Skip to main content

Posts

Showing posts with the label Poem

When I born, I black When I grow up, I black When I go in Sun, I black When I scared, I black When I sick, I black And when I die, I still black And you white fellow When you born, you pink When you grow up, you white When you go in sun, you red When you cold, you blue When you scared, you yellow When you sick, you green And when you die, you gray And you calling me colored? Note: I've got this piece of poem in my email. As email says, this poem was nominated by the United Nations as the best poem of 2008 & it was written by an African Kid. imgsrc: karamaureen.com

Listen to This Poem. Kneeling down on my knees, pleading you as to pray "Heavenly father give a peaceful space for your son to lay; You have created me and all my problematic situations Defeated, I beg- My father -My savior, rescue me from this agitation” Your son needs you lord; let him not befall on the chasm Little patience that I swerved is at its end, and I raise my arms; Nothing more I can do, no more effort I can put anymore Rescue me my lord- my savior, drift my sorrows ashore. There he appeared with a halo- then my Holy Father spoke "My son, I'm always beside you-till the end of your destiny on this earth. Your ignorance appends darkness in your life; I showed the path to light I created you, not your problems; I created a clear hearted son- not a complicated human; Yet my love for you is eternal, but I want you to be a man, my son.” On his elegant words, I pondered and cursed my deluding intelligence For blaming him for all my misdeeds and

If you can keep your head when all about you Are losing theirs and blaming it on you, If you can trust yourself when all men doubt you But make allowance for their doubting too, If you can wait and not be tired by waiting, Or being lied about, don't deal in lies, Or being hated, don't give way to hating, And yet don't look too good, nor talk too wise. If you can dream-- and not make dreams your master, If you can think --and not make thoughts your aim; If you can meet with Triumph and disaster And treat those two imposters just the same; If you can bear to hear the truth you've spoken Twisted by knaves to make a trap for fools, Or watch the things you gave your life to, broken, And stoop and build `em up with worn-out tools If you can make one heap of all your winnings And risk it all on one turn of pitch-and-toss, And lose, and start again at your beginnings And never breath a word about your loss; If you can force your heart and nerve and sinew To serve your turn long

मनभित्र छताछुल्ल छालहरु झन् तिम्रो आगमन ले उच्क्षृंखल अनि अनियन्त्रित बन्छन् । सुनसान यो साँझमा कुन गर्भवाट निस्कन्छौ, तिमी सन्नाटालाई चिर्दै । घाम डुब्न लाग्यो हेर,सायद त्यसैको लाली चोरेर आयौ कि गाढा ओठ टोक्दै । झ्याउँकिरीको साम्राज्य छाइसक्यो नदीको सुस्केरा लिँदै भन्छौ केही मिठो वात गर न । झकमक्क झकमकाए ताराहरु त्यै चम्किलो तिम्रो भागमा टिप्ने जिद्दी छाडिद्यौ न । कालोरात छिप्पीसकेछ हेरन अंन्धकारमा हरायौ तिमी मिठो सपना सँगै । - मुकुन्द अनडेस्टिनी बायोटेक दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय

त्यसै त्यसै ताजुब लाग्छ, सोच्दा झनै अजिव लाग्छ । नेतागण का अर्धबुद्धि, केही मात्र जिवित लाग्छ ।। गर्छन् सँधै नारावाजी, राती पनि घाम लाग्छ । हाम्लाई देओ तिम्रा ‘नारा’, जोत्‍नै मात्र काम लाग्छ ।। झिक्छन् अरे बिजुली नि, दिउँसै अब बत्ति बल्छ । भाँड मा गए तिम्रा बत्ति, हाम्रै टुकी काम लाग्छ ।।

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

Listen to Ghimiray Sunil. वर्षा सुरु भयो साथी, अब हेर भेल ल्याउँछ, काग ले पनि खानलाई, अब हेर बेल ल्याउँछ ! फुस्रा नारा फुस्रै बसे, अलिपछि धुस्रा बने, रोक्नुपर्ने उम्किसक्यो, चिप्लो पार्न तेल ल्याउँछ ! प्रथम भएस, प्रथम भएस केही बाट उर्दी आए, जसले भने नियमित र आंशिक समेत फेल ल्याउँछ ! उठ अब नसुत भो, अगाडि आउ मित्र तिमी समर्थन छ हाम्रो तिम्लाई, जसले अब मेल ल्याउँछ ! वर्षा सुरु हुन्छ साथी, अनि साँच्चै भेल ल्याउँछ, कागले पनि खानलाई, हेर साँच्चै बेल ल्याउँछ ! -घिमिरे सुनिल मदन भण्डारी मेमोरियल कलेज रातोपुल, काठमाडौँ । माथिको अडियो डाउनलोड गर्नुहोस् ।

