Skip to main content

Posts

Showing posts with the label Nepali

गुगल अनुवादक (ट्रान्सलेट)मा, नेपालीलाई अन्य भाषा वा अन्य भाषालाई नेपालीमा अनुवाद गर्नु भएको छ? अजिव सुनिने/देखिने अनुवाद देखेर हाँस्नु भएको छ? साइटमा तथा मोबाइल एपमा, हिज्जे नमिलेका नेपाली भाषाका विज्ञापन देखेर, गुगल अनुवादलाई सम्झिनुभएको छ? गुगल अनुवादकमा नेपाली भाषा २०१३ मा समावेश गरिएको भएपनि, अन्य भाषाहरु जस्तो नेपाली भाषा 'पर्फेक्ट' भइसकेको छैन । अत: अनलाइनमा नेपाली भाषा सुधार गर्नको लागि, गुगल'ले पहिलो पटक नेपालमा "आफ्नो भाषालाई माया गरौँ" कार्यक्रम घोषणा गरेको छ । अनलाइनमा नेपाली भाषा सुधार गर्नको लागि, मंगलबार सेप्टेम्बर २२ देखि सेप्टेम्बर ३० सम्म, ल्याङ्वेज टेक्नोलोजी केन्द्र र अरू ४० भन्दा बढी स्थानीय शिक्षण संस्थाहरू, संघहरू र व्यवसायिक संगठनहरूसँगको सहकार्यमा ‘अाफ्नो भाषालाई माया गरौँ’ ट्रान्सलेटाथन गर्ने गुगल'ले जनाएको हो । गुगल एसिया प्यासेफिक, पब्लिक अफेयर र न्यु इमर्जिंङ मार्केट्स कम्युनिकेसन्सकी एमी कुनरोज्पान्या भन्छिन, “हामीलाई विश्वास छ, गुगल अनुवादले यो देशको लागि, यहाँको मानिसहरूका लागि र नेपाली भाषाको लागि नेपालीमा उपयोगी वेब बना...

फोटो खिच्न महंगो क्यामेरा होइन, 'कन्सेप्ट'को जरुरी पर्छ । मोबाइल फोनबाटै खिचिएका फोटोहरु ले पनि बेला - बेलामा तहल्का मच्चाउने गरेकाछन् । आज यस ब्लगमा भने, मोबाइलबाट सम्भवत पहिलो नेपाली म्युजिक भिडियो खिचिएको चर्चा गरिँदैछ। २०१२ को सेप्टेम्बरमा ठूलो तामझामका साथ, नोकियाले "लुमिया ९२०" विन्डोज फोन सार्वजनिक गर्यो । नोकियाले लुमिया ९२० को ८ मेगापिक्सल क्यामेरालाई 'प्योर भ्यु'को विशेषण दिएर, आफ्नो क्यामेरा उत्कृष्ट भएको बताएको थियो। फोन सार्वजनिक गर्ने क्रममा, नोकिया लुमिया ९२० बाट खिचिएको भिडियो भन्दै केही भिडियोहरु पनि देखाइएको थियो, तर पछि थाहा भयो, ती भिडियोहरु मोबाइलबाट खिचिएका थिएनन् । नोकियाको कर्तुतको आलोचना हुनथालेपछि, नोकियाले आफ्नो ब्लग मार्फत माफी नै माग्नुपर्यो । माथि नोकियाको प्रसंगले थाहा हुन्छ, ३ वर्ष अघिसम्म मात्रै पनि व्यवसायिक भिडियो खिच्नका लागि मोबाइलहरु उपयुक्त थिएनन् । तर विगत ३ वर्षमा आइफोन, एन्ड्रोइड तथा विन्डोज फोनका सफ्टवेयर र हार्डवेयरमा ठूलै परिवर्तन भइसकेकोछ । अब स्मार्टफोनबाट भिडियो खिच्नु, बनाउनु ठूलो कुरो रहेन, दिनहुँ आन्दोलनक...

