ट्विटरमा हाम्रो किबोर्डको नयाँ भर्सन आयो भन्ने ट्विट देखेपछि, प्लेस्टोरबाट अपडेट गरेर यो ब्लग हाम्रो किबोर्डको परिक्षण गर्न सिधै ट्याबलेटबाट लेख्दैछु।
हाम्रो किबोर्ड प्रयोग गरेर छिटोछिटो लेख्ने कसरत गर्दैछु। हेरौँ कत्तिको छिटो लेखिन्छ कत्तिको गल्ति हुन्छ। पहिले मोबाइल/ट्याबलेटमा यो किबोर्ड प्रयोग गरेर लामा लामा लेख लेख्न झन्झटिलो थियो तर माथिका यी ३ लाइन लेख्दा कहिँकुनै ठाउँमा गल्ति भएन, ल्याग भएन। भनेको कुरा मज्जाले लेख्न सकियो। पहिलेको भन्दा छिटो टाइप पनि गर्न सकेँ।
२-३ महिना पहिले मैले ट्याबलेटबाटै ब्लग लेख्ने विचार गरेको थिँए। लेखेँ पनि तर दुई प्याराग्राफ टाइप गर्न पनि लगभग १ घन्टा जति लागेको थियो। तर यो नयाँ अपडेटेड किबोर्ड प्रयोग गरिरहँदा अचम्ममा परेकोछु। "कि" एकपटक थिचिसकेपछि फेरि दोहोर्याएर हेर्नू नपर्ने भएको छ।
मदनपुरस्कार पुस्तकालयले बनाएको रोमनाइज्ड युनिकोड मैले २००७ देखि नै प्रयोग गर्न थालेको हुँ, त्यसबेला रोमनाइज्ड किबोर्डबारे ब्लग लेख्दा एमपिपिको साइटबाट करिब २०० पटक उक्त किबोर्ड डाउनलोड भएकोथियो, अहिले पनि आकारपोष्ट्मा त्यही किबोर्ड बारेको ब्लग सबैभन्दा धेरै पटक हेरिएको ब्लगहरुमा पर्छ।
रोमनाइज्ड किबोर्ड नै सजिलो लाग्ने भएका कारण हाम्रो किबोर्डमा उपलब्ध भएका ३ थरिका किबोर्ड मध्येमा म चाहिँ एमपिपि रोमनाइज्ड चलाउँछु। युनिकोड ट्रान्सिलिरेसन र ट्रेडिसनल नेपाली पनि यही किबोर्डमा उपलब्ध छ। आफूलाई मन परेको वा भनौँ चलाउन सजिलो लागेको किबोर्ड छानेर चलाउन सकिन्छ। यसका अतिरिक्त नेपालीका शब्दहरु टाइप गर्दा आउने "अटो सजेसन" फिचर पनि गजब छ।
गुगल हिन्दी इनपुट, मल्टिलिङ्ग किबोर्डहरु पहिले प्रयोग गरेको थिँए, तर हाम्रो किबोर्डले ती सबै किबोर्डहरुलाई बिर्साइदियो। मेरा लागि सबैभन्दा उत्कृष्ट नेपाली किबोर्ड भनेको हाम्रो किबोर्ड नै हो। नेपाली टाइप गर्ने किबोर्ड खोज्दैहो भने, हाम्रो किबोर्डको विकल्प छैन।
प्लेस्टोरबाट हाम्रो किबोर्ड इन्स्टल गर्नुस्!
नोट: यो ब्लग कहिँ कतै नअड्की, नअल्झी १५-२० मिनेटमा तयार गरियो । यसलाई म किबोर्डको सफलता मान्छु । :)
नोट: यो ब्लग कहिँ कतै नअड्की, नअल्झी १५-२० मिनेटमा तयार गरियो । यसलाई म किबोर्डको सफलता मान्छु । :)