Listen this audio by Ghimiray Sunil. च्यात्तिसक्यो तिम्रो धोती, कति अझै बटार्दैछौ, खुस्किसक्यो तिम्रो बोली, कति अझै सपार्दैछौ ! विचरा को खुट्टा तानी, अनि के नै गर्ने तिम्ले, तिम्रो हुति छैन भन्दै, कति अझै कोतार्दैछौ ! बाँकि रह्‍यो नेपाल नै, विर हुँ भनि देखाउनलाई, त्यसलाई पनि फेल भन्दै, कति अझै लोपार्दैछौ ! बुढो बरु खाँटि रै'छ, कुबेला मै आँप झारे, वृध्दलाई माया गर, कति अझै झपार्दैछौ ! माथिको अडियो डाउनलोड गर्नुहोस् । -घिमिरे सुनिल मदन भण्डारी मेमोरियल कलेज रातोपुल, काठमाडौँ ।

अनलाइन ब्लग र फेसबुक मिठो सम्बन्ध तिमी म, हामी तिखा नजरहरु घनिष्ठ मित्र चियो र चर्चो सँग सँगै हिँडेको प्रेमी प्रेमिका मनको कुरा उनलाई थाहा छ म पनि बुझ्छु एसम्एस बिग्रेको नेटवर्क झगडा पार्छ फुकेको मन धेरै परिवर्तन खुला सोचाइ फरक सोच निचोड त एउटै कस्तो अचम्म साथ रहनेछ सुन्ने र सुनाउने धन्यवाद है !

Listen to this Poem. नदेखिकनै अनि नभेटिकनै जादु टुना या मोह एकलकाँटे भइयो सम्झनामा आइरहने दिनरात तर साँच्चि तिम्रो अनुहार देखेकै छैन । नदेखिकनै देखेको जस्तो नभेटिकनै भेटेको जस्तो हरे, मलाई यो के भो ! कुराइ लामो लाग्दैछ अनि अझै कुर्दैछु कहिले त भेटिएला साइत हेर्दैछु । मनमा छन् कुरा धेरै गर्नुपर्ने र भन्नुपर्ने सोध्दैछु जवाफ मनबाटै भन्छौ, भेट्नैपर्छ आफूले चेकजाँच गर्नैपर्छ ! नदेखिकनै अनि नभेटिकनै विश्वासमा छु कल्पनामै भएपनि तिम्रो अनुहार हेर्छु । अरुलाई उडन्ते कथा जस्तो मेरो मगज सन्केजस्तो तर हैन, नदेखिकनै देखेको जस्तो नभेटिकनै भेटेको जस्तो हरे, मलाई यो के भो ! -माथिको अडियो डाउनलोड गर्नुहोस् ।

सुन्नुहोस्, 'लाशहरुको हुलमा सबैभन्दा कुरुप हुन्छ, शब्दहरुको लाश !' के शब्दहरु को लाश सबैभन्दा कुरुप हुन्छन् ? मैले बुझिँन यसको अर्थ के हो ? अनि कवि के भन्दैछन् 'लाशहरुको हुलमा सबैभन्दा कुरुप हुन्छ, शब्दहरुको लाश'? सुन्नुहोस त, यहाँ कवि 'रमेश श्रेष्ठ' किन यसो भन्दैछन् ? 'अक्षर को खेत' मा डुलेर हामी अघाएनौँ, कान्तिपुर एफएम का कार्यक्रम सञ्चालक 'हेम भण्डारी' यसै भन्दैथिए, यो 'कविता' कविले वाचन गर्नु अगाडि ! कविता सुन्दा निकै बुझेजस्तो लाग्छ, अहँ तर फेरी के भनेको हो, म आफैँ छक्क पर्छु । सायद, "शब्दहरुको लाश" लेखनी मा रहन्छ क्यार । अनि यस संसार मा मान्छेहरु रहेसम्म, "शब्दहरुको लाश" रहनेछन् । अनि, रहरले कविता लेख्ने, रहर ले गजल लेख्नेहरुले त, कवितालाई, गजललाई मात्रै "शब्दहरु को लाश" बनाएका त हैनन् ? सायद, कविले यसै कुरालाई उठाउन खोजेका हुन् कि ? तपाईलाई के लाग्यो ? यो "शब्दहरुको लाश" भनेको के होला ? कि यो साहित्यमा प्रयोग हुने 'बिम्ब'हरुका कारण ले बुझ्न कठीन भएको त हैन ? आखिर खास मा के हो त

