Skip to main content

Posts

Showing posts with the label Trick n Tips

चित्र बनाउन भनेपछि, सबैलाई गाह्रो लाग्छ । हुन पनि हो, चित्र कोर्नलाई गाह्रो नै छ, सबैले गर्न सक्दैनन् । म केही पहिलेसम्म स्केच कोर्थेँ, तर अहिले तिनै स्केच कोर्न पनि म नसक्ने भएको छु, अत: चित्र कोर्न निरन्तर अभ्यास जरुरी छ भन्ने लाग्छ । आज यहाँ यस्तो 'टेक्निक' को चर्चा गरिएको 'टेड' भिडियो राख्दैछु, यो भिडियो हेरिसकेपछि जस्तोसुकै व्यक्तिले पनि चित्र कोर्न सक्नेछन् । चित्र कोर्ने भन्ने बित्तिकै, एकदम 'पर्फेक्ट', जेसुकै, जुनसुकै कुराको पनि चित्र बनाउन सकिन्छ भनेको चाँहि होइन, त्यसको लागि त निरन्तर अभ्यास नै आवश्यक पर्छ । तर यति चैँ भन्न सकिन्छ कि, यो भिडियो हेरिसकेपछि तपाईले 'अल्बर्ट आइन्सटाइन'को स्केच चैँ सजिलै बनाउन सक्नुहुन्छ । वाँयाबाट दाँया क्रमैसँग । कागज र कलम तयारी अवस्थामा राखेर, चित्र बनाउन सिकाउने तलको टेड टकको भिडियो हेरौँ । टेड टक'को यो भिडियोमा ग्राम स्‌ ले भनेजस्तै सजिलै चित्र कोर्न सकिन्छ । एकपटक अवश्य बनाउनुहोस् ।

फेसबुक, ट्विटर, युट्युब लगायतका साइटहरु मोबाइलमा चलाउनेको संख्या दिनहुँ बढ्दो छ। भन्ने नै हो भने, नेपाल लगायत एसियाली देशहरु मोबाइल 'फस्ट' भनेर चिनिएकाछन् । हामीकहाँ कम्प्युटरमा इन्टरनेट चलाउनेको भन्दा मोबाइलमा इन्टरनेट चलाउनेको संख्या धेरै छ, र यही ट्रेन्ड नै जारी रहनेछ । नेपालमा ६० लाख भन्दा धेरै प्रयोगकर्ता हरुले फेसबुक चलाउँछन् । नेपालका अधिकांश भेगमा मोबाइल डाटा उपलब्ध छ, कहीँ राम्रो चल्ला, कहीँ नेटवर्क कमजोर होला, तर देशमा टुजी र थ्रिजीको राम्रो पहुँच छ भन्दा फरक नपर्ला । तर एनसेल, एनटिसी लगायतका डाटा प्रयोगकर्ताहरुको एउटै गुनासो हुन्छ, डाटाले पैसो स्वाहा पार्‍यो, केही चलाएकै हुन्न, त्यही नि पैसो जान्छ आदि इत्यादि । त्यसो त नेपालका अन्य इन्टरनेट सेवा प्रदयाक (आइएसपी)हरुले पनि 'भोल्युम बेस्ड' इन्टरनेट सेवा दिइरहेकाछन्, डाटा हुन्जेल छिटो चल्ने फेसबुक , ट्विटर , युट्युब आदि, हाइस्पिड डाटा सक्किएपछि ढिलो चल्न थाल्छन् । वाइफाइ प्रयोगकर्ताहरु पनि मोबाइल मा विभिन्न साइट र एप्सहरु चलाइरहेका हुन्छन्, तर प्रयोगकर्ताहरु वाइफाइ चलाउँदा, मोबाइल डाटा चलाउँदा जस्तो चनाखो द

