पहिलो पटक रक्सौलमा… [भाग-२] #FirstTimeAtRaxual

“आप को आइसी, साट्ना हे तो, आगे साट्लो” सिर्सिया खोला को पुल तरेर दक्षिणतिर लागेपछि टाङ्गावाला ले भन्यो । टाँगा मा एक्लै छु, रक्सौल बजार छिरिसकेको छु, पैसा साट्ने बहानामा यसैले पो पैसो लुट्ने हो कि भन्ने शंका ले एक्कासी मन मा वास गर्यो । खल्ति मा ८-९ सय नेपाली रुपैयाँ र केही भारतिय रुपैयाँ थियो । भै’गो नेपाली पैसो पनि संगै लान्छु भन्ने सोचेर, ‘हमारे पास आइसी हे’ मैले भनेँ । त्यही नि टाङ्गावाला ले दोहोर्यायो, ‘फिर आपको आगे साट्ने का जगा नहिँ मिलेगा’ । जति जति म सँगै टाङ्गा रक्सौल बजार को धुलोभित्र हराउन खोज्दै थियो, त्यति त्यति सबै कुरा विरानो लाग्दै आइरहेको थियो । मन ओइलाएको थियो, घरमा फोन गर्ने विचार गरेँ तर मोवाइल मा सिग्नल थिएन ।

रेल को लिक कटे पछि भने अकस्मात टाङ्गावालालाई टाङ्गा रोक्न इशारा गरेँ । खल्ति छामछाम छुमछुम पारेजस्तो गरि पर्स बाट यस्तै ८-९ सय निकालेँ । बाटो को वायाँ छेउमा लस्करै भारु साट्नेहरु बसेका थिए, एक-एकवटा टेबल राखेर । उनीहरु भारत तिर जाँदै गरेकालाई आइसी साट्लो भन्थे अनि नेपाल तिर आउँदै गरेकालाई एनसी साट्लो भन्थे । मैले पनि टाङ्गा रोक्ने ईशारा गरेर भारु साटेँ । त्यसले मज्जाले भारु साटिदिएपछि घरमा हिँड्ने बेला ममी ले भनेको कुरा सम्झिँए । ममी भन्दै हुनुहुन्थ्यो, बाटो खर्च अरु १ हजार लान्छौ त ? मैले सोधेको थिएँ, भारु हो ? ममीले भारु हैन, नेपाली नै हो, बोर्डर तिर साट्नु भन्नु भो । आफू रक्सौल कहिले नगएकोले बाटो मा त्यसरी पैसो साट्न बस्छन् भन्ने हेक्का थिएन, त्यही भएर ‘ह्या, भयो नलाने, भन्या ठाउँ सम्म पुग्ने भाडा छ मसँग’ भनेको थिँए । तर पछि भने, ममीले दिनखोज्नु भएको पैसो पनि लिनुपर्ने रहेछ जस्तो लाग्यो । त्यो पैसा नि लिएको भए, बाटा खर्च को लागि अझ धेरै आडभरोसा हुन्थ्यो भन्ने कुरा सोच्दैरहेँ । मैले पैसो नलिएर गल्ति गरे झैँ लाग्यो, आखिर यति सजिलै साट्न मिल्ने रहेछ ।

रक्सौल बजार मा मान्छे को भिड त थियो नै, त्यसमाथी गाडिहरुले पनि पुरै बाटो जाम गरेका थिए । रक्सौलमा भएका बैंकहरुका एटिएम बाट पैसा निकाल्न मान्छेहरु को लामो लाम थियो । एटिएम बाट पैसा निकाल्न त्यति लामो लाम लागेको, पहिलो पटक देख्दै थिँए । बाटो को दायाँ तर्फ भने, आँप र लिच्ची बेच्नेहरु को चहलपहल थियो । ‘बाहिर आँप किनेर नखानु, औषधी हालेर पकाको हुन्छ, स्वास्थ्य मा असर गर्छ’ घरबाट हिँड्ने बेला बुवा ममी ले बारम्बार भनिरहनु भएको थियो । यसै कारण पनि आँपमा खासै मन बसेन तर मान्छेहरुले छानी छानी ठूला ठूला,  पातसँगै का राता राता लिच्ची किनेको चाँही टाङ्गावाट हेरिरहेँ ।

