Skip to main content

Posts

कुरो कहाँबाट सुरु गरौँ भनेर धेरै सोचियो तर कुरा को फेदटुप्पो फेला पार्न सकिन । खास मा भन्दा कुरो को प्लट फेला पारिएन । कतिलाई यो लेखाइ वाहियात लाग्ला, अनि कतिलाई मन पनि पर्ला । तर यो लेखिरहँदा मेरो मन भने कहाँ कहाँ उडिरहेछ, अनि के के सोचिरहेछ । खासमा, भन्ने हो भने यहाँ म के लेख्दैछु, या लेख्ने प्रयत्न गर्दैछु, मलाई नै थाहा छैन तर मैल यसो भन्दा नपत्याउनु पनि होला, या गफ नै बढि पनि भन्नुहोला । हेरौँ, लेख्दैजाउँ यो के बन्दोरहेछ, एउटा परिक्षण नै सहि । मन को अन्तरकुन्तर मा रहेका तर कहिले यही लेख्छु भनेर नसोचिएका कुराहरु, धारा प्रवाह छौँडौ न, के नै पो होला र ? शक्ति नाँसिदैन, अनि हाम्रो आवाज पनि कतै संरक्षित भएर रहन्छन् भने भावि पुस्ता का लागि सँधै सभ्य बोलौँ, शूभ बोलौँ । साइटहरु ब्राउज गर्दैथिँए, एउटा मा फोटो रहेछ, ल्होछार को अवसरमा मोटरसाइकल र्‍याली भन्ने क्याप्सन सहित । फोटो सायद कुनै आकाशे पुल बाट लिइएको थियो होला । र्‍याली, त्यसमाथि पनि मोटरसाइकल, मेरो आँखा पहिले त्यही मोटरसाइकल मा पुग्यो । आफैँ देखि दिक्क लागेर आयो । मोटरसाइकल चालक ले अनिवार्य हेलमेट लाउनु पर्छ भन्ने ट्राफिक नियम छ, अन

सुन्नुहोस्, 'लाशहरुको हुलमा सबैभन्दा कुरुप हुन्छ, शब्दहरुको लाश !' के शब्दहरु को लाश सबैभन्दा कुरुप हुन्छन् ? मैले बुझिँन यसको अर्थ के हो ? अनि कवि के भन्दैछन् 'लाशहरुको हुलमा सबैभन्दा कुरुप हुन्छ, शब्दहरुको लाश'? सुन्नुहोस त, यहाँ कवि 'रमेश श्रेष्ठ' किन यसो भन्दैछन् ? 'अक्षर को खेत' मा डुलेर हामी अघाएनौँ, कान्तिपुर एफएम का कार्यक्रम सञ्चालक 'हेम भण्डारी' यसै भन्दैथिए, यो 'कविता' कविले वाचन गर्नु अगाडि ! कविता सुन्दा निकै बुझेजस्तो लाग्छ, अहँ तर फेरी के भनेको हो, म आफैँ छक्क पर्छु । सायद, "शब्दहरुको लाश" लेखनी मा रहन्छ क्यार । अनि यस संसार मा मान्छेहरु रहेसम्म, "शब्दहरुको लाश" रहनेछन् । अनि, रहरले कविता लेख्ने, रहर ले गजल लेख्नेहरुले त, कवितालाई, गजललाई मात्रै "शब्दहरु को लाश" बनाएका त हैनन् ? सायद, कविले यसै कुरालाई उठाउन खोजेका हुन् कि ? तपाईलाई के लाग्यो ? यो "शब्दहरुको लाश" भनेको के होला ? कि यो साहित्यमा प्रयोग हुने 'बिम्ब'हरुका कारण ले बुझ्न कठीन भएको त हैन ? आखिर खास मा के हो त

