Skip to main content

पहिलो पटक रक्सौलमा… [भाग-२]

“आपको आइसी, साट्ना हे तो, आगे साट्लो” सिर्सिया खोलाको पुल तरेर दक्षिणतिर लागेपछि टाङ्गावालाले भन्यो । टाँगामा एक्लै छु, रक्सौल बजार छिरिसकेको छु, पैसा साट्ने बहानामा यसैले पो पैसो लुट्ने हो कि भन्ने शंकाले एक्कासी मनमा वास गर्‍यो । खल्तिमा ८-९ सय नेपाली रुपैयाँ र केही भारतिय रुपैयाँ थियो । भै’गो नेपाली पैसो पनि संगै लान्छु भन्ने सोचेर, ‘हमारे पास आइसी हे’ मैले भनेँ । त्यही नि टाङ्गावालाले दोहोर्‍यायो, ‘फिर आपको आगे साट्नेका जगा नहिँ मिलेगा’ । जति जति म सँगै टाङ्गा रक्सौल बजारको धुलोभित्र हराउन खोज्दै थियो, त्यति त्यति सबै कुरा विरानो लाग्दै आइरहेको थियो । मन ओइलाएको थियो, घरमा फोन गर्ने विचार गरेँ तर मोवाइलमा नेटवर्क सिग्नल थिएन ।

रेलको लिक कटे पछि भने अकस्मात टाङ्गावालालाई टाङ्गा रोक्न इशारा गरेँ । खल्ति छामछाम छुमछुम पारेजस्तो गरि पर्सबाट यस्तै ८-९ सय निकालेँ । बाटोको वायाँ छेउमा लस्करै भारु साट्नेहरु बसेका थिए, एक-एकवटा टेबल राखेर । उनीहरु भारत तिर जाँदै गरेकालाई आइसी साट्लो भन्थे अनि नेपाल तिर आउँदै गरेकालाई एनसी साट्लो भन्थे । मैले पनि टाङ्गा रोक्ने ईशारा गरेर भारु साटेँ । त्यसले मज्जाले भारु साटिदिएपछि घरमा हिँड्ने बेला ममीले भनेको कुरा सम्झिँए । ममी भन्दै हुनुहुन्थ्यो, बाटो खर्च अरु १ हजार लान्छौ त ? मैले सोधेको थिएँ, भारु हो ? ममीले भारु हैन, नेपाली नै हो, बोर्डर तिर साट्नु भन्नु'भो । आफू रक्सौल कहिले नगएकोले बाटोमा त्यसरी पैसो साट्न बस्छन् भन्ने हेक्का थिएन, त्यही भएर ‘ह्या, भयो नलाने, भन्या ठाउँ सम्म पुग्ने भाडा छ मसँग’ भनेको थिँए । तर पछि भने, ममीले दिनखोज्नु भएको पैसो पनि लिनुपर्ने रहेछ जस्तो लाग्यो । त्यो पैसा नि लिएको भए, बाटा खर्चको लागि अझ धेरै आडभरोसा हुन्थ्यो भन्ने कुरा सोच्दैरहेँ । मैले पैसो नलिएर गल्ति गरे झैँ लाग्यो, आखिर यति सजिलै साट्न मिल्ने रहेछ ।

रक्सौल बजारमा मान्छेहरुको भिड त थियो नै, त्यसमाथी गाडिहरुले पनि पुरै बाटो जाम गरेका थिए । रक्सौलमा भएका बैंकहरुका एटिएमबाट पैसा निकाल्न मान्छेहरुको लामो लाम थियो । एटिएमबाट पैसा निकाल्न त्यति लामो लाम लागेको, पहिलो पटक देख्दै थिँए । बाटोको दायाँ तर्फ भने, आँप र लिच्ची बेच्नेहरुको चहलपहल थियो । ‘बाहिर आँप किनेर नखानु, औषधी हालेर पकाको हुन्छ, स्वास्थ्यमा असर गर्छ’ घरबाट हिँड्ने बेला बुवा ममीले बारम्बार भनिरहनु भएको थियो । यसै कारण पनि आँपमा खासै मन बसेन तर मान्छेहरुले छानी छानी ठूला ठूला,  पातसँगैका राता राता लिच्ची किनेको चाँही टाङ्गावाट हेरिरहेँ ।

