Listen to Ghimiray Sunil.
वर्षा सुरु भयो साथी, अब हेर भेल ल्याउँछ,
काग ले पनि खानलाई, अब हेर बेल ल्याउँछ !
फुस्रा नारा फुस्रै बसे, अलिपछि धुस्रा बने,
रोक्नुपर्ने उम्किसक्यो, चिप्लो पार्न तेल ल्याउँछ !
प्रथम भएस, प्रथम भएस केही बाट उर्दी आए,
जसले भने नियमित र आंशिक समेत फेल ल्याउँछ !
उठ अब नसुत भो, अगाडि आउ मित्र तिमी
समर्थन छ हाम्रो तिम्लाई, जसले अब मेल ल्याउँछ !
वर्षा सुरु हुन्छ साथी, अनि साँच्चै भेल ल्याउँछ,
कागले पनि खानलाई, हेर साँच्चै बेल ल्याउँछ !
-घिमिरे सुनिल
मदन भण्डारी मेमोरियल कलेज
रातोपुल, काठमाडौँ ।
माथिको अडियो डाउनलोड गर्नुहोस् ।
प्रथम भएस, प्रथम भएस केही बाट उर्दी आए,
ReplyDeleteजसले भने नियमित र आंशिक समेत फेल ल्याउँछ !
bicharale feri kursi bata rajinama dela
निति नियम नमान्नेलाइ खोरमा जाक्छु भन्थ्यो,
ReplyDeleteनियमसंगत आफै छैन अब कस्तो जेल ल्याउछ?
देख्नु देख्यौं लाठी-चार्ज र जुलुस,टायर,धुंवाहरु
"ठोकतन्त्र" नामधारी फेरी नया खेल ल्याउछ ।
You are really wonderful satirist Sunil...
ReplyDeleteReally wonderful..
raamro gajal ani wachan saili pani .thank u aakar jee .
ReplyDeletekabita yek dam ramro 6
ReplyDelete