सरल शब्द अनि छन्दमा रचित, नवराज लम्साल ज्यु को कवितावाचन सुन्नुहोस्, लम्साल ज्यु बाटै । सायद, नवराज लम्साल लाई नचिन्ने, साहित्यप्रेमीहरु कमै होलान । एक कुशल रेडियो प्रस्तोता का अलवा साहित्य सर्जक पनि हुन, नवराज लम्साल । आज यहाँ, नवराज लम्साल ले रच्नुभएको, अनि आफैँले वाचन गर्नुभएको 'फर्कन्छु साथी म त' भन्ने कविता लिएर आएका छौँ । केही हप्ता अगाडि गुरुकुल मा भएको पैसो तिरेर सुन्ने, कविता वाचन कार्यक्रम बाट यो कविता रेकर्ड गरिएको हो । स्मरणीय रहोस्, गुरुकुल मा प्रत्येक हप्ता कविता वाचन हुनेगरेको छ । "विदेश पुग्दा, साथिहरुले नेपाल नफर्क भनेर आग्रह गर्दा, यो कविता लेखिएको हो", नवराज लम्साल ले यसै नै भन्नु भएको थियो, कार्यक्रम मा । विदेशमा रहेका नेपालीहरुलाई सायद यो कविता ले घोच्न पनि सक्छ, अत: हामी पहिले नै क्षमा माग्न चाहन्छौँ । अनि आग्रह गर्छौँ, यहाँहरुले कवितालाई कसरी लिनुभयो, अनि हाम्रो यो सानो प्रयास यहाँहरुलाई कस्तो लाग्यो ? माथि को अडियो डाउनलोड गर्नुहोस् ।

हामी नेपाली को बानी नै नराम्रो, हरेक कुरा मा हामी कमेन्ट गर्छौँ । अझ सरकार को कामकारवाही प्रति त सँधै प्रतिपक्षी कै व्यवहार गर्छौँ, भन्या ! जे मा नि कमेन्ट गर्न हामी साह्रै खप्पिस छौँ के, अब घरमै पनि पहिले खाना खायो, अन्तिम मा कमेन्ट गर्दिहाल्छौँ, यो तरकारी मा नुन चर्को रै’छ । यी त भए, साधारण कुरा अनि प्राय: नोटिस पनि गरिँदैन । तर राष्ट्रिय स्तरमा भए गरेका त हामी हरेक कुरा मा खोट देख्छौँ, कमेन्ट गर्दिहाल्छौँ । तपाईहरुलाई थाहा छ, अहिले १६ घन्टे लोडसेडिङ को चर्चा चारैतिर छ, जो सँग भेट भो, कि त्यही कुरा बाट गफ सुरु गर्छ, अनि फेरी उही सरकारलाई धारे हात लाउँछ । ए बाबा ! हैन, सबैको किन दिमाग भ्रष्ट भा’को होला, लोडसेडिङ शब्द सुन्ने बित्तिकै । लोडसेडिङ को फाइदा कति छ, कति , ख्वै कोही पनि बुझ्नै चाहँदैनन् भन्या ! भन्छन् नि, मान्छेहरु “चर्चित हुनु छ भने, कि त राम्रो काम गर्नुपर्छ रे, कि साह्रै नराम्रो काम”, बिचका काम गर्नेहरु त सदा पेन्डुलम नै रहन्छन् । न उनीहरु को कहीँ चर्चा, न कहीँ खोजखबर, अस्तित्व नै नभएजस्तो, या भनौँ डायनोसर का प्रजाती लोप भए जस्तै बिचका त काम गर्ने त लोप नै भएर जान्छन् ! अध