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ

हिजोआज ट्विटरमा सेयर हुने प्राय: लिंकहरुमा अगाडी 'लिङ्कइज' (ln.is) झुन्डिएको हुन्छ । ट्विट गर्नेहरुले सायद पत्तो पाउँदैनन् तर उनीहरुका फलोवरका लागि भने यो 'लिङ्कइज', आतंक को दोस्रो नाम झैँ भएको छ, ट्विटरमा । जुनसुकै लिंक खोल्दा पनि ब्राउजरमा माथि लिङ्कइजको बार देखिन्छ । लिङ्कइजलाई एकपटक ट्विटरमा कनेक्ट गरिसकेपछि, हामीले ट्विट गर्ने हरेक लिंकहरु अटोमेटिक रुपमा लिङ्कइजको लिङ्कमा परिवर्तन हुन्छ। लिङ्कइज कसरी हटाउने? यदि तपाईले ट्विट गरेका लिंकहरु अटोमेटिक रुपमा लिङ्कइजमा परिवर्तन भइरहेकाछन् भने ट्विटरको सेटिङबाट एपमा जानुहोस् (ट्विटर एप सेटिङ, मोबाइलमा उपलब्ध छैन, अत: तपाईले ल्यापटप/कम्प्युटरबाट ट्विटरको एप सेटिङमा जानुपर्नेहुन्छ)। लिङ्कइजले आफ्नो एपको नाम परिवर्तन गरेर 'बुस्ट योर सेल्फ प्रमोशन' (Boost your self-promotion) नाम राखेको छ, अत: ट्विटरको एप सेटिङमा 'बुस्ट योर सेल्फ प्रमोशन' भन्ने एप खोज्नुहोस् र त्यसको छेउमा रहेको 'रिभोक एक्सस' (Revoke Access) बटन क्लिक गर्नुहोस् । यति गरेपछि तपाईको ट्विट लिङ्कइजबाट मुक्त हुन्छ। Go to Twitter

स्ट्याटकाउन्टरका अनुसार विश्वमा ६२ प्रतिशत प्रयोगकर्ताहरु डेस्कटप कम्प्युटरमा गुगलको क्रोम ब्राउजर चलाउँछन् । २००८ मा सार्वजनिक भएको गुगल क्रोम अहिले नम्बर १ इन्टरनेट ब्राउजर बनेको छ । आजको यस ब्लगमा, यही गुगल क्रोम ब्राउजरमा राख्नै पर्ने ५ वटा अत्यन्तै उपयोगी एक्सटेन्सनहरुको चर्चा गर्दैछु । १. द ग्रेट सस्पेन्डर हामी मध्ये धेरै इन्टरनेट प्रयोगकर्ताको, क्रोम ब्राउजरमा अनगिन्ती ट्याब खोल्ने बानी हुन्छ, कतिपय अवस्थामा पेजको शीर्षक त छोडौँ, फ्यावकन आइकन समेत प्रस्ट देखिन्न । कुनै बेला त हाम्रो ट्याबमा दर्जनौँ साइटहरु एक डेढ महिनासम्म पनि बसिरहन्छ, तर फेरि फर्केर त्यो ट्याब/साइट हेर्दैनौ। क्रोममा धेरै ट्याब खोल्दा, ट्याबले कम्प्युटरको धेरै प्रोसेसिङ पावर, मेमोरी आदि खाइदिन्छ । फलस्वरुप ब्राउजर ह्याङ्ग हुने, कम्प्युटर 'स्लो' हुने गर्छ । 'द ग्रेट सस्पेन्डर' एक्सटेन्सन प्रयोग गरेर क्रोम ब्राउजर 'क्रयास' हुने, ह्याङ्ग हुने, कम्प्युटर स्लो हुने आदि समस्याबाट छुटकारा पाउन सकिन्छ । नामै काफी छ भने झैँ,  'द ग्रेट सस्पेन्डर' ले हामीले खोलेको तर प्रयोग नगरेका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

