Skip to main content

रक्सौल टु पट्ना : नाइट बसमा सरर... [भाग-३]

टिकट काटिसकेका कारण, पट्ना पुगिन्छ भन्नेमा विश्वस्त थिँए । बाटो के कस्तो हुने हो, कहाँ बाट जाने हो, कता पुग्ने भन्ने कुनै पनि किसिमको कुरा दिमाग आएको थिएन, एकहिसाबले भन्दा मनमा कुनै किसिमको डर लागेको थिएन । त्यसमाथि निरजले, पट्ना हनुमान मन्दिर नजिक नै ट्रेन स्टेशन छ भनेको कारण, एक किसिमको ढुक्क जस्तो पनि थिँए, तर पनि मलाई के हनुमान मन्दिर, के ट्रेन स्टेशन, केही थाहा थिएन । हुन त निरज र भोजराज दाइले दिएको सल्लाह कै आधारमा रक्सौलबाट पट्ना ‘नाइट बस’ मा जाने सोच घरमै बनाएको थिँए । त्यसमाथि साथि प्रदिप मार्फत पट्ना कै एक स्थानियलाई पनि फेसबुक मार्फत साथि बनाएको थिँए । अनि पट्नामा उ सँग भेट्ने सबै चाँजोपाँजो मिलाइसकेको थिँए, उसको फोन नम्बर म सँग थियो, अनि फेसबुकबाटै ३-४ पटक म्यासेज आदानप्रदान भएको थियो, अत: एककिसिमको ढुक्क थिँए ।

बस काउन्टर सँगै राखिएको सोफामा सुतिरहको मलाई ‘भाइसाब, उठिए’ भन्दै काउन्टरमा बस्ने व्यक्ति ले ब्यँझायो । ‘अब मे काउन्टर बन्द करके घर जा रहा हुँ’ । राती ८:२० को बस छ, बेलुका ५ बजे काउन्टरको मान्छे घर जान्छु भन्छ, ठगियो कि क्या हो जस्तो लाग्यो । तर लगत्तै उसले भन्यो, ‘चलो, बसपार्क चल्ते हेँ’ । काउन्टरको एक घर पर्तिर रक्सौलको नयाँ बसपार्क थियो, जहाँ आधा दर्जन जति लोकल बसहरु थिए, जुन २०-२५ मिनेटको अन्तरालमा छुटिरहेका थिए । बसपार्क पुग्दा त्यहाँ सपना ट्राभल्स नाम गरेको दुईवटा बस थियो, एउटा स्लिपर सहितको र अर्को सिट मात्रै भएको, दुबै बस नयाँ झैँ देखिन्थे । वसपार्कमा काउन्टरका अन्य मान्छेहरु पनि रहेछन्, मलाई वसपार्कमा ल्याउनेले, त्यहाँ बस्नेलाई यो ‘प्यासेन्जर’ हो भनेर चिनाइदियो । एकछिन पछि अमरज्योती ट्राभल्स नाम गरेको बस, जुन बसको टिकट मैले काटेको थिँए, त्यो पनि आइपुग्यो । बस त्यहाँ बसपार्क मा देखेपछि, अब चाँहि पट्ना जुनसुकै हालतमा पुगिन्छ झैँ लाग्यो ।

raxual_new_bus_park
आफ्नो गह्रुङ्गो झोला पछाडि भिरेर म बसपार्कमा यता उता डुलिरहेँ । बसपार्कमा भएको काउन्टरमा आर्मीले बोक्ने जस्तो एउटा टाटेपाटे ब्याग थियो । मैले अड्कल काटेँ, यो पक्कै पनि आर्मीको हुनुपर्छ । त्यत्तिकैमा  हाफपाइन्ट लगाएका एक व्यक्ति देखापरे, उनले त्यही ब्याग चलाउन थाले । यसो अनुहार हेर्दा मंगोलियन जस्तो लाग्यो, लगभग नेपाली दाइ नै हुनुपर्छ भन्ने गेस गरेँ । उनी अलि पर्तिर गएर बसे, मोबाइलबाट फोन लगाइरहे झैँ गर्थे । म वसपार्कमा घुमिघुमी उनको गतिविधि नियालीरहेको थिँए, मलाई ती मान्छे सँग गएर कुरा गर्ने हिम्मत जुटिरहेको थिएन, कारण म उ सँग मात्र हैन, स्थान र परिवेश सँग पनि अपरिचित थिँए । त्यतिकैमा बसको ड्राइभरले सोध्यो, ‘आपको टिकट हो गया’, मैले ‘हो गया’ भनेँ । ड्राइभरको हाउभाउ हेर्दा निकै रमाइलो किसिमको मान्छे लाग्यो ।