सरल शब्द अनि छन्दमा रचित, नवराज लम्साल ज्यु को कवितावाचन सुन्नुहोस्, लम्साल ज्यु बाटै । सायद, नवराज लम्साल लाई नचिन्ने, साहित्यप्रेमीहरु कमै होलान । एक कुशल रेडियो प्रस्तोता का अलवा साहित्य सर्जक पनि हुन, नवराज लम्साल । आज यहाँ, नवराज लम्साल ले रच्नुभएको, अनि आफैँले वाचन गर्नुभएको 'फर्कन्छु साथी म त' भन्ने कविता लिएर आएका छौँ । केही हप्ता अगाडि गुरुकुल मा भएको पैसो तिरेर सुन्ने, कविता वाचन कार्यक्रम बाट यो कविता रेकर्ड गरिएको हो । स्मरणीय रहोस्, गुरुकुल मा प्रत्येक हप्ता कविता वाचन हुनेगरेको छ । "विदेश पुग्दा, साथिहरुले नेपाल नफर्क भनेर आग्रह गर्दा, यो कविता लेखिएको हो", नवराज लम्साल ले यसै नै भन्नु भएको थियो, कार्यक्रम मा । विदेशमा रहेका नेपालीहरुलाई सायद यो कविता ले घोच्न पनि सक्छ, अत: हामी पहिले नै क्षमा माग्न चाहन्छौँ । अनि आग्रह गर्छौँ, यहाँहरुले कवितालाई कसरी लिनुभयो, अनि हाम्रो यो सानो प्रयास यहाँहरुलाई कस्तो लाग्यो ? माथि को अडियो डाउनलोड गर्नुहोस् ।

आकाश गड्गडाएर पानी बर्सन्छ धर्‌धर काँप्छ सडकको पुत्र निर्वस्त्र भै उ थर्‌थर छैन वस्त्र उ'मा, कैले आधा पेट उ भर्दछ कहिले त झनै भन्दा अभावमै उ मर्दछ । छैन कोही यहाँ मान्छे मान्छे को दु:ख हेरने जोछन् जति सबै आफ्नै दुनो रोटि समाउने विवेकी जनको ज्ञान आज कुन्नी कता गयो मानव सेवा परम धर्म भन्ने सुक्ति कहाँ गयो ? न छन् आमा बुबा उस्का स्नेहले काखमा लिने न छन् आफन्त कोही नै उ मर्दा शोकले रुने कठैबरा भनिदिन्न आज लौ मान्छे ले किन ? कैले आउला सुखी दिन, गनिरन्छ उ दिन-दिन, गनिरन्छ उ दिन-दिन ॥ -समिर पोखरेल बायोटेक दोस्रो वर्ष, काठमाडौँ युनिभर्सिटि ।

YOU DIDN'T SEE, MY LIPS ARE SEALED SO YOU ASK, FOR A LARGE SMILE THAT'S WHY IM SORRY YOU DIDN'T SEE, MAKING MY FEELINGS FUN SO YOU ASK, TO STIR IN LAUGHTER THAT'S WHY IM SORRY YOU DIDN'T FEEL, MY HEART IS BROKEN SO YOU ASK, TO BE HAPPY THAT'S WHY IM SORRY U DIDN'T SUFFER, THE BITTERNESS EVER SO YOU ASK, TO TRUST YOU UPON THAT'S WHY IM SORRY YOU DIDN'T FEEL, LET DOWN BEFORE SO YOU ASK, TO MAKE RASH PROMISE THAT'S WHY IM SORRY Mukunda Undestined BIO.TECH 2nd year KU

-Shekhar KC What am I? I am psyco Because my claims are very universal But logics are very ridiculous I am a rebel Because I want drastic change in everything But present seems to be stagnant forever I am a joker Because I often make people laugh But people laugh at me not at my joke I am a politician Because I play politics with my life But my life doesn’t represent me truly I am a good student Because I study my books But books are very thick infront of my thin mind So , I am a psycho Because my claims are very universal But my logics are very ridiculous Thank you !