नेपालमा धेरै इन्टरनेट प्रयोगकर्ताहरुको गुनासो छ, आइएसपीले (इन्टरनेट सेवा प्रदायक) भने अनुसारको इन्टरनेट स्पिड दिँदैन । तर अधिकांश प्रयोगकर्ताले आफूले कति स्पिडको इन्टरनेट चलाएको छु भन्ने पनि चाल पाएका हुँदैनन् । अनि केही प्रयोगकर्ताहरु 'बिट्' र 'बाइट्'को गोलचक्करमा परेर आफूले भनेको जति इन्टरनेट स्पिड नपाएको गुनासो गर्छन् । वर्षौँदेखि इन्टरनेट प्रयोगकर्ताहरु 'स्पिडटेस्ट'बाट आफ्नो इन्टरनेटको स्पिड जाँच गरिरहेकाछन् तर स्पिडटेस्टले देखाउने नतिजाले धेरैलाई दिग्भ्रमित पार्ने गरेको छ । अत: आज हामी इन्टरनेट स्पिड चेक गर्नको लागि नेटफ्लिक्सले केही महिना पहिले सार्वजनिक गरेको 'फास्ट डटकम'बारे यहाँ चर्चा गर्दैछौँ । आइएसपीले दिएको इन्टरनेट स्पिड, (नेटफ्लिक्स) प्रयोगकर्ताहरुले सरल र सहज तरिकाले  चेक गर्न सकुन् भन्ने उद्देश्यले नेटफ्लिक्सले फास्ट डटकम साइट केही पहिले सार्वजनिक गरेको हो । फास्ट डटकमका अनुसार, नेटफ्लिक्सको सर्भरहरुबाट डाउनलोड गरेर फास्ट डटकमले आइएसपीले दिएको स्पिड निर्धारण गर्छ । साधारण प्रयोगकर्ताले, 'पिङ', 'लेटेन्सी' आदि '

तपाई एन्ड्रोइड फोन किन्ने सोच्दैहुनुहुन्छ, तर तपाईलाई कुन फोन किन्ने थाहा छैन । बजारमा यति धेरै अप्सन् छन् कि, कहिलेकाँही कुन फोन लिँदा आफूले अधिकतम् फाइदा लिन सकिन्छ भनेर थाहा पाइँदैन । कसैलाई क्यामेराको आवश्यकता फोनले पुरा गरिदियोस् लाग्छ, त कसैलाई राम्रो म्युजिक सिस्टमको। कसैलाई धेरै स्टोरेज चाहिएको छ, त कसैलाई राम्रो प्रोेसेसर भएको फोन । कोही फेसबुक, ट्विटर, विच्याट, भाइबर आदिका लागि मोबाइल रोज्छन् त कोही गेमिङको लागि । नयाँ मोबाइल किन्ने बेला, यो किनौँ कि त्यो किनौँ भइन्छ, अनलाइनमा रिभ्युहरु पनि खोजिन्छ, अनि फोन किनिन्छ । हाम्रो यही फोन खोज्ने र रोज्ने तरिकालाई गुगल'ले सहज बनाउने कोशिस गरेको छ, एन्ड्रोइड साइटमार्फत । गुगल'ले केही हप्ता पहिलेबाट एन्ड्रोइडको साइटमा नयाँ पेज सञ्चालनमा ल्याएको छ, जसमा गएर आफ्नो आवश्यकता अनुसारको फोन छान्न सकिन्छ । एन्ड्रोइड साइटको यो पेज बाट फोन खोजिकार्य सुरु हुन्छ । तपाईलाई म्युजिक, क्यामेरा, सोसल मिडिया, वेब ब्राउजिङ आदि इत्यादी के के चाहिएको हो, छानिसकेपछि, गुगलले तपाईलाई तपाईको आवश्यकता अनुसारको फोनहरु देखाउँछ । सामसुङ, एचटिसी, एलजी

