Skip to main content

पहिलो पटक रक्सौलमा… [भाग-२]

“आप को आइसी, साट्ना हे तो, आगे साट्लो” सिर्सिया खोला को पुल तरेर दक्षिणतिर लागेपछि टाङ्गावाला ले भन्यो । टाँगा मा एक्लै छु, रक्सौल बजार छिरिसकेको छु, पैसा साट्ने बहानामा यसैले पो पैसो लुट्ने हो कि भन्ने शंका ले एक्कासी मन मा वास गर्यो । खल्ति मा ८-९ सय नेपाली रुपैयाँ र केही भारतिय रुपैयाँ थियो । भै’गो नेपाली पैसो पनि संगै लान्छु भन्ने सोचेर, ‘हमारे पास आइसी हे’ मैले भनेँ । त्यही नि टाङ्गावाला ले दोहोर्यायो, ‘फिर आपको आगे साट्ने का जगा नहिँ मिलेगा’ । जति जति म सँगै टाङ्गा रक्सौल बजार को धुलोभित्र हराउन खोज्दै थियो, त्यति त्यति सबै कुरा विरानो लाग्दै आइरहेको थियो । मन ओइलाएको थियो, घरमा फोन गर्ने विचार गरेँ तर मोवाइल मा सिग्नल थिएन ।

रेल को लिक कटे पछि भने अकस्मात टाङ्गावालालाई टाङ्गा रोक्न इशारा गरेँ । खल्ति छामछाम छुमछुम पारेजस्तो गरि पर्स बाट यस्तै ८-९ सय निकालेँ । बाटो को वायाँ छेउमा लस्करै भारु साट्नेहरु बसेका थिए, एक-एकवटा टेबल राखेर । उनीहरु भारत तिर जाँदै गरेकालाई आइसी साट्लो भन्थे अनि नेपाल तिर आउँदै गरेकालाई एनसी साट्लो भन्थे । मैले पनि टाङ्गा रोक्ने ईशारा गरेर भारु साटेँ । त्यसले मज्जाले भारु साटिदिएपछि घरमा हिँड्ने बेला ममी ले भनेको कुरा सम्झिँए । ममी भन्दै हुनुहुन्थ्यो, बाटो खर्च अरु १ हजार लान्छौ त ? मैले सोधेको थिएँ, भारु हो ? ममीले भारु हैन, नेपाली नै हो, बोर्डर तिर साट्नु भन्नु भो । आफू रक्सौल कहिले नगएकोले बाटो मा त्यसरी पैसो साट्न बस्छन् भन्ने हेक्का थिएन, त्यही भएर ‘ह्या, भयो नलाने, भन्या ठाउँ सम्म पुग्ने भाडा छ मसँग’ भनेको थिँए । तर पछि भने, ममीले दिनखोज्नु भएको पैसो पनि लिनुपर्ने रहेछ जस्तो लाग्यो । त्यो पैसा नि लिएको भए, बाटा खर्च को लागि अझ धेरै आडभरोसा हुन्थ्यो भन्ने कुरा सोच्दैरहेँ । मैले पैसो नलिएर गल्ति गरे झैँ लाग्यो, आखिर यति सजिलै साट्न मिल्ने रहेछ ।

रक्सौल बजार मा मान्छे को भिड त थियो नै, त्यसमाथी गाडिहरुले पनि पुरै बाटो जाम गरेका थिए । रक्सौलमा भएका बैंकहरुका एटिएम बाट पैसा निकाल्न मान्छेहरु को लामो लाम थियो । एटिएम बाट पैसा निकाल्न त्यति लामो लाम लागेको, पहिलो पटक देख्दै थिँए । बाटो को दायाँ तर्फ भने, आँप र लिच्ची बेच्नेहरु को चहलपहल थियो । ‘बाहिर आँप किनेर नखानु, औषधी हालेर पकाको हुन्छ, स्वास्थ्य मा असर गर्छ’ घरबाट हिँड्ने बेला बुवा ममी ले बारम्बार भनिरहनु भएको थियो । यसै कारण पनि आँपमा खासै मन बसेन तर मान्छेहरुले छानी छानी ठूला ठूला,  पातसँगै का राता राता लिच्ची किनेको चाँही टाङ्गावाट हेरिरहेँ ।

