Skip to main content

एक रातको कथा

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो चिनो जाली रुमाल, सेती छेउ धुन्छे होली ।”
"आज राजमार्ग अवरुद्ध गरिएको छ" मान्छेहरुको भिडबाट एउटा आवाज सुनियो । कुनै असन्तुष्ट समुहले गरेको यो बन्द देख्दा मलाई राजनीतिक अस्थिरता प्रति वितृष्णा पैदा हुन्छ ।
मलाई चिसो हावाले व्युँझ्यायो । बर्दिया राष्टिय निकुञ्ज काटिसकेका थियौं, कर्णालीको चिसो बतासले मलाई छुनासाथ मैंले सोचेको थिएँ, अब केहि घण्टामै घर पुगिनेछ । खिया लागेको पुल काट्न नपाउँदै गाडी रोकियो । सयौंयात्रुहरु राजमार्गमा अलपत्र परेका थिए । यो कुरा नौलो थिएन । "आज राजमार्ग अवरुद्ध गरिएको छ" मान्छेहरुको भिडबाट एउटा आवाज सुनियो । कुनै असन्तुष्ट समुहले गरेको यो बन्द देख्दा मलाई राजनीतिक अस्थिरता प्रति वितृष्णा पैदा हुन्छ । वाटो खुल्ने कुनै छाँटकाट नै थिएन, अब समय विताउनु पर्‍यो, एक्लै झरेँ तल कर्णाली नदी किनार ।

त्यस प्रभातकालिन समयमा घामका सुनौला किरण त्यो निश्चल, तिव्र वहावमा साँच्चै अति रंगीन देखिन्थे । त्यस प्रकृतिको मन्त्रमुग्ध पार्ने दृश्य सायद वर्णन गर्न सकिन्न । केहि पर खोलामा पानी थाप्न आउने महिलाको निकै लाम थियो । कम्मरमा गाग्री च्यापेर खोलातिर झर्ने महिलाको भिडबाट छुट्टिएर एक सानी नानी म तर्फ बढ्दै थिइ । म छेउ आएर उभिएर धेरै बेरसम्म पनि चुपचाप रहेकाले मैंले सोधिहाले "के भो नानु ?" उनले मलाइ झ्वाटै जवाफ दिइन् -"दाइ मलाइ मेरो फोटो देखाउनु न ।" “मैले कुरै बुझिँन र भने "कुन फोटो नानु ?" चुसिरहेको बुढी औँला निकाल्दै केहिबेर पछि भनिन् , "पहिले तपाइसँग आ'की दिदीले मेरो फोटो खिच्नु भा थ्यो नी, हाम्रो घर गएर ।
मलाइ मेरो एकान्त भंग गरेकोमा अलि रिस उठीरहेको थियो, फेरी कैलेकाँहि एकान्तमा वस्दा एकलकाटेपनि त हुने हैन नी ।
लगभग दुइ वर्ष पहिला होला सायद, म त्यै कर्णालीको सेरोफेरोमा घुम्न आएको थिए । एकदिन कर्णाली छेउ बसेर आफ्नै विचारमा डुबिरहेको थिए, पानीमाथि उफ्रन खोज्ने ठुला माछाहरुको लिला हेर्दै । परबाट कोही आइरहेको देखेँ, एकैछिनलाइ भए नी आखाँ घुमाइहालेँ । क्यामरा भिरेकी ति युवती देख्नासाथ मैले उनी फोटो पत्रकार वा रिपोर्टर हुन भन्ने अनुमान गरेँ । एकछिन त बोलाउँ जस्तो लागेथ्यो तर अरुलाइ बित्थामा किन डिस्टर्ब गर्नु भनेर वास्ता गरिन । "के गर्दैछौ ?" यसरी एक्कासी अपरिचित आवाज सुन्नासाथ हत्तपत्त जवाफ निस्किहाल्यो - "ए...हैन, केहि हैन । “एकलकाटे जस्तो किन एक्लै टोलाएको ।" मलाइ मेरो एकान्त भंग गरेकोमा अलि रिस उठीरहेको थियो, फेरी कैलेकाँहि एकान्तमा वस्दा एकलकाटेपनि त हुने हैन नी । यतिबेलासम्म उनी मेरो छेउमा बसिहालीन, नचाहेरपनि मुस्कुराएँ । उनी बोल्न सुरु भईन । उनको नाम प्रिया । उनी अहिले TV च्यानलमा काम गर्दै छिन । मैलेपनि आफ्नो परिचय दिनैपर्‍यो ।