raxual map

नहरको पुल कटेर टाङ्गा नहर को डिलै डिल पश्चिमतिर लाग्यो । सूर्यदेव टाङ्गाको टाउकामाथि थिए, गर्मी थियो, अनुहार र शरीर भरि पसिना नै पसिना थियो । टाङ्गावालाले एउटा घर अगाडि पुर्याएर टाङ्गा रोक्यो, न्यु वसपार्क आ-गया भन्यो । हैन के भन्छ यो टाङ्गावाला भन्या जस्तो लाग्यो । उसले झर्नुस् भनेपछि झोला टाङ्गाबाट झारेँ । ए ! वसपार्क नै आइपुगिएको रहेछ, छेउमा टिकट काउन्टर रहेछ ‘अमर ज्योती ट्राभल्स’ को  । टाङ्गावालाले नै भन्यो, “साबको एक टिकेट नाइटबसकी पट्ना के लिए” । काउन्टरमा बस्ने बुढाले ‘डेढ सौ’ भने । मैले ‘पैसो निकालेर दिँए, काउन्टरको बुढाले टिकट दिए’ । टिकटमा लेखिएको थियो, ‘ए पी घिमिरे, रक्सौल टु पट्ना, सिट १८, समय ८:२० पिएम’ । टाङ्गावालाको हिसाव नि फर्स्याएँ, उ फर्कियो ।

मेरो हातमा ‘रक्सौल देखी पटना’ जाने नाइटबसको टिकट थियो । म ढुक्क भएँ, अब पटना त पुगिने भइयो । काउन्टर छेउ कै होटलको कुर्सी तानेर बसेँ । बोर्डरबाट यस्तै २-३ किलोमिटर भित्र हुनुपर्छ त्यो ठाउँ, तर किन हो किन कस्तो विरानो लाग्यो । कोही चिनेको छैन, सबै काला काला वर्णका छन् । उनीहरु कि त भोजपुरी कि त हिन्दी मा बात मारिरहेकाछन् । बुझ्न त म उनिहरुले बोलेको सबै बुझ्थेँ तर बोल्न त समस्या नै थियो । काउन्टरमा टिकट काटेर केही नेपालीहरु पनि बसिरहेका रहेछन् । तर मैले उनीहरु सँग कुनै कुरा गरिन, उनीहरु आफु-आफू नै गफ गरेर बसेका थिए, आउनेहरुलाई कहाँ सम्म हो तपाई भन्थे । कालो कालो देखेर सायद उनीहरुले मलाई पनि बिहारी नै सोचे, उनीहरुले मलाई भने केही सोधेनन्, र मैले पनि केही सोध्न आवश्यक ठानिन । कुरा सुन्दा उनीहरुलाई त्यतातिर को बाटोको सबै ज्ञान थियो, तर आफूलाई त कुन ठाउँ कता छ, केही पत्तो छैन । मात्र थाहा थियो, पट्ना जानु छु, टिकट लिइसकेको छ । न आफूले कहिले रेल देखेको छ, न चढेको छ, न प्लेटफार्म र स्टेशन कस्तो हुन्छ भन्ने थाहा छ, न चिनेका कोही साथीहरुनै छन् । आफूसँग पट्नाबाट बेङ्गलोरको लागि रेल को टिकट भने थियो ।

बिहारी र बिहार भनेपछि खासै राम्रो सोच्दैन थिँए तर उनीहरुको व्यवहार मलाई राम्रो लागिरहेथ्यो । उनीहरुको बसको टिकट बुकिङ काउन्टरमा कुनै किसिमको भिडभाड थिएन । उनीहरु आएका यात्रुहरुलाई बस्न नजिकै को घर देखाइरहेका थिए, जहाँ उनीहरुले सोफा, कुर्सी र खाट राखेका थिए । वहाँ जाइए, ब्याग रखिए, आराम किजिए भन्थे । मलाई उनीहरुको त्यही कुराले प्रभावित बनाइरहेको थियो, अत: केही अघिसम्म छाएको निराशा केही हट्दै गइरहेको थियो अनि दिनको १ बज्दै थियो । मैले अरु ७-८ घन्टा धुम्धुम्ति बसेर बिताउनु पर्ने थियो ।