सामाजिक सञ्जाल हरुमा पोष्ट, कमेन्ट आदिको रुपमा रमाइला मिम् (meme) राख्ने चलन बढ्दै गएको छ । सामान्यता व्यंग्य गर्नलाई फोटो माथि रमाइलो 'टेक्स्ट' लेखेर मिम् बनाएर इन्टरनेटमा सेयर गरिन्छ । इन्टरनेटमा सेयर गरिने भएका कारण यसलाई 'इन्टरनेट मिम्' पनि भनिन्छ । अवस्था, प्रसंग अनुसारको फोटो अनि त्यसमाथि व्यंग्यात्मक वाणी कसलाई पो मन नपर्ला र? अरुको इन्टरनेट मिम् देखेर, कहिलेकाँही आफूलाई पनि मिम् बनाउन मनलाग्छ, तर मिम् बनाउन लाग्ने समय, सफ्टवेयर आदि सम्झेरै आँट आउन्न । त्यसो त कहिलेकाँही इन्टरनेटकै विभिन्न साइट चहारेर पनि मिम् नबनाएको भने होइन, अनि प्लेस्टोरमै पनि सयौँ मिम् बनाउने एप्स छन् । पछिल्लो समयमा भने फसम् एप्सले निर्माण गरेको " इन्स्टामिम् " चलाउनथालेको छु । एक हजार भन्दा धेरै फोटो रहेको दावी गरिएको 'इन्स्टामिम्' मा आफ्नै फोटो पनि प्रयोग गर्ने सक्ने सुविधा रहेकोछ । एपमा गएर त्यहीँ भएको फोटो छानेर वा आफ्नै फोटो अपलोड गरेर, त्यसमाथि लेख्न सकिन्छ । फोटोमाथि लेखिएको शब्दलाई सानो ठूलो बनाउने देखि लिएर रंग पनि परिवर्तन गर्न सकिने सुविधा छ । फोटोमाथि ले...

एन्ड्रोइड फोन तथा ट्याबलेटमा, नेपाली टाइप गर्नको लागि, हाम्रो नेपाली किबोर्ड लगायत अन्य केही नेपाली किबोर्डहरु प्लेस्टोरमा भेट्न सकिन्छ । तर सानो 'स्कृन' भएका फोन प्रयोगकर्ताहरुलाई त्यही किबोर्डहरु पनि चलाउन गाह्रो परिरहेको देखिन्छ, कतिलाई बानी नभएका कारण नेपाली टाइप गर्नै झन्झट लाग्छ। तर, नेपाली टाइप आउँदैन भने पनि चिन्ता नलिनुस्, अब गुगल'ले, मोबाइलमा नेपाली लेख्न झनै सजिलो बनाइदिएकोछ । एन्ड्रोइडको लागि, यो हप्ताबाट गुगलको अर्को नयाँ किबोर्ड ' हेन्ड राइटिङ इनपुट ' थपिएको छ, यो किबोर्ड चलाउँदा, टाइप गर्नु पर्दैन । कापीमा कलमले जसरी नेपाली लेखिन्छ, त्यसैगरि मोबाइलमा खरर नेपाली लेख्नसकिन्छ । हामीले यो किबोर्डमा लेखेको कुरालाई, गुगल'ले अटोमेटिक रुपमा 'ट्रान्सलेट' गरिदिन्छ । हामीले नेपाली अक्षर लेख्ने तरिका देखि लिएर नेपाली अक्षरको बनोट आदि विविध कुराहरु वर्षौँ अध्ययन गरेर गुगल'ले यो इनपुट टुलको निर्माण गरेको हो।   गुगल रिसर्च ब्लग का अनुसार, 'हेन्ड राइटिङ इनपुट' किबोर्ड, नेपाली सहित ८२ भाषामा उपलब्ध छ। हातले लेखेको ट्वीट परिक्षण । टाइप ...

