Skip to main content

पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]

“आप कहाँ तक जाएंगे?, रक्सौल रक्सौल” बिरगंज बसपार्कमा ओर्लन नपाइ एउटा टाङ्गावालाले सोध्यो । वास्ता गरिन, यतै तिर हो भनेर हात ले ईशारा गरेँ । १३ जुन सोमबार, बिहानको ११ बज्दै थियो, घर बाट यस्तै ८ बजे तिर हिँडिएको थियो । ब्याग भारी भएपनि बोक्न सकिने किसिमको भिर्ने ब्याग (ब्याकप्याक) थियो । त्यो ब्यागभित्र ल्यापटप सहितको अर्को ब्याग पनि अटाएको थियो ।

पहिलो पटक, म रक्सौल छिर्दै थिएँ, अझ भनौँ मेरो लागि पुरै नौलो यात्रा थियो । पहिलो पटक, विरानो ठाउँमा एक्लै जाने हिम्मत पलाएको थियो, तर घरमा भने साथी खोजेर जानु, एक्लै नजानु भनेर धेरै पिर गरिरहनुभएको थियो । एक्लो यात्रा गर्ने भए पनि, मनमा कुनै किसिमको डर रत्तिभर थिएन, आफूलाई भनेको ठाउँमा सकुशल पुग्छु, ठगे त्यही ५०-१०० ठग्लान्, त्यति ठगिएपनि मतलब छैन, सबै सिकिन्छ बिस्तारै भन्ने जस्तो लागिरहेथ्यो ।

नयाँरोडमा आएर बस चढियो, जनकपुर बिरगंजको । मिनिबस साह्रै भिड थियो, म ब्याग बोकेर भित्र छिरेँ, खलासी कराउन थाल्यो । ब्याग यता दिनु डिक्कीमा हाल्नुपर्छ, भित्र खाली छैन, मान्छे उभ्न त त्यस्तो गाह्रो छ । तर म ब्याग आफू सँगै राख्ने मनस्थितिमा थिँए । घरमा ममीले नै भन्नुभएको थियो, ब्याग सँगै राख्न दिएन भने के गर्छौ? मैले हिम्मतका साथ भनेको थिँए, जसरी पनि ब्याग आफूसँगै राख्छु । यसै त ब्याग ठूलो थियो, भारि थियो, डिक्कीमै राख्ने किसिमको । तर ब्यागभित्र ल्यापटप भएकोले ब्यागको औधि जतन गर्नुपर्ने थियो । फेरि बसका डिक्कीहरु औधि फोहोर हुन्छ, धुलो र ग्रिजको कालो लाग्ने सम्भावना ! म खलासी र कन्डक्टरलाई जितेर नै ब्याग भिरेर भित्र छिरेँ । भित्र के सम्हाल्न सकिन्थ्यो र ब्याग, मान्छेलाई खुट्टा अटाउन पनि गाह्रो थियो । त्यही पनि मरे झैँ भएर ब्याग बोकेर पछाडि सारेँ, अनि अरुका सिटमाथि झोला को पिँध टेकाएँ । झोला को फित्ता ले अलिकति छोएछ एउटी बुढी आमैलाई, खै के के भन्न थालीन् मैथलीमा ! मैले ‘सरी’ भन्दै अलि मिलाए झैँ गरेँ ।