जति धेरै साइट र एप्स चलाउछौँ, त्यति धेरै पासवर्ड सम्झनुपर्ने बाध्यता छ । फोन नम्बर नसम्झिने समयमा, त्यति धेरै पासवर्ड कसरी सम्झिने? अझ त्यो भन्दा नि महत्वपूर्ण कुरा, बलियो पासवर्ड कसरी राख्ने या भनौँ बलियो पासवर्ड कसरी बनाउने? जब पनि नयाँ साइटमा साइन अप गर्ने बेला हुन्छ, यही पासवर्ड के राख्ने, कसरी बलियो बनाउने भन्ने कुराले दिमाग खान्छ । साना-ठूला अक्षर, अंक र स्पेशल क्यारेक्टर राखेर बलियो पासवर्ड बनाउनु पर्छ भन्ने सुन्दै र भन्दै आइएको धेरै भयो। पासवर्डको सन्दर्भमा, एचबिओ'को गतहप्ताको 'लास्ट विक टुनाइट' कार्यक्रममा एडवार्ड स्नोडनले, बलियो पासवर्ड बनाउने तरिका बताएका थिए। ( एडवार्ड स्नोडन , 'नेसनल सेक्युरिटि एजेन्सी' (एन एस ए), अमेरिका'को गोप्य दस्तावेजहरु 'सार्वजनिक' गरेर चर्चामा आएका व्यक्ति हुन्।) स्नोडनका अनुसार आठ क्यारेक्टरको पासवर्ड कम्प्युटरले सजिलै क्रयाक गर्न सक्छ । अत: पासवर्ड बलियो राख्न, आफ्नो बेग्लै 'पास-फ्रेजेज' बनाउन उनको सुझाव थियो, जुन डिक्सनरीमा नभेटियोस र सजिलै सम्झन पनि सकियोस् । बलियो पासवर्ड कस्तो हुन्छ, यो छोटो ३ मिनेटको

अघिल्लो महिना ट्विटरले प्रोफाइलको नयाँ डिजाइन सार्वजनिक गर्यो । नयाँ प्रयोगकर्ताहरु भित्र्याउन अनि टिकाउन नसकेको आरोप खेपिरहेको ट्विटरले, नयाँ प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर नयाँ डिजाइन सार्वजनिक गरेको हो। ट्विटरमा धेरै सुनिने गुनासो भनेको, कसैले फलो गर्दैनन्,  फलोब्याक पनि दिँदैनन्, फलानोले फलोब्याक गरेन अनफलो गर्छु, फलानाले भाउ खोज्यो त्यसलाई ब्लक हान्छु ! गुनासो सबैको आ-आफ्नै ठाउँमा छ, तर पनि बुझ्नुपर्ने कुरा के हो भने, ट्विटर चलाउनु भनेको फलो गर्नेलाई फलोब्याक गर्नैपर्छ भन्ने होइन । ट्विटर चलाउनेहरु आ-आफ्नै रुची अनुसार ट्विटर चलाउने हुँदा, रुचीका विषयमा ट्विट गर्नेहरुलाई प्राय: ले फलो गर्छन् । खासगरी नयाँ प्रयोगकर्ताहरुलाई सुरुमा ट्विटरमा टिक्नको लागि आफ्नो साथी वा सर्कल बनाउनुपर्ने/खोज्नुपर्ने हुन्छ । नयाँ प्रयोगकर्ताहरुले सुरुमा आफ्नो रुचीको विषय ट्विट गर्ने, आफूलाई मन परेका थोरै व्यक्तिहरुलाई फलो गर्नुपर्छ र उनीहरुसँग कुराकानी थाल्नुपर्छ । कुराकानी गर्दैगएपछि, तपाईले पच्छ्याएकाले तपाईलाई फलोब्याक दिन्छन्  (कुराकानी भन्नको मतलब प्रसंगमा रहेर गरिएका कुराकानी)। ट्विटर कसरी