ट्विटरमा हाम्रो किबोर्डको नयाँ भर्सन आयो भन्ने ट्विट देखेपछि, प्लेस्टोरबाट अपडेट गरेर यो ब्लग हाम्रो किबोर्डको परिक्षण गर्न सिधै ट्याबलेटबाट लेख्दैछु। हाम्रो किबोर्ड प्रयोग गरेर छिटोछिटो लेख्ने कसरत गर्दैछु। हेरौँ कत्तिको छिटो लेखिन्छ कत्तिको गल्ति हुन्छ। पहिले मोबाइल/ट्याबलेटमा यो किबोर्ड प्रयोग गरेर लामा लामा लेख लेख्न झन्झटिलो थियो तर माथिका यी ३ लाइन लेख्दा कहिँकुनै ठाउँमा गल्ति भएन, ल्याग भएन। भनेको कुरा मज्जाले लेख्न सकियो। पहिलेको भन्दा छिटो टाइप पनि गर्न सकेँ। २-३ महिना पहिले मैले ट्याबलेटबाटै ब्लग लेख्ने विचार गरेको थिँए। लेखेँ पनि तर दुई प्याराग्राफ टाइप गर्न पनि लगभग १ घन्टा जति लागेको थियो। तर यो  नयाँ अपडेटेड किबोर्ड प्रयोग गरिरहँदा अचम्ममा परेकोछु। "कि" एकपटक थिचिसकेपछि फेरि दोहोर्याएर हेर्नू नपर्ने भएको छ। मदनपुरस्कार पुस्तकालयले बनाएको रोमनाइज्ड युनिकोड मैले २००७ देखि नै प्रयोग गर्न थालेको हुँ, त्यसबेला रोमनाइज्ड किबोर्डबारे ब्लग लेख्दा एमपिपिको साइटबाट करिब २०० पटक उक्त किबोर्ड डाउनलोड भएकोथियो, अहिले पनि आकारपोष्ट्मा त्यही किबोर्ड बारेको ...

फोन होस् वा इन्टरनेट, नेपाली भाषामा चलाउन खोज्ने, देवनागिरी लिपी मात्र बुझ्ने प्रयोगकर्ताहरुको सङ्ख्या नेपालमा उल्लेख्य मात्रामा छ । नेपाली भाषा प्रेमीहरुलाई खुशीको खबर, जिमेल अब नेपाली भाषामा उपलब्ध भएकोछ । हिजोबाट जिमेल नेपाली लगायत अन्य १२ वटा भाषामा उपलब्ध भएको हो । यो सँगै, जिमेल अब ७१ वटा भाषाहरुमा उपलब्ध भएको कुरा जिमेलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । नेपाली स्वयंसेवकहरुको महिनौँको मेहनत पछि जिमेल नेपालीमा उपलब्ध भएको हो, गतवर्ष डिसेम्बरमा गुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो । जिमेल नेपाली भाषामा कसरी प्रयोग गर्ने? १) जिमेलमा 'साइन इन' गर्नुस् २) दायाँ छेउको 'गियर आइकन' क्लिक गर्नुस् ३) सेटिङ्स छान्नुस् ४) सेटिङ्स पेजको माथिल्लो भागमा 'जिमेल डिस्प्ले ल्याङ्गवेज' लेखिएको हुन्छ, त्यहाँको 'ड्रप डाउन' मेनुबाट 'नेपाली' भाषा छान्नुस् ५) पेजको तलको बटनबाट सेटिङ सेभ गर्नुस् अब तपाईको जिमेल एकपटक रिलोड हुनेछ, त्यसपछि जिमेल नेपाली भाषामा प्रयोग गर्नसक्नुहुन्छ । जिमेल नेपाली भाषामा भन्नुको मतलब तपाईले जिमेलमा स...

"आज मसँग चानचुन भएन, चिया खानुपर्नेथियो?” एकजना बूढाबा आफू बसेको कुर्सी नजिकै आएर नजाँनिदो किसिमले 'चानचुन' दिन आग्रह गर्छन् । उनको 'चानचुन'को आग्रह सुनेर हामीबिच हाँसोको फोहोरा छुट्छ, काकाबाले ती बुढाबालाई केही चानचुन दिनुहुन्छ, हामी फेरि 'चानचुन' बाको कुरा काट्दै चिया सुरुप्प पार्छौँ । चानचुन'बा पनि अघिल्लो महिना इन्द्रदह हाइकिङ जाँदा भेटिएका 'कान्छा काका' बिर्साउने किसिमका रहेछन्, तर उनलाई हामीले धेरैबेर अल्मल्याएनौँ । पावर हाउसबाट पोखरी जाने उकालो सिँढि चढ्दै गर्दा केही अघि तिनै बूढाबा भेट भएका थिए । ती बूढाबा ओरालो झर्दैथिए, हामी उकालो चढ्दै थियौँ । ३ घन्टा घाममा सेकिँदै हिँडेका हामीलाई भोक लागिसकेको थियो, काकाबाले ती बूढाबालाई सोध्नुभयो, “यता खाने ठाउँ कता छ?” । ती बूढाबाले हातले ईशारा गर्दै, 'एउटा उ तल छ, एउटा यता घर माथि छ' भने । चित्तबुझ्दो जवाफ नभेटेकोले उनका कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदियौँ । १० – १२ वटा खुड्किलो के चढिएको थियो, ती बूढाबाले घरपछाडी भनेर ईशारा गरेको घरको पछाडी देखियो, भोज भतेरको लागि धमाधम पकाउ...