म गाडिमा चढेको, झोला आफूसँग राखेको कुरा पहिले देखि नै एउटी केटीले हेरिरहेकी रै’छ । काली-काली हिस्सी परेकी केटी रै’छ, बाग्मती नपुग्दै मुसुक्क हाँसेर झोला दिनु म राख्दिन्छु भनी । गाडी साह्रै भिड भएका कारण उसको सिटसम्म पुग्न पनि मलाई महाभारत थियो, एकछिन पछि दिन्छु है भने । उसले इशाराले टाउको हल्लाइ, मुसुक्क हाँसी र चाउचाउ खान थाली । चपुर पुग्दा सम्म उसका र मेरा आँखा दर्जन पटक जुधिसकेका थिए, उ मुसुक्क हाँसीदिन्थी, म नि मुसुक्क हाँसे । झ्याल छेउको सिटमा बसेकी उसले, कानमा एयफोन जोडेकी थिइ, घरिघरि मलाई हेर्थी, झोला देउ भनेर भन्थी । गाडी अलि खुकुलो भएपछि झोला अझै पछि सारेँ, उसलाई झोला भारी छ भनेँ, हुन्छ केही हुँदैन भनेर उसले झोला लिएर आफ्नो काखमा राखि, उ आफ्नै सुरमा झ्याल बाहिर हेर्दै बसिरही, कतिखेर कतिखेर यसो हेरेर मुसुक्क हाँस्थी । काली काली यतैकी तराइवासी हो भनेर अड्कल काट्न मलाई कुनै गाह्रो थिएन । छोटो ३ घन्टाको यात्रा मा नै साथि भेटिसकेको थिँए, आफैँलाई अचम्म लागिरह्यो ।

पथलैया देखि चैँ उ सँगैको सिटमा गएर बसेँ । जनकपुर घर, बिरगंज घुम्न हिँडेकी भन्थी । उसले कहाँ सम्म भनेर सोधी, मैले नि बिरगंज सम्म हो, अंकल हुनुहुन्छ भनिदिएँ, कारण खासै विश्वास गर्ने अवस्थमा म पुगिसकेको थिइन । रक्सौल भन्दा न पछि पो लाग्ने हो झैँ लागिरहेथ्यो । बिरगंज पुग्नै लाग्दा उसले डेरी मिल्क निकाली र एउटा टुक्रा म तिर तेर्स्याई, मैले टाउको दुखेको झैँ गरि, टाउको दुखेको छ, नखाने भनेँ । घरबाट हिँड्दा जो पायो, नचिनेको ले दे’को खानेकुरा नखानू, लट्टिपट्टि बना’र लैजान्छन् भनेर भनेका कुरा गुञ्जीरहेको थियो । सँगै बसेर आइरहेको भएपनि, उसको हाउभाउको कारण उसलाई विश्वास गर्न सकिरहेको थिइन । तर मनमनै भने सोच्दै थिएँ, यही छोटो यात्रा मा त यस्तो साथी पाइयो भने, पछि पनि पाइएला । तर अब मलाई रक्सौल कसरी पुग्ने, रक्सौल बाट पटना कसरी जाने हो भन्ने कुराले सताइरहेको थियो ।

अघि खासै वास्ता नगरेको टाङ्गावालालाई आफैँले बोलाएँ । रक्सौलसम्म जाने हो भने, कति लाग्छ सोधेँ ? उसले भन्यो २० रुपैँया । मैले सोधेँ एनसी कि आइसी, उसले भन्यो आइसी । टाङ्गा चढेर हिँडेपछि घरमा बुवाले भनेको सम्झेँ, रिक्सामा जानु, टाङ्गामा नजानु, ठग्छन् तिनीहरुले, बुवा केयौँ पटक रक्सौल आउनु भएको थियो पहिले, अहिले पनि पटना सम्म पुर्याउनु जान्छु झैँ गर्नुभएको थियो तर मैले पर्दैन म आफैँ जान सक्छु भनेको थिँए । तर अघि मलाई बसपार्कमा होसै भएन, रिक्सामा जानुपर्छ भन्ने । उसले सोध्यो पट्ना बसपार्क जाने हो ? मैले भने हो हो, पटना बसपार्क तक जाएगें, मुझे पटना जाना हे, दोस्तके सादी के लिए । मैले त्यसलाई सुनाउन फेरि भनेँ, मेरा दोस्त रहेता है पटना मे, त्यति भने’छि अलि हिम्मत बढे झैँ भयो ।