raxual map

नहरको पुल कटेर टाङ्गा नहर को डिलै डिल पश्चिमतिर लाग्यो । सूर्यदेव टाङ्गाको टाउकामाथि थिए, गर्मी थियो, अनुहार र शरीर भरि पसिना नै पसिना थियो । टाङ्गावाला ले एउटा घर अगाडि पुर्याएर टाङ्गा रोक्यो, न्यु वसपार्क आ-गया भन्यो । हैन के भन्छ यो टाङ्गावाला भन्या जस्तो लाग्यो । उसले उत्रो, भनेपछि झोला टाङ्गाबाट झारेँ । ए ! वसपार्क नै आइपुगिएको रहेछ, छेउमा टिकट काउन्टर रहेछ ‘अमर ज्योती ट्राभल्स’ को  । टाङ्गावाला ले नै भन्यो, “साब को एक टिकेट नाइटबस की पट्ना के लिए” । काउन्टरमा बस्ने बुढाले ‘डेढ सौ’ भन्यो । मैले ‘पैसो निकालेर दिँए, काउन्टरको बुढाले टिकट दियो’ । टिकटमा लेखिएको थियो, ‘ए पी घिमिरे, रक्सौल टु पट्ना, सिट १८, समय ८:२० पिएम’ । टाङ्गावाला को हिसाव नि फर्स्याएँ, उ फर्कियो ।

मेरो हातमा ‘रक्सौल देखी पटना’ जाने नाइटबस को टिकट थियो । म ढुक्क भएँ, अब पटना त पुगिने भइयो । काउन्टर छेउ कै होटल को कुर्सी तानेर बसेँ । बोर्डरबाट यस्तै २-३ किलोमिटर भित्र हुनुपर्छ त्यो ठाउँ, तर किन हो किन कस्तो विरानो लाग्यो । कोही चिनेको छैन, सबै काला काला वर्ण का छन् । उनीहरु कि त भोजपुरी कि त हिन्दी मा बात मारिरहेकाछन् । बुझ्न त म उनिहरुले बोलेको सबै बुझ्थेँ तर बोल्न त समस्या नै छ । काउन्टरमा टिकट काटेर केही नेपालीहरु पनि बसिरहेका रहेछन् । तर मैले उनीहरु सँग कुनै कुरा गरिन, उनीहरु आफु-आफू नै गफ गरेर बसेका थिए, आउनेहरुलाई कहाँ सम्म हो तपाई भन्थे । कालो कालो देखेर सायद उनीहरुले मलाई पनि बिहारी नै सोचे, उनीहरुले मलाई भने केही सोधेनन्, र मैले पनि केही सोध्न आवश्यक ठानिन । कुरा सुन्दा उनीहरुलाई त्यता तिर को बाटो को सबै ज्ञान थियो, तर आफूलाई त कुन ठाउँ कता छ, केही पत्तो छैन । मात्र थाहा थियो, पट्ना जानु छु, टिकट लिइसकेको छ । न आफूले कहिले रेल देखेको छ, न चढेको छ, न प्लेटफार्म र स्टेशन कस्तो हुन्छ भन्ने थाहा छ, न चिनेका कोही साथीहरुनै छन् । आफूसँग पट्ना बाट बेङ्गलोर को लागि रेल को टिकट भने थियो ।

बिहारी र बिहार भनेपछि खासै राम्रो सोचिदैन थियो तर उनीहरु को व्यवहार मलाई राम्रो लाग्यो र नेपाल को भन्दा विलकुल फरक पाएँ । उनीहरुको बस को टिकट बुकिङ काउन्टर मा कुनै किसिम को भिडभाड थिएन । उनीहरु आएका यात्रुहरुलाई बस्न नजिकै को घर देखाइरहेका थिए, जहाँ उनीहरुले सोफा, कुर्सी र खाट राखेका थिए । वहाँ जाइए, ब्याग रखिए, आराम किजिए भन्थे । मलाई उनीहरुको त्यही कुरा ले प्रभावित बनाइरहेको थियो, अत: केही अघिसम्म छाएको निराशा केही हट्दै गइरहेको थियो अनि दिन को १ बज्दै थियो । मैले अरु ७-८ घन्टा धुम्धुम्ति बसेर बिताउनु पर्ने थियो ।