"वर्षदिन भयो काम सुरु गरेको, यता अफिसमा सरेको चाँहि करिब ६ महिना भयो" - केही दिन अघि थ्रेडपेन्ट्सको अफिस, बुद्धनगर पुग्दा आशिष आचार्यले भने । सँगै रहेका सविन भन्डारीले थपे, " थ्रेडपेन्ट्स डटकम डिसेम्बर ३०, २०१२ मा रजिष्टर गर्यौँ"। पूल्चोक इन्जिनियरिङ क्याम्पसमा अन्तिम वर्षमा हुँदा आशिष, सविन र आयुषलाई केही आफ्नै काम गर्नुपर्छ जस्तो लाग्दैथियो, एकदिन कुरैकुरामा अकस्मात एउटा 'आइडिया' निस्कियो, "अनलाइन टिसर्ट स्टोर" जहाँबाट आफूलाई मनपर्ने डिजाइन प्रिन्ट गर्न सकियोस् । आफूलाई मन परेको डिजाइनमा टिसर्ट लाउन नपाएको गुनासो यी तिनै जनालाई थियो, उनीहरुले पहिलोपटक पूल्चोक क्याम्पसमा आयोजना गरिएको एउटा कार्यक्रमको लागि टिसर्ट बनाए । त्यसपछि फेरि पनि पूल्चोक क्याम्पसकै विद्यार्थीहरुको लागि विभिन्न डिजाइनमा टिसर्ट बनाए, टिसर्ट चल्यो । अनलाइन टिसर्ट स्टोरको चर्चा चल्नथाल्यो, उनीहरुले होस्टलको आफ्नो कोठालाई नै आफ्नो अफिस र स्टोर बनाएर थ्रेडपेन्ट्स सञ्चालन गरे । नेपालमा थोरैमात्र यस्ता स्टार्टअप होलान् जुन क्याम्पसका होस्टलबाट विना पुँजी सुरु भएकाछन् । ...

ईन्टरनेटमा नेपाली भाषाको लागि यो हप्ता विशेष रह्यो । रोमनाइज्ड नेपाली युनिकोड मा आधारित एन्ड्रोइड एप 'हाम्रो नेपाली किबोर्ड' यसैहप्ता गुगल प्लेस्टोरमा सार्वजनिक भयो भने गुगलले आफ्नो ट्रान्सलेसन टुलमा नेपाली भाषा समावेश गर्यो। Read -->  Best Nepali Keyboard for Android - Hamro Keyboard गुगल ट्रान्सलेसन टुलमा नेपाली भाषा समावेश भएसँगै, हामी विश्वका विभिन्न ८० वटा भाषासँग ईन्टरनेटको माध्यमबाट जोडिन पुगेकाछौँ ।  यो पटक नेपाली, पञ्जावी, मंगोलियन आदि नौ भाषालाई ट्रान्सलेसन टुलमा समावेश गरिएको, गुगलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । अब नेपाली भाषामा लेखिएको साइटहरुलाई गुगलले 'हिन्दी' को 'सट्टा' नेपाली उल्लेख गर्नेछ । साथै अब इन्टरनेटमा देखिने अधिकांश कुराहरु पनि नेपाली भाषामा पढ्न सकिनेछ भने नेपाली भाषामा लेखिएका कुराहरु पनि अन्य भाषा बोल्ने/लेख्नेहरुले उनीहरुको आफ्नै भाषामा पढ्न पाउनेछन् । जस्तो, अब नेपालीले 'चिनिया' भाषामा लेखिएको कुराहरु नेपालीमा पढ्न सक्छन्, अनि नेपालीमा लेखिएका कुराहरु 'चिनिया'हरुले आफ्नै भाषामा पढ्नसक्छन्। गुगल नेपाली ...

