Skip to main content

पाइला [Story]

‘फेरि जे पायो त्यै’ मैले यही नै भनेँ । उ मरिमरि हाँस्यो । किन हाँसेको मैले सोधेँ । उसको जवाफ ‘ फेरि जे पायो त्यै रे’, हा हा हा, त्यो त ‘पल्पसा क्याफे’ को डाइलग हो” । “हो त” मैले भनेँ, मैले त्यही ‘पल्पसा क्याफे’ पढेपछि नै ‘जे पायो त्यै’ भन्न सिक्या त हुँ तर म त्यसरी भन्दिन, अलिकति फरक छ के मेरो भन्ने स्टाइल” । उ फेरि हाँस्यो र भन्यो, “देखियो त्यो पनि” ! ‘अनि के त’ मैले भनेँ, “केही हैन” उसले भन्यो ।

आज पनि जानु मात्र पर्यो । खै यस्तै पाराले हो भने, पत्रकार बनिएला जस्तो छैन । उसबेला पत्रकारिता पढ्ने भनेर पढियो, अब अहिले जागिर को त कुरै छाडौँ, इन्टर्न गर्न पनि कति गाह्रो ! मलाई हिजोआज त कहिलेकाँहि रिस पनि उठ्छ ।  जे पायो त्यै हुँदा त ! हिजो पनि त्यत्रो धाएर गएँ, सरलाई भेट्न तर खै भेट नै भएन । यस्तै सोच्दै आज पनि म दिउँसो त्यही प्रकाशन गृह तिर हानिएको थिँए ।

जेठ महिना को चर्को घाम, त्यसमाथि गाडि पनि त्यस्तै भिड छ । त्यो सानो सेतो माइक्रो मा पनि मान्छेलाई पछाडि सर्नुस भन्दै उभ्याउँछ । गर्मी त्यतिकै चर्को छ, अनि मान्छे को भिड, सम्झिँदा पनि चढ्न मनलाग्दैन माइक्रो तर के गर्नु चढ्नै पर्छ ।

अझ त्यो निलो माइक्रोलाई त माइक्रो पनि भन्दैनन् साथिहरु, सबै जना नै ‘निलो डिब्बा’ भन्छन् । हुन पनि डिब्बा जस्तै पो छ, तर त्यसमा पनि मान्छे उस्तै कोच्छन् । यो माइक्रो का डाइभरहरु नि कति निहुँ खोज्छन् भने, चढाउने बेला चाँहि जहाँ पायो त्यहीँ रोक्छन्, झर्ने बेला चाँहि भनेको ठाउँ मा कहिले रोक्दैनन् । आज पनि त्याँ पर पुलदेखि हिँडेर जानुपर्यो ।

म प्रकाशन गृह को कार्यालय भित्र छिर्छु, आफूलाई पत्रकार भए झैँ भान हुन्छ, मन ढक्क फुल्छ । जानकारी पाएँ सर आउनुभएको रहेनछ । म रिसेप्सन मा गएर बसेँ । म कहिले घडि हेर्छु त कहिले मोबाइल । मोबाइल को ओपेरा ब्राउजर खोलेर एकछिन फेसबुक मा झुन्डिन्छु, एउटा ले गज्जब को स्टाटस लेखेको रहेछ, लाइक गर्दिन्छु, मन मनै हाँसो पनि उठ्छ ।

खै, अझै सर आइपुग्नुभएन । लौ, मान्छे नै नदेखेको जसरी के हेर्या हो ? सबैले मलाई ट्वाल्ल परेर हेर्न थालेपछि, मलाई दिक्क लाग्छ र म उठेर बाहिर आउँछु । बाहिर आएर बसेपछि थाहा पाउँछु, सर त आएर पनि फर्किसक्नुभएछ । मलाई साह्रै रिस उठेर आउँछ । तर रिसाएर पनि के नै गर्नुछ’र ?  अब सरले बिर्सिनुभयो होला भन्ने सोचेर फोन गर्छु । म सोध्छु, सर कहाँ ? उतबाट सर को जवाफ आउँछ, ‘म त फर्किसकेँ त’ । पत्रिका कै सम्पादकलाई बरु भेट्न सजिलो हुन्थ्यो होला तर त्यो सरलाई त भेट्नै गाह्रो ।

