Skip to main content

एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको नयाँ भर्सन उपलब्ध

ट्विटरमा हाम्रो किबोर्डको नयाँ भर्सन आयो भन्ने ट्विट देखेपछि, प्लेस्टोरबाट अपडेट गरेर यो ब्लग हाम्रो किबोर्डको परिक्षण गर्न सिधै ट्याबलेटबाट लेख्दैछु।


हाम्रो किबोर्ड प्रयोग गरेर छिटोछिटो लेख्ने कसरत गर्दैछु। हेरौँ कत्तिको छिटो लेखिन्छ कत्तिको गल्ति हुन्छ। पहिले मोबाइल/ट्याबलेटमा यो किबोर्ड प्रयोग गरेर लामा लामा लेख लेख्न झन्झटिलो थियो तर माथिका यी ३ लाइन लेख्दा कहिँकुनै ठाउँमा गल्ति भएन, ल्याग भएन। भनेको कुरा मज्जाले लेख्न सकियो। पहिलेको भन्दा छिटो टाइप पनि गर्न सकेँ।

२-३ महिना पहिले मैले ट्याबलेटबाटै ब्लग लेख्ने विचार गरेको थिँए। लेखेँ पनि तर दुई प्याराग्राफ टाइप गर्न पनि लगभग १ घन्टा जति लागेको थियो। तर यो  नयाँ अपडेटेड किबोर्ड प्रयोग गरिरहँदा अचम्ममा परेकोछु। "कि" एकपटक थिचिसकेपछि फेरि दोहोर्याएर हेर्नू नपर्ने भएको छ।

मदनपुरस्कार पुस्तकालयले बनाएको रोमनाइज्ड युनिकोड मैले २००७ देखि नै प्रयोग गर्न थालेको हुँ, त्यसबेला रोमनाइज्ड किबोर्डबारे ब्लग लेख्दा एमपिपिको साइटबाट करिब २०० पटक उक्त किबोर्ड डाउनलोड भएकोथियो, अहिले पनि आकारपोष्ट्मा त्यही किबोर्ड बारेको ब्लग सबैभन्दा धेरै पटक हेरिएको ब्लगहरुमा पर्छ।


रोमनाइज्ड किबोर्ड नै सजिलो लाग्ने भएका कारण हाम्रो किबोर्डमा उपलब्ध भएका ३ थरिका किबोर्ड मध्येमा म चाहिँ एमपिपि रोमनाइज्ड चलाउँछु। युनिकोड ट्रान्सिलिरेसन र ट्रेडिसनल नेपाली पनि यही किबोर्डमा उपलब्ध छ। आफूलाई मन परेको वा भनौँ चलाउन सजिलो लागेको किबोर्ड छानेर चलाउन सकिन्छ। यसका अतिरिक्त नेपालीका शब्दहरु टाइप गर्दा आउने "अटो सजेसन" फिचर पनि गजब छ।

गुगल हिन्दी इनपुट, मल्टिलिङ्ग किबोर्डहरु पहिले प्रयोग गरेको थिँए, तर हाम्रो किबोर्डले ती सबै किबोर्डहरुलाई बिर्साइदियो। मेरा लागि सबैभन्दा उत्कृष्ट नेपाली किबोर्ड भनेको हाम्रो किबोर्ड नै हो। नेपाली टाइप गर्ने किबोर्ड खोज्दैहो भने, हाम्रो किबोर्डको विकल्प छैन।

प्लेस्टोरबाट हाम्रो किबोर्ड इन्स्टल गर्नुस्!

नोट: यो ब्लग कहिँ कतै नअड्की, नअल्झी १५-२० मिनेटमा तयार गरियो । यसलाई म किबोर्डको सफलता मान्छु । :)

Comments

  1. धन्यवाद दाइ लाई म पनि यहि हाम्राे किबोर्ड चलाउँछु ।

    ReplyDelete
  2. धेरै शुभकामना हाम्रो किबोर्ड को फुल भर्जन को लागि। यसमा एटो करेक्ट र डिक्सनरी पनि अपडेट भएको जस्तो भान भो ।धेरै राम्रो लाग्यो ।
    तर केही कुरा जुन डिजाइन सँग सम्बन्धित छन, यिनका बारे म केही सुझाव फेरी पनि दिन चाहन्छु ।

    १. कि हरु को साईज:
    कि हरु को बिचमा कालो खाली स्पेसहरु अझै देखिन्छन् । जो सायद जरुरी छैनन् । यी स्पेस कम गरेर कि साईज ठुलो पारेको खन्डमा टाईप स्पिड अझ छिटो हुन्थ्यो कि? फेरी सानो अक्षर देख्न गाह्रो हुनेलाई पनि सजिलो हुन सक्छ।
    म आफैले htc किबोर्ड र हाम्रो किबोर्ड चलाउँदा, ठूलो कि हुनुको फाईदा फिल गरेको छु।

    २. सेतो भर्जनको किबोर्ड :
    सबैले प्राय कालो नै डिजाईनको किबोर्ड को कल्पना गरेको हुन्छ । तर यस्को बेफाइदा पनि छ। घाममा हुँदा कालो डिजाइन हेर्न अलि गाह्रो हुन सक्छ। त्यसैले सेतो पार्ने अप्सन पनि हुनु आबस्यक जस्तो देखिन्छ ।

    यो एपको हरेक अपडेटका लागि धेरै धेरै शुभकामना

    नोट: यो सम्पुर्ण कमेन्ट मोबाइलबाट हाम्रो किबोर्ड प्रयोग गरि लेखिएको हो

    ReplyDelete
  3. aadha akshar lekhana chai k garnu parla ??????

    ReplyDelete
  4. वसन्तजी। आधा अक्षर लेख्नको लागि, अक्षर लेखेपछि खुट्टो काट्नुहोला। जस्तो तपाईको नाम लेख्न: व+स+न+्+त = वसन्त

    ReplyDelete
  5. नयाँ अपडेट कस्तो लाग्यो?

    ReplyDelete
  6. डेभ्लपमेन्ट टिमसम्म कुरा पुगेकोछ। :)

    ReplyDelete
  7. धेरै राम्रो छ दाइ ।

    ReplyDelete
  8. If you typing with transliteration keyboard, press "\"

    ReplyDelete
  9. आकार दाई ! हामी गर्वकासाथ भन्न सक्छौ कि, हाम्रो आफनै नेपाली किबोर्ड छ | धेरै धेरै शुभकामना शंकर उप्रेतीजी लाई, अझ प्रगति गर्दै जानु होस् |

    ReplyDelete
  10. Thank you Kabin so much. Both suggestions are very good, I will keep that in consideration.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नियात्रा : घान्द्रुक को घुमाइ -१

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

एक रातको कथा

भो लिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको । अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ : “मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,

हाम्रो नेपाली किबोर्ड अब आइफोनमा

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो । एन्ड्रोइड नेपाली किबोर्ड मा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड , नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ । ➤ आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Subscribe to Aakar Post