नेपालका हाम्रा राजनितिज्ञ/विश्लेषक/बुद्धिजिवीहरु शब्दजाल बनाउन कत्तिको खप्पिस छन् भन्ने कुरा विवेक पौडेलको यो ब्लग बाट थाहा हुन्छ । चुनावको केही समय पहिले, 'चातुर्दिक' शब्द नेपाल भित्रिएको थियो, वा मैले पहिलोपटक सुनेकोथिँए । चुनावपछि 'मतादेश' शब्द पहिलोपटक सुनियो, चुनावमा हार ब्यहोरेका र जनताले नराम्रोसँग झापड लाइदिएकाहरुलाई यो 'मतादेश' शब्द अस्त्र झैँ भएकोछ अहिले। आफूले जिते 'जनादेश' तर आफूले हारे 'मतादेश' हुने भन्ने उनीहरुको बुझाइ अचम्म लाग्दोछ । 'मतादेश' शब्द बारेको हुटहुटि देखेर, यसै सन्दर्भमा  विवेक पौडेलले लेख्नुभएको  जनादेश, मतादेश, र नेपाली बहसका नयाँ शब्दहरु  ब्लगलाई यहाँ पुन प्रकाशित गरेकोछु । विवेक पौडेललाई ट्विटरमा  @tistung  फलो गर्न सकिन्छ । एकैपटक “मतादेश” भन्ने शब्द निकै सुन्न थालिएको छ। नेपालको सन्दर्भमा मैले यो शब्द प्रथम पटक हालैको चुनावपछि सुनेको हुँ। चुनावको नतिजा आउन शुरुगरेपछि एकजना चर्चित राजनीतिक विश्लेषकले टेलिभिजन र रेडियो कार्यक्रममा माओवादीको अप्रत्याशित नतिजालाई अर्थ्याउन यसको प्रयोग गर्नुभयो र भन्नुभयो,...

हिजोआज विभेद विरुद्ध जहिँकहिँ आवाज उठ्ने गरेकोछ । तर हामीकहाँ केही संयन्त्रहरु यस्ता छन्, जहाँ विभेद विरुद्धका आवाज बाहिरसम्म आइपुग्दैनन्, माथिल्लो निकायसम्म पुग्दैनन्, ती आवाजहरु त्यसै दबाइन्छन्, त्यसै दबिएर जान्छन् । अपवादका रुपमा कहिलेकाँही ती विभेद विरुद्धका आवाजहरु विस्फोट हुन्छन् । ती आवाजहरु विस्फोटन हुँदा पनि अंधिकाश समय, 'सत्य के हो' भनेर खोज्ने प्रयत्न गरिँदैन । तर थिएटर भिलेज, उत्तरढोका, काठमाडौँमा चलिरहेको अनुप बराल निर्देशित नाटक 'कोर्ट मार्शल'ले भने 'सैनिक संगठन' भित्र दबिएका आवाज र त्यसले निम्त्याएको अकल्पनिय परिणाम पछि, सत्यको खोजी गर्ने प्रयास गरेकोछ । सत्यको खोजी गर्ने टोलीको नेतृत्व नायक सुवास थापा उर्फ क्याप्टेन विकास पोखरेलले गरेकाछन् भने नायक राजेश हमाल उर्फ कर्नेल रुपक सिंहले 'कोर्ट मार्शल'कै नेतृत्व गरेकाछन् । एक सिनियर अफिसरलाई गोली हानेर हत्या गरेको र अर्को एकजनालाई घाइते बनाएको अभियोगमा रामबहादुर (सुदाम सिके) माथि कोर्ट मार्शल गरिन्छ । रामबहादुरले आफ्ना सिनियरको हत्या गरेको स्विकार गरिसकेको अवस्थामा यस विषयलाई अगाडी लानु...

