडेलको हकमा पनि लागु भएको देखिन्छ र यो स्वभाविक कुरा हो । पौडेलले कुनै पनि हिसाबले झुटो बोलेको वा, फोटोलाई फोटोसपमा इडिट गरेको देखिँदैन । तर ट्विटरको लोकल ट्रेन्ड र वल्डवाइड ट्रेन्ड एकै ठाउँमा देखिएको कारण, पौडेल आफैँ झुक्किएका देखिन्छन् ।

जसले जे भने नि, पत्याए नि नपत्याए पनि, ‘नेपाल’ केही समयको लागि टविटरको ट्रेन्ड लिस्टमा देखिएको थियो ! नेपाली ट्विटर प्रयोगकर्ताहरुले ‘नेपाल’ ट्रेन्ड गराउन सक्दो प्रयास गरेका थिए, र केही हदसम्म सबैजना सफल भएका छन्, हामी सबैलाई बधाइ छ ।

माथिका डाटाहरु सिम्प्लिफाइ ३६० बाट लिइएको हो ।

Comments

  1. Yes, @Blogger.Dai  would be better to learn about trends in future as well if more comparative parameters and variable from that analytical tool are mentioned, what you say, Aakar Anil ?

    ReplyDelete
  2. It would have been great if you could enumerate what the topic was about... for example how many % talked about #nepal by just having the tag.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post