Skip to main content

नेपाली टाइप गर्ने सजिलो तरिका


मदन पुरस्कार पुस्तकालयले २००७ २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु।

प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही "ब, क, म, न" कै 'फर्म्याट'मा 'टाइप' गर्नुपर्छ, फरक यत्ति हो कि तपाईले कम्प्युटरमा नेपाली युनिकोड ट्रेडिसनल लेआउट राखेको हुनुपर्छ (सेटिङ मिलाएको हुनुपर्छ) ।

नेपाली ट्रेडिसनलमा टाइप नै नगरेकाहरुलाई मैले सँधै मपुपुकै नेपाली रोमनाइज्ड युनिकोड किबोर्ड लेआउट सिफारिश गर्ने गरेको छु । मैले अनुभव गरेको कुरा के हो भने, अधिकांश नेपाली इन्टरनेट प्रयोगकर्ताहरु नेपालीमा टाइप गर्नुपर्यो भने, कुनै साइट वा एपमा गएर गुगल ट्रान्सलिटेरेट प्रयोग गरेर (वा प्रितीआदि फन्टमा लेखेको युनिकोडमा कन्भर्ट गरेर) नेपाली भाषामा लेख्छन्, अनि त्यसलाई 'कपी' गर्छन्, अनि कहाँ 'पोस्ट' गर्नुपर्ने हो त्यहाँ गएर 'पेस्ट' गर्छन् । मलाई त यो प्रक्रिया सम्झिँदै झन्झटिलो लाग्छ ।

कतिले गुगल ट्रान्सलिटेरेट (गुगल इनपुट) पनि कम्प्युटरमा राखेका हुन्छन्, तर एउटै शब्दको लागि पनि 'अंग्रेजी स्पेलिङ' मिलाउँदै, आफूलाई चाहिएको शब्द छान्दै राख्नुपर्छ, यसो गर्दा कहिलेकाँही त आफूले लेख्न खोजेकै शब्द पनि लेख्न सकिन्न । गुगल इनपुटकै लेआउटमा आधारित भएर नेपाली टाइप सजिलो बनाउन दर्जनौँ साइट र मोबाइल एप बनेकाछन्, तर मपुपुले तयार गरेको लेआउटका अगाडि यी सबै झन्झटिला लाग्छन् ।


नेपाली रोमनाइज्ड युनिकोड लेआउट
रोमनाइज्ड लेआउटमा अंग्रेजी अक्षरहरुको आधारमा नेपाली अक्षरहरु लेखिन्छ । भन्नको मतलब, अंग्रेजीमा बोल्दा उस्तै सुनिने अक्षरहरलाई सिधै देवनागिरीमा नेपाली अक्षरहरुलाई जोडा मिलाइएको छ, जसले गर्दा कुनै पनि नेपाली अक्षर वा शब्द रोमनाइज्ड लेआउटमा सजिलै लेख्न सकिन्छ । तपाईले नेपाली अक्षरको बनोट छुट्याउना साथ रोमनाइज्डमा खरर नेपाली लेख्न सक्नुहुन्छ ।


हामीले 'ka' - 'क', 'kha' - ख, भनेर पढ्ने गरेका छौँ, तर रोमनाइज्ड लेआउटमा 'क' लेख्नलाई 'k' मात्र लेखे पुग्छ भने 'ख' लेख्नलाई ठूलो 'K' ! तर यही कुरा गुगल ट्रान्सलिटेरेसनमा लेख्नुपर्दा 'k' र 'kha' नै लेख्नुपर्छ । तलका केही उदाहरणहरु हेरौँ ।
k - क
K - ख
g - ग
G - घ
, - ङ
c - च
C - छ
j - ज
J - झ
y - ञ
यी त केही उदाहरणहरु मात्र भए, प्राय: उस्तै सुनिने अक्षरको लागि एउटै 'अंग्रेजी' सानो र ठूलो अक्षर प्रयोग गरिन्छ । नेपाली अक्षरको बनोट (साउन्ड) अनुसार अंग्रेजी अक्षरसँग जोडा मिलाइएको कारण, यो किबोर्ड जो कोहीले पनि सजिलै चलाउन सक्छन् ।
k - क
ka - का
ki - कि
kI - की
ku - कु
kU - कू
ke - के
kE - कै
ko - को
kw - कौ
kM - कं
आकार, उकार, इकार आदि लेख्नको लागि पनि नेपाली अक्षरको बनौट अनुसार अंग्रेजीसँग मिल्दोजुल्दो अक्षर टाइप गरेर लेख्न सकिन्छ । बुझ्नुपर्ने कुरा के हो भने, रोमनाइज्ड लेआउटमा, 'स्पेलिङ' लेख्ने होइन । रोमनाइज्ड लेआउटमा नेपाली अक्षरको बनौट अनुसार मिल्दोजुल्दो अंग्रेजी अक्षर टाइप गर्ने हो । यसले गर्दा नेपाली आफूले चाहे जसरी शुद्धसँग लेख्न सकिन्छ । ह्रस्व तथा दीर्घको लागि shift + अक्षर ले काम गर्छ ।

