Skip to main content

व्यङ्ग्य वाणी



Listen this audio by Ghimiray Sunil.

च्यात्तिसक्यो तिम्रो धोती, कति अझै बटार्दैछौ,
खुस्किसक्यो तिम्रो बोली, कति अझै सपार्दैछौ !

विचरा को खुट्टा तानी, अनि के नै गर्ने तिम्ले,
तिम्रो हुति छैन भन्दै, कति अझै कोतार्दैछौ !

बाँकि रह्‍यो नेपाल नै, विर हुँ भनि देखाउनलाई,
त्यसलाई पनि फेल भन्दै, कति अझै लोपार्दैछौ !

बुढो बरु खाँटि रै'छ, कुबेला मै आँप झारे,
वृध्दलाई माया गर, कति अझै झपार्दैछौ !

माथिको अडियो डाउनलोड गर्नुहोस् ।



-घिमिरे सुनिल
मदन भण्डारी मेमोरियल कलेज
रातोपुल, काठमाडौँ ।

Comments

  1. Kasto ramailo....

    Keep it up sunil..

    ReplyDelete
  2. व्यंग्य कविता रमाइलो लाग्यो मलाई पनि!! लेख्दै गर्नु!!

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post