अबफेरी मेरो देशमा हिटलरको घृणित युद्ध नचर्कियोस ओसिएका बम वारुदहरु शान्ति खलबलाउनको निम्ति बुलन्द्र आवाज लिएर नपड्कियोस् भर्खरै मात्र सकिएका छन् पोतेर जनयुद्धले चर्किएका घरका भित्ताहरु ममतामयी आमा! अबफेरी तिम्रो काख उजाडिएको मरुभूमिझैँ रित्तो नहोस् वावा! तिमीले सनाखत भएका लाशहरु जिम्मा लिन नपरोस् भाईटिकामा चेली! तिमीले माईतीको प्रतिविम्ब खोज्दा क्षतविक्ष्‍यत भएर यत्रतत्र छरिएका शरिरका टुक्राहरु नहोउन् तिजमा माईती तिमीले चेलिको सामिप्यता वेपत्ता र वेवारिशे पारिएको समाचार अखबारहरुमा नहोउन ् पबित्र शिन्दुर छरिएको शिउँदो हो त्यो, कहिल्यै नपुछियोस दैवले जुराएको मिठो साथ त्यो पनि नछुटियोस देशका कर्णधार नावालकहरु टुहुरा र टुहुरी नहोउन स्वर्ग जस्तै घर - परिवार बिचल्ली र बिस्थापित नबनुन परिवर्तन ल्याउने परिवर्तनकारिलाई हृदय देखिनै प्रणाम छ परिवर्तनको लागी प्राणदिने शहिदहरुलाई समग्रमा हामी सबैको लाखौं पटक सलाम छ। -मन्जील दिप सुब्बा आङ्सराङ् - ५ बरबोटे पाँचथर मेची नेपाल। हाल – Qatar Foundation. Email – [email protected]

नेपाल को सडक कति धेरै सस्तो आन्दोलन त्यहीं हुने, जुलुस पनि त्यहीं अरु त अरु भए, नेता जान्छन् त्यही सडक ! विशेषता धेरै भएको सडक अरु कहाँ-कहाँ छ र ? मान्छे तात्न त्यही सडक त फोहर फ्याँक्न त्यही सडक, अरु त अरु भए, हुने गर्छ दिनहुँ झडप ! आफ्नो माग पुरा गराउन सबै ताक्ने त्यही सडक स्वास्नि कुटे त्यही सडक पार्टि फुटे त्यही सडक, अरु त अरु भए, कुख्रो किचेपनि त्यही सडक ! गाडि गुड्नुपर्ने त्यहाँ गाडिको त नामै छैन कहिले जान्छन् विद्यार्थी त कहिले शिक्षक त्यही सडक, अरु त अरु भए, मुल्य बढे त्यही सडक ! -सुनिल घिमिरे

समस्याग्रस्त देश, समस्याग्रस्त परिवेश अनि तनावग्रस्त जनता, अनि अभाव र महंगी ले पिडित आमउपभोक्ता । हाम्रो पहिचान यस्तै छ, अनि हामी यस्तै छौँ । सदासर्वदा हिंसा हत्या को राजनिति, अभाव र महंगी को जिवन, बितेकै छ, चलेकै छ र सदासर्वदा चल्दै जानेछ । यो साश्वत सत्य हो भनेर मान्नु परेको छ, अनि जनता तर्साउनेलाई, तपाई हजुर भन्नु परेको छ । अभाव र महंगीमा पनि खिस्स दाँत देखाएर हाँस्नुपरेको छ । न हामीसँग केही शक्ति छ, न हामीबाट केही हुने छाँट छ । हिजो पनि तराईतिर पड्काइयो रे, अस्ति ट्याक्सी ड्राइभरलाई खुस्काईयो रे ! आज यातायात व्यबसायीको हड्ताल छ रे, अनि समस्याको तत्काल निकास निकाल्न, भोली बिहानै एघार बजे वार्तामा बस्दैछन् रे ! देशमा परिवर्तन भयो रे, गणतन्त्र नै आइसक्यो रे, माथि कुर्सीमै झगडा अल्झेको छ रे तर उता ज्ञानेन्द्र भने नागार्जुन गै’सके रे ! सर्कार भनेको सर्र-कारमा चढेर हुँइकिने हो रे अनि पेट्रोल चाँही जनता ले भर्दिनुपर्ने रे, जनताले पानी-पानी भनि कराए भनेर असार-साउन मा बाढि नै ल्याइदिन्छन् रे ! जनतालाई चढ्न नि हुन्छ रे, जनतालाई जोत्न नि हुन्छ रे, अनि भाषणमा नेताले जनताको नै दुहाइ दिन्छन् रे

