Skip to main content

पाइला - २ [Story]

च्याट मा अल्झिँदा अल्झिँदा रात को १ बजिसकेछ, अब त सुत्नु पर्छ । भोलि फेरि रिपोर्टिङ मा जानुछ । कहिलेकाँहि आफैँ देखि रिस उठ्छ, यो फेसबुक ले गर्दा, कत्ति टाइम खाइदिन्छ भने । फेरि मान्छेहरु पनि कस्ता हु्न्छन् भने, कहिलेकाँहि त फेसबुक नै नचलाउँ झैँ लाग्छ । तर के गर्नु २-३ दिन मै फेरि चलाउँ चलाउँ लागिहाल्छ, अस्ति भर्खर पनि डिएक्टिभ गरेकै त थिँए नि ।

हुन नि, केटाहरु कस्ता खत्तम हुन्छन् भने, केटी देख्ने बित्तिकै फेसबुक मा एड गरिहाल्छन् । रिस्सै उठ्ने क्या, चिन्नु न जान्नु, म्यासेज पठा’छ, फ्रेन्ड रिक्वेष्ट गर्या छ । अझ राम्रो फोटो त राख्नै नहुने, अहिले भने आफूले फोटो नराख्या भएर, फेसबुक मा फ्रेन्ड रिक्वेष्ट आउनै छोड्या छ । हाइसञ्चो भा’छ आफूलाई, ह्या मलाई किन निन्द्रा नलागेको होला, २ बज्न लागिसक्यो । अस्ति को कुरा सम्झेर फेरि हाँसो उठ्यो । अब त उसलाई पनि “खै” भन्ने बानी नै लागेछ, पहिले पहिले ‘जे पायो त्यै’ भनेर मलाई जिस्काउँथ्यो । ओहो, २ बज्यो, अब त सुत्छु भोलि रिपोर्टिङ मा जानु छ । अब त समाचार छाप्दिन्छन् रे, पत्रिका मा । सर ले नै देको इश्यु हो, नछापेर हुन्छ ।

पल्सर को घ्वाँई घ्वाँई को आवाज ले मेरो निन्द्रा खल्बलिन्छ । यस्तो रिस उठछ् नि, सँधै एकाबिहानै पल्सर घ्वाँइ घ्वाँइ पार्छ, मेरै झ्याल अगाडि आएर, त्यो पल्लो घर को मोटे । कत्तिन, उस्को मात्रै छ भनेर देखा’को हो कि के गर्या हो, मेरो पनि छ नि स्कुटि त, बाबा ले किन्दिसेको । छेवै को ऐेना हेर्छु, कपाल जिङ्रि्ग छ, आँखा नि रातो छ, निन्द्रै पुगेको छैन । अघि भर्खर २ बजे त सुतेको, अनि भर्खर आँखा लागको जस्तो भा’को थ्यो, त्यो मोटेले कसैको नभा’को पल्सर घ्वाँइ घ्वाँइ पारेर निन्द्रै डिस्टर्व गरिदियो । मोवाइल मा आँखा लगाएँ, मिसकल आ’को रहेछ । ‘घरै पिँडालु, वनै पिँडालु, ससुराली जाँदा १२ हाते पिँडालु’ भनेझैँ जतिबेला नि यही फेसबुक चियाउन मनलाग्छ । मोवाइल मा ओपेरा मिनी खोलेर, फेसबुक खोलेँ । ओहो, २ दर्जन नोटिफिकेशन रहेछ । हत्तपत्त कसले के गरेछ भनेर हेर्छु, एउटा वाहियात फोटो मा ट्याग गरिदेको रहेछ, सबैले कमेन्ट गरेर हैरान, त्यो त म भन्दा नि ढिलो सुतेछ । अचम्म छ, कस्तो कस्तो मा ट्याग गर्छन् भने, कत्ति न मैले हेर्ने नै जस्तो ।

