Skip to main content

मेरा कृष्ण

मनका कुराहरु बुझेर बुझ्नै नसकिने… खै कस्तो कस्तो… कहिले नसोचेको जस्तो… कहिले थाहा नपाएजस्तो… कति राम्रो र मिठो अनुभव । आत्मियता को गहिरो आभास अनि माया… केबल माया, के भइरहेछ पत्तो छैन । उनलाई देखेकी सम्म पनि छैन… तर भावनात्मक आभाषमा यति धेरै डुबेकी छु… आफैँलाई अचम्म लाग्छ, सायद यही नै हो माया ।

जताततै चारैतिर केवल उनको मात्रै आभास भइरहेछ… उनलाई मात्र सम्झिरहेकी छु… उनको कल्पनामा लिप्त भएकी छु । आफ्नै कल्पना को डुंगामा म तैरिरहेकी छु… साथमा छन् उनकै भावनाहरु, उनकै आभाषहरु र उनकै कल्पनाहरु…

सपना देख्छु अत्याधिक र त्यही सपनामा मैले उनलाई देखेँ… कालोवर्ण, मृगनयनी आँखा… घुम्रेको कपाल, पिताम्बर को लुगा, मजुरको प्वाँख साथमा मुरली… उनी मेरा हुन, मेरा… ‘मेरो कृष्ण’…



पूर्वकालमा जन्मेकी भएँ, सायद म नै राधा हुन्थेँ होला वा सायद म नै गोपिनीहरु माझ कुनै एक हुन्थेँ होला… तर अफसोच म अभागिनि, त्यसकाल मा मेरो अस्तित्व रहेन… तर आज यस समयमा म केवल उनलाई सम्झिरहेकी छु… यो प्रेम हो वा होइन… तर मलाई लाग्छ, सायद म माया मा फसेकी छु ।

कल्पना नै एउटा साहारा बनेको छ, उनको माया पाउन… मेरा कृष्ण, केबल मेरा कृष्ण… उनलाई म बाट कसैले पर लान सक्दैन… म डुबेको हुन्छु, केबल उनको यादमा… मेरो कृष्ण को याद मा… र हो (?) उनी पनि मलाई प्रेम गर्छन रे… हो, म राम्री छु रे… सुन्दर अनि आकर्षक छु रे…

मलाई भेट्दा कृष्णलाई, म उनकै आफ्नी कोही जस्तो लाग्यो रे… मलाई भेट्दा उनलाई धेरै गर्व लाग्यो रे, अनि… अनि उनी पनि म सँग… धत् भन्दिन… हा हा… खुशीले म गदगद हुन्छु… हो हो कृष्ण नि म सँग प्रेम गर्छन रे… (अरे फेरी भनेछु)… सायद भावना को वेगमा बगिरहेकी छु…

बिहान, साँझ, राती जुनसुकै बेला उनी हुन्छन मेरो साथमा… म सँग… मेरो आत्मामा… मेरो कल्पनामा, मेरो मनमा, चारैतिर, जताततै… तर अफसोच उनको भौतिक स्वरुप देखेकी छैन, साँच्चै मैले उनलाई देखेकै छैन… उनी छन् त थाहा छ, तर उनको स्वरुप थाहा छैन तर पनि भावनात्मक रुप ले सँधै महशुस गरिरहेकी छु…

कल्पना बाट झ्वास्स बिउँझिँदाको समय, सबैभन्दा पिडादायक लाग्छ, कारण कृष्णबाट छुट्टिएर, वास्तविकता बोध गर्छु । वास्तविक जिवनमा, सांसारिक जिवनमा कृष्ण राधाका हुन् । त्यो राधा कृष्णको सजिव आकृति हेरेर म टोलाउँछु… कृष्ण मेरा होइनन्, अहँ उनी मेरा हुँदै होइनन्, उनी त राधाका हुन्… राधा कृष्ण का अनि कृष्ण राधाका हुन् । तर म… म… मेरो कुनै अस्तित्व नै छैन… कसलाई बुझाउँ, कसरी बुझाउँ… के भनुँ, कसलाई भनुँ… आफैँ भित्र अन्तरद्वन्द भइरहेछ… के गरुँ, के भनुँ…

उनी मेरा हुँदै होइनन… यो वास्तविकता वज्र जस्तै प्रहार गर्छ मलाई । म पछारिन्छु, गहिरो खाडल मा, आफ्नै कल्पनामा । अनि भावना मृत भएर जान्छन्… उनी मेरा हुँदै होइनन्… तर फेरी कहिलेकाँहि सम्झनामा आउँछन् ‘कृष्ण’… उनी त भगवान पो हुन्, के भगवानलाई प्रेम गर्न सकिँदैन र ? फेरी लज्जा हुन्छ… लाज लाग्छ, सरम लाग्छ… म नतमस्तक हुन्छु…के म कृष्णलाई प्रेम गर्छु वा उनी जस्तै कसैलाई… उनी को हुन् त फेरी… उनी राधाका हुन्… तर मेरा पनि हुन्… उनको एक अंश मैले आफू भित्र राखेकी छु… मेरो मनमा, मेरो मस्तिष्कमा… मेरो आत्मामा… म मा… सर्वव्यापी मेरा कृष्ण… मेरा कृष्ण…

img src:4to40.com

Comments

  1. Nice Story... BTW, यो कथा लेख्दा श्रुतिसम्वेग मा कृष्ण धरावासी को उपन्यास 'राधा' सुन्दैथियौ जस्तो छ । कहिँ कहिँ त्यस्तै छनक आउँदोरहेछ ।
    Heart Touching... ;)

    ReplyDelete
  2. malai pani dharabasi ko "Radha" ko yaad aayo aakar le bhane jastai.... radha padhdaa malai Radha sanga one-sided love paryaa jasto feel hunthyo... hehe

    ReplyDelete
  3. very nice story.. keep it up!!