१२ अक्टोबर २०१३ मा अपलोड गरिएको भिम निरौलाको नयाँ गित " सन्डे मर्निङ लभ यु " ले १९ अक्टोबर देखि अनलाइनमा तहल्का मच्चाएकोछ । गएको ३ दिनमा भिडियो डेढ लाख भन्दा बढि पटक युट्युबमा हेरिएकोछ भने फेसबुक र ट्विटरमा पनि यही नै चर्चाको विषय बनेकोछ । रमाइलो शब्द, लय अनि कम्मर मर्काइ मर्काइ नाचेका कारण भिडियोले अनलाइनमा छोटो समयमै लोकप्रियता हासिल गरेकोहो । सिम्प्लिफाइ ३६० का अनुसार  यो भिडियोबारेमा ६ हजार भन्दा धेरै ट्विट गरिएकोछ।यो गितले कोलाभरी डी तथा ग्याङनाम स्टाइल झैँ अनलाइनमा तहल्का मच्चाउने आकंलन गरिएकोछ । भिडियोको चर्चा १-२ दिन यही गतिमा हुने हो भने संसार भरि यही सन्डे मर्निङको बारेमा चर्चा हुने कुरालाई नकार्न सकिन्न । लगभग ६ सयवटा भिडियो अपलोड गरेका भिम निरौलाको सबैभन्दा चर्चित गित नै यही बन्न पुगेकोछ । भिडियोमा लगातार कमेन्टको वर्षा भइरहेकोछ, अधिकांशले भिडियोबाट भरपुर मनोरन्जन लिएको उल्लेख गरेकाछन् । भिडियो भाइरल भएसँगै, "Sunday Morning Love You" भन्ने पेजहरु फेसबुकमा धमाधम बन्न थालेकाछन् यसका साथै "Bhim was born in Nepal" भन्ने भनाइहरु पनि अनलाइनमा...

"गजुर छ मन्दिर हैन, पखेटा छ चरा हैन, करंग छ मान्छे हैन, घुम्रिएको पुछर छ कुकुर हैन के हो साथी तेस्को नाम?"  गाउँखाने कथा भन्ने बित्तिकै आफूलाई चाँहि स्कुलको याद आउँछ । स्कुल पढ्दाताका गाउँखाने कथाहरु धेरै खेलिन्थ्यो, अरुलाई सोधिन्थ्यो, जवाफ पनि धेरै मिलाइन्थ्यो । हरेक बालपत्रिकामा "गाउँखाने कथा" हुने कारण पनि उ बेला धेरै जानकारी राखिन्थ्यो होला । हिजोआज गाउँखाने कथाका उत्तरहरु मिलाउन आफूलाई त हम्मे हम्मे पर्छ ।सबैकुरामा गुगलको भर पर्ने गरेका कारण कति कथाहरु त बिर्सि पनि सकियो । तर गाउँखाने कथालाई इन्टरनेटमा जिवित राख्न गाउँखाने कथा डटकम आएकोछ । सुशिल गुप्ताले निर्माण गरेको यस साइटमा गाउँखाने कथाहरु पढ्न सकिन्छ, अनि आफूले जानेका गाउँखाने कथाहरु साइटमा थप्न पनि मिल्छ । भविष्यमा गाउँखाने प्रतियोगिता पनि साइटमा राख्ने सुशिलको 'प्लान' छ ।  प्रयोगकर्ताहरुले अहिलेको लागि आफूलाई आउने गाउँखाने कथाहरु साइटमा थपिदिएर, गाउँखाने कथाको डेटावेस निर्माणमा सहयोग गर्न सक्छन् । 'थप्नुहोस्' सेक्सनमा गएर गाउँखाने प्रश्न, उत्तर, आफ्नो नाम र इमेल लेख्न...

ट्विटर र फेसबुकमा "यस्तो हुनुपर्छ..." भन्ने आशयका ट्विट र स्टाटसहरु देखिरहिएकोछ । यसप्रकारका कुराहरु कहाँबाट सुरु भयो भन्ने त थाहा छैन, तर फेसबुकमा मात्रै सिमित रहेको यी कुराहरु गत शुक्रबार देखि नेपाली ट्विटर जगतमा पनि आगो झैँ फैलिएकोछ । ट्विटरमा शुक्रबार देखि सुरु भएको यो कुरा आज सोमबारसम्म पनि जारीछ, यसबिचमा करिब २५ सय देखि ३ हजारसम्म यस सम्बन्धि ट्विट भएको अनुमान गरिएकोछ ।प्राय प्रयोगकर्ताहरुले खेल, राजनिती, पेशा, नेपाली समाज आदि विभिन्न विषयमा यसप्रकारका ट्विटहरु गरेकाछन् । ट्विटहरु रमाइला हुँदा हुँदै पनि, एउटै कुरा धेरै पटक दोहोरिएकोले अनि ट्विटर भरि यही सम्बन्धि ट्विटहरु मात्र देखिएकोले प्रयोगकर्ताहरु 'इरिटेटेड' पनि भएकाछन् । यति हुँदा हुँदै पनि केही रमाइला ट्विटहरु यहाँ ब्लगमा समेट्ने जमर्को गरेकोछु । [ View the story "... यस्तो हुनुपर्छ..." on Storify ]