raxual map
नहरको पुल कटेर टाङ्गा नहर को डिलै डिल पश्चिमतिर लाग्यो । सूर्यदेव टाङ्गाको टाउकामाथि थिए, गर्मी थियो, अनुहार र शरीर भरि पसिना नै पसिना थियो । टाङ्गावाला ले एउटा घर अगाडि पुर्याएर टाङ्गा रोक्यो, न्यु वसपार्क आ-गया भन्यो । हैन के भन्छ यो टाङ्गावाला भन्या जस्तो लाग्यो । उसले उत्रो, भनेपछि झोला टाङ्गाबाट झारेँ । ए ! वसपार्क नै आइपुगिएको रहेछ, छेउमा टिकट काउन्टर रहेछ ‘अमर ज्योती ट्राभल्स’ को  । टाङ्गावाला ले नै भन्यो, “साब को एक टिकेट नाइटबस की पट्ना के लिए” । काउन्टरमा बस्ने बुढाले ‘डेढ सौ’ भन्यो । मैले ‘पैसो निकालेर दिँए, काउन्टरको बुढाले टिकट दियो’ । टिकटमा लेखिएको थियो, ‘ए पी घिमिरे, रक्सौल टु पट्ना, सिट १८, समय ८:२० पिएम’ । टाङ्गावाला को हिसाव नि फर्स्याएँ, उ फर्कियो ।

मेरो हातमा ‘रक्सौल देखी पटना’ जाने नाइटबस को टिकट थियो । म ढुक्क भएँ, अब पटना त पुगिने भइयो । काउन्टर छेउ कै होटल को कुर्सी तानेर बसेँ । बोर्डरबाट यस्तै २-३ किलोमिटर भित्र हुनुपर्छ त्यो ठाउँ, तर किन हो किन कस्तो विरानो लाग्यो । कोही चिनेको छैन, सबै काला काला वर्ण का छन् । उनीहरु कि त भोजपुरी कि त हिन्दी मा बात मारिरहेकाछन् । बुझ्न त म उनिहरुले बोलेको सबै बुझ्थेँ तर बोल्न त समस्या नै छ । काउन्टरमा टिकट काटेर केही नेपालीहरु पनि बसिरहेका रहेछन् । तर मैले उनीहरु सँग कुनै कुरा गरिन, उनीहरु आफु-आफू नै गफ गरेर बसेका थिए, आउनेहरुलाई कहाँ सम्म हो तपाई भन्थे । कालो कालो देखेर सायद उनीहरुले मलाई पनि बिहारी नै सोचे, उनीहरुले मलाई भने केही सोधेनन्, र मैले पनि केही सोध्न आवश्यक ठानिन । कुरा सुन्दा उनीहरुलाई त्यता तिर को बाटो को सबै ज्ञान थियो, तर आफूलाई त कुन ठाउँ कता छ, केही पत्तो छैन । मात्र थाहा थियो, पट्ना जानु छु, टिकट लिइसकेको छ । न आफूले कहिले रेल देखेको छ, न चढेको छ, न प्लेटफार्म र स्टेशन कस्तो हुन्छ भन्ने थाहा छ, न चिनेका कोही साथीहरुनै छन् । आफूसँग पट्ना बाट बेङ्गलोर को लागि रेल को टिकट भने थियो ।

