Skip to main content

पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]

“आप कहाँ तक जाएंगे?, रक्सौल रक्सौल” बिरगंज बसपार्कमा ओर्लन नपाइ एउटा टाङ्गावालाले सोध्यो । वास्ता गरिन, यतै तिर हो भनेर हात ले ईशारा गरेँ । १३ जुन सोमबार, बिहानको ११ बज्दै थियो, घर बाट यस्तै ८ बजे तिर हिँडिएको थियो । ब्याग भारी भएपनि बोक्न सकिने किसिमको भिर्ने ब्याग (ब्याकप्याक) थियो । त्यो ब्यागभित्र ल्यापटप सहितको अर्को ब्याग पनि अटाएको थियो ।

पहिलो पटक, म रक्सौल छिर्दै थिएँ, अझ भनौँ मेरो लागि पुरै नौलो यात्रा थियो । पहिलो पटक, विरानो ठाउँमा एक्लै जाने हिम्मत पलाएको थियो, तर घरमा भने साथी खोजेर जानु, एक्लै नजानु भनेर धेरै पिर गरिरहनुभएको थियो । एक्लो यात्रा गर्ने भए पनि, मनमा कुनै किसिमको डर रत्तिभर थिएन, आफूलाई भनेको ठाउँमा सकुशल पुग्छु, ठगे त्यही ५०-१०० ठग्लान्, त्यति ठगिएपनि मतलब छैन, सबै सिकिन्छ बिस्तारै भन्ने जस्तो लागिरहेथ्यो ।

नयाँरोडमा आएर बस चढियो, जनकपुर बिरगंजको । मिनिबस साह्रै भिड थियो, म ब्याग बोकेर भित्र छिरेँ, खलासी कराउन थाल्यो । ब्याग यता दिनु डिक्कीमा हाल्नुपर्छ, भित्र खाली छैन, मान्छे उभ्न त त्यस्तो गाह्रो छ । तर म ब्याग आफू सँगै राख्ने मनस्थितिमा थिँए । घरमा ममीले नै भन्नुभएको थियो, ब्याग सँगै राख्न दिएन भने के गर्छौ? मैले हिम्मतका साथ भनेको थिँए, जसरी पनि ब्याग आफूसँगै राख्छु । यसै त ब्याग ठूलो थियो, भारि थियो, डिक्कीमै राख्ने किसिमको । तर ब्यागभित्र ल्यापटप भएकोले ब्यागको औधि जतन गर्नुपर्ने थियो । फेरि बसका डिक्कीहरु औधि फोहोर हुन्छ, धुलो र ग्रिजको कालो लाग्ने सम्भावना ! म खलासी र कन्डक्टरलाई जितेर नै ब्याग भिरेर भित्र छिरेँ । भित्र के सम्हाल्न सकिन्थ्यो र ब्याग, मान्छेलाई खुट्टा अटाउन पनि गाह्रो थियो । त्यही पनि मरे झैँ भएर ब्याग बोकेर पछाडि सारेँ, अनि अरुका सिटमाथि झोला को पिँध टेकाएँ । झोला को फित्ता ले अलिकति छोएछ एउटी बुढी आमैलाई, खै के के भन्न थालीन् मैथलीमा ! मैले ‘सरी’ भन्दै अलि मिलाए झैँ गरेँ ।

म गाडिमा चढेको, झोला आफूसँग राखेको कुरा पहिले देखि नै एउटी केटीले हेरिरहेकी रै’छ । काली-काली हिस्सी परेकी केटी रै’छ, बाग्मती नपुग्दै मुसुक्क हाँसेर झोला दिनु म राख्दिन्छु भनी । गाडी साह्रै भिड भएका कारण उसको सिटसम्म पुग्न पनि मलाई महाभारत थियो, एकछिन पछि दिन्छु है भने । उसले इशाराले टाउको हल्लाइ, मुसुक्क हाँसी र चाउचाउ खान थाली । चपुर पुग्दा सम्म उसका र मेरा आँखा दर्जन पटक जुधिसकेका थिए, उ मुसुक्क हाँसीदिन्थी, म नि मुसुक्क हाँसे । झ्याल छेउको सिटमा बसेकी उसले, कानमा एयफोन जोडेकी थिइ, घरिघरि मलाई हेर्थी, झोला देउ भनेर भन्थी । गाडी अलि खुकुलो भएपछि झोला अझै पछि सारेँ, उसलाई झोला भारी छ भनेँ, हुन्छ केही हुँदैन भनेर उसले झोला लिएर आफ्नो काखमा राखि, उ आफ्नै सुरमा झ्याल बाहिर हेर्दै बसिरही, कतिखेर कतिखेर यसो हेरेर मुसुक्क हाँस्थी । काली काली यतैकी तराइवासी हो भनेर अड्कल काट्न मलाई कुनै गाह्रो थिएन । छोटो ३ घन्टाको यात्रा मा नै साथि भेटिसकेको थिँए, आफैँलाई अचम्म लागिरह्यो ।

पथलैया देखि चैँ उ सँगैको सिटमा गएर बसेँ । जनकपुर घर, बिरगंज घुम्न हिँडेकी भन्थी । उसले कहाँ सम्म भनेर सोधी, मैले नि बिरगंज सम्म हो, अंकल हुनुहुन्छ भनिदिएँ, कारण खासै विश्वास गर्ने अवस्थमा म पुगिसकेको थिइन । रक्सौल भन्दा न पछि पो लाग्ने हो झैँ लागिरहेथ्यो । बिरगंज पुग्नै लाग्दा उसले डेरी मिल्क निकाली र एउटा टुक्रा म तिर तेर्स्याई, मैले टाउको दुखेको झैँ गरि, टाउको दुखेको छ, नखाने भनेँ । घरबाट हिँड्दा जो पायो, नचिनेको ले दे’को खानेकुरा नखानू, लट्टिपट्टि बना’र लैजान्छन् भनेर भनेका कुरा गुञ्जीरहेको थियो । सँगै बसेर आइरहेको भएपनि, उसको हाउभाउको कारण उसलाई विश्वास गर्न सकिरहेको थिइन । तर मनमनै भने सोच्दै थिएँ, यही छोटो यात्रा मा त यस्तो साथी पाइयो भने, पछि पनि पाइएला । तर अब मलाई रक्सौल कसरी पुग्ने, रक्सौल बाट पटना कसरी जाने हो भन्ने कुराले सताइरहेको थियो ।

