Skip to main content

एक रातको कथा

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो चिनो जाली रुमाल, सेती छेउ धुन्छे होली ।”
"आज राजमार्ग अवरुद्ध गरिएको छ" मान्छेहरुको भिडबाट एउटा आवाज सुनियो । कुनै असन्तुष्ट समुहले गरेको यो बन्द देख्दा मलाई राजनीतिक अस्थिरता प्रति वितृष्णा पैदा हुन्छ ।
मलाई चिसो हावाले व्युँझ्यायो । बर्दिया राष्टिय निकुञ्ज काटिसकेका थियौं, कर्णालीको चिसो बतासले मलाई छुनासाथ मैंले सोचेको थिएँ, अब केहि घण्टामै घर पुगिनेछ । खिया लागेको पुल काट्न नपाउँदै गाडी रोकियो । सयौंयात्रुहरु राजमार्गमा अलपत्र परेका थिए । यो कुरा नौलो थिएन । "आज राजमार्ग अवरुद्ध गरिएको छ" मान्छेहरुको भिडबाट एउटा आवाज सुनियो । कुनै असन्तुष्ट समुहले गरेको यो बन्द देख्दा मलाई राजनीतिक अस्थिरता प्रति वितृष्णा पैदा हुन्छ । वाटो खुल्ने कुनै छाँटकाट नै थिएन, अब समय विताउनु पर्‍यो, एक्लै झरेँ तल कर्णाली नदी किनार ।

त्यस प्रभातकालिन समयमा घामका सुनौला किरण त्यो निश्चल, तिव्र वहावमा साँच्चै अति रंगीन देखिन्थे । त्यस प्रकृतिको मन्त्रमुग्ध पार्ने दृश्य सायद वर्णन गर्न सकिन्न । केहि पर खोलामा पानी थाप्न आउने महिलाको निकै लाम थियो । कम्मरमा गाग्री च्यापेर खोलातिर झर्ने महिलाको भिडबाट छुट्टिएर एक सानी नानी म तर्फ बढ्दै थिइ । म छेउ आएर उभिएर धेरै बेरसम्म पनि चुपचाप रहेकाले मैंले सोधिहाले "के भो नानु ?" उनले मलाइ झ्वाटै जवाफ दिइन् -"दाइ मलाइ मेरो फोटो देखाउनु न ।" “मैले कुरै बुझिँन र भने "कुन फोटो नानु ?" चुसिरहेको बुढी औँला निकाल्दै केहिबेर पछि भनिन् , "पहिले तपाइसँग आ'की दिदीले मेरो फोटो खिच्नु भा थ्यो नी, हाम्रो घर गएर ।
मलाइ मेरो एकान्त भंग गरेकोमा अलि रिस उठीरहेको थियो, फेरी कैलेकाँहि एकान्तमा वस्दा एकलकाटेपनि त हुने हैन नी ।
लगभग दुइ वर्ष पहिला होला सायद, म त्यै कर्णालीको सेरोफेरोमा घुम्न आएको थिए । एकदिन कर्णाली छेउ बसेर आफ्नै विचारमा डुबिरहेको थिए, पानीमाथि उफ्रन खोज्ने ठुला माछाहरुको लिला हेर्दै । परबाट कोही आइरहेको देखेँ, एकैछिनलाइ भए नी आखाँ घुमाइहालेँ । क्यामरा भिरेकी ति युवती देख्नासाथ मैले उनी फोटो पत्रकार वा रिपोर्टर हुन भन्ने अनुमान गरेँ । एकछिन त बोलाउँ जस्तो लागेथ्यो तर अरुलाइ बित्थामा किन डिस्टर्ब गर्नु भनेर वास्ता गरिन । "के गर्दैछौ ?" यसरी एक्कासी अपरिचित आवाज सुन्नासाथ हत्तपत्त जवाफ निस्किहाल्यो - "ए...हैन, केहि हैन । “एकलकाटे जस्तो किन एक्लै टोलाएको ।" मलाइ मेरो एकान्त भंग गरेकोमा अलि रिस उठीरहेको थियो, फेरी कैलेकाँहि एकान्तमा वस्दा एकलकाटेपनि त हुने हैन नी । यतिबेलासम्म उनी मेरो छेउमा बसिहालीन, नचाहेरपनि मुस्कुराएँ । उनी बोल्न सुरु भईन । उनको नाम प्रिया । उनी अहिले TV च्यानलमा काम गर्दै छिन । मैलेपनि आफ्नो परिचय दिनैपर्‍यो ।

