Skip to main content

पट्ना मै बित्यो दिन... [भाग-४]

बेलुका ८:२० बजेको रेल चढ्न म पट्ना बसपार्कमा बिहान साँढे चार बजे ओर्लिएँ । बिहानको समय भएर होला, मौसम ठन्डा थियो । नौलो ठाउँ भएको र आफूले जिन्दगीमा कहिले रेल नदेखेको र नचढेको कारण आफ्नो रेल राती छुट्ने भएपनि बिहानै पट्ना आइपुगेको थिएँ । ‘गंगा’ पार गर्दै गर्दा पट्ना शहरमा बलेका बत्तिहरुले मलाई पट्ना शहर ठुलो होला भन्ने आभाष गराएको थियो । त्यति ठूलो शहरमा कहाँ जाने, स्टेशन कता छ, केही थाहा थिएन । तर पनि मेरो मनमा भने कुनै किसिम को प्लान थिएन, कुनै डर थिएन (अहिले सम्झिँदा आफैँलाई अचम्म लागिरहेको छ) ।

म त्यही बत्तिहरु हेर्दै शहर ठूलो होला भन्ने अनुमान गर्थेँ, अनि कुनै पनि चोकमा पुग्दा, रेल्वे स्टेशन पुग्ने बाटो त्यो होला भने जस्तो लाग्थ्यो । फेरि निरजले, हनुमान मन्दिर नजिक स्टेशन छ भनेको थियो, अनि हनुमान मन्दिर भनेपछि आफ्नो दिमागमा अर्कै किसिमको छाप परेको थियो । मलाई सर्लाहीको हरिऔनमा भएको हनुमानको मुर्ति जस्तै मुर्ति भएको हनुमान मन्दिर पट्नामा होला भन्ने लागेको थियो, र यो मेरो कोरा कल्पना थियो । हनुमान मन्दिर नजिक स्टेशन नभइ, स्टेशन नजिक हनुमान मन्दिर रहेछ भन्दा फरक नपर्ने रहेछ ।

बिहान साँढे चार बजे पट्ना बसपार्कमा ड्राइभरले बस रोकेपछि सबै यात्रुहरु बसबाट ओर्लिए । मलाई अघिल्लो दिन खाना खुवाउने इन्डियन आर्मीका गुरुङ दाइले सोधे तिमी कता जाने? मैले गुरुङदाइलाई नै उल्टै सोधेँ, तपाई कहाँ जाने? उनले ट्रेन स्टेशन जाने बताए । मैले नि, स्टेशन नै जाने बताएँ । बसपार्क बाटै ‘अटो’ लिएर हामी ट्रेन स्टेशन तिर लाग्यौँ । हैदरावाद जाने नेपाली केटाहरुको समूह पछि नै छुटे, उनीहरु हिँडेर जाँदैथिए ।

स्टेशनको बाहिर पुगेर अटो रोकियो, सायद उत्तर तर्फ गएर अटो रोकिएको थियो, (दिशा पत्ता लगाउन अलि गाह्रो परेको थियो) । उनै गुरुङदाइले नै अटोको पैसा तिरे । अटोबाट झर्ने बित्तिकै आफ्नो अगाडि त मान्छे नै मान्छे भुँइभरि सुतिरहेको देखेँ । अनगिन्ति मान्छेहरु खुला आकाशमुनी सुतिरहेका थिए । सुरु मै त्यस्तो, दृश्य देख्दा, के हो के हो जस्तो लाग्यो आफूलाई । गुरुङ दाइ अघि लागे, म उनको पछि पछि लुरुलुरु लागेँ । गुरुङ दाइ गेटबाट भित्र छिरे, म पनि छिरेँ । त्यहाँ भित्रपनि मान्छे नै मान्छे सुतिरहेका थिए, खुट्टा टेक्ने ठाउँ थिएन भन्दा हुन्छ, खुब होशले हिँडनुपर्ने । त्यो घर भित्र छिरेर माथि ‘फ्लाइओभर’ बाट बाटो काट्न थाल्यौँ, त्यो ‘पुल’ मा पनि दायाँ-वाँया मान्छे नै मान्छे तन्ना, गम्छा ओच्छ्याएर सुतिरहेका थिए । लौ, मैले त्यस्तो तन्ना/गम्छा केही कुरा लिएर आ’को छैन त भने जस्तो भयो । यसरी नै प्लेटफर्ममा सुत्नु पर्यो भने के गर्ने, कसो गर्ने भन्ने लाग्यो ।