मोबाइल को सिम लिनुपर्यो भन्ने सोचेँ । बसपार्क छेवै को किराना मा एयरटेल को बोर्ड झून्डिएको रहेछ । ‘यहाँ सिम मिल्ता है क्या?” मैले सोधेँ । उसले ‘मिल्ता हे’ भन्यो । ‘सिम लेने के लिए क्या चाहिए’ मैले सोधेँ, उसले जवाफ दियो ‘आपका आइडि का फोटोकपी और आपकी फोटो’ । ल  म  फोटोकपी गरेर आउँछु भने । अनि म फोटोकपी गर्ने र घरमा पनि नाइटबस को टिकट लिइसकेको कुरा जानकारी गराउन भनेर रक्सौल बजार हुँदै बोर्डर छेउ मा आएँ । तातो घाम, अनि गह्रुङ्गो झोला बोक्दै ‘भारितय कस्टम’ सम्म आइपुगेँ । बोडर छेउमा पुग्दा मोबाइलमा सिग्नल देखिएको कारण घरमा फोन गरेँ, अनि ट्विटर मा नि ट्विट गरेँ, बेलुका ८:२० बजे रक्सौल छाड्दैछु भनेर ।

छेउकै पसलमा आफ्नो नागरिकता को फोटोकपी गरेँ । अनि मोबाइल कम्पनी को बोर्ड कुन पसल मा देखिन्छ भन्दै हेर्दै हिँडे । अलि अघि बढेपछि एउटा मोबाइल पसलमा छिरेँ, त्यहाँ सबैभन्दा सस्तो रिलायन्स को सिम पाइदोँरै’छ ४० रुपैयाँमा । मलाई सिम चाहियो भने, उसले भन्यो ‘आपका आइडी का फोटोकपी चाहिए’ । मैले हत्त न पत्त आफ्नो नागरिकता को फोटोकपी झिकेर दिएँ । उसले एकछिन हेर्यो र सोध्यो ‘ये क्या है?’ । मैले भने ‘सिटिजनसिप, मे नेपाल से आया हुँ और मुझे सिमकार्ड चाहिए’ । उ हाँस्यो र भन्यो ‘आप सिम नहिँ ले सक्ते, सिम लेने का लिए भोटर आइडि चाहिए’ । मैले भनेँ, ‘अरे भाइसाहव मुझे बेङ्लोर तक जाना हे, मुझे सिम भि चाहिए’ । उसले भन्यो, ‘आपको बेङ्लोर मे सिम मिल सक्ता हे, पर ये बिहार की बोर्डर इलाका पे सिम नहिँ मिल्ता’ । मैले फेरि सोधेँ, ‘पटना मे मिल्ता हे क्या?’ । उसले भन्यो ‘नहिँ’ । मैले उसलाई ‘धन्यवाद’ भनेर त्यहाँबाट हिँडे ।

घाम का कारण टाउको फुट्ला झैँ गरि तातेको थियो, रुमाल ले टाउको र अनुहार छोप्दै हिँडिरहेको थिँए । बाटो मा लिच्ची देखेपछि मन थाम्न सकिएन । १० रुपैयाँ को १० वटा लिच्ची किनेँ, अनि लिच्ची टोक्दै बस काउन्टर रहेको बसपार्क तिर लागेँ । काउन्टर मा पुग्दा अघि देखी बसिरहेका नेपालीहरु कोही काउन्टर मा थिएनन्, उनीहरुको दिउँसो को बस रहेछ । म एक्लै गएर काउन्टर मा थ्याच्च बसेँ । एउटा बस हिँड्नै लागेको थियो, काउन्टरमा अर्को बुढा आएर सोध्यो, ‘आप को नहिँ जाना हे?’ । ‘नहिँ मेरे शामके बस है’, मैले भनेँ । उसले भन्यो ‘अच्छा नाइटबस’ । मैले टाउको हल्लाएँ । उसले नजिकै को घरमा गएर आराम गर्न सुल्झायो । म त्यतै लागेँ अनि कुर्सीमा झोला राखेर, सोफामा लम्पसार परेँ ।

क्रमश…

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२]
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर… [भाग-३]
चौथो भाग : पट्ना मै बित्यो दिन… [भाग-४]
पाँचौ भाग : अनि पट्नाबाट रेल चढियो… [भाग-५]
छैठौँ भाग : रेलमा ४८ घन्टा ! पटना देखि बेंगलोर सम्म ! भो-नकुरागरम !!! [भाग-६]

Comments

  1. hamilai ta chocolate bechya jasto gari sim diyeko thyo ta gorakhpurmai.. nd I still have it...
    btw, satik lekh.. feri  manparyo.. ani ahh, timi raxaul bata trainma Bangalore kina nagaako?

