Skip to main content

गुगल रिडरका ३ विकल्पहरु

सन् २००५ देखि सञ्चालनमा रहेको गुगल रिडर आउँदो जुलाई १, २०१३ देखि बन्द हुने भएकोछ । पछिल्लो वर्षहरुमा गुगल रिडरको प्रयोग घटेको बताउँदै सर्च जायन्ट गुगलले केहि दिन अघि रिडर बन्द गर्ने घोषणा गरेसँगै इन्टरनेटमा गुगलको घोषणाको विरोधमा आवाजहरु उठिरहेकाछन् । The Readerकेही साइटहरुले गुगल रिडर बन्द गर्ने गुगलको घोषणाको विरोधमा हस्ताक्षर अभियान नै सञ्चालन गरेकाछन् । डिग, जाइट जस्ता सोसल बुकमार्किङ साइटले गुगल रिडर जस्तै रिडर चाँडै निर्माण गर्नेभएकाछन् भने केही साइटहरुले यो समयलाई आफ्नो रिडरको मार्केटिङमा प्रयोग गरिरहेकाछन् ।
Google-Reader-will-be-unavailable-in-July
गुगलको घोषणा सँगै रिडरका प्रयोगकर्ताहरु रिडरको विकल्प खोज्न थालेकाछन् । अष्ट्रेलियाबाट एकजना अपरिचित साथी मुरुजीले फोन गरेर गुगल रिडरको विकल्पका बारेमा बुझ्न खोजेपछि यो ब्लग नलेखिरहन सकिन ।
१) द ओल्ड रिडर
द ओल्ड रिडरललाई गुगल रिडर नै भन्दा फरक पर्दैन । ओल्ड रिडरमा साइन इन गरेर आफूलाई मन परेका साइटहरुको फिड राखेर अनलाइनमा पढ्न मिल्छ । गुगल रिडरबाट डाउनलोड गरेको फिडलाई सिधै ओल्ड रिडरमा इम्पोर्ट पनि गर्न सकिन्छ । ओल्ड रिडरलाई गुगल रिडरको उत्तम विकल्पको रुपमा मान्न सकिन्छ ।
the-old-reader
२) फिड्ली
फिड्ली RSS रिडर हो । Android र iOS डिभाइसमा फिड्ली एप मार्फत तथा क्रोम, फायरफक्स तथा सफारी ब्राउजरमा एक्सटेन्सन मार्फत फिड्ली चलाउन सकिन्छ । गुगल रिडर बन्द हुन्छ भन्ने थाहा थियो भन्दै फिड्लीले आफ्नो ब्लगमा गुगल रिडरका फिडहरुलाई फिड्लीमा सार्न मिल्ने कुरा उल्लेख गरेकोछ ।
feedly
३) फिड रिडर
फिड रिडरलाई पनि गुगल रिडरको विकल्पको रुपमा लिन सकिन्छ ।
feed-reader
आफ्ना कुरा
गुगलले भने झैँ, सोसल नेटवर्कहरु तथा मोबाइल एप्सहरुका कारण गुगल रिडरको प्रयोगमा पछिल्ला वर्षहरुमा कमि आएको छ ! केही वर्ष पहिले ग्लोबल थट्ज (हाल बजम) मा लेख्न थाल्दा, मलाई टेक्नोलोजी समाचारहरु पढ्न कुन माध्यम ठिकहोला भनेर खुबै सोचेको थिँए । सबै साइटहरुमा सँधै जान गाह्रो थियो, अनि आरएसएसलाई गुगल रिडरमा तानेर पढ्न पनि खासै मन लागेन । अनि मैले ट्विटरलाई विकल्पको रुपमा रोजेको थिँए ।
आफुलाई मन परेको जति साइटलाई ट्विटरमा त्यसबेला देखि फलो गर्न थालेँ, अनि उनीहरुको ट्विटको लिंक पच्छ्याउँदै पढ्न थालेँ र यो क्रम अहिले पनि जारी छ । त्यसबेला नेपाली साइटहरुको ट्विटर एकाउन्ट नभएका कारण सबै साइटका समाचारहरु एकै ठाउँमा ल्याउने प्रयोजनले @NewsBlogsNepal नामक ट्विटर एकाउन्ट पनि सुरु गरे । अत: आज पनि ट्विटर मेरो लागि प्रमुख समाचारको स्रोत हो । ट्विटर बाहेक, मोबाइलमा गुगल करेन्टस् र पकेट प्रयोग गर्ने भएका कारण गुगल रिडरको अवसान हुँदा पनि मलाई व्यक्तिगत रुपमा कुनै वाधा चैँ नपर्ने रहेछ ।Google-Currents-Reader-Alternativesयदि एन्ड्रोइड वा आइओस डिभाइस चलाउनुहुन्छ भने, तपाईहरुको लागि पनि गुगल करेन्ट्स उत्तम विकल्प हुनसक्छ । आफूलाई मन परेका साइटहरुलाई गुगल करेन्ट्समा अफलाइनमा पनि पढ्न सकिन्छ । यो ब्लग “आकार पोष्ट” पनि गुगल करेन्ट्समा उपलब्ध छ ।
aakar-post-in-google-currents
a) Google Currents for Android 
b) Google Currents for iOS
c) Subscribe Aakar Post in Google Currents
(पहिलो तस्बिर द रिडर चलचित्रबाट लिइएको हो)

Comments

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

मेरो बिहे [कथा]

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post