तपाईहरु छोटा छोटा फिल्म या भनौँ मेलोड्रामा, डकुमेन्ट्रि कत्तिको हेर्नुहुन्छ, त्यो त मलाई थाहा छैन । तर आज यहाँ म केही फिल्महरु राख्दैछु, छोटा-छोटा फिल्महरु । समग्रमा भन्दा, एउटा आइसफल प्रोडक्सन नेपाल को नेपाली मुभी "Awaken Eyes" र अर्को एवार्ड जित्न सफल हिन्दि मुभी "Salt 'n' Pepper" यहाँ राख्दैछु । आशा छ, यहाँहरुले रुचाउनुहुनेछ । मैले यी मुभिहरु, "अनलाइन मुभि फेस्टिबल" अन्तर्गत कल्चर अनप्लग्ड बाट लिएको हुँ । मलाई अचम्म, लागेथ्यो अनलाइन मुभि फेस्टिबल भन्ने सुन्दा ! आउनुहोस् तपाई पनि विशेष अर्थ बोकेका छोटो मुभिहरु हेर्नुहोस् । Awaken Eyes : Director: Binod Paudel | Genre: Drama | Produced In: 2008 Synopsis: Awaken eyes is a piteous story about a newly wedded couple who have a hardest time to get physically connected. Sharing the room with the sick mother really makes the groom and the bride reluctant to have sex on first night of their marriage as they are frequently disturbed with the sick sighs of the mother. Fighting with the obsession of the bi

अहिले को युग के को हो भनेर प्रश्न गरियो भने, सबैले दिने जवाफ एउटै हुन्छ । यो सुचना प्रविधि, कम्प्युटर प्रविधिको युग हो । अनि यही सुचना प्रविधि तथा कम्प्युटर प्रविधिलाई लक्ष्य गरेर नेपाल मा पनि आइटि पार्क को स्थापना गरियो । काभ्रे जिल्लामा आइटि पार्क त बन्यो तर यो अहिले एकदमै प्रयोगविहिन अवस्थामा रहेको छ । सायद IT Park पनि एक दिन त सञ्चालन मा आउँला भनेर, दिन कुरेर बसिरहेको जस्तो आभाष मिल्छ । करिब ३०० रोपनी मा फैलिएको, अत्यन्तै रमणिय स्थलमा रहेको सम्पुर्ण सुविधायुक्त आइटि पार्क प्रयोग विहिन अवस्थामा छ । सायद यस्तो दयनिय स्थिति देखेर होला, अहिले हाम्रा विज्ञान तथा प्रविधी मन्त्री गणेश साह जुर्मुराएका छन् । हाम्रो कृषी युग थियो, अब को युग कम्प्युटर को युग हो भन्ने बुझेका मन्त्री गणेश साह आइटि पार्क चलाउनै पर्छ भन्ने मान्यता राख्छन् । यसैको सुरुवाती कदम स्वरुप आज, वनेपाको आइटि पार्कमा एउटा सानो भलाकुसारी को कार्यक्रम राखिएको थियो । काठमाडौँ मा बसेर गफ हाँक्दैमा र आइटि पार्क को गफ दिँदैमा केही उपलब्धि हुँदैन भनेर नै यो कार्यक्रम आइटिपार्क मा नै गर्नुपरेको कुरा मन्त्रि साह ले प्रस्ट्याउनु भयो

Had it not been for ‘ Sano Sansar’ this summer’s box office hit film, most urban youngsters would have found it difficult to recall the last Nepali movie they watched with so much enthusiasm. They readily agree to watch Hindi and English films over our Nepali films on any given day. After all, where would Nepali films stand in comparison to films like Titanic and Harry Potters series. The appeal factor is equally negligible in our Nepali film stars for their very youngsters who are so used to steamy scenes of Brangelina in Hollyhood films. Except for a few films, Nepali Film Industry has not produced movies that have been remarkable in any aspect be it in technicality or content. The once sought after industry seems to have been stagnant since the last decade. Inspite of being surrounded by Nepali film haters, I decided to watch a Nepali movie last week. “Mr Don” read the movie posters. The name just didn’t feel right in Nepali fonts. Nepali film makers seriously have run out of names