अप्रिलको पहिलो हप्ता सिमित प्रयोगकर्ताहरुको समूहलाई उपलब्ध गराएको नयाँ 'वेव प्रोफाइल' आजबाट ट्विटरले सबैका लागि खुल्ला गरेकोछ । फेसबुक र अन्य सोसल नेटवर्किङ साइटको दाँजोमा ट्विटरमा थोरै प्रयोगकर्ताहरु भएका कारण ट्विटरले नयाँ प्रयोगकर्ताहरुलाई आकर्षित गर्न केही समय अघि देखि विभिन्न तरिकाहरु परिक्षण गरिरहेको छ । अहिलेको नयाँ प्रोफाइललाई पनि त्यसैको निरन्तरताको रुपमा लिनसकिन्छ । ट्विटरमा भर्खरै भित्रिएको 'नोटिफिकेसन', चारवटा सम्म 'अपलोड' गर्न र ट्याग गर्न मिल्ने फोटो, अनि आज सबैका लागि सार्वजनिक गरिएको वेव प्रोफाइल आदिका कारण, ट्विटर अहिले फेसबुक झैँ देखिएकोछ । अझ केही प्रयोगकर्ताहरुको लागि त 'रिट्विट' को सट्टा 'सेयर', अनि युजरनेम विना 'रिप्लाइ' गर्ने फिचरहरु पनि ट्विटरले परिक्षण गरिरहेकोछ । यसका साथै ट्विटरले मोवाइल एप्सको पनि नयाँ अपडेटहरु छिटोछिटो दिइरहेकोछ तर नयाँ प्रोफाइल भने अहिलेसम्म 'वेव'को लागि मात्रै उपलब्ध छ । साँच्चै भन्ने हो भने, ट्विटर नयाँ प्रयोगकर्ताहरुको संङ्ख्या बढाउन लागिपरेकोछ । Old Twitter Layout ट्विट

फेसबुकमा पाँच हजार साथी पुगे अब आफ्नो "पेज" बनाउँछु भनेर हिजोआज धेरै साथीहरु तम्सिएको देखेकोछु । तपाईलाई थाहा नहुन सक्छ, तर हिजोआज प्रायजसो व्यक्तिगत 'पेज'को जरुरतलाई 'प्रोफाइल'ले नै पुरा गरिदिन्छ ।  तपाईको प्रोफाइल तपाई आफैँले मात्र चलाउनुहुन्छ भने, तपाईको लागि 'फेसबुक पेज' खर्चिलो र झन्झटिलो मात्र हुनजान्छ । तर तपाईको 'सोसल मिडिया' उपस्थिति म्यानेज गर्ने टिम नै छ भने, पेज सही विकल्प हुनसक्छ । जस्तो एउटा उदाहरण हेरौँ: यदि तपाईंले पेज पनि बनाउनु भयो र उक्त पेज आफैँले म्यानेज गर्नुपर्छ भने सोच्नुस्, तपाईका फलोअरहरु दुई तिर बाँडिनेछन् पेज र प्रोफाइलमा । दुबैमा अपडेट दिनुपर्यो, कतिपय प्रसंगमा त एउटै कुरा दुई तिर पोष्ट गर्नुपर्छ। फेरि दुईटैमा नियमित हुनुपर्यो। दुबैमा आएका, कमेन्ट र म्यासेज पनि हेर्नुपर्यो । यस हिसाबले मात्रै पनि एउटा कामको लागि समय दोब्बर लाग्छ । अर्को कुरा, तपाईको आफ्नै प्रोफाइललाई पेजमा परिवर्तन गर्नुभयो भने पनि, तपाईका सबै डाटाहरु मेटिन्छन् । आफ्ना चिनेका साथीहरुको सर्कल दुई तिन सयको हाराहारीमा छ र अरु धेरै साथीहरु नबनाइ

