Listen this audio by Ghimiray Sunil.
च्यात्तिसक्यो तिम्रो धोती, कति अझै बटार्दैछौ,
खुस्किसक्यो तिम्रो बोली, कति अझै सपार्दैछौ !
विचरा को खुट्टा तानी, अनि के नै गर्ने तिम्ले,
तिम्रो हुति छैन भन्दै, कति अझै कोतार्दैछौ !
बाँकि रह्यो नेपाल नै, विर हुँ भनि देखाउनलाई,
त्यसलाई पनि फेल भन्दै, कति अझै लोपार्दैछौ !
बुढो बरु खाँटि रै'छ, कुबेला मै आँप झारे,
वृध्दलाई माया गर, कति अझै झपार्दैछौ !
माथिको अडियो डाउनलोड गर्नुहोस् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj4HaA7Fc6m-5ADyXw2j4l70iIAiliyxj8mwbaCOBM2BOIh2ex8BWhBV6pnnTnMw3xc17Lr4RQzPGzDO2s3jSZe9RdAIijJ27ZWDAWOO_4fwQv77vBA_khiKtJKnsO1m4p04QXnrJAI5-w/s400/ghimiray_sunil.jpg)
-घिमिरे सुनिल
मदन भण्डारी मेमोरियल कलेज
रातोपुल, काठमाडौँ ।
Kasto ramailo....
ReplyDeleteKeep it up sunil..
व्यंग्य कविता रमाइलो लाग्यो मलाई पनि!! लेख्दै गर्नु!!
ReplyDelete