नोभेम्बर २०१३ मा प्रकाशित भएको " ह्याचिङ ट्विटर " न्युयोर्क टाइम्सका प्रविधि तथा 'बिट्स ब्लग" का लेखक निक विल्टन (@nickbilton) ले लेखेका हुन् । "ह्याचिङ ट्विटर" मैले पढेका थोरै अंग्रेजी किताबहरुमा पर्छन् । नोभेम्बरमै यसको किन्डल भर्सन, पढेर सकाइयो, किताबबाट ट्विटरको कसरी जन्म भयो, ट्विटरको विकासक्रम कस्तो रह्यो, ट्विटरबाट कसले के पाए, के गुमाए आदि विविध भित्री कुराहरु थाहापाइयो । ट्विटरका संस्थापकहरु विचभएका राजनिती र 'इगो फाइट'हरु पढ्दा निकै मर्माहत भइयो, सोचेभन्दा धेरै फरक पाएँ ट्विटर, कम्पनीको रुपमा। स्टार्टअप भित्र त्यति धेरै उतारचढाव र भयंकर राजनिती हुँदा र स्थापनाको पाँच - छ वर्षसम्म पनि विना कुनै आम्दानी ट्विटर चलेको देख्दा भने निकै अचम्भित भएँ । किताब पढेर केही प्रति अगाध श्रद्धा पलायो भने, केही प्रति वितृष्णा पनि । प्रस्तुत ब्लगमा किताबको समिक्षा भन्दा पनि किताब पढेर बुझेका र थाहा पाएका तथ्यहरु राखेकोछु । "ह्याचिङ ट्विटर"को किन्डल भर्सन गिफ्ट दिनुहुने दाजु "योन्तेन ग्याछो"( @TheYGoffice ) लाई हार्दिक धन्यवाद । ब्ल