फ्लाइओभरमा १,२,३… आदि प्लेटफर्ममा जाने नम्बर भनेर लेखिएको थियो । फ्लाइओभरको पल्लो छेउ पुगेपछि गुरुङ दाइले भने, म त प्लेटफर्म नम्बर १ मा जान्छु, तिमी कता जान्छौ ? म यसो अगाडि जान्छु, उता गएर बस्छु भनेर हातले इशारा गरेँ । ल त म लागेँ है, भनेर उनी फ्लाइओभरबाट प्लेटफार्म नम्बर १ मा उत्रिए, म सिधै अघि बढेँ र स्टेशनको कार्यालयहरु भएको, हनुमान मन्दिर भएपट्टिको स्टेशनमा पुगेछु । अब म नितान्त एक्लो भएँ, ट्रेनको निती नियम देखि पुर्णत अपरिचित थिएँ । कहाँ गएर चढ्ने, कता चढ्ने, त्यति धेरै डिब्बाहरु हुन्छन्, कसरी आफ्नो सिट पत्ता लगाउने भने झैँ ला्ग्न थाल्यो । हुन त टिकटमा सबै लेखेको थियो, तर पनि टिकटमा लेखेको कुरा राम्रो सँग बुझेको जस्तो आफूलाई लागिरहेको थिएन ।

patna train station in the morning
अगाडि बढेँ, मान्छे नै मान्छे थिए । स्नानघर र बाथरुम भनेर लेखिएको थियो, बाथरुम जानुपर्यो भन्नुपर्ने सोचेँ, तर भित्र भित्तामा आफ्नो सामानको सुरक्षा आफैँ गर्नु भनेर लेखिएको थियो । आफ्नो अजंगको झोला नै बोकेर बाथरुम त के छिर्नु भने झैँ लाग्यो, त्यतिबेला महशुस भयो, एउटा साथि भएको भए हुनेरहेछ, कम्तिमा झोला हराउने डर त हुँदैन थियो । म बाथरुमतिर गइन, अगाडि नै बढेँ, हनुमान मन्दिर देखेँ । हनुमान मन्दिर तिर कै बाटोमा लागेँ, अटोवालाहरु ‘अटो’ ‘अटो’ भनेर कराइरहेका थिए । फेरि फर्केर स्टेशनको घर भित्र छिरेँ, मान्छेहरु भुँइभरि थिए । भित्र इन्क्वायरीमा पुग्दा फेरि गुरुङ दाइलाई भेटेँ, ए फेरि पो भेटियो भनियो, तर त्यसपछि भेटिएन ।

भोक लागेको लागेको जस्तो भएपछि स्टेशन बाहिरको एक पसलमा गएर चिया खाँए । अनि गाडि पार्किङ गर्ने ठाउँमा मान्छेहरु बसिरहेका थिए, रोडकै आड लिएर, म पनि त्यहि गएर बसेँ । मानवसागर नै देखिन्थ्यो, ट्रेन चढ्न आउने र जानेहरुको लर्को देखिन्थ्यो । म चुपचाप हेरिरहेँ । पत्रिका बेच्नेहरुले पत्रिका ल्याए, ‘हिन्दुस्तान टाइम्स’ छ भनेर सोधेँ । छ तर हिन्दी मात्र, अंग्रेजी छैन, पत्रिका बेच्नेले भन्यो । खोजेको त अंग्रेजी थिएँ तर नपाएपछि हिन्दि नै पढ्छु भनेँ । पत्रिका लिएँ तर त्यो त अर्कै हिन्दुस्तान नाम गरेको लोकल पत्रिका परेछ । पत्रिका हेर्न नै दिक्क लाग्यो तर पनि त्यसैलाई ३-४ पटक ओल्टाइ पल्टाइ हेरिरहेँ ।