इनबक्स मा नि एउटा म्यासेज आ’को रहेछ । म म्यासेज हेर्छु, एउटा केटा ले म्यासेज गरेछ फेरि, बाहाना गरेर पठाएछ भन्या, त्याँ देखेको मलाई भनेर, एड गर्नु पर्यो रे फेसबुक मा । लौ, हुन्छ मैले पनि भन्दिँए । जे सुकै गरोस् । भान्सा बाट ममी ले ‘नानु’ भनेर बोलाउनु भयो । चिया पकाइसक्नु भएछ । चिया पिउँदै भने, मामु आज रिपोर्टिङ मा जानुछ, अब त पत्रिका मा ‘सियोर’ छाप्छु भन्या छ । ममी केही बोल्नु भएन । बिहान को खाना खाएर रिपोर्टिङ को लागि जाने बिचार गरेँ ।

उहाँ आफूले कति धाक दि’राको छु, अब त समाचार छाप्छु भनेर तर कहिले छाप्दैनन्, यी पत्रिकाहरु चाँहि । अस्ति दिदी ले नि सोध्दैहोइसिन्थ्यो, ‘खै त नानु, समाचार त मैले हेर्नै पा’को छैन’ । अब मैले के भन्नु, भन्दिँए अस्ति को हप्ता छाप्या थियो, नि हेर्नु भएन ? कहिलेँकाहीँ त बेक्कार पत्रकारिता पढेछु जस्तो लाग्छ, एक त आफूले लेख्या खबर नि छाप्दैनन्, हामी नि प्रतिक्षार्थी पत्रकार  त हो नि । त्यसमाथि त्यो पत्रिका भित्र पनि कति ‘पोल्टिक्स’ गर्दा रहेछन् भने । आ-आफ्नै गुट रहेछन् भित्र, अस्ति सरहरु को कुरा सुन्दा थाहा पाँए । एउटा ले लेख्या नहुने, आफ्नो कम्पनी को बारेमा नराम्रो लेख्न नहुने, विज्ञापन दिनेहरु को राम्रो खबर मात्रै लेख्नु पर्ने । कहिले त अचम्म लाग्छ, जनता के चाहन्छन् त्यो लेख्दैनन्, आफूले लेखेको चाँहि अरुमाथि थोपर्छन् । कसैलाई चासो होस् कि नहोस्, जे पायो त्यै, न्युजलाई नि प्रमुख खबर बनाउँछन् । हुन त हाम्रो देश को समाचार च्यानल र पत्रिका को कुरा गरिसाध्ये छैन । आफैँलाई लाज लाग्छ, आफूलाई पत्रकार भन्न, केही पत्रकारहरु का कारण ।

किरा भेटिएको रियल जुस भनेर, सर्वत्र निन्दा भइरहेको छ, पैसा का आड मा कलाकार र उद्ममीलाई वि्ज्ञापन मा देखाएर, नेपाल को नम्बर १ जुस भनेर, लौ हेर  हामी सारा नेपालीलाई दुषित जुस खुवाइरहेको छ, नम्बर १ जुस भन्दै । यो पत्रिका र टिभि पनि सबै, पैसो पाउँदा जे पनि राम्रो लेख्दिन्छन् अनि पैसो नपाउँदा सबै नराम्रो । अहिले त आफैँ जाने गरेकी पत्रिका पनि राम्रो लाग्दैन आफुलाई, जे पायो त्यै लेखिरा’को हुन्छ । अझ कोही दुर्घटना, वा अपहरण मा परेर मर्नु हूँदैन, ओहो, ईमोशनल ब्ल्याकमेलिङ नै गर्छन् पत्रिकाहरु । सपना, प्लान सबै को हुन्छ नि, तर पत्रिकाहरु इमोशनल अत्याचार नै गर्छन् त्यस्ता खबर छापेर । त्यो पोहोर विरहस्पिटल अघि भएको कार दुर्घटना मा आधा दर्जन मरे, पत्रिका मा चाँहि त्यो गाडि हाँक्ने को खुब बखान गरेर समाचार छाप्याथे । त्यो एउटी भ्यात्लीलाई त त्यो खबर पढेर, त्यही केटो को माया लागेको । अस्ति पनि, अपहरण पछि हत्या गरिएको केटो को कथा पत्रपत्रिकाले प्राथमिकता का साथ छापेको थियो । घर मा आज सम्म त्यसै को चर्चा छ, ममी बेला बेला त्यो कुरा सम्झिँदै विचरा, यस्तो त्यस्तो भनिरहनुभा’को छ । अरु को इमोशन सँग खेल्नु को पनि हद हुन्छ नि ।