    ReplyDelete
  2. रक्सौल बाट सिधै बेङ्लोर जाने ट्रेन को टिकट पाइएन नि त !

    ReplyDelete
  3. सिम बेङ्लोर आइपुगेर मात्र लिन पाइयो ! त्यसको नि कहानी छ ! पछि लेखौँला ! :)

    ReplyDelete
  4. Indian ma ta Nepali Passport ley ni SIM Card dinna ... aati kich kich garne.. VISA lera iaja bhancha..  how did you get the SIM... ???

    Keep posting...

    ReplyDelete
  5. हुनत म भारतमा ३ वर्ष जत्ति बसेको छु तर प्राय: दक्षिण भारतमा बसेकोले उत्तर तिरको भने राम्रो ज्ञान छैन ।
    अघिल्लो पोस्ट र यो दुबै रमाइलो मानेर पढेँ।
    सिमको सवालमा भने दिल्ली र अन्य केहि ठूला सहरमा भने पासपोर्टको फोटोकपी राखेर मैले पनि सिम लिएको थिएँ अहिले के नियम छ थाहा भएन ।

    भाषा, संस्कृति सबै मिले पनि र ३ किलोमिटरकै दूरी भए पनि आखिर 'विदेश' विदेश नै हुन्छ है !

    ReplyDelete
  6. Hi, I have been
    visiting your blog. ¡Congratulations for your work! I invite you to visit my
    blog about literature, philosophy and films:


    http://alvarogomezcastro.over-blog.es


     


    Greetings from Santa Marta, Colombia

    ReplyDelete
  7. Friendycalls NeupaneAugust 1, 2012 at 11:54 AM

    यिनको लेखाइ देखेर पढ्न सुरु गर्या, पक्कै नि भाइ लोगले ठग्यो क्यारे यिनलाई भन्दै ढुक ढुक हुँदै पढ्या त उनारु'कै तारिफ गरेर पो लेख्या रै'छन् ... मज्जा आयो | -धन्न ठगिएनछन् !! अनि ट्रेनमा को को आए भेट्न, त्यो नि लेखम न :P 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

मोदी र ट्विटर ट्रेन्ड [पडकास्ट 📻 ]

यो अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi (नाकाबन्दी अपराध हो, मिस्टर मोदी) ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी जनकपुरमा आइपुग्ने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi ट्विटरको ट्रेन्ड लिस्टबाट हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा केही घन्टापछि त्यही ट्रेन्ड पुन: देखापर्‍यो । विगतमा बाहिर भएका केही ट्रेन्डहरु फेसबुक तथा ट्विटरले 'ट्विक' गरेको भन्ने खबर आएका कारण, सुरुमा यो सेन्सरसिप नै हो भन्ने लाग्यो । तर उक्त ट्रेन्ड ट्विटरबाट हराएर केही घन्टापछि फेरि आएबाट, सेन्सरसिप हैन भन्ने लाग्यो । मोदी र ट्विटर ट्रेन्डबारेको यो पडकास्ट 📻 सुन्नुहोस् ट्विटर ट्रेन्ड कसरी हुन्छ? ट्विटरमा ट्रेन्ड हुन यति नै ट्विट हुनुपर्छ भनेर कहिँ उल्लेख गरेको पाइँदैन तर पनि केही कुरा ट्रेन्डमा देखिनको लागि त्यस विषयमा एकैपटक, धेरै ठाउँबाट धेरैले एउटै विषय ट्विट गरेको हुनुपर्छ । एउटै विषयमा हजारौँले दिनभरि ट्विट गर्दा त्यो ट्रेन्डिङ टपिकमा देखिन्छ भन्ने हुँदैन । ट्विटरमा ट्रेन्ड हुन, कुनै पनि विष

Subscribe to Aakar Post