अब पट्ना घुम्छु भने झैँ लाग्यो र झोला बोकेर हिँडे । झोला साह्रै भारी थियो, त्यही नि कतै झोला राख्ने उपाय नभएको कारण, झोला नै सँगै बोक्नै पर्ने बाध्यता थियो । ख्यालख्याल मै मैले स्टेशन नजिकैको रोड हुँदै एकफन्को लगाएँ । खै, के के नाम थियो रोडहरुको याद छैन तर पनि झोला बोकेर करिब ३ किलोमिटर हिँडे झैँ लाग्छ । असिन पसिन हुँदै, पट्नाको रोडमा ३ किलोमिटर पैदल नै चक्कर लाएपछि फेरि ‘रेल्वे स्टेशन’ मा पुगेँ । स्टेशन भित्र छिर्दा पहिले प्लाटफर्म नम्बर १ मा पुगिन्थ्यो । एकछिन त्यही प्लाटफर्ममा बस्ने ठाउँ खोजि गरेँ, बल्लतल्ल एक ठाउँमा बस्न मिल्ने ठाउँ पाइयो । झोला राखेँ, बसे, जब म सँगै बसेका मान्छेहरु उठेर गए, मैले झोलाको सिरानी बनाएर सुतेँ । म भुइमा नभइ, बेन्च जस्तो अग्लो बनाइएको ठाउँमा सुतेको थिएँ । पछि थाहा भयो, त्यहाँ भित्र त खाना खान पाइने होटलहरु रहेछन्, स्लिपर, एसी आदि क्लासमा जाने यात्रुहरुको लागि बस्ने छुट्टै यात्रु प्रतिक्षालयहरु पनि रहेछन् ।

overhead bridge at patna
ट्रेनहरु आउँदै जाँदै गरिरहेका हुन्थे । पट्नाको स्टेशन निकै ठूलो रहेछ, ८-९ वटा ट्रेन प्लाटफर्महरु रहेछन् । विभिन्न नाम गरेका ट्रेनहरु आउँदै जाँदै गरिरहेका थिए। मान्छेहरु ट्रेनबाट ओर्लिरहेका थिए, चढिरहेका थिए । २०-२२ वटा डिब्बाहरु भएको ट्रेन आउँथ्यो, म छक्क पर्थेँ, मान्छेहरुले आफ्नो सिट कसरी थाहापाउँछन् यति ठूलो ट्रेनमा । कुन डिब्बाको टिकट हो कसरी थाहा पाउने ? मेरो टिकटमा लेखिएको कुरा कसैलाई सोधौँ झैँ लाग्यो तर सोध्दा फेरि उल्टो भन्दिने हो कि, अहिलेसम्म ट्रेन नै चढेको रैनछ भनेर हेप्ने हो कि भनेर, कसैलाई सोधिन । बेलुका सम्म त बुझ्न सक्छु होला, कुनै आइडिया दिमागमा आउला नि भने झैँ लाग्थ्यो । मिनरल वाटर र स्प्राइटको बोतल २-३ वटै किनियो । अनि त्यहि खाँदै बसियो, तर जब आफू बसेको ठाउँमा, भित्र होटल छ भन्ने थाहा भयो, गएर खाना खाँए । खाना हाइजेनिक नै भए झैँ लाग्यो र पैसा पनि सस्तो नै लाग्यो ।