युवा को लागि भनेर निकालिएको पत्रिका त झन् हेरिसाध्ये हुँदैनन् ‘सेक्स’, ‘सेक्स’,’सेक्स’ र अश्लिलता ले भरिएको लेख बाहेक केही हुँदैन । त्यो कान्तिपुर साप्ताहिक ले त, झन् ‘माया बेजिन’, ‘स्मिता थापा’ आदि का भद्दा गफ को छाप्छ भन्या, हामीले पैसो तिरेर पत्रिका किन्या त्यति का लागि हो र ? हामीलाई त्यस्तै चाहिने भए, इन्टरनेट छँदै छ नि । टिभि च्यानल को त झन् कुरै नगरौँ, मैले त्यसै टेलिभिजन छोड्या हो र ? त्यस्तै जेपायो त्यै समाचार ले गर्दा दिक्क भएर, पत्रिका तिर गा’को पत्रिका को पनि उही ताल छ । हामीले त्यति दु;ख गरेर रिपोर्ट तयार गरेर ल्यायो, आफ्नो त खबरै छाप्दैनन् । ती वरिष्ठ भनिएकाहरु ले त जे लेखे नि छाप्छन् भन्या । त्यसले खा’को, घुमेको सँग मलाई के मतलब, वरिष्ठ का कुरै बेग्लै, जे मन लाग्यो त्यही लेख्छन्, सम्पादक लाई पनि, त्यही गएगुज्रेको कुरा नै अमृत लाग्दोरहेछ । धत् !

बाटो मा निस्किएको केही बेरमै एउटा टेम्पो आइपुग्यो । स्कुटी त छ नि, लाइसन छैन अनि त नचढौँ भन्दा नि टेम्पु चढ्नैपर्न, फेरि त्यै माथि पेट्रोल नि पा’को छैन अस्ति देखि । हुन त विना लाइसन नै कुदाइरा’को छु अहिले सम्म त ।  टेम्पु चढेँ, आफूलाई आज रत्नपार्क पुग्नु छ । लौ मार्यो, राष्ट्रपति को सवारी रै’छ । यी राष्ट्रपति ले गर्दा, हामीलाई हैरान, रिसै उठ्ने । कत्तिन कसैले के नै गर्दिने जस्तो, राष्ट्रपति आउँदा बाटो मा हिँड्नै नपाइने । त्यसको एकलौटि बाटो जस्तो । अस्ति जाम मा परियो भन्दा, उसले भन्याथ्यो, ‘उसोभए हिँडेर जाउ न त नानु, स्वास्थ्य को दृष्टिकोण ले पनि फाइदा’ ।  मेरो जवाफ थियो, ‘नारानथान देखि, थापाथली कति मिनेट लाग्छ, पहिले पत्ता लगाइदेउ न’ । लौ, हिँडेरै जानु पर्ला भन्ने सोच्दैथिँए, राष्ट्रपति को सवारी गइसकेछ । सफा टेम्पु बिस्तारै, घच्याक घुच्चुक गर्दै,राष्ट्रपति भवनलाई दाँया पारेर लाजिम्पाट तिर हुँइकियो ।