“भेट त भएन सरसँग, त्यही नि भोलि को लागि केही ‘इस्यु’ दिनुन सर” म आग्रह गर्छु । सर हाँसेर भन्नुहुन्छ, ‘शिकार खेल्न जान लागेको मान्छेलाई, मैले बन्दुक र गोली दिनुपर्छ?” ।  म पनि के कम, भन्दिन्छु, “एक दुई चोटि बन्दुक र गोली दिनु न, त्यसपछि त आफैँ बन्दुक मा गोली भरेर शिकार खेल्न जाउँला” । सर एकचोटी मज्जै ले हाँस्नु भो, सायद मोटरसाइकल चलाइरहनु भएको थियो भने, हर्न चाँहिदैन थियो होला। मेरो कुरा सरलाई साह्रै घत लागेछ, भन्नुभो, “तिमी सँग नसकिने रहेछ कल्पना” अनि केही इस्यु भन्दिनुभयो । इस्यु पाएपछि अब रिपोर्टिङ गर्नुपर्यो । म पब्लिकेशन हाउस बाट निस्किएँ, अघि को त्यही शिकारी र बन्दुक को कुरा मेरो दिमाग मा आयो, म आफैँ एक्लै हाँस्दै वानेश्वरतिर को बाटो नाप्न थाल्छु ।

क्रमश…

(कथा का अंशहरु क्रमैसँग केही समय को अन्तराल मा प्रकाशित गरिने छ !  फोटो : nidhiartgallery.com)

Comments

  1. wonderful story malai ta aafnai katha lekhdeko jastai lagyo

    ReplyDelete
  2. aba arko part kahile padhna paune aakar ji??? we'll be waiting.....
    drishya

    ReplyDelete
  3. Thanks !
    Next part will be published soon, Drishya ji
    :D

    ReplyDelete
  4. राम्रो छ है आकार जी.. अब बाकी अंशहरु कहिले पढ्न पाईने हो ?

    ReplyDelete
  5. soooooo sweet story....bichara intern haru lai kasto hunchha hai??? thanks for such a nice story

    ReplyDelete
  6. मेरो दिमागमा त त्यहि रवि नै झुन्डिरहेको छ !!! रविलाई मात दिन अझै सकेको छैन यो स्टोरी ले , तर लामो कथा को यो नयाँ प्रयास भने सराहनीय छ !!!

    ReplyDelete
  7. सुरुवात आकर्षक छ । नव पत्रकारको मनोविश्लेषण आगामी अंशहरुमा अझै रोचक हुने अनुमान गरेको छु मैले ।

    ReplyDelete
  8. Indeed the story is very very nice to read. The story portrays the exact feeling of the students who pass the Journalism course. I too felt that you are writing my story. This story incorporates own personal experiences when I just entered the field of Journalism. Very realistic touch.

    ReplyDelete
  9. akar ji tapai ka rachana haru sadhai nai pravshali hunchhan
    yo katha euta sasakta udarahan ho..mero shubhakamana ....

    dikshya

    ReplyDelete
  10. AnuragFromDhulikhelJuly 15, 2010 at 2:00 AM

    कथा साह्रै 'pessimistic' भयो कम्रेड...-which negatively colours the perception of life. अर्को भाग मा 'optimistic' तिर जाने कि ?

    ReplyDelete
  11. akar ji tapai ka rachana haru sadhai nai pravshali hunchhan
    yo katha euta sasakta udarahan ho..mero shubhakamana ....

    dikshya

    ReplyDelete
  12. Indeed the story is very very nice to read. The story portrays the exact feeling of the students who pass the Journalism course. I too felt that you are writing my story. This story incorporates own personal experiences when I just entered the field of Journalism. Very realistic touch.

    ReplyDelete
  13. soooooo sweet story....bichara intern haru lai kasto hunchha hai??? thanks for such a nice story

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post