अघि खासै वास्ता नगरेको टाङ्गावालालाई आफैँले बोलाएँ । रक्सौलसम्म जाने हो भने, कति लाग्छ सोधेँ ? उसले भन्यो २० रुपैँया । मैले सोधेँ एनसी कि आइसी, उसले भन्यो आइसी । टाङ्गा चढेर हिँडेपछि घरमा बुवाले भनेको सम्झेँ, रिक्सामा जानु, टाङ्गामा नजानु, ठग्छन् तिनीहरुले, बुवा केयौँ पटक रक्सौल आउनु भएको थियो पहिले, अहिले पनि पटना सम्म पुर्याउनु जान्छु झैँ गर्नुभएको थियो तर मैले पर्दैन म आफैँ जान सक्छु भनेको थिँए । तर अघि मलाई बसपार्कमा होसै भएन, रिक्सामा जानुपर्छ भन्ने । उसले सोध्यो पट्ना बसपार्क जाने हो ? मैले भने हो हो, पटना बसपार्क तक जाएगें, मुझे पटना जाना हे, दोस्तके सादी के लिए । मैले त्यसलाई सुनाउन फेरि भनेँ, मेरा दोस्त रहेता है पटना मे, त्यति भने’छि अलि हिम्मत बढे झैँ भयो ।

birgunj gate

जब जब म बोर्डर नजिक पुगेँ, गाडिहरुको भिड थियो, कस्टममे जाम होता है, उसले भन्न थाल्यो । मेरो ठूलो ब्यागमा के छ भनेर सोध्यो, मैले भने कपडाहरु छन् । उसले टाङ्गाको अगाडिपट्टि झोला राख्दिन्छु भन्यो, नभए झन्झट् गर्छन् बोडरमा । टाङ्गाको अगाडिपट्टि झोला राखियो, घोडा आफ्नो तालमा हिँडिरह्यो । बोडरमा भएको गेटमा निकै भिड थियो, धुलो उडिरहेको थियो । बोडरमा मलाई कसैले केही सोधेनन्, कसैले मेरो झोला चेक गरेनन् । मलाई अचम्म लागिरह्यो ! 

जब बोडरको गेट (शंकराचार्य गेट) कटेर, सिर्सिया खोलाको पुल तरेर टाङ्गाले भारतीय भुमी टेक्यो, तब मेरो मन कता-कता अमिलो भएर आयो । साँच्चै एक किसिमको अपठ्यारो महशुस भयो, म पहिलोपटक नितान्त नयाँ ठाउँमा छिर्दै थिँए । आफैँलाई प्रश्न गर्न मन लाग्यो, म किन आज हिँडिरहेको छु ? उपलब्धि के हुन्छ ? यस्तै यस्तै । मातृभुमी छोड्दा एक किसिमको अप्ठ्यारो लागिरह्यो । सडक धुलोले भरिएको थियो, ट्रकहरुको घुँइघुइँको आवाज आइरहेथ्यो, अगाडि पछाडी टाँगाहरु थिए, रक्सौल र त्यहाँका मानिसहरु, सडकहरु, पसलहरु एकदमै नौलो लागिरहेथ्यो, टाङ्गा अघि बढिरहेथ्यो,  मनमा कता कता विरानो मुलुक हो भन्ने अनुभुतिले मन कटक्क खाइरहेथ्यो । मोबाइलमा सिग्नलहरु क्रमश घट्दै गएका थिए, एकैछिनमा ‘नो नेटवर्क’ भनेर मोबाइल ले देखाउन थाल्यो ।

क्रमश…

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२]
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर… [भाग-३]
चौथो भाग : पट्ना मै बित्यो दिन… [भाग-४]
पाँचौ भाग : अनि पट्नाबाट रेल चढियो… [भाग-५]
छैठौँ भाग : रेलमा ४८ घन्टा ! पटना देखि बेंगलोर सम्म ! भो-नकुरागरम !!! [भाग-६]
तस्विर: panoramio

Comments

  1. Cudn't help smiling..:)..[rememberd my experiences of the sme year '011 Raxaul-Patna]

    ReplyDelete
  2. aafno ghar birgunj bhayeko le hola, ekdumai romanchak laagyo!

    ReplyDelete
  3. impressed from your journey expressions : i had started writing about my trekking experiences too...in my blog . @ www.horizonkshiteej.blogspot.com  

    ReplyDelete
  4. Life is a journey.

    Good Luck!

    ReplyDelete
  5. I had visited India once frm school in a tour a decade ago .... but we had taken very comfortable bus ride till Birgung n equally convenient Train ride till Delhi. Yours seemed to b quite different journey with a different purpose ...anyway it was very interesting to read...keep writing.

    ReplyDelete
  6. Why you make it To be continue....we don't have strong enough memory power to visit your site again,,,So make it complete...

    ReplyDelete
  7. milan good man  you is verry confedent parsan ,right now you r patan and ktm?

    ReplyDelete
  8. Best of luck for your journery abroad.........

    ReplyDelete
  9. I'm reading it again...and remembering that day. ;)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post