रत्नपार्क पुगेँ । सर ले आज फुटपाथे व्यापारी को रिपोर्टिङ गरेर ल्याउनु भन्नुभएको छ, अब यो पनि छाप्पिएन भने, रिपोर्टिङ गर्नै छाडिदिन्छु, मैले मनमनै वाचा नै गरेँ । अब रिपोर्ट त लेख्ने तर कसरी सुरु गर्ने ? अलमल मा परेँ । थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल भन्ने आवाजहरु गुन्जिरहेको छ । मान्छेहरुको भिड छ, फुटपाथ मा पसल छ, रोड बाट हिँड्नुपर्छ । उतापट्टि रानीपोखरी छ । कर्मचारी आन्दोलन का कारण फोहोर उठाइएको छैन, दुषित गन्ध नाक मा बारम्बार ठोक्किरहेको छ । त्यही फोहोर कै छेउ मा छन् थरिथरिका पसल । त्यहाँ नपाइने केही छैन, ब्लु फिल्म का सिडि देखि लिएर गिता का किताब सम्म त्यहाँ बिकिरहेकाछन् । सायद आफू केटी भएका कारण, सिडि बेच्नेहरु मलाई त केही भन्दैनन् तर छेवै बाट हिँडने केटाहरुलाई, ‘नेपाली ब्लु’, ‘नेपाली ब्लु’ भनेर कान मा कराएको म सुनिरहेकी छु । रत्नपार्क मा आउँदा मलाई, आफू बेग्लै संसार मा आइपुगे झैँ भान हुन्छ । थरिथरि का मान्छे, थरिथरि का भनाइ, अनि थरिथरिका क्रियाकलाप देखिन्छ यहाँ ।

छेउ मै खर्बुजा काटेर बेचिरहेको एउटा दाइलाई भनेँ, दाइ म “नयाँ नेपाल पत्रिका” बाट तपाइहरु को विषयमा रिपोर्टिङ गर्न भनेर आ’को, प्रशिक्षार्थी पत्रकार । उनी म तिर फर्केका मात्र के थिए, पल्लो पसल का खर्बुजा बेच्ने दिदी कराइन । नभन है गोविन्द, केही नभन यिन्लाई, अस्ति एउटा यसैगरि पत्रकार भनेर आयो, भरे पत्रिका मा त फोहोर पानी ले खर्बुजा पखाल्यो भनेर लेखेछ । हाम्रो व्यापार चौपट पार्दिन्छन् यिनीहरुले जे पायो त्यही लेखेर । बरु सक्ने नै भए, त्यै रियल जुस को बारेमा लेख्नु नि । त्यो खै कुन पत्रिका ले, रियल खराब भन्यो भनेर, अर्को पत्रिकाहरु मा एकदम राम्रो जुस भनेर विज्ञापन छापेछन् । पैसो कै तागत त रे’छ सबै । जाउ नानी, छाप्ने भए त्यै जुस कै खबर छाप, हाम्रो केही छाप्नुपर्दैन जाउ । त्यो जुस भन्दा हाम्रो, खर्बुजा कति राम्रो छ, सफा पानी ले नै पखाल्या छौँ, नपत्याए हेर भन्दै पानी ले भरिएको प्लाष्टिक को बाल्टिन देखाइन । पानी सफा झैँ देखिन्थ्यो, खर्बुजा पखालेको भएर केही धमिलो भएको हो कि भन्ने जस्तो भान भने हुन्थ्यो । ती दिदी का कुरा जायज नै लागे पनि, उनको व्यवहार ले भने मेरो कन्सिरी चाँहि तातेको थियो । त्यही पनि सम्हालिँदै भने, त्यस्तो हैन दिदी, सबै उस्तै त कहाँ हुन्छन् र । हाम्लाई थाहा छ भन्दै, अर्को तिर फर्किन, केही ले उनको नाङ्ले पसल बाट केही खर्बुजा र काँक्रो का टुक्रा किन्दै थिए ।

सुरु मै, त्यस्तो सुनिसकेपछि मन हतास भयो । एक्कैछिन, रत्नपार्क भित्र पसेँ, पार्क भन्नु मात्रै छ । फोहोर नै फोहोर छ । तर छेवै मा शिरिष को बोट मा फूलहरु फुलिरहेकाछन्, तल भुँइ मा शिरिष का फूलहरु छरपस्ट छन् । झूण्ड झुण्ड मा मान्छेहरु ठूला ठूला आवाज मा कुरा गरिरहेकाछन् । एकपटक मोबाइल मा फेसबुक खोलेर साथिहरु को स्थिति को बारे मा जानकारी लिँए, आफूले नि आफ्नो स्थिति जनाउन फेसबुक ट्याटस मा लेखेँ, ‘एट रत्नपार्क’ । पेज रिफ्रेस मात्र गरेको थिँए, ५ वटा लाइक र २ वटा कमेन्ट आइसकेछन् । एउटा ले लेखेको थियो “लौ, बधाइ छ, को सँग हो, डेटिङ मा ? मोज गर” । अर्को ले अष्ट्रेलिया बाट लेखेको थियो, ‘आइ मिस रत्नपार्क, बाइ द वे, धरहरा मा लिफ्ट बन्यो?’ । मैले कुनै रिप्लाइ गरिँन ।