धेरै बेरपछिको बातचितपछि मात्र मैले आँखा जुधाउने हिम्मत गरेँ । उज्यालो मुहार, लालिगुराँस झैँ लाली चढेका गाला, उक्सेका छाती, मुस्कानले भिजेका ओठ, उनका गाजलु आँखामा म डुब्न थाले । उनले अप्ठ्यारो महशुस गर्दै भनिन् - "के हेरेको यसरी","हैन" मैंले जवाफ दिएँ । उनको मुसुक्क हाँस्दा ओठमा लालिगुराँस फुलेको भान हुन्थ्यो । परबाट सानी नानीकी आमाले बोलाएको आवाज सुनियो, "सानु, यता आउ" आमाको आवाज सुन्नेवित्तकि ति सानी नानी दौडेर गइन् । मैले हात हल्लाएर बिदा गरेको उसले देखिन । परपुगेपछि मात्र उ आमासँग औँलाले मलाइ देखाउँदै थिइ ।
उनी भन्दै गइन्, "कुनै बेला नागराज भएको सो क्षेत्रमा अहिले ति नागका मात्र चिन्ह छन्, ढुङ्गे भिराला पहाडमा , जो मध्यान्हमा चम्किँदा लाग्छन् कि त्यहाँ साँच्चै नागहरु नै सयर गर्दैछन् । हो , म त्यही इतिहास खोजी गर्दै छु र मैंले त्यही तस्विर लिनु पर्नेछ"

प्रियाले एकदिनको भेटमा नै मलाई प्रभाव पारिसकेकी थिइन । उनले मलाइ यस क्षेत्रको जनजीवन, विषयवस्तु, बोलीभाका बारेमा बताउन भनिन । यस स्थानको प्राकृतिक माधुर्यता, बैग्लै जनजीवन झल्कने तस्बिरहरु क्यामरामा कैद गर्न भ्याइनभ्याइ थियो उनीलाई । त्यही देखेर मैंले सोधेँ "तिमीले किन यसरी फोटोपत्रकारीता गरेको, तिमी ग्ल्यामर दुनियाँमा प्रवेश गरेको भए अलि बढि सफल हुन्थ्यौ ।" उनीले केहि प्रतिक्रिया दिइनन् । "तिमी साँच्चै राम्री छौ र सेक्सी पनि ।" केहिबेरपछि मात्र भनिन - "थाहा छ, म यहाँ डकुमेन्ट्री बनाउन आएको हुँ, कर्णालीको सेरोफेरो, यहाँका माझिको जनजीवन र रहनसहन बारेमा । र म यस पछि डोटीको खप्तड क्षेत्र जाँदैछु ।" "तिमी अनि एक्लै ...त्यो यात्रा धेरै जोखिमपूर्ण छ ।" मैले सम्झाँए । "केहि हप्तामै त्यहाँ खप्तड मेला हुँदैछ, त्यसैले म थुप्रै पैदल यात्रीसँग जानसक्छु ।" मलाइ उनको त्यो दृढ संकल्प देखेर आश्चर्य जाग्यो । "त्यहाँ एउटा पुरानो कथाको खोजमा छु", उनी भन्दै गइन्, "कुनै बेला नागराज भएको सो क्षेत्रमा अहिले ति नागका मात्र चिन्ह छन्, ढुङ्गे भिराला पहाडमा , जो मध्यान्हमा चम्किँदा लाग्छन् कि त्यहाँ साँच्चै नागहरु नै सयर गर्दैछन् । हो , म त्यही इतिहास खोजी गर्दै छु र मैंले त्यही तस्विर लिनु पर्नेछ", यतिभन्दा उनी गंभिर मुद्रामा थिइन् । 
"थाहा छ तपाईलाइ सहिद भनेका ठुला मान्छे हुन रे, आमाले भन्नुभा'को", ति सानी नानीले भनीन् ।
उनका ओठमा नदीको सुस्केरा थियो । हामी थप चित्रहरुको कैद गर्न नजिकैको पातलो वस्ति तर्फ बढ्यौँ । नजिकैको सानो चौरमा वस्तु चरिरहेका थिए, केहि पर स-साना नानी खेल्दै थिए । प्रियाको क्यामेरा देख्नासाथ ति सानी नानी हामी छेउ आएकी थिइन । त्यो सानो भेटमा प्रियाले उनको फोटो खिचेकी थिइन् । ति नानीसँग वात गर्दै जादाँ थाहा भयो, उनका बावु सहिद भएका छन् रे । "थाहा छ तपाईलाइ सहिद भनेका ठुला मान्छे हुन रे, आमाले भन्नुभा'को", ति सानी नानीले भनीन् । पक्कै त्यो जनआन्दोलनको लडाँइ हुनुपर्छ । यहाँका उत्पीडित वर्गको अधिकारको लडाँइको खातिर हुनुपर्छ तर अझै यो क्षेत्रमा राज्यको आँखा पुग्न सकेको छैन । "तिमी स्कुल जादैँनौ ?" प्रियाले सानी नानीलाई सोधिन् । "नाँइ, आमाले भन्नु भाको, म भ्याउँदिन रे । तपाइलाइ थाहा छ हाम्रा धेरै वस्तुभाउ छन्, उ त्यहीँ छन् । हाम्रो घर जाउँ न, यैँ नजिकै हो", उनका कुराहरु यथार्थ र भावुक थिए ।
सन् १९५९ मा रुथ हेन्डलरले न्यूयोर्कको खेलौना प्रर्दशनीमा सजाएकी "बार्बी" भन्दा कम थिइनन् उनी । हो ३६’१८’३८ फिगर, लामा तिघ्रा, विशाल स्तन एउटा विवादित परिकल्पना हो, तर त्यो आज आफ्नै आँखा अगाडी देख्दैछु ।
किनारमा आँउने स-साना लहरहरुले हामीलाइ छोइरहेको थियो । किनारको ढुङ्गामा बसेर आधा खुट्टासम्म पानीमा डुबाएर हामी ति लहरहरुलाइ महसुस गर्दै थियौँ । ति मन्द चिसा लहरहरु उनका सुन्दर गोडा छोएर मात्तिदैँ किनारामा गएर ठोकिन्थे । म आफुलाइ तिनै बदमास लहरहरुमा मिसाउन चाहन्थे ताकि म उनको कोमलताको स्पर्श गर्न सकुँ । विपरित दिशाबाट चल्ने हावाले उनका कपालहरु उडाएर मतिर ल्याउँथ्यो । कहिले कानतिर त कहिले घाँटितिर, म चाहेर पनि हटाउन सक्दैनथे । धेरैपछि मात्र उनी सजग हुन्थीन र कपाल बटुल्न थाल्थिन तर फेरी उडाइहाल्थ्यो । यहि मौकामा म उनको रुप चोर्न चाहन्थे ।