birgunj gate

जब जब म बोर्डर नजिक पुगेँ, गाडिहरुको भिड थियो, कस्टममे जाम होता है, उसले भन्न थाल्यो । मेरो ठूलो ब्यागमा के छ भनेर सोध्यो, मैले भने कपडाहरु छन् । उसले टाङ्गाको अगाडिपट्टि झोला राख्दिन्छु भन्यो, नभए झन्झट् गर्छन् बोडरमा । टाङ्गाको अगाडिपट्टि झोला राखियो, घोडा आफ्नो तालमा हिँडिरह्यो । बोडरमा भएको गेटमा निकै भिड थियो, धुलो उडिरहेको थियो । बोडरमा मलाई कसैले केही सोधेनन्, कसैले मेरो झोला चेक गरेनन् । मलाई अचम्म लागिरह्यो ! 

जब बोडरको गेट (शंकराचार्य गेट) कटेर, सिर्सिया खोलाको पुल तरेर टाङ्गाले भारतीय भुमी टेक्यो, तब मेरो मन कता-कता अमिलो भएर आयो । साँच्चै एक किसिमको अपठ्यारो महशुस भयो, म पहिलोपटक नितान्त नयाँ ठाउँमा छिर्दै थिँए । आफैँलाई प्रश्न गर्न मन लाग्यो, म किन आज हिँडिरहेको छु ? उपलब्धि के हुन्छ ? यस्तै यस्तै । मातृभुमी छोड्दा एक किसिमको अप्ठ्यारो लागिरह्यो । सडक धुलोले भरिएको थियो, ट्रकहरुको घुँइघुइँको आवाज आइरहेथ्यो, अगाडि पछाडी टाँगाहरु थिए, रक्सौल र त्यहाँका मानिसहरु, सडकहरु, पसलहरु एकदमै नौलो लागिरहेथ्यो, टाङ्गा अघि बढिरहेथ्यो,  मनमा कता कता विरानो मुलुक हो भन्ने अनुभुतिले मन कटक्क खाइरहेथ्यो । मोबाइलमा सिग्नलहरु क्रमश घट्दै गएका थिए, एकैछिनमा ‘नो नेटवर्क’ भनेर मोबाइल ले देखाउन थाल्यो ।

क्रमश…

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२]
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर… [भाग-३]
चौथो भाग : पट्ना मै बित्यो दिन… [भाग-४]
पाँचौ भाग : अनि पट्नाबाट रेल चढियो… [भाग-५]
छैठौँ भाग : रेलमा ४८ घन्टा ! पटना देखि बेंगलोर सम्म ! भो-नकुरागरम !!! [भाग-६]
तस्विर: panoramio

Comments

  1. Cudn't help smiling..:)..[rememberd my experiences of the sme year '011 Raxaul-Patna]

    ReplyDelete
  2. aafno ghar birgunj bhayeko le hola, ekdumai romanchak laagyo!

    ReplyDelete
  3. impressed from your journey expressions : i had started writing about my trekking experiences too...in my blog . @ www.horizonkshiteej.blogspot.com  

    ReplyDelete
  4. Life is a journey.

    Good Luck!

    ReplyDelete
  5. I had visited India once frm school in a tour a decade ago .... but we had taken very comfortable bus ride till Birgung n equally convenient Train ride till Delhi. Yours seemed to b quite different journey with a different purpose ...anyway it was very interesting to read...keep writing.

    ReplyDelete
  6. Why you make it To be continue....we don't have strong enough memory power to visit your site again,,,So make it complete...

    ReplyDelete
  7. milan good man  you is verry confedent parsan ,right now you r patan and ktm?

    ReplyDelete
  8. Best of luck for your journery abroad.........

    ReplyDelete
  9. I'm reading it again...and remembering that day. ;)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

प्रवृत्ति

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ...

Subscribe to Aakar Post