छेवै को नाङ्ले पसलमा एउटी दिदी कागति बेचेर बसेकीथिइन् । उनलाई फुटपाथ को व्यापार बारे सोध्नै लागेको थिँए । कसैले हल्ला गर्यो, नगर प्रहरी आयो । सबै व्यापारीहरु आ-आफ्ना पोका बनाएर २ मिनेट मै अलप भए । सबै पसलेहरु खुल्लामञ्च मा छिरेछन् । नगरप्रहरीहरु घुमेर फर्किए, ती अघि का व्यापारीहरु यथास्थान मा फुटपाथ मै फर्किए । अघि को झैँ एकैछिन मा फुटपाथ फेरि फुटपाथे पसलहरु ले भरिए ।

पहिलो अंक: पाइला 

(अघिल्लो अंक  माथि को लिंक मा गएर पढ्न सक्नुहुन्छ ! )

फोटो : nidhiartgallery.com

Comments

  1. ओहो अति राम्रो!जसले पड्छ उसैलाई आफ्नै कथा लिखिदियेजस्तो। मनबाट देखियेर,भोगिएर कोरीएका कथाहरु यस्तै मीठा हुन्छन्। बधाई र धन्यबाद यंहालाई हामी सबैलाई समेटनुभएकोमा आगामी अंकको तीब्र प्रतिक्ष्यामा :)Eendu

    ReplyDelete
  2. i enjoyed reading it a lot :)

    very well written

    congrats to the writer.. I wud love to add her in my facebook to read more of her status updates n stories :)

    mangal daydreamer (Australia)

    ReplyDelete
  3. पहिलो कथा भन्दा यो कथा राम्रो लाग्यो मलाई त। प्रस्चिथर्थि पत्रकार हुनुको पिडा मैले पनि भोगेको थिय जुन यो कथाले राम्रो सँग प्रस्तुतु गरिदिएको छ।
    धन्यवाद !!!!

    ReplyDelete
  4. kathale kichadi jatikai dherai kura sameteko rahichha....khichadi mithhoooo bayejatikai kathapani ramro chha....
    dharaharama lift lift banyo?(bidesh janebittikai afulai nepali nai haina bhanthanne haruko bakya rahichha )

    ReplyDelete
  5. kathale kichadi jatikai dherai kura sameteko rahichha....khichadi mithhoooo bayejatikai kathapani ramro chha....
    dharaharama lift lift banyo?(bidesh janebittikai afulai nepali nai haina bhanthanne haruko bakya rahichha )

    ReplyDelete
  6. पहिलो कथा भन्दा यो कथा राम्रो लाग्यो मलाई त। प्रस्चिथर्थि पत्रकार हुनुको पिडा मैले पनि भोगेको थिय जुन यो कथाले राम्रो सँग प्रस्तुतु गरिदिएको छ।
    धन्यवाद !!!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ...

मेरो आउने बाटो हेरी, चौतारीमा कुर्छे होली । मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ।। आँखाभरि आसुँ लिई, वाटो छेक्न खोज्ने उनी । मेलापात आउँदाजाँदा, लुकिछिपि रुन्छे होली ।। चाँडै आउने वाचा गर, तिम्रो यादले मर्छु भन्थी । फर्की आउला कै'ले भनि, दिन मै'ना गुन्छे होली ।। एक्लो हुँदा कै'लेकाँहि, तस्विर हेरी रुन्छे होली । कै'ले टाँसी छातिभरि, कै'ले ओठ चुम्छे होली ।। -मुकुन्द "अनडेस्टिनी" बायोटेक, दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

Subscribe to Aakar Post