एकाएक नेपथ्यबाट घद्रयाक-घुद्रुक को आवाज आयो। दुई ठुल्ठुला भित्तो विचको सानो अंध्यारो गल्लिबाट रन्थनिदै एउटा ठिटो निस्क्यो- मानौ कुनै मन्द मादक पदार्थ खाएको मानिस हो। आगाडी पनि भित्तो नै थियो, अग्लो न अग्लो र दायाँ-बाँया सुनसान भत्केका बाटाहरु। उ किन त्यति लामो समय त्यो अन्धकारमा बसेको रैछ कुन्नि बाहिर निस्किएर त रिसले चुर-चुर भएर बौलाहा जस्तो यता उता हेर्न थाल्यो। गल्लिको उता सम्म गयो अनि फेरी गल्लिको यता सम्म आयो मानौ कसैलाई खोजिरहेको जस्तो। यति त छर्लंग थियो उसको भाव-भंगीबाट कि उ उग्र आवेगमा छ। तर बाटाहरु, सिर्फ सडक सुरक्षा गर्न बसेका भुस्याहा कुकुरको भौं भौं बाट गुन्जायमान मात्र भयो । उसको सुन्ने कोहि थिएन- निर्जन सडकले भौं भौं रटी रह्यो। अनि त त्यो झन् स्या-स्या सु-सु गर्दै लामो लामो सास लिंदै, त्यसै च्याँठिदै, आक्रोसमा आफ्नै हात झट्कार्दै, खुट्टाले यता उता डाङ्डाङ् डुङडुङ गर्न लाग्यो! उ आवेग सहन नसकेर हो कि कुन्नि के हो, त्यसै त्यसै चिच्याउदै 'मलाई चिनिनस, मलाई चिनिनस' भन्दै यता उता हेर्दै भौतारिदै कराउन थाल्यो। प्रतिउत्तरमा सिर्फ कुकुरे भुकाईहरुले कोलाहल गर्न थाल्यो।...