अघि नियालिरहेको व्यक्तिको ३-४ फन्का लगाएपछि, नजिकै गएर सोधेँ, ‘तपाई इन्डियन आर्मी हो?’ । उसले हाँसेर जवाफ दियो ‘हो’ । चिनापर्चि सुरु भयो, मैले मेरो घर सर्लाही भनेँ । उसले सोध्यो, ‘अरे तिमी फलानो खड्कालाई चिन्छौ, जो बाइक एक्सिडटेन्टमा परेर बित्यो’ । मेरो दिमागमा एक्कासी बत्ति बले झैँ भयो, ‘केही महिना पहिले घरमा बुवाले भन्दै हुनुहुन्थ्यो, फलानो खड्काको छोरा एक्सिडेन्टमा परेर बित्यो’ । उसले सोध्ने बित्तिकै मैले, ‘हो हो, थाहा छ’ भनेर जवाफ दिँए । उसले भन्यो, ‘हामी सँगै थियौँ, बिचरा बिदामा घर आएको बेला काठमाडौँ बाट घर फर्किँदै गर्दा, बाइक एक्सिडेन्ट भएर त्रिशुलीमा खस्यो’ । म उक्त खड्कालाई राम्रो सँग चिन्दिन थिँए तर बुवाले एक समय उसको बारेमा घरमा कुरा गर्नु भएको थियो, अत: मैले भने, हो उ पनि सर्लाही कै थियो । हामीले बसमा लगेर आफ्ना सिटमा झोला राख्यौँ । १८ नम्बर सिट भन्या पछाडि हुन्छ जस्तो लागेको थियो, तर त्यताको बसमा, नेपालको जस्तो ‘ए’ र ‘बी’ साइड भनेको हुँदैन रहेछ, अत: सिट बिचमै रहेछ । मेरो सिट दाँया साइडको झ्यालपट्टि थियो भने ती दाइको वायाँ साइडको झ्यालपट्टि ।

मैले ती दाइको नाम सोधिँन अनि उनले पनि मेरो नाम सोधेनन् तर उनी बारम्बार साथिहरुलाई मिसकल दिइरहेका हुन्थे । साथीहरु सँग कुरा गर्दा ती दाइ भन्थे, ‘म ऋषि मामा, चिनेनौ’ । अत: मैले सोचेँ उनको नाम ऋषि गुरुङ हुनुपर्छ, कारण उनले आफू गोरखाको गुरुङ हो भनेर बताएका थिए । काठमाडौँमा रहेकी श्रीमतीलाई भेटेर फर्पिङको बाटो हुँदै बिरगंज आएका रहेछन् । उनले ईन्डियन आर्मीमा जागिर खाएको १० वर्ष भइसकेको रहेछ, रेञ्जर तालिम गरेका कारण उनी कमाण्डो रहेछन् । अनि उनीहरुको पोष्ट (स्थान) ३-४ महिना मै परिवर्तन हुँदो रहेछ । घर जानुभन्दा पहिले उनको पोष्ट सितामाढिमा रहेछ, उनी घरमा २ हप्ताको विदामा जाँदा ‘वाडा’ हो कि के भन्ने ठाउँमा उनको पोष्ट सरिसकेको रहेछ, जुन ठाउँ उनले देखेका थिएनन् । अत: उनी साथिहरुलाई मोबाइलबाट सोधिरहेका हुन्थे, पट्नाबाट के गर्ने, कति बजे को ट्रेन छ, आदि इत्यादि ।