मोबाइलको सिम लिनुपर्यो भन्ने सोचेँ । बसपार्क छेवैको किरानामा एयरटेलको बोर्ड झून्डिएको रहेछ । ‘यहाँ सिम मिल्ता है क्या?” मैले सोधेँ । उसले ‘मिल्ता हे’ भन्यो । ‘सिम लेने के लिए क्या चाहिए’ मैले सोधेँ, उसले जवाफ दियो ‘आपका आइडिका फोटोकपी और आपकी फोटो’ । ल  म  फोटोकपी गरेर आउँछु भने । अनि म फोटोकपी गर्ने र घरमा पनि नाइटबस को टिकट लिइसकेको कुरा जानकारी गराउन भनेर रक्सौल बजार हुँदै बोर्डर छेउमा आएँ । तातो घाम, अनि गह्रुङ्गो झोला बोक्दै ‘भारितय कस्टम’ सम्म आइपुगेँ । बोडर छेउमा पुग्दा मोबाइलमा सिग्नल देखिएको कारण घरमा फोन गरेँ, अनि ट्विटरमा नि ट्विट गरेँ, बेलुका ८:२० बजे रक्सौल छाड्दैछु भनेर ।

छेउकै पसलमा आफ्नो नागरिकताको फोटोकपी गरेँ । अनि मोबाइल कम्पनीको बोर्ड कुन पसलमा देखिन्छ भन्दै हेर्दै हिँडे । अलि अघि बढेपछि एउटा मोबाइल पसलमा छिरेँ, त्यहाँ सबैभन्दा सस्तो रिलायन्सको सिम पाइदोँरै’छ ४० रुपैयाँमा । मलाई सिम चाहियो भने, उसले भन्यो ‘आपका आइडीका फोटोकपी चाहिए’ । मैले हत्त न पत्त आफ्नो नागरिकताको फोटोकपी झिकेर दिएँ । उसले एकछिन हेर्यो र सोध्यो ‘ये क्या है?’ । मैले भने ‘सिटिजनसिप, मे नेपाल से आया हुँ, और मुझे सिमकार्ड चाहिए’ । उ हाँस्यो र भन्यो ‘आप सिम नहिँ ले सक्ते, सिम लेनेके लिए भोटर आइडि चाहिए’ । मैले भनेँ, ‘अरे भाइसाहव मुझे बेङ्लोर तक जाना हे, मुझे सिम भि चाहिए’ । उसले भन्यो, ‘आपको बेङ्लोर मे सिम मिल सक्ता हे, पर ये बिहारकी बोर्डर इलाका पे सिम नहिँ मिल्ता’ । मैले फेरि सोधेँ, ‘पटना मे मिल्ता हे क्या?’ । उसले भन्यो ‘नहिँ’ । मैले उसलाई ‘धन्यवाद’ भनेर त्यहाँबाट हिँडे ।

घामका कारण टाउको फुट्ला झैँ गरि तातेको थियो, रुमालले टाउको र अनुहार छोप्दै हिँडिरहेको थिँए । बाटोमा लिच्ची देखेपछि मन थाम्न सकिएन । १० रुपैयाँको १० वटा लिच्ची किनेँ, अनि लिच्ची टोक्दै बस काउन्टर रहेको बसपार्क तिर लागेँ । काउन्टरमा पुग्दा अघि देखी बसिरहेका नेपालीहरु कोही काउन्टरमा थिएनन्, उनीहरुको दिउँसोको बस रहेछ । म एक्लै गएर काउन्टरमा थ्याच्च बसेँ । एउटा बस हिँड्नै लागेको थियो, काउन्टरमा अर्को बुढा आएर सोधे, ‘आप को नहिँ जाना हे?’ । ‘नहिँ, मेरे शामके बस है’, मैले भनेँ । उसले भन्यो ‘अच्छा! नाइटबस’ । मैले टाउको हल्लाएँ । उसले नजिकैको घरमा गएर आराम गर्न सुल्झायो । म त्यतै लागेँ अनि कुर्सीमा झोला राखेर, सोफामा लम्पसार परेँ ।