अनि आधि/काटिएको/जोडिएको अक्षर लेख्नको लागि '/' संकेत प्रयोग गरिन्छ ।
js/to - जस्तो
Akarpos/t - आकारपोस्ट
b/lg - ब्लग
केही अक्षरहरु भने किबोर्डमा भेट्न सकिन्न । ती अक्षरहरुको लागि दुईवटा अक्षर जोडेर लेख्नुपर्ने हुन्छ, तर ती अक्षरहरु पनि बनोटको आधारमा लेखिने भएकोले लेख्ने बानी भएपछि एकदमै सजिलो लाग्छ ।
क्ष = क + ् + ष
त्र = त + ् + र
ज्ञ = ज + ् + ञ
त्त = त + ् + त
द्ध = द + ् + ध
श्र = श + ् + र
द्य = द + ् + य

हिजोआज आएका प्राय: सबै अपरेटिङ सिस्टममा (विन्डोज तथा लिनक्सका भर्सनहरु) पहिले नै मपुपु लेआउटमा आधारित नेपाली युनिकोड किबोर्ड समावेश गरिएको छ, प्रयोगकर्ताले कम्प्युटरको भाषा तथा किबोर्ड सेटिङमा गएर नेपाली युनिकोड (ट्रेडिसनल वा रोमनाइज्ड) छान्नु मात्र पर्छ (विन्डोज एक्सपी तथा विन्डोज सेभेनको लागि नेपाली युनिकोड रोमनाइज्ड राख्ने तरिका पहिले नै ब्लगमा उल्लेख गरेको छु)।

मोबाइलका लागि, हाम्रो पात्रोले निर्माण गरेको, नेपाली किबोर्ड देखि गुगलले निर्माण गरेको गुगल किबोर्डसम्ममा मपुपुको लेआउटमा आधारित नेपाली युनिकोड रोमनाइज्ड र ट्रेडिसनल किबोर्ड समावेश गरिएको छ ।

मोबाइलका लागि बनाइएका किबोर्डहरुमा पनि मपुपुले विकसित गरेको रोमनाइज्ड किबोर्ड लेआउट समावेश गरिएका कारण, कम्प्युटर होस् वा मोबाइल सबैतिर एकै किसिमले लेख्न सकिन्छ ।

गुगल किबोर्ड

हाम्रो किबोर्ड
नेपाली रोमनाइज्ड युनिकोड किबोर्ड लेआउट राख्नुस्, खरर नेपाली टाइप गर्नुस् । तपाईको कम्प्युटरमा पहिले नै रोमनाइज्ड लेआउट (भाषा तथा सेटिङमा गएर किबोर्ड हेर्नुस्) समावेश छैन भने मपुपुको साइटबाट डाउनलोड गरेर इन्स्टल गर्नसक्नुहुन्छ ।

यो पनि -->  टाइप गर्नु नपर्ने किबोर्ड - कापीमा लेखेजस्तो सिधै नेपाली भाषामा लेख्न सकिने, गुगल किबोर्ड

Comments

Popular posts from this blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

फेक वेबसाइटले झुक्यायो - नेपालमा फेसबुक अफिस

आज बिहान उज्यालो अनलाइनमा अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै 'फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने' भनेर छापियो । ट्विटरमा उज्यालोको ट्विट देख्नेबित्तिकै खबरमा चाख लागेर, उज्यालोको साइट पुगेँ, समाचार पढेँ, उज्यालोबाट रोयटर्सको भनिएको समाचार पनि पढेँ । २-३ दिन अघि मात्रै प्रख्यात टेक्नोलोजी ब्लग टेकक्रन्चको हवाला दिँदै 'स्टार्टअप एक्सेलेटर वाइ कम्बीनेटरलाई मार्क एन्डरसनको भेन्चरले किनेको' भन्ने खबरहरु प्रकाशित भएको थियो । टेकक्रन्चले पछि अर्को ब्लग मार्फत, खबरको खन्डन गर्यो ।  उक्त समाचार टेकक्रन्चले लेखेको नभइ कसैले स्रटयुआरएल (Shrturl) साइट मार्फत टेकक्रन्चकै साइटको कुनै खबर सम्पादन गरेर स्रटयुआरएलमा राखिदिएको थियो । प्राय: पढ्नेहरुले एड्रेसबारको युआरएल हेरेनन्, सबै साइट यथावत सक्कली थियो, त्यही युआरएल र ब्लग बाहेक । Alarming!!! Hello Journos! Reuters news is FAKE! Do a little research. " @Ujyaalo : फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने http://t.co/6YtPjmAnU3 " — Aakar (@aakarpost) June 6, 2014 सायद त्यही टकक्रन्चको ब्लगलाई पच्छ्याइरे

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

BarCamp Kathmandu 2011 on 6th August #barcampktm

An ad-hoc ‘un-conference’ BarCamp is being organized on 6 th August at Nepal Administrative Staff College (NASC) Jawalakhel, Lalitpur Nepal. BarCamp is a common ground for like-minded people. It is about change and innovation. BarCamp is a free event, which means everyone is invited. It is participant driven program where discussions are not limited to just one topic, but a wide range of topics. BarCamp offers a favorable environment for young, motivated and talented people to interact. More importantly, it is where ideas get shared, created and advanced. This is not a formal gathering of black suits but an intense camp for those who strive to achieve. “We believe BarCamp Kathmandu 2011 will be a great opportunity to network with likeminded people and interact with potential customers, clients, and maybe even competitors! If you plan to reach out to the young and motivated in Nepal, this is the place to do it” , according to BarCamp Kathmandu 2011 Organizing Committee. The who

Subscribe to Aakar Post