सन् १९५९ मा रुथ हेन्डलरले न्यूयोर्कको खेलौना प्रर्दशनीमा सजाएकी "बार्बी" भन्दा कम थिइनन् उनी । हो ३६’१८’३८ फिगर, लामा तिघ्रा, विशाल स्तन एउटा विवादित परिकल्पना हो, तर त्यो आज आफ्नै आँखा अगाडी देख्दैछु । भनिन्छ, सुन्दर स्त्री कि मुर्ख हुन्छन्, कि घमण्डी । तर कपट र कलुषरहित आफ्नो सुन्दरताको ज्ञानबाट बेखबर छिन् उनी । लाग्थ्यो, उनी सामान्य महिला होइनन् वा मेरा नयनले मेरो सपनाको राजकुमारीको पातलो छायाँ देखिरहेछ, एक भ्रमित हेराइ पनि हुनसक्छ । म यसरी धेरैबेर डुबिरहेको देखेर उनले भनिन् - "हेर, हाम्रो देशमा अपार सम्पदा छन् तर पनि हामी सदुपयोग गर्न सकिरहेका छैनौ । " मैले अर्को किनारामा रहेको एक अवशेष देखाउदै भने "उहिले अङ्ग्रेजले चढ्ने मोटरवोट त्यही हो, कयौं वर्षदेखि त्यहीँ लडिरहेको छ ।"
त्यही बिचबाट भएर जान्छन थुप्रै गाडीहरु, खियालागेको, विस्फोटले क्षतविक्षत प्वाल परेको कर्णालीमाथिको पुल भएर, राजधानीतिर हुइँकिन्छन् थुप्रै सपना बोकेर मानिसहरु ।
हाम्रो आखाँसामु त्यो अपार तिव्र वहाब छ, तर नजिकै बाँझा खेतहरु छन, गाउँ अध्यारो छ, पानी थाप्न खोलामै पुग्नुपर्छ । जीवनभर डुङ्गा खियाउँदै जिवन गुजार्ने माझीलाई मोटरवोटको खप्परले कुटील मुस्कानले जिस्काइरहेको छ । केहिपर राजमार्गका दुबैपट्टि थुप्रै झुप्राहरु मात्र छन् । त्यही बिचबाट भएर जान्छन थुप्रै गाडीहरु, खियालागेको, विस्फोटले क्षतविक्षत प्वाल परेको कर्णालीमाथिको पुल भएर, राजधानीतिर हुइँकिन्छन् थुप्रै सपना बोकेर मानिसहरु ।