खचाखच दर्शकहरुले भरिएको सर्वनाम थिएटरको हलभित्र एउटा मुर्ती मञ्चको विचमा विराजमान थियो । हलमा पसेको करिब १०-१५ मिनेटपछि नाटक सुरु भएको घोषणा गरियो, त्यसपछि अचम्म भो बिस्तारै मञ्चमा रहेको कपडाले बेरिएको सेतो मुर्ती चलमलाउन थाल्यो । अघि देखि मुर्ती हो भनेर मानिएको र मञ्चको बिच भागमा त्यस्तो मुर्ती किन राख्याहोला भन्ने सोचिराको बेला, केही मुखुण्डोधारीहरु आएर उक्त मुर्तिमा बेरिएको कपडा धमाधम खोलिदिए। नाटकमा मुख्य पात्र ‘पदम’ (राजकुमार पुडासैनी) को सहारामा अघि बढाइएको कथामा विच विचमा अन्य पात्रहरुको प्रवेश हुन्छ । ती सबै पात्रहरुको आ-आफ्नै कथा भएपनि, चुरो कुरो यही अभिनय, फिल्मी दुनियाँ र कलाकारितासँग नै जोडिएकोछ । सबै पात्रको धुन स्टार बन्ने हुन्छ, फिल्म खेल्ने इच्छा हुन्छ तर फिल्मी दुनियाँ बाहिरबाट सोचेजति सरल र सहज छैन । नाटकमा राजेश हमाल देखि रेखा थापासम्मको झल्को मिल्छ, आफूले हेरेका फिल्मका डाइलगहरु नाटकमा सुन्दा कतै आफू सिनेमाहलमा त छैन भन्ने सम्म लाग्छ । नाटकमा कलाकारले भोग्नुपर्ने समस्या र फिल्म उद्योगमा छाएको विकृतिहरु छताछुल्ल पारिदिएकोछ । नाटकमा कलाकारको पिडा दर्शाइएकोछ, तर ती...

दशैँ हाम्रो घर आँगनमा आइसकेकोछ, चारैतिर उल्लास र खुशीयाली छाएकोछ । अध्ययन तथा रोजगारीको शिलशिलामा देश अनि विदेशका विभिन्न ठाउँमा रहेका व्यक्तिहरु धमाधम आफ्नो घर फर्कने क्रम जारी छ । पहिले पहिले दशैँमा नयाँ लुगा लाउने, अनि मिठा मिठा परिकारहरु खान पाइने भनेर रमाइलो लाग्थ्यो, अब यसमा मेरा लागि अर्को रमाइलो नि थपिएकोछ, कम्तिमा वर्षमा एकपटक स्कुलमा संगै पढेका साथिभाइ, आफ्ना छरछिमेक र आफन्तहरुसँग भेटघाट गर्न पाइन्छ । कामको व्यस्त दैनिकीबाट हप्तादिन फुर्सदले रमाइलो गर्न पाइन्छ । जोड्दै र खोज्दै जाने हो भने, दशैँ रमाइलो लाग्ने कारण अनि यसलाई निरन्तरता दिनुपर्ने कारणहरु सयौँ निस्कन सक्छन् । यसर्थ पनि हाम्रा पितापूर्खाले निकै राम्रा चलनहरु चलाएका रैछन् भन्ने लाग्छ । देश विदेशमा रहनुभएका मेरा सम्पूर्ण साथीभाइ, इष्टमित्र, आफन्त तथा “आकारपोष्ट”का सम्पूर्ण पाठक तथा शुभचिन्तकहरुमा बडादशैँ २०६९ को हार्दिक मंगलमय शुभकामना ! तपाईहरुको हरेकपल सुखमय रहोस् ।   यसवर्ष दशैँको अवसर पारेर गायक सुगम पोखरेलले गाएको गित '’दशैँ तिहार” निकै चर्चामा रहेकोछ । अपलोड गरिएको ५ दिनभित्रै युट्युबमा विभिन्न...