धेरै बेरपछिको बातचितपछि मात्र मैले आँखा जुधाउने हिम्मत गरेँ । उज्यालो मुहार, लालिगुराँस झैँ लाली चढेका गाला, उक्सेका छाती, मुस्कानले भिजेका ओठ, उनका गाजलु आँखामा म डुब्न थाले । उनले अप्ठ्यारो महशुस गर्दै भनिन् - "के हेरेको यसरी","हैन" मैंले जवाफ दिएँ । उनको मुसुक्क हाँस्दा ओठमा लालिगुराँस फुलेको भान हुन्थ्यो । परबाट सानी नानीकी आमाले बोलाएको आवाज सुनियो, "सानु, यता आउ" आमाको आवाज सुन्नेवित्तकि ति सानी नानी दौडेर गइन् । मैले हात हल्लाएर बिदा गरेको उसले देखिन । परपुगेपछि मात्र उ आमासँग औँलाले मलाइ देखाउँदै थिइ ।
उनी भन्दै गइन्, "कुनै बेला नागराज भएको सो क्षेत्रमा अहिले ति नागका मात्र चिन्ह छन्, ढुङ्गे भिराला पहाडमा , जो मध्यान्हमा चम्किँदा लाग्छन् कि त्यहाँ साँच्चै नागहरु नै सयर गर्दैछन् । हो , म त्यही इतिहास खोजी गर्दै छु र मैंले त्यही तस्विर लिनु पर्नेछ"

प्रियाले एकदिनको भेटमा नै मलाई प्रभाव पारिसकेकी थिइन । उनले मलाइ यस क्षेत्रको जनजीवन, विषयवस्तु, बोलीभाका बारेमा बताउन भनिन । यस स्थानको प्राकृतिक माधुर्यता, बैग्लै जनजीवन झल्कने तस्बिरहरु क्यामरामा कैद गर्न भ्याइनभ्याइ थियो उनीलाई । त्यही देखेर मैंले सोधेँ "तिमीले किन यसरी फोटोपत्रकारीता गरेको, तिमी ग्ल्यामर दुनियाँमा प्रवेश गरेको भए अलि बढि सफल हुन्थ्यौ ।" उनीले केहि प्रतिक्रिया दिइनन् । "तिमी साँच्चै राम्री छौ र सेक्सी पनि ।" केहिबेरपछि मात्र भनिन - "थाहा छ, म यहाँ डकुमेन्ट्री बनाउन आएको हुँ, कर्णालीको सेरोफेरो, यहाँका माझिको जनजीवन र रहनसहन बारेमा । र म यस पछि डोटीको खप्तड क्षेत्र जाँदैछु ।" "तिमी अनि एक्लै ...त्यो यात्रा धेरै जोखिमपूर्ण छ ।" मैले सम्झाँए । "केहि हप्तामै त्यहाँ खप्तड मेला हुँदैछ, त्यसैले म थुप्रै पैदल यात्रीसँग जानसक्छु ।" मलाइ उनको त्यो दृढ संकल्प देखेर आश्चर्य जाग्यो । "त्यहाँ एउटा पुरानो कथाको खोजमा छु", उनी भन्दै गइन्, "कुनै बेला नागराज भएको सो क्षेत्रमा अहिले ति नागका मात्र चिन्ह छन्, ढुङ्गे भिराला पहाडमा , जो मध्यान्हमा चम्किँदा लाग्छन् कि त्यहाँ साँच्चै नागहरु नै सयर गर्दैछन् । हो , म त्यही इतिहास खोजी गर्दै छु र मैंले त्यही तस्विर लिनु पर्नेछ", यतिभन्दा उनी गंभिर मुद्रामा थिइन् । 
"थाहा छ तपाईलाइ सहिद भनेका ठुला मान्छे हुन रे, आमाले भन्नुभा'को", ति सानी नानीले भनीन् ।
उनका ओठमा नदीको सुस्केरा थियो । हामी थप चित्रहरुको कैद गर्न नजिकैको पातलो वस्ति तर्फ बढ्यौँ । नजिकैको सानो चौरमा वस्तु चरिरहेका थिए, केहि पर स-साना नानी खेल्दै थिए । प्रियाको क्यामेरा देख्नासाथ ति सानी नानी हामी छेउ आएकी थिइन । त्यो सानो भेटमा प्रियाले उनको फोटो खिचेकी थिइन् । ति नानीसँग वात गर्दै जादाँ थाहा भयो, उनका बावु सहिद भएका छन् रे । "थाहा छ तपाईलाइ सहिद भनेका ठुला मान्छे हुन रे, आमाले भन्नुभा'को", ति सानी नानीले भनीन् । पक्कै त्यो जनआन्दोलनको लडाँइ हुनुपर्छ । यहाँका उत्पीडित वर्गको अधिकारको लडाँइको खातिर हुनुपर्छ तर अझै यो क्षेत्रमा राज्यको आँखा पुग्न सकेको छैन । "तिमी स्कुल जादैँनौ ?" प्रियाले सानी नानीलाई सोधिन् । "नाँइ, आमाले भन्नु भाको, म भ्याउँदिन रे । तपाइलाइ थाहा छ हाम्रा धेरै वस्तुभाउ छन्, उ त्यहीँ छन् । हाम्रो घर जाउँ न, यैँ नजिकै हो", उनका कुराहरु यथार्थ र भावुक थिए ।
सन् १९५९ मा रुथ हेन्डलरले न्यूयोर्कको खेलौना प्रर्दशनीमा सजाएकी "बार्बी" भन्दा कम थिइनन् उनी । हो ३६’१८’३८ फिगर, लामा तिघ्रा, विशाल स्तन एउटा विवादित परिकल्पना हो, तर त्यो आज आफ्नै आँखा अगाडी देख्दैछु ।
किनारमा आँउने स-साना लहरहरुले हामीलाइ छोइरहेको थियो । किनारको ढुङ्गामा बसेर आधा खुट्टासम्म पानीमा डुबाएर हामी ति लहरहरुलाइ महसुस गर्दै थियौँ । ति मन्द चिसा लहरहरु उनका सुन्दर गोडा छोएर मात्तिदैँ किनारामा गएर ठोकिन्थे । म आफुलाइ तिनै बदमास लहरहरुमा मिसाउन चाहन्थे ताकि म उनको कोमलताको स्पर्श गर्न सकुँ । विपरित दिशाबाट चल्ने हावाले उनका कपालहरु उडाएर मतिर ल्याउँथ्यो । कहिले कानतिर त कहिले घाँटितिर, म चाहेर पनि हटाउन सक्दैनथे । धेरैपछि मात्र उनी सजग हुन्थीन र कपाल बटुल्न थाल्थिन तर फेरी उडाइहाल्थ्यो । यहि मौकामा म उनको रुप चोर्न चाहन्थे ।