‘मेरो मुख त साह्रो चिलाएको जस्तो पो भो त’ उनले भने । अनि फेरि थपे, ‘बुढीले ओरिजिनल कोदोको झोल हाल्देकी छ, तिमी पनि खान्छौ?’ । कोदोको झोल अर्थात रक्सीको कुरो गरेपछि मैले भने, ‘म त खान्न त, अहिलेसम्म खाएकै छैन’ भनेँ । त्यसभए चाउचाउ खाउ न त । त्यति भनेर उनी प्लाष्टिकको ग्लास किन्न गए, मैले चाँही ‘कल’ (धारा) मा हात धोएँ । ती गुरुङ दाइले प्लाष्टिकको केही झोला लिएर बसबाट तल झरे । बसपार्कको छेउ मै एउटा सानो कटेरो थियो, हिन्दी फिलिम हेर्ने भएकोले, सायद ‘ढावा’ भन्या त्यही होला जस्तो लाग्यो । हामी त्यही छेउको पसलमा लाग्यौँ । उनले एउटा ‘वाइवाइ’ मलाई दिए । अनि उनले ‘कोक’ को बोतलमा हालेर ल्याएको ‘कोदोको झोल’ र चाउचाउ खान थाले । उनले बुंगुरको मासु पनि ल्याएका रहेछन्, मैले नखाने भनेँ । मैले चाउचाउ खाँए भने उनी चाउचाउ, बुंगुरको मासु र लोकल खाइरहेका थिए । १ गिलास खाएपछि त यसले त रमरम पो पार्छ त उनले भने । त्यसो भए धेरै नखानु है, अहिले झ्याप हुनुहोला मैले भनेँ । कुरा चल्दै गर्दा, ‘आफूले बियर भन्दा धेरै’ केही नखाएको भन्ने कुरा गरेँ, यति मात्रै भनेको थिँए उनले सोधे बियर किनौँ त, खाने हो ? भै’गो पर्दैन तपाई खानुस्, म यही चाउचाउ खान्छु, अहिले बस हिँड्ने बेलामा खाना पनि त खानु छ मैले भनेँ ।

अघिसम्म उजाड लागेको ठाउँमा, ढावावालाले टेबुल, कुर्सीहरु मिलाउन थाल्यो । भुँइमा पानी छर्किएर धुलो नउड्ने बनायो । अँध्यारो बढ्दै गएपछि, ढावा-वालाले, बिचमा ‘पेट्रोलम्याक्स’ बालेर झलमल्ल उज्यालो पार्यो । त्यो समय निकै रमाइलो लागिरहेको थियो । एक त एउटा साथि भेटेको थिँए पट्ना सम्म को लागि, दोस्रो कुरा त्यो पेट्रोलम्याक्सको उज्यालोमा पुरै बसपार्क नै रमाइलो देखिएको थियो । उनीहरु भात पकाइसकेर, रोटी पकाउने सुरसारमा थिए । बसमा चढ्ने र खाना खान आउने  व्यक्तिहरुले ढावा भरिँदै थियो । अर्को एकजना इन्डियन आर्मीका दाइ पनि देखा परे । अनि म सँगै रहेक गुरुङ दाइले पनि उसलाई चिन्दा रहेछन् । उनीहरु दुईजना कुरा गर्न थाले, उनीहरुको रमाइलो गफ मैले सुनिरहेँ । यस समयमा घरमा फोन गरेर सबै ठिकठाक छ, राम्रो छ, पट्ना जाने साथि भेटियो भन्न पाए कति रमाइलो हुन्थ्यो होला भन्ने झैँ लाग्यो, कारण घरमा एकदमै चिन्ता गरिरहनु भएको होला भन्ने सहजै अनुमान गर्न सक्थेँ ।

८ बज्न लाग्दै थियो, अब खानुपर्छ भनेर ढावा-वालालाई सोधियो के के छ भनेर । उसले मटन, चिकन, दाल, रोटी, राइस आदि भन्यो । गुरुङ दाइले मलाई के खाने भनेर सोधे, तर गुरुङ दाइले आफू दाल र रोटी खाने भनेका कारण मैले पनि त्यही खाने भनेँ, अर्को दाइले चाँही ‘फिस’ (माछा) खाने भने । ढावावालाले भन्यो, “तपाइहरु आउनहुन्छ भनेर, बडा प्यारसे हमने मटन, चिकन बनाया और आप दाल कहेरेहो, चिकन करी तो ले-लो’ । गुरुङ दाइले भने, ‘म चिकन खान्न’ । ढावावालाले मलाई हेर्दै भन्यो, ‘आप तो खाएङ्गे चिकन’ । गुरुङ दाइले भने, ‘ये स्टुडेन्ट भाइ भेज है’ । ढावावालाले चिकनकरी भनेर कर गर्दा र बिहान खाना नखाएका कारण खाइदिउँ न त ‘भात र चिकन’ जस्तो लागेको थियो । तर गुरुङ दाइले ‘ये भाइ भेज है’ भनेकोले गर्दा, मे तो दाल रोटी खाउङ्गा मैले भनेँ ।