कुन ट्रेन कहाँ बाट आउँदैछ, कहाँ जाँदैछ भन्ने कुरा प्लेटफार्ममा बारम्बार माइकिङ भइरहन्थ्यो । प्लेटफर्ममा दर्जनौँ स्थानमा ‘मनिटर’हरु राखिएको थियो, जहाँ ट्रेनको जानकारी बारम्बार प्रसारण गर्थ्यो, त्यसबाहेक २-३ वटा भोजपुरी फिल्मको प्रोमोहरु पनि बारम्बार प्रसारण गर्थ्यो जुन हेर्दा हेर्दा वाक्क र दिक्क भइएको थियो । प्लेटफार्ममा नै फोनबुथहरु पनि रहेछ, घरमा फोन गरेर सकुशल रहेको जानकारी गराएँ । बस्दा बस्दा दिक्क लागेपछि हनुमान मन्दिर तिर लाग्नु पर्ला भन्ने सोच बनाएँ । अगाडि हिँड्दै थिँए, एउटा जोगीले हात मेरो निधार तिर बढायो, बिहान त यस्तो गरि हात बढाउने जोगीलाई झुक्याउँदै हिँडेको थिँए । तर अहिले त हनुमान मन्दिरको जोगी होला, भनेर अडिएँ । उसले टिका लगाइदियो, हातमा डोरो बाँधिदियो, यति गरेपछि भन्छ “बाबा को ५१ रुपैये दे’दो” । परेन फसाद, के गर्ने के गर्ने भयो, उसले फेरि दोहोर्याएर माग्यो र अर्को पटक त धोती नै दान गर्नुपर्छ भन्न थाल्यो । अनि त्यसबाट छुटकारा पाउन ‘५१’ रुपैँया दिँए । यो देखेर होला अर्को जोगी पनि कुद्दै आयो, माताका प्रसाद भन्दै, मैले हम को नहिँ चाहिए भन्दै, त्यसलाई वास्तै नगरी हिँडे ।

बेक्कार बाहिर निस्केछु जस्तो भयो र फेरि प्लाटफर्म नम्बर १ तिरै लागेँ । प्लेटफर्म बाहिर बस्ने ठाउँको अभाव थियो, अत: स्लिपर क्लासका यात्रुहरु प्रतिक्षा गर्ने कोठाभित्र गएर बसेँ । कोठाभित्र टन्नै मान्छे थिए, अनि मान्छे पिच्छे २-३ वटा ठूला ठूला व्यागहरु हुनु त सामान्य थियो । कोठाको भित्रै बाथरुम रहेछ । स्लिपरका यात्रुहरु बस्ने कोठामा बस्दा ब्याग हराउने हो कि भनेर खासै डर लागेन ।

दिनभर यताउता डुल्दा डुल्दै, आफ से आफ ट्रेनमा कसरी चढ्ने, कहाँ चढ्ने भन्ने कुरा थाहा भइसकेको थियो । स्लिपर भा’को डिब्बा मा सयनयान/स्लिपर भनेर लेखिएको हुँदो रहेछ, अनि नम्बर पनि लेखिएको हुँदो रहेछ, त्यसपछि बाहिरबाट नै यो सिट हो भनेर थाहा पाउन सकिने रहेछ । मेरो टिकटमा S.3|17 लेखिएको थियो, अर्थात स्लिपर डिब्बा नम्बर ३ र सिट नम्बर १७ थियो, जुन सिटमा “आपतकालिन खिड्की” भनेर लेखिएको हुन्थो। प्लेटफार्म नम्बर चाँहि ट्रेन आउने बेलामा मात्र थाहा हुने थियो, र जुनसुकै प्लेटफर्ममा पनि सजिलै पुग्न सकिन्थ्यो । ट्रेन आएपछि आफ्नै डिब्बामा आफ्नै सिटमा पुग्न सक्छु भनेर विश्वस्त भएपछि घरमा फेरि फोन गरेर आफू सजिलै जानसक्ने जानकारी गराएँ । पटनामा हुने साथीलाई पनि फोन गरेँ तर त्यही बिहान उ पट्नाबाट बाहिर गएको रहेछ, उसँग भेट भएन । म स्लिपरका यात्रुहरु बसेको कोठामा, आफ्नो ट्रेन कतिबेला आउँछ भन्ने प्रतिक्षा गरेर बसिरहेँ ।

क्रमश…

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२]
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर… [भाग-३]
चौथो भाग : पट्ना मै बित्यो दिन… [भाग-४]
पाँचौ भाग : अनि पट्नाबाट रेल चढियो… [भाग-५]
छैठौँ भाग : रेलमा ४८ घन्टा ! पटना देखि बेंगलोर सम्म ! भो-नकुरागरम !!! [भाग-६]

Comments

  1. पढ्दै छु है म ;)

    ReplyDelete
  2. but Patna is also a very dirty place...no judgement...but still, it's a dirty place, isn't it?