- ईशान गजुरेल [email protected] टेबुलमा कम्प्युटर आरामले बसेको छ । र त्यसको बायाँपट्टी टक्-टक् आवाज निकाल्दै रातलाई चुनौती दिँदैछ मेरो घडी । मैले त्यसलाई घुरेको आधाघण्टा भयो उपलब्धि, केबल समयनाश । आज म त्यो घडिमा मेरो देश देख्दैछु, अनि त्यसका सुइहरुमा राजनिति जसलाई चलाईराखेका छन् ब्याट्रीले । ती ब्याट्रीमा म नेतालाई देख्छु । बेला-बेलामा ती ब्याट्रीलाई फेर्नुपर्छ, फेर्नेमान्छे अर्थात स्वयम मलाई म जनता देख्छु । घडिमा तिथी पनि छ, घडिमा १,२,….१२ अंक पनि छन्, हरेक अंकमा म देशमा घट्ने घटना देख्छु । र मैले त्यस घडिमा एकनासले निकम्मा भएर हेरेको देख्दा, ती नेताले, म जनतालाई राजनितिको सुई घुमाउँदै विभिन्न घटना घटाउँदै १२ बज्छ,बज्छ संविधानसभा आउँछ-आउँछ भनेर १२ बजे पुग्दा नपुग्दै आफ्नो रुप फेरेर फेरी तिनै घटना दोहोय्राउँदै छन् ॥ एक समय आउला जब ती राजनितिक सुई १२ अंकमा टक्क रोकिएला जुनबेला ब्याट्री फेल हुनेछन्, र नयाँ ब्याट्री फेर्नुपर्नेछ मैले ॥

लाग्छ मेरो हालत पनि पागलको जस्तै छ । कता-कता रिस उठिरहेको छ, आँफैदेखि । एकदम बेग्लै सोच आउनलागेको छ , डर लाग्छ कतै पागल त भइने हैन ! घनचक्कर लेख्ने सञ्जिव उप्रेती ले मात्र नभै हिजो-आज सबै नै आफूलाई(आफूमा) परिवर्तन आएको आभाष गरिरहेकाछन् । साँच्चै हो - म कहिले काँही सोच्दा-सोच्दै कहाँ पुग्छु आफैँलाई थाहा हुँदैन । यो संसार देखि नै विरक्त लाग्छ । हामी के-को लागि यस्तो मारामार गरिरहेका छौँ , आखिर मरेर के लानु छ, अनि बाँचेर के गर्नु छ । फेरी सोच्छु, यो त गर्नै पर्छ । तर के-का लागि प्रस्ट हुन सकिरहेको छैन । के साँच्चै म पनि पागल हुन लागेको हुँ । हैन भने फेरी किन नानाथरिका तर्कना आऊँछन् । किन केही गर्ने जाँगर आउँदैन । लेख्ने मन थियो ब्लगमा दिनहुँ - तर खै किन लेख्न सक्दिन , मात्र तर्कना आउँछ । कहिलेकाँही म फेरी सोच्छु,म किन ब्लग मा लेख्ने गर्छु,लेखेर के फाइदा । तर हैन मैले लेख्नै पर्छ र लेख्छु पनि । अनि अनायासै हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटा को "पागल" कविता सम्झन्छु, उनले के पाए र यो सब लेखेर - केहि न केही,उनलाइ पनि त पागल नै त प्रमाणित गरियो । अनि अहिलेकाले मलाई के पागल बनाउन