"तिमी मलाई विर्सनेछौ है ?" मैले सोधे । प्रतिउत्तर केहि आएन र मैले फेरी भने -"मलाई तिम्रो धेरै याद आउनेछ ।"
यस्ता अफशोचका दृश्यहरु देखेर प्रियाले भनिन्, "हो, अब हाम्रो युवापुस्ता जाग्नुपर्छ, एउटा दृढ संकल्प लिएर, देशका निम्ति ।" उनका आँखामा अनन्त सपनाको चाङ देखिन्थ्यो ।मैले कुरा अन्तै मोडेँ -"तिमी अब के गर्छौ ?" उनले भनिन् - "यो डकुमेन्ट्री प्रर्दशनी पछि, ग्रयाजुएशन गर्नेछु, फोटो पत्रकारीतामै ।","तिमी मलाई विर्सनेछौ है ?" मैले सोधे । प्रतिउत्तर केहि आएन र मैले फेरी भने -"मलाई तिम्रो धेरै याद आउनेछ ।"
_ _ _
"वा, वा, वा, समीर, तँ-त छुपारुस्त निस्कीस" राजनले जिस्काउँदै भन्यो । सबैजना गलल हाँस्न थाले । रक्सीका प्यालाहरु रित्तसिकेका थिए । सबैजना मातमै थिए, बिचमा आगो दनदन दन्किरहेको थियो । आज दिउँसो देखि नाच्न सुरु गरेकोले सबै जना थकित थिए । आज सबै साथी भेटभएको मौकामा यो क्याम्पफायर गरिएको थियो । थुप्रै वर्षपछि स्कुलका सहपाठी यसरी जम्मा भएकोले सबैले आ-आफ्नो अविस्मरणिय यादहरु सुनाउने खेल थियो । यसअघि कसैले आफ्ना नन भेज कथा सुनाएका थिए त कसैले अधुरो प्रेम कहानी, कसैले युद्धकालका ज्यादती खप्नुपरेका यादहरु । यो पालो समीरको थियो र उसले प्रियासँगको यादहरुलाइ धमिलो बनाएर सुनाइरहेको थियो । ल, यो एक प्याक हाम्रो समीरले प्रियाको तर्फबाट भन्दै हरिशले फेरी गिलास थमायो, सबै गलल हाँसे । मलाई साह्रै निन्द्राले च्याप्न थाल्यो, सायद समीरको कथा अलि लामै छ, त्यसपछिमात्र मेरो पालो आउनेछ । मलाई केहि बेर सुत्नु छ, तर अफसोच उसको कथा अधुरो हुने भयो र समीर कथा यसरी बढाउँदै थियो । “हामी ले धेरै बेरसम्म त्यहाँ वितायौँ, घाम डाडाँ काट्न थालिसकेको थियो । हामी नदी किनारको ठुलो ढुङ्गामै बसेका थियौं र पनि हामी बिच सम्मानजनक दुरी कायमै थियो .................”



-मुकुन्द भण्डारी
बायोटेक तेस्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

*फोटोहरु विभिन्न वेवसाइटबाट लिइएको हो ।

Comments

  1. Really Nice story.... :)

    I enjoyed reading the whole story....

    You can even write more better than this.....

    All the best !!!

    ReplyDelete
  2. Nice but long story like a short novel.....
    but liked it keep it up

    ReplyDelete
  3. एकदमै राम्रो !! कस्तो मज्जाले शब्दहरू खेलाएको !!! keep it up mukunda !!!

    ReplyDelete
  4. Enjoyed reading it...your story and well-skilled use of words made me picturize ur lines while going through ur story!

    ReplyDelete
  5. I enjoyed reading this AAKAR jee but in the begining i thought it all happened in urs but later got to know that even happened to ur fren , nice shot hai ... thanks for posting interesting story !

    ReplyDelete
  6. wow, very interesting, nice feeling , reading Story and some time feeling thatss types feel in my mine,

    ReplyDelete
  7. thank you all for ur comments.
    i will be encouraged by your comments.

    ReplyDelete
  8. beautiful post. enjoyed reading full.

    ReplyDelete
  9. story dherai ramro chha but teo sani nani story bata kati gayaki raichhan hai priya matra raichha
    karuna

    ReplyDelete
  10. beautiful post. enjoyed reading full.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

Shruti Sambeg : Download तरुनी खेती

आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को सबै अंक लिएर आएका छौँ।


विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ ।

सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।

भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” ।

उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।


Download:
Sharubhakta’s Taruni Kheti Episode-1
Sharubhakta’s Taruni Kheti Episode-2
Sharubhakta’s Taruni Kheti Episode-3
Sharubhakta’s Taruni Kheti Episode-4
Sharubhakta’s Taruni Kheti Episode-5

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite.

I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…??

The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author..

I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pain…because…

ट्विटर लाइकोनोमिक्स

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन ।


दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ ।

फेसब…

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने ।

त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न ।


एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएमएस त छँ…

Subscribe to Aakar Post