सन् १९५९ मा रुथ हेन्डलरले न्यूयोर्कको खेलौना प्रर्दशनीमा सजाएकी "बार्बी" भन्दा कम थिइनन् उनी । हो ३६’१८’३८ फिगर, लामा तिघ्रा, विशाल स्तन एउटा विवादित परिकल्पना हो, तर त्यो आज आफ्नै आँखा अगाडी देख्दैछु । भनिन्छ, सुन्दर स्त्री कि मुर्ख हुन्छन्, कि घमण्डी । तर कपट र कलुषरहित आफ्नो सुन्दरताको ज्ञानबाट बेखबर छिन् उनी । लाग्थ्यो, उनी सामान्य महिला होइनन् वा मेरा नयनले मेरो सपनाको राजकुमारीको पातलो छायाँ देखिरहेछ, एक भ्रमित हेराइ पनि हुनसक्छ । म यसरी धेरैबेर डुबिरहेको देखेर उनले भनिन् - "हेर, हाम्रो देशमा अपार सम्पदा छन् तर पनि हामी सदुपयोग गर्न सकिरहेका छैनौ । " मैले अर्को किनारामा रहेको एक अवशेष देखाउदै भने "उहिले अङ्ग्रेजले चढ्ने मोटरवोट त्यही हो, कयौं वर्षदेखि त्यहीँ लडिरहेको छ ।"
त्यही बिचबाट भएर जान्छन थुप्रै गाडीहरु, खियालागेको, विस्फोटले क्षतविक्षत प्वाल परेको कर्णालीमाथिको पुल भएर, राजधानीतिर हुइँकिन्छन् थुप्रै सपना बोकेर मानिसहरु ।
हाम्रो आखाँसामु त्यो अपार तिव्र वहाब छ, तर नजिकै बाँझा खेतहरु छन, गाउँ अध्यारो छ, पानी थाप्न खोलामै पुग्नुपर्छ । जीवनभर डुङ्गा खियाउँदै जिवन गुजार्ने माझीलाई मोटरवोटको खप्परले कुटील मुस्कानले जिस्काइरहेको छ । केहिपर राजमार्गका दुबैपट्टि थुप्रै झुप्राहरु मात्र छन् । त्यही बिचबाट भएर जान्छन थुप्रै गाडीहरु, खियालागेको, विस्फोटले क्षतविक्षत प्वाल परेको कर्णालीमाथिको पुल भएर, राजधानीतिर हुइँकिन्छन् थुप्रै सपना बोकेर मानिसहरु ।