क्रमश…

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२]
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर… [भाग-३]
चौथो भाग : पट्ना मै बित्यो दिन… [भाग-४]
पाँचौ भाग : अनि पट्नाबाट रेल चढियो… [भाग-५]
छैठौँ भाग : रेलमा ४८ घन्टा ! पटना देखि बेंगलोर सम्म ! भो-नकुरागरम !!! [भाग-६]

Comments

  1. hamilai ta chocolate bechya jasto gari sim diyeko thyo ta gorakhpurmai.. nd I still have it...
    btw, satik lekh.. feri  manparyo.. ani ahh, timi raxaul bata trainma Bangalore kina nagaako?

    ReplyDelete
  2. रक्सौल बाट सिधै बेङ्लोर जाने ट्रेन को टिकट पाइएन नि त !

    ReplyDelete
  3. सिम बेङ्लोर आइपुगेर मात्र लिन पाइयो ! त्यसको नि कहानी छ ! पछि लेखौँला ! :)

    ReplyDelete
  4. Indian ma ta Nepali Passport ley ni SIM Card dinna ... aati kich kich garne.. VISA lera iaja bhancha..  how did you get the SIM... ???

    Keep posting...

    ReplyDelete
  5. हुनत म भारतमा ३ वर्ष जत्ति बसेको छु तर प्राय: दक्षिण भारतमा बसेकोले उत्तर तिरको भने राम्रो ज्ञान छैन ।
    अघिल्लो पोस्ट र यो दुबै रमाइलो मानेर पढेँ।
    सिमको सवालमा भने दिल्ली र अन्य केहि ठूला सहरमा भने पासपोर्टको फोटोकपी राखेर मैले पनि सिम लिएको थिएँ अहिले के नियम छ थाहा भएन ।

    भाषा, संस्कृति सबै मिले पनि र ३ किलोमिटरकै दूरी भए पनि आखिर 'विदेश' विदेश नै हुन्छ है !

    ReplyDelete
  6. Hi, I have been
    visiting your blog. ¡Congratulations for your work! I invite you to visit my
    blog about literature, philosophy and films:


    http://alvarogomezcastro.over-blog.es


     


    Greetings from Santa Marta, Colombia

    ReplyDelete
  7. Friendycalls NeupaneAugust 1, 2012 at 11:54 AM

    यिनको लेखाइ देखेर पढ्न सुरु गर्या, पक्कै नि भाइ लोगले ठग्यो क्यारे यिनलाई भन्दै ढुक ढुक हुँदै पढ्या त उनारु'कै तारिफ गरेर पो लेख्या रै'छन् ... मज्जा आयो | -धन्न ठगिएनछन् !! अनि ट्रेनमा को को आए भेट्न, त्यो नि लेखम न :P 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

दिशा निर्देश - Guidelines for Written Nepali v0.1Alpha

This text will highlight some of the common mistake on written Nepali usage and set some standard guidelines that everyone can follow. Common Guidelines Avoid justify alignment Never use two or more than two spaces between words or sentences. This is commonly caused when you use the justify alignment. Always use smart quotes Never use dumb quotes (" ") but always use smart quotes (“ ”). Dumb Quote Smart Quote Always use smart apostrophe Never use dumb apostrophe (') but always use smart apostrophe (’). Note: There is no use of apostrophe in written Nepali, it is written here for completion. Commas/periods Commas/periods should go inside quotes. For exmaple: “नेपाल सानो देश हो,” उसले भन्यो । Don’t Underline Titles Instead italicize them. Nepali Specific Guidelines Purna Viram Due to the complexities in Devanagari, it is recommended that one give space before and after the Purna Viram (Devanagari Dand...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Subscribe to Aakar Post