फ्रि एन्ड ओपन सोर्स सफ्टवेयर कम्युनिटि नेपाल, एउटा यस्तो समूह हो जुन समुह फ्रि एन्ड ओपन सोर्स सफ्टवयेर प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्छ । केही वर्ष पहिले स्थापना गरिएको FOSS Nepal Community, नेपाल मा फ्रि एन्ड ओपन सोर्स सफ्टवेयर प्रयोग गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढेको संस्था हो । अब आज उल्लेख गर्न खोजेको प्रसंगमा जाउँ होला । FOSS Nepal Community ले आयोजना गर्ने रेगुलर इभेन्ट अन्तर्गत "फोस का कुरा" भन्ने कार्यक्रम को निमन्त्रणा यहाँ बाट म सबैलाई खुल्ला रुप मै दिइरहेको छु । यहाँहरु पनि यसको बारेमा बुझ्न चाहनुहुन्छ, फोस नेपाल को फ्रि एन्ड ओपन सोर्स सफ्टवेयर आन्दोलनलाई समर्थन गर्नुहुन्छ भने यहाँहरु पनि आउन सक्नुहुन्छ, कार्यक्रम मा । विस्तृत विवरण यहाँ तल दिइएको छ । This is an invitation to you all to the upcoming FOSS Ka Kura (FKK) which is being organized by Madan Puraskar Pustakalya (MPP). Please find the details of the programme below: Topic: "Formatted Nepali Text Conversion" Venue: Yala Maya Kendra, Lalitpur, PatanDhoka Date: Friday January 9, 2009 T

मुगुमा अवस्थित रारा ताल को सयर गराउँदै छु । हामी प्राकृतिक रुपमा कति धनि छौँ, अनि हामी सँग असंङ्ख्य सम्पदाहरु छन् तर हामीले तिनीहरुको भरपुर उपयोग गर्न सकिरहेका छैनौँ । आज यहाँ फोटो मार्फत रारा ताल सयर गराउँदैछु, हाम्रो सम्पदाबारे जानकारी दिलाउँदैछु । Be Proud: This is our Rara Lake. राराको रङ... मुगू सदरमुकाम गमगढी । तपाईंसँग एक रुपैया को नोट छ भने एक पटक राम्रो सँग हेर्नुहोस् त। यो त्यही पहाड हो जुन त्यो नोटमा छापिएको छ। यो मुगू जिल्ला को प्रख्यात डाँडा हो। जसलाई त्यहाका बासिन्दाहरु चन्खेली डाँडा भनेर सम्बोधन गर्छन्। राराको रङ... सबै फोटोहरु (Rara Lake) दाजु, मेलोडियस मिलन ले खिच्नु भएको हो ।

विद्यार्थीहरूलाई “टार्गेट” गरेर छिट्टै नै थाइल्याण्डमा आयोजना हुन गइरहेको “अन्तराष्टिय सांस्कृतिक सम्मेलन”मा नेपालबाट जम्मा-जम्मी ४७ जनाले सहभागिता जनाउने भएका छन् र सबैभन्दा महत्वपूर्ण हाम्रो काठमाण्डौं विश्वविद्यालयबाट त झन् १७ जना विद्यार्थीहरुले सहभागिता जनाउने छन् र थाइल्याण्ड घुम्ने सुनौलो अवसर पनि प्राप्त गर्नेछन् । के तपाई केयूको विद्यार्थी भएकोले त्यस १७ जनाको नाम लिष्टमा आफ्नो नाम देख्न चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने अहिले २५० शब्द नघटाइ “Relationship between Nepal and Thailand and it’s future” शीर्षकमा एउटा निबन्ध लेख्नुस् र A-4 size को कागजमा प्रिन्ट गरेर आफ्नो सम्बन्धित स्कुलको डिनको ] approval signature गराएर विद्यार्थी मामिलाका निर्देशक प्रो डा सञ्चयनाथ खनालज्यूलाई बुझाउनुहोस् । के थाहा तपाइँको थाइल्याण्ड टुरको सपना पुरा भइहाल्छ की ? तर… अब यो सपना साँच्नु व्यर्थ भइसकेको केयूका धेरैजसो विद्यार्थीको गुनासो रहेको छ । दुइ हप्ता अगाडी उक्त “अन्तराष्टिय सांस्कृतिक सम्मेलन” सम्बन्धित लिखित सूचना केयू प्रशासनमा आएको तर केयू विद्यार्थीहरु माझ उक्त महत्वपूर्ण सूचना जानीजानी प्