कलेज, विश्वविद्यालय तथा सरकारी साइटहरुमा आफ्ना संस्था आदिका बारेमा जानकारीहरु राखिएको हुन्छ तर इन्टरनेट मार्केटर रोशन जोशी ले गुगलमा चल्ने क्रममा नेपालका कलेज, विश्वविद्यालय तथा सरकारी साइटहरु को बारेमा अनौठो तथ्य बाहिर ल्याउनुभएकोछ । सर्च गर्ने क्रममा नेपालका कलेज, विश्वविद्यालय तथा सरकारी साइटहरुबाट भायग्रा लगायत अन्य यौन शक्तिवर्धक औषधीहरु बेचिरहिएको देखियो । तर सर्चमा देखिएजस्तै र ती संस्थाका साइटमा भएजस्तै ती संस्थाहरुले भायग्रा लगायत अन्य यौन शक्तिवर्धक औषधीहरु बेच्दैनन् बरु ती साइटहरुलाई ह्याकरहरुले आफ्ना नियन्त्रणमा लिएर आफ्नो अनुकुल प्रयोग गरिरहेकाछन् । गुगलमा शैक्षिक संस्थासँग सम्बन्धित नेपाली डोमेनहरुमा (.edu.np) "भायग्रा" सर्च गर्दा पत्याउनै नसक्ने गरि करिब १७ सयवटा 'भायग्रा' सम्बन्धित शैक्षिक संस्थाहरुको पेज सर्च पेजमा देखियो । कुनैपनि शब्द कुनैपनि डोमेन वा साइट विशेषमा खोज्नको लागि, शब्द र साइट/डोमेन एकैपटक राखेर सर्च गरिन्छ ([search term] + the ‘site:’ operator + the URL or domain) । जस्तो कि, 'भायग्रा' शैक्षिक संस्थाको साइटमा छ कि छैन भनेर...

विश्व मानचित्रमा नेपाल अत्याधिक भ्रष्टचार हुने मुलुकहरु को सुचीमा पर्दछ । भ्रष्टचारको यो काहालीलाग्दो सुचाङ्‍कलार्इ घटाउने सबैभन्दा सक्रिय भूमिका न्यायधीस एवं प्रहरी प्रशासनले खेल्नुपर्नेहुन्छ । जानकारहरुका अनुसार नेपालमा यिनै न्यायधीस र प्रहरी बढि भ्रष्ट छन् । यहि कारण भ्रष्टचारसम्बन्धी जतिसुकै कडा कानुन ल्याए पनि भ्रष्टचार कम हुन सकेको छैन । यद्यपि यहि भ्रष्टहरुका बीचमा केहि यस्ता न्यायधीस एवं प्रहरी अधिकृतहरु छन्‍, जसले विधिको शासन चलाउने प्रयास गरिरहेका छन् । यहाँ नेपाल प्रहरीका सबैभन्दा चर्चित प्रहरी अधिककृत एसएसपी रमेश खरेलको भित्री पाटो खोलिँदैछ, जसले १५ वर्षको कार्यकालमा कहिलै कुनै शक्तिको सामुन्ने झुकेनन्‍, न आफैँ कुनै गलत क्रियाकलापमा संलग्न भए । एसएसपी खरेलकी जीवनसाथी रञ्जु खरेल यसको साक्षी छिन्। श्रीमती रञ्जुले अश्विनी कोर्इरालासंग आफ्‍ना श्रीमान्‍ रमेश खरेलको भित्री पाटो खोलेकी छिन् । आफूलार्इ रमेश खरेलको श्रीमतीका रुपमा मुल्यांकन गर्दा कस्तो महसुस हुन्छ ? एउटा लक्ष्मण रेखा कोरिन्छ । म यस्तो व्यक्तिको श्रीमती हुँ, जसले कहिलै गल्ति गर्दैन भन्ने जनमानसमा छाप परेको छ । यस...