    ReplyDelete
  3. अनी बेङ्लोरको कुरा नि लेखूम न यार 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

SLC Result 2065/2066

Download SLC Result 2065/2066. SLC को रिजल्ट हुँदैछ भनेपछि, कम्प्युटरमा आँखा जोडेर बसियो रिजल्ट हेर्न, कारण धेरैले नम्बरहरु दिएकाथिए, रिजल्ट हेरिदे भन्दै । हुन त रिजल्ट थाहा पाउन एसएमएस,फोन सबै छ तर पनि अहिले चाहिएको बेला इन्टरनेटमा हेर्न खोज्दा निकै समस्या पर्‍यो । नतिजा देखाउने साइटहरु खुल्दै नखुल्ने भए, कुनै साइट त क्र्यास नै भए । खुलेका साइटहरुले पनि रेसपोन्ड गर्न छाडे । बल्लतल्ल कसो कसो ‌ईकान्तिपुर बाट .txt फर्म्याटमा रिजल्ट डाउनलोड गरेँ, अनि धेरै प्रयासपछि दैनिकी डटकम बाट पनि .pdf फर्म्याटमा रिजल्ट डाउनलोड गरेँ । कोठामा भिड बढ्दैगयो, रिजल्ट हेरिदेउ भन्दै साथीहरुको । खै मेरो मा साइट नै खुल्दैन भन्न थाले, अनि अनलाइनमा भेटिएका साथीले पनि रिजल्ट हेर्न सकिएन भने, अत: समस्या केही मात्र भएपनि हल होला भनेर, दैनिकी डटकम बाट डाउनलोड गरेको .pdf फाइल र ईकान्तिपुरबाट डाउनलोडगरेको .txt फाइललाई मैले zip गरेर मैले फेरी अपलोड गरेको छु । तलको लिंक क्लिक गरेर डाउनलोड गरि रेगुलर र एक्जाम्टेड को रिजल्ट हेर्न सकिन्छ । .zip फाईल मा चाँहि Distinction, 1st, 2nd Division आदि सबै छुट्याइएको छ र फाइल साइज प

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Holi Pictures

यो म नै हुँ ! होली कै बारेमा सोच्दैछु । लौ हेर, हिलो मा डुबेर उफ्रेका ! एउटा ग्याङ को फोटो नि ! यो हाम्रो छोटा ग्याङ रे, क्या ! के जस्तो देखिएछु है, तर यो म नै हुँ, हाहाहा! मलाई सहमति मै हिलो मा चोबल्न लगिँदै, ती ३ जनाको अगाडि मैले जान्न भनेर के जोड चल्थ्यो र ? कस्तो बेलामा, खिचिक्क गर्न भ्याएछन् भने । मलाई हिलो मा फ्याल्दैछन्, हिले होली पो भयो । हिलो बाट निस्केपछि तर्सेर उफ्रेको त, गज्जब को फोटो पो आएछ , हाहाहा ! These are my holi (fagu) pictures. Really, I enjoyed a lot... and how about yours ??? सबै फोटोहरु: सुवास

Shruti Sambeg : Download तरुनी खेती

आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को सबै अंक लिएर आएका छौँ। विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ । सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ । भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download: Sharubhakta’s Taruni Kheti Episode-1 Sharubhakta’s Taruni Kheti Episode-2 Sharubhakta’s Taruni Kheti Episode-3 Sharubhakta’s Taruni Kheti Episode-4 Sharubhakta’s Taruni Kheti Episode-5

Subscribe to Aakar Post