बिहारी र बिहार भनेपछि खासै राम्रो सोचिदैन थियो तर उनीहरु को व्यवहार मलाई राम्रो लाग्यो र नेपाल को भन्दा विलकुल फरक पाएँ । उनीहरुको बस को टिकट बुकिङ काउन्टर मा कुनै किसिम को भिडभाड थिएन । उनीहरु आएका यात्रुहरुलाई बस्न नजिकै को घर देखाइरहेका थिए, जहाँ उनीहरुले सोफा, कुर्सी र खाट राखेका थिए । वहाँ जाइए, ब्याग रखिए, आराम किजिए भन्थे । मलाई उनीहरुको त्यही कुरा ले प्रभावित बनाइरहेको थियो, अत: केही अघिसम्म छाएको निराशा केही हट्दै गइरहेको थियो अनि दिन को १ बज्दै थियो । मैले अरु ७-८ घन्टा धुम्धुम्ति बसेर बिताउनु पर्ने थियो ।

मोबाइल को सिम लिनुपर्यो भन्ने सोचेँ । बसपार्क छेवै को किराना मा एयरटेल को बोर्ड झून्डिएको रहेछ । ‘यहाँ सिम मिल्ता है क्या?” मैले सोधेँ । उसले ‘मिल्ता हे’ भन्यो । ‘सिम लेने के लिए क्या चाहिए’ मैले सोधेँ, उसले जवाफ दियो ‘आपका आइडि का फोटोकपी और आपकी फोटो’ । ल  म  फोटोकपी गरेर आउँछु भने । अनि म फोटोकपी गर्ने र घरमा पनि नाइटबस को टिकट लिइसकेको कुरा जानकारी गराउन भनेर रक्सौल बजार हुँदै बोर्डर छेउ मा आएँ । तातो घाम, अनि गह्रुङ्गो झोला बोक्दै ‘भारितय कस्टम’ सम्म आइपुगेँ । बोडर छेउमा पुग्दा मोबाइलमा सिग्नल देखिएको कारण घरमा फोन गरेँ, अनि ट्विटर मा नि ट्विट गरेँ, बेलुका ८:२० बजे रक्सौल छाड्दैछु भनेर ।

छेउकै पसलमा आफ्नो नागरिकता को फोटोकपी गरेँ । अनि मोबाइल कम्पनी को बोर्ड कुन पसल मा देखिन्छ भन्दै हेर्दै हिँडे । अलि अघि बढेपछि एउटा मोबाइल पसलमा छिरेँ, त्यहाँ सबैभन्दा सस्तो रिलायन्स को सिम पाइदोँरै’छ ४० रुपैयाँमा । मलाई सिम चाहियो भने, उसले भन्यो ‘आपका आइडी का फोटोकपी चाहिए’ । मैले हत्त न पत्त आफ्नो नागरिकता को फोटोकपी झिकेर दिएँ । उसले एकछिन हेर्यो र सोध्यो ‘ये क्या है?’ । मैले भने ‘सिटिजनसिप, मे नेपाल से आया हुँ और मुझे सिमकार्ड चाहिए’ । उ हाँस्यो  र भन्यो ‘आप सिम नहिँ ले सक्ते, सिम लेने का लिए भोटर आइडि चाहिए’ । मैले भनेँ, ‘अरे भाइसाहव मुझे बेङ्लोर तक जाना हे, मुझे सिम भि चाहिए’ । उसले भन्यो, ‘आपको बेङ्लोर मे सिम मिल सक्ता हे, पर ये बिहार की बोर्डर इलाका पे सिम नहिँ मिल्ता’ । मैले फेरि सोधेँ, ‘पटना मे मिल्ता हे क्या?’ । उसले भन्यो ‘नहिँ’ । मैले उसलाई ‘धन्यवाद’ भनेर त्यहाँबाट हिँडे ।