"तिमी मलाई विर्सनेछौ है ?" मैले सोधे । प्रतिउत्तर केहि आएन र मैले फेरी भने -"मलाई तिम्रो धेरै याद आउनेछ ।"
यस्ता अफशोचका दृश्यहरु देखेर प्रियाले भनिन्, "हो, अब हाम्रो युवापुस्ता जाग्नुपर्छ, एउटा दृढ संकल्प लिएर, देशका निम्ति ।" उनका आँखामा अनन्त सपनाको चाङ देखिन्थ्यो ।मैले कुरा अन्तै मोडेँ -"तिमी अब के गर्छौ ?" उनले भनिन् - "यो डकुमेन्ट्री प्रर्दशनी पछि, ग्रयाजुएशन गर्नेछु, फोटो पत्रकारीतामै ।","तिमी मलाई विर्सनेछौ है ?" मैले सोधे । प्रतिउत्तर केहि आएन र मैले फेरी भने -"मलाई तिम्रो धेरै याद आउनेछ ।"
_ _ _
"वा, वा, वा, समीर, तँ-त छुपारुस्त निस्कीस" राजनले जिस्काउँदै भन्यो । सबैजना गलल हाँस्न थाले । रक्सीका प्यालाहरु रित्तसिकेका थिए । सबैजना मातमै थिए, बिचमा आगो दनदन दन्किरहेको थियो । आज दिउँसो देखि नाच्न सुरु गरेकोले सबै जना थकित थिए । आज सबै साथी भेटभएको मौकामा यो क्याम्पफायर गरिएको थियो । थुप्रै वर्षपछि स्कुलका सहपाठी यसरी जम्मा भएकोले सबैले आ-आफ्नो अविस्मरणिय यादहरु सुनाउने खेल थियो । यसअघि कसैले आफ्ना नन भेज कथा सुनाएका थिए त कसैले अधुरो प्रेम कहानी, कसैले युद्धकालका ज्यादती खप्नुपरेका यादहरु । यो पालो समीरको थियो र उसले प्रियासँगको यादहरुलाइ धमिलो बनाएर सुनाइरहेको थियो । ल, यो एक प्याक हाम्रो समीरले प्रियाको तर्फबाट भन्दै हरिशले फेरी गिलास थमायो, सबै गलल हाँसे । मलाई साह्रै निन्द्राले च्याप्न थाल्यो, सायद समीरको कथा अलि लामै छ, त्यसपछिमात्र मेरो पालो आउनेछ । मलाई केहि बेर सुत्नु छ, तर अफसोच उसको कथा अधुरो हुने भयो र समीर कथा यसरी बढाउँदै थियो । “हामी ले धेरै बेरसम्म त्यहाँ वितायौँ, घाम डाडाँ काट्न थालिसकेको थियो । हामी नदी किनारको ठुलो ढुङ्गामै बसेका थियौं र पनि हामी बिच सम्मानजनक दुरी कायमै थियो .................”


-मुकुन्द भण्डारी
बायोटेक तेस्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

*फोटोहरु विभिन्न वेवसाइटबाट लिइएको हो ।

Comments

  1. Really Nice story.... :)

    I enjoyed reading the whole story....

    You can even write more better than this.....

    All the best !!!

    ReplyDelete
  2. Nice but long story like a short novel.....
    but liked it keep it up

    ReplyDelete
  3. एकदमै राम्रो !! कस्तो मज्जाले शब्दहरू खेलाएको !!! keep it up mukunda !!!

    ReplyDelete
  4. Enjoyed reading it...your story and well-skilled use of words made me picturize ur lines while going through ur story!

    ReplyDelete
  5. I enjoyed reading this AAKAR jee but in the begining i thought it all happened in urs but later got to know that even happened to ur fren , nice shot hai ... thanks for posting interesting story !

    ReplyDelete
  6. wow, very interesting, nice feeling , reading Story and some time feeling thatss types feel in my mine,

    ReplyDelete
  7. thank you all for ur comments.
    i will be encouraged by your comments.

    ReplyDelete
  8. beautiful post. enjoyed reading full.

    ReplyDelete
  9. story dherai ramro chha but teo sani nani story bata kati gayaki raichhan hai priya matra raichha
    karuna

    ReplyDelete
  10. beautiful post. enjoyed reading full.

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post