गुरुङ दाइ र मैले दाल रोटी लियौँ, अर्को दाइले चाँहि माछा र भात लिनुभो । हामी खाना-खाँदै थियौँ । पछिल्लतिर बाट ‘आह र उहु’ को आवाज आउन थाल्यो। ‘उह उह, र आह आह’ को ‘भोल्युम’ झन् झन् बढ्दै थियो । के-हो यस्तो भनेर पछाडि फर्केर हेरेको त, ढावाको एकछेउको ‘बेन्च’ मा बसेर बिहारी बुढाहरु ‘मोबाइल मा पोर्न’ हेर्दै रै’छन् । ४-५ जना बुढाहरु मोबाइलमा एकटकले हेरिरहेका थिए । अनि मोबाइलबाट ‘सोही' आवाज निरन्तर आइरहेको थियो । खुल्लम खुल्ला, बुढाहरुले मोबाइलमा ‘पोर्न’ हेरेको देखेर छक्क परेँ । उनीहरुलाई वरिपरि भएका मान्छे कसैको मतलव थिएन, उनीहरु आफ्नै सुरमा हाँस्दै मजा लिइरहेका थिए । हामी पिरो तरकारी सँग रोटी निलिरहेका थियौँ । 

खाइसकेपछि गुरुङ दाइले सोधेका थिए, ‘तिमी त भेज मात्रै त हैन नि’ । मैले, ननभेज नि चल्ने कुरा बताएको थिँए । तिनै जनाले खाएको खानाको पैसो त्यही गुरुङ दाइले नै तिर्नुभयो । हामीले खाना खाँदै गर्दा करिब १ दर्जन जति नेपाली केटाहरुको समूह आइपुग्यो । हैदरावाद हिँडेका उनीहरु म जाने बसबाट नै पट्ना सम्म जाँदै रहेछन् । 

बसपार्कबाट बस छुट्ने बेला, भारतीय प्रहरीहरु गाडि चढेर आइपुगे । पहिलोपल्ट भारतिय पुलिस देख्दा, एक किसिमको डर डर जस्तो पनि लागेर आयो । बस छुट्ने बेला हाम्रो तिर बसपार्कमा त्यसरी पुलिसहरु घुम्न आउँदैन थिए । बस निर्धारित समय भन्दा २० मिनेट ढिलो छुट्यो, म सँगैको सिटमा एउटा चस्मा लगाएको केटो रहेछ । मैले मेरो झोला आफ्नै सिट अगाडि राखेँ, आफ्नो खुट्टा राख्न मिल्ने गरि । गाडि हिँड्न थालेपछि सिटमा सँगै हुनेले सोध्यो, ‘आप कहाँ का रहेनेवाले हो’ । अन्त टाढा भन्दा यसले हेप्ने हो कि भनेर, ‘मे बिरगंज से आया हुँ’ भने । उसले सोध्यो, ‘बिरगंज कहाँनेर’ । अब परेन फसाद, त्यही नि आफूले ठाउँको नाउँ भुले झैँ गरि भने, ‘एक्चुल्ली, मेरे चाचाजी यहाँ पर रहेते है’ । ‘तो कोही तो एड्रेस होगा ना’ उसले फेरि भन्यो । मैले भनेँ, ‘मुझे नहिँ पता, मे काठमाण्डु से २ दिन पहेले आया हुँ, और २ दिन चाचाजी के पास ठहेरा’था, मुझे पता नहिँ कौन सा जगाह है’ । उसले भन्यो, ‘जहाँ भि हो, तुम्हारा चाचाजी ते हे ना, ओ जहाँ भि ठहेरे क्या फडक पर्ता हे, तुम आ’के ठहेरे और चले गए’ । उसले मेरो कुरा पत्याएपछि, मैले नि ‘हाँ, हाँ’ भनेर उसको कुरामा सही थपेँ । उ रक्सौलकै स्थानिय रहेछ र काम चाँही हैदरावादमा गर्दो रहेछ । निन्द्रा नलागुन्जेल, यस्तै त्यस्तै कुराहरु हुँदै गए ।

बस दक्षिण तिर दौडिन थालेपछि, मन फेरि एक पटक अमिलियो । म कहाँ जाँदैछु, जानुको उद्देश्य के हो ? आदि इत्यादि कुराहरु मनमा खेल्न थाले । नेपाली नम्बरप्लेट भएका टिप्पर र ट्रकहरुले निरन्तर गिट्टि बालुवा र ढुंगा बोकेर कुदिरहेका थिए । मलाई लाग्यो, सँधै नै साँझमा यसरी नेपालबाट बालुवा, ढुंगाहरु तस्करी हुन्छ होला । खाल्डाखुल्डि परेको सडकमा, धुलो उडाउँदै बस जोडसँग दक्षिणतिर हानियो । बसको खलासीले, नाना पाटेकर हिरो भएको एउटा फ्लिमको सिडी राखेर भिडियो अन गर्यो । केही सिटका मान्छेहरु मुन्टो तन्काइ तन्काइ भिडियो हेरिरहेका थिए । वाँया साइडको झ्यालछेउमा हेरेँ, गुरुङदाइ मस्त सुतिरहेका रहेछन्, सायद उनलाई हल्का लागेको पनि थियो होला । मेरो पनि कति बेला आँखा लागेछ पत्तै भएन, बस मोतीहारी हुँदै मुज्जफपुरमा आएर एकछिन रोकियो ।