घाम का कारण टाउको फुट्ला झैँ गरि तातेको थियो, रुमाल ले टाउको र अनुहार छोप्दै हिँडिरहेको थिँए । बाटो मा लिच्ची देखेपछि मन थाम्न सकिएन । १० रुपैयाँ को १० वटा लिच्ची किनेँ, अनि लिच्ची टोक्दै बस काउन्टर रहेको बसपार्क तिर लागेँ । काउन्टर मा पुग्दा अघि देखी बसिरहेका नेपालीहरु कोही काउन्टर मा थिएनन्,  उनीहरु को दिउँसो को बस रहेछ । म एक्लै गएर काउन्टर मा थ्याच्च बसेँ । एउटा बस हिँड्नै लागेको थियो, काउन्टरमा अर्को बुढा आएर सोध्यो, ‘आप को नहिँ जाना हे?’ । ‘नहिँ मेरे शामके बस है’, मैले भनेँ । उसले भन्यो ‘अच्छा नाइटबस’ । मैले टाउको हल्लाएँ । उसले नजिकै को घरमा गएर आराम गर्न सुल्झायो । म त्यतै लागेँ अनि कुर्सीमा झोला राखेर, सोफामा लम्पसार परेँ ।

क्रमश…

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१] #SarlahiToRaxual
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२] #FirstTimeAtRaxual
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर [भाग-३] #Raxual To #Patna
चौथो भाग : पट्ना मै बित्यो दिन [भाग-४] #OneDayAtPatna
पाँचौ भाग : अनि पट्नाबाट ट्रेन चढियो [भाग-५] #Train #Patna
छैठौँ भाग : रेल मा ४८ घन्टा ! भो-नकुरागरम !!! [ भाग-६] #PatnaToBangalore

8 comments :

  1. hamilai ta chocolate bechya jasto gari sim diyeko thyo ta gorakhpurmai.. nd I still have it...
    btw, satik lekh.. feri  manparyo.. ani ahh, timi raxaul bata trainma Bangalore kina nagaako?

    ReplyDelete
  2. रक्सौल बाट सिधै बेङ्लोर जाने ट्रेन को टिकट पाइएन नि त !

    ReplyDelete
  3. सिम बेङ्लोर आइपुगेर मात्र लिन पाइयो ! त्यसको नि कहानी छ ! पछि लेखौँला ! :)

    ReplyDelete
  4. Indian ma ta Nepali Passport ley ni SIM Card dinna ... aati kich kich garne.. VISA lera iaja bhancha..  how did you get the SIM... ???

    Keep posting...

    ReplyDelete
  5. हुनत म भारतमा ३ वर्ष जत्ति बसेको छु तर प्राय: दक्षिण भारतमा बसेकोले उत्तर तिरको भने राम्रो ज्ञान छैन ।
    अघिल्लो पोस्ट र यो दुबै रमाइलो मानेर पढेँ।
    सिमको सवालमा भने दिल्ली र अन्य केहि ठूला सहरमा भने पासपोर्टको फोटोकपी राखेर मैले पनि सिम लिएको थिएँ अहिले के नियम छ थाहा भएन ।

    भाषा, संस्कृति सबै मिले पनि र ३ किलोमिटरकै दूरी भए पनि आखिर 'विदेश' विदेश नै हुन्छ है !

    ReplyDelete
  6. Hi, I have been
    visiting your blog. ¡Congratulations for your work! I invite you to visit my
    blog about literature, philosophy and films:


    http://alvarogomezcastro.over-blog.es


     


    Greetings from Santa Marta, Colombia

    ReplyDelete
  7. Friendycalls NeupaneAugust 1, 2012 at 11:54 AM

    यिनको लेखाइ देखेर पढ्न सुरु गर्या, पक्कै नि भाइ लोगले ठग्यो क्यारे यिनलाई भन्दै ढुक ढुक हुँदै पढ्या त उनारु'कै तारिफ गरेर पो लेख्या रै'छन् ... मज्जा आयो | -धन्न ठगिएनछन् !! अनि ट्रेनमा को को आए भेट्न, त्यो नि लेखम न :P 

    ReplyDelete