    ReplyDelete
  4. Interesting! liked it.

    ReplyDelete
  5. krishna dharabasi ko "radha" bachan vaisakeko cha ra?? i am waiting for it ....let me know whoever posts it in aakar post

    ReplyDelete
  6. krishna dharabasi ko "radha" bachan vaisakeko cha ra?? i am waiting for it ....let me know whoever posts it in aakar post

    ReplyDelete
  7. Nice Story... BTW, यो कथा लेख्दा श्रुतिसम्वेग मा कृष्ण धरावासी को उपन्यास 'राधा' सुन्दैथियौ जस्तो छ । कहिँ कहिँ त्यस्तै छनक आउँदोरहेछ ।
    Heart Touching... ;)

    ReplyDelete
  8. really.,.its great  ..,.thumbs up.,.,.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

सबैभन्दा ठूलो वैज्ञानिक परिक्षण

बैज्ञानिकहरु आज भौतिक शास्त्रको क्षेत्रमा सबैभन्दा ठूलो, खर्चिलो अनि, ऐतिहासिक प्रयोग अनि परिक्षण गर्न गइरहेकाछन् । $ 10 billion atom-smasher नाम दिइएको Large Hadron Collider आज बुधबार, फ्रान्स र स्विटजरल्यान्ड बिचको सिमाना मा fired गरिदैँछ । यो अहिलेसम्म कै शक्तिशाली atom-smasher हो जसले प्रकाशको गति बराबर को गतिमा proton हरु को बिचमा collision गराउने छ । प्रकाश को गति बराबर को गति मा protonहरु बिच collision गराउँदै गरिने प्रयोग अनि प्रयोग पश्चात को वातावरण, या भनौँ showers of particles बाट हाम्रो ब्रम्हाण्ड को निर्माण कसरी कुन रुपमा भएको थियो भन्ने जानकारी मिल्ने अपेक्षा गरिएको छ । त्यस्तै, यस प्रयोग बाट मिस्ट्रि मानिएको black hole तथा extra dimension को बारेमा पनि धेरै कुरा खुल्ने विश्वास गरिएको छ, साथै, ब्रम्हाण्ड / Universe को प्रत्येक कुराहरुको बारेमा जानकारी मिल्ने विश्वास बैज्ञानिकहरुले गरेका छन् । Listen above Nepali Audio & watch following English Video. विभिन्न ईन्टरनेट म्यागजिनलाई अन्तरवार्ता दिँदै, यस परिक्षणको नेतृत्व समेत गरेका बैज्ञानिक स्टेफन हकिङ...

Holi Pictures

यो म नै हुँ ! होली कै बारेमा सोच्दैछु । लौ हेर, हिलो मा डुबेर उफ्रेका ! एउटा ग्याङ को फोटो नि ! यो हाम्रो छोटा ग्याङ रे, क्या ! के जस्तो देखिएछु है, तर यो म नै हुँ, हाहाहा! मलाई सहमति मै हिलो मा चोबल्न लगिँदै, ती ३ जनाको अगाडि मैले जान्न भनेर के जोड चल्थ्यो र ? कस्तो बेलामा, खिचिक्क गर्न भ्याएछन् भने । मलाई हिलो मा फ्याल्दैछन्, हिले होली पो भयो । हिलो बाट निस्केपछि तर्सेर उफ्रेको त, गज्जब को फोटो पो आएछ , हाहाहा ! These are my holi (fagu) pictures. Really, I enjoyed a lot... and how about yours ??? सबै फोटोहरु: सुवास

Nepali Blog MySansar Publishes IP & Email Address of Users : Violation of User’s Privacy (?)

नेपाली भाषाको पहिलो र चर्चित नेपाली ब्लग ‘माइसंसार’ ले पछिल्लो पटक ब्लगमा राजस्व ठगी गरेको ‘चौधरी घराना’ सम्बन्धी ब्लगहरु निरन्तर प्रकाशित गरिरहेको छ । अर्थ सचिव रामेश्वर खनाल को राजिनामा अनि त्यस सँगै जोडिएर आएको कर छलि लगायत का खबरहरुमा चौधरी घराना मुछिएको छ । चारै तिरबाट चौधरी का विरुद्ध करछलि को मुद्दा दह्रो रुपमा उठाइँदैछ र यो उठाइनुपर्छ पनि । राजस्व छलि गर्नेलाई सजाय हुनुपर्छ र अहिले सम्म को परिस्थिति हेर्दा चौधरी समूहले अर्बौँ को राजस्व ठगी गरेको बुझिन्छ । नियमित हेरिने  ‘माइसंसार’ ब्लग मा “ कान्तिपुरमा विनोद चौधरीले खण्डन लेख छपाए ” भन्ने ब्लगपोष्ट १ दिन पहिले प्रकाशित गरिएको थियो । र अहिले माइसंसार मा नियमित रुपमा ३-४ वटा अन्य ब्लगहरु पनि ‘राजस्व ठगी’ का बारेमा छापिएकाछन् । साथै, कान्तिपुर जस्तो ठूलो मिडिया ले यस प्रकार को लेख छाप्नुहुँदैन थियो भन्ने कुरा पनि, ती ब्लगहरुमा उठाइएको छ । ब्लगमा उठाइएका सबै कुरा जाजय नै छन्, धेरै कुराहरु खुलाएर जनताका सामू पस्किएको ब्लग का लागि ‘माइसंसार’ धन्यवाद को पात्र बनेको छ । अब लागौँ, आज हामीले उठान गरेको कुरातर्फ । “ कान्तिपुरमा वि...

Subscribe to Aakar Post