सन् २००५ देखि सञ्चालनमा रहेको गुगल रिडर आउँदो जुलाई १, २०१३ देखि बन्द हुने भएकोछ । पछिल्लो वर्षहरुमा गुगल रिडरको प्रयोग घटेको बताउँदै सर्च जायन्ट गुगलले केहि दिन अघि रिडर बन्द गर्ने घोषणा गरेसँगै इन्टरनेटमा गुगलको घोषणाको विरोधमा आवाजहरु उठिरहेकाछन् । केही साइटहरुले गुगल रिडर बन्द गर्ने गुगलको घोषणाको विरोधमा हस्ताक्षर अभियान नै सञ्चालन गरेकाछन् । डिग, जाइट जस्ता सोसल बुकमार्किङ साइटले गुगल रिडर जस्तै रिडर चाँडै निर्माण गर्नेभएकाछन् भने केही साइटहरुले यो समयलाई आफ्नो रिडरको मार्केटिङमा प्रयोग गरिरहेकाछन् । गुगलको घोषणा सँगै रिडरका प्रयोगकर्ताहरु रिडरको विकल्प खोज्न थालेकाछन् । अष्ट्रेलियाबाट एकजना अपरिचित साथी मुरुजीले फोन गरेर गुगल रिडरको विकल्पका बारेमा बुझ्न खोजेपछि यो ब्लग नलेखिरहन सकिन । १) द ओल्ड रिडर द ओल्ड रिडरललाई गुगल रिडर नै भन्दा फरक पर्दैन । ओल्ड रिडरमा साइन इन गरेर आफूलाई मन परेका साइटहरुको फिड राखेर अनलाइनमा पढ्न मिल्छ । गुगल रिडरबाट डाउनलोड गरेको फिडलाई सिधै ओल्ड रिडरमा इम्पोर्ट पनि गर्न सकिन्छ । ओल्ड रिडरलाई गुगल रिडरको उत्तम विकल्पको रुपमा मान्न सकिन्छ । २) फिड

गत वर्ष डिसेम्बरमा ट्विटरले, प्रयोगकर्ताले आफ्ना पुराना ट्विटहरु डाउनलोड गर्न सक्ने सुविधा घोषणा गर्दै थोरै व्यक्तिहरुलाई ट्विट डाउनलोड गर्ने सुविधा दिएकोथियो । यो हप्ता मैले पनि आफ्ना पुराना ट्विटहरु हेर्ने सुविधा पाएँ । आफ्नो सबैभन्दा पहिलो ट्विट के होला, भन्ने कौतुहलता थियो, त्यो पनि पुरा भयो । ८५ एमबिमा अटाएका मेरा करिब ५९ हजार ट्विटहरु एकैपटक आफ्नो कम्प्युटरमा पाउँदा, एउटा बेग्लै किसिमको रमाइलो लाग्यो, किनकी ती प्रत्येक ट्विटहरुले मेरा पछिल्ला चारवर्ष कसरी बित्यो भन्ने कुरा देखाउँछ । मैले विर्सिएका कतिपय आफ्ना व्यक्तिगत घटनाहरु पनि, आँखा अगाडी आए । ती साना साना कुराले कति फरक पार्दोरहेछ भन्ने कुरा ति ट्विटहरु हेर्दा आज थाहा भयो । ट्विटर मेरो पलपलको खबर राख्ने अनलाइन डायरी भएको रहेछ । ट्विटरमा साथी कोही नहुँदा, कस्तो र कसरी ट्विट गरिएको रहेछ, अनि कहिले साथी भेटिए, अनि त्यसपछि ट्विटहरु कस्ता भए, मेरो दैनिकी कस्तो रह्यो, ती सबैकुराहरु आफ्ना अगाडी आए । विश्वकप फुटबल हुँदाताको फुटबलमय ट्विटर र तिजको बरिलै टपिक हेरेर अहिले पनि हाँसियो ! ट्विटिएका लिंक हेरेर आफूले अहिलेसम्म कति ब्ल