क्रमश…

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२]
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर… [भाग-३]
चौथो भाग : पट्ना मै बित्यो दिन… [भाग-४]
पाँचौ भाग : अनि पट्नाबाट रेल चढियो… [भाग-५]
छैठौँ भाग : रेलमा ४८ घन्टा ! पटना देखि बेंगलोर सम्म ! भो-नकुरागरम !!! [भाग-६]

Comments

  1. पोहोर म नि गाको थिए। आकारको कुरा पढदा रमाइलो लाग्यो.

    ReplyDelete
  2. सन २००४ को एउटा साझ हुनुपर्छ , ठ्याकै तिथिमिती त  बिर्सें , म आफु नि रक्सौल बाट पटना गएको छु पहिलो पटक । त्यतीबेला अहिले जस्तो नाइट बस को सुबिधा थिएन , ।  रात को करिब नौ बजे जिप मा कोचम कोच गरेर ।  त्यसपछी पनि  अरु दर्जनौ पटक हिडियो त्यो बाटो । आज  करिब सात बर्ष पछी आएर आकार अनुभब पढिरहदा तिनै पुराना दिन हरु आँखाभरी नाचिरहेछन र संगै याद आइरहेछन  रक्सौल का ढाबा र लाहुरेदाइ हरु को सम्झना  । धन्यवाद आकार - अरु अनुभब नि पढ्न पाइयोस । 

    ReplyDelete
  3. गत जनवरी मा काम को सिलसिला मा मुम्बई जानुथ्यो र ट्रेन पटना बाट थियो......पछिल्लो ३ महिना मा २ पटक पटना पुगिसकेको हुनाले मलाई पटना पानी काठमाडौँ जस्तै रमाइलो र आत्मीय लाग्न थालिसकेको थ्यो....तर त्यो अत्मिएता मैले आफ्नो बेबहार मा नि उतारे.....पैलो पटक २०० भारु तिरेर ट्रेन चडेको थिए रकसौल बाट पटना जादा......पछिल्लो पटक त अधिकांश भारतीय ले जस्तै बिना टिकेट कै हजिपुर सम्म यात्रा गरे....कसो बाटो मा टि टि भेटिएन :P 

    ReplyDelete
  4. Dherai ramro prastuti.
     

    ReplyDelete
  5.   
     आकार जीको रमाइलो यात्रा बर्णन पढ्दा यस्तो लाग्यो म पनि तपाई संगै यात्रारत छु। 

    ReplyDelete
  6. पहिलो पटक देश् बाहिर जादाको यात्रा बिवरण रमाइलो रैछ, तीन भाग नै पढे एकैपटक्। 

    ReplyDelete
  7. रमाइलो मानेर पढ्दै छु है ...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुगु अनुभव - यात्रा

...सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छ

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

My First Post on Blog

LUST : Worldwide Release [Watch Nepali Movie LUST] #Movie

Nepali blog “ Aakar Post ” has released a short Nepali Movie "LUST" in an Internet for the first time on 14th February on the occasion of Valentine’s Day. Watch Nepali Movie LUST Movie name: LUST Run time: 22 minutes 15 seconds Actors: Manisha Bista & Pawan Jha Director: Rajan Kathet Producer: Praveen Samuel Thapa Script/ screenplay: Abhimanyu Mani Acharya Dixit Cinematographer: Shail Shrestha Editor: Bijen Shrestha One line description of the movie: They have different plans for each other. Release Note:  We are happy to release an award wining ( BUDS Film Fiesta - Best Film Award ) Nepali Short Movie ‘LUST’ worldwide on our blog www.aakarpost.com  as a Valentine's Day gift. We hope it will be a perfect gift for you on the occasion of Valentine’s Day. May be, we are the first Nepali Blog to release Nepali Movie officially on Blog. We would like to thank, Film Production Team, our readers and viewers.

Subscribe to Aakar Post