Skip to main content

Posts

जाडो बढेको छ, अनि जाडो बढेको संकेत दिने गर्दछ, हुस्सु र कुहिरो ले । आज यहाँ मैले केही फोटोहरु राखेको छु । भन्दिहालौँ, अब मेरो फोटो ब्लग अपडेट हुनेछैन, जति जे अपडेट हुनेछ यही ब्लग र अर्को सर्लाही अन्लाइन भन्ने ब्लग अपडेट हुनेछ । पुष महिना को एक बिहान, काठमाडौँ विश्वविद्यालय वरिपरि का दृश्यहरु यहाँ राखेको छु । भन्ने नै हो भने अहिले जाडो निक्कै बढिसकेको छ । बिहान देखिएको काठमाडौँ विश्वविद्यालय भवन । वनेपा तर्फको भाग, जुन कुहिरो ले टम्म छोपिएको छ । उज्यालो भैसक्यो, तर पश्चिम आकाश मा चन्द्रमा अझै झुल्किरहेकाछन् । कुहिरो ले सबैकुरा ढाकिदिएको छ ।

ग्लोबल वार्मिङ, क्लाइमेट चेन्ज को कुरा भैरहेको छ, क्लासमा । अझ नविकरणिय उर्जा अर्थात Renewable Energy Source को बारेमा त क्लास मा लामै बहस हुने गरेको छ । हामी नविकरणिय उर्जा भन्ने च्याप्टर पढ्दैछौँ, क्लासमा । सर भन्नुहुन्छ, हामी भन्छौँ, हामीले नविकरणिय उर्जाको प्रयोगलाई बढावा दिनुपर्छ । त्यसको लागि हामी सर्वसुलभ जलविद्युत अर्थात बिजुली को प्रयोग गर्न सक्छौँ । खाना पकाउन, पानी तताउन बिजुलीको प्रयोग गर्ने हो भने, सस्तो पनि पर्न आउँछ, साथै वातावरण पनि जोगिन्छ । लाग्छ, हामी वातावरणविद हौँ र हामी अरुलाई उपदेश दिइरहेका छौँ । यहाँ सबैले वातावरण को बारेमा चासो राख्नु जरुरी छ, भन्दै । क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङ को विषयमा पनि निकै तातो बहस गरिरहेका छौँ । बिजुली बाट प्रदुषण नहुने भएकाले, डिजेल, पेट्रोल, ग्यास, मट्टितेल आदि को सट्टा मा बिजुली को प्रयोग गर्दा बढ्दैगएको ग्लोबल वार्मिङ लाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । खाना बनाउन, सिलिन्डर एलपि ग्यास को सट्टा मा बिजुली प्रयोग गर्दा कति फाइदा हुन्छ, आदि आदि कुराहरु कपि मा हिसाब गरिरहेका छौँ, क्याल्कुलेटर थिचिथिचि । थाहा पाइयो, हामी सँग कति

आज विश्व मानव अधिकार दिवस । विश्व मा आधुनिकता सँगै मानवअधिकार उल्लंघन का घटनाहरु मा पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । मूख्यरुपमा, राजनितिक आस्थाका कारण ले धेरै भन्दा धेरै मानवअधिकार उल्लंघन को घटना घटिरहेको छ । एम्नेस्टि इन्टरनेसनल बाट: Amnesty International has called on governments to make the 60th anniversary of the Universal Declaration of Human Rights a time for action not just for celebration. आउनुहोस्, हामी पनि मानवअधिकार दिवस को दिन मानवअधिकार कहिले उल्लंघन गर्ने छैन भन्ने प्रतिबद्धता गरौँ । यसका लागि तपाईहरु, यो तल को मैनवत्ति बाल्न सक्नुहुन्छ । अनि यो मैन बत्तिलाई कहिले निभ्न नदिनुहोस् । आउनुहोस्, यो मैनबत्ति कहिले निभ्न दिने छैन भनेर प्रण गरौँ । अन्त्यमा, मानवअधिकार दिवस को उपलक्ष्यमा सबैले सुख र शान्तिपुर्वक बाँच्न सकियोस भन्ने कामना गर्दछु ।

आकाश गड्गडाएर पानी बर्सन्छ धर्‌धर काँप्छ सडकको पुत्र निर्वस्त्र भै उ थर्‌थर छैन वस्त्र उ'मा, कैले आधा पेट उ भर्दछ कहिले त झनै भन्दा अभावमै उ मर्दछ । छैन कोही यहाँ मान्छे मान्छे को दु:ख हेरने जोछन् जति सबै आफ्नै दुनो रोटि समाउने विवेकी जनको ज्ञान आज कुन्नी कता गयो मानव सेवा परम धर्म भन्ने सुक्ति कहाँ गयो ? न छन् आमा बुबा उस्का स्नेहले काखमा लिने न छन् आफन्त कोही नै उ मर्दा शोकले रुने कठैबरा भनिदिन्न आज लौ मान्छे ले किन ? कैले आउला सुखी दिन, गनिरन्छ उ दिन-दिन, गनिरन्छ उ दिन-दिन ॥ -समिर पोखरेल बायोटेक दोस्रो वर्ष, काठमाडौँ युनिभर्सिटि ।

अपडेट: काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क ले आयोजना गरेको कार्यक्रम "मानवअधिकार र युवाको भूमिका" विषयक कार्यक्रम मा मानवअधिकारकर्मी कृष्ण पहाडीले राख्नुभएको विचार सुन्नुहोस् । आज मिति २०६५ मंसिर २२ गते आइतबार का दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल मा “मानवअधिकार विश्वव्यापी घोषणापत्र,१९४८ डिसेम्बर १०” (Universal Declaration for Human Right) जारी भएको ६० औँ वर्ष को सन्दर्भमा काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क (Kathmandu University Amnesty International Youth Network) ले "मानव अधिकार र युवाहरुको भुमिका" विषयक अन्तरकृयात्मक कार्यक्रम गरेको थियो । कार्यक्रम मा तीन सय भन्दा बढि युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम तीन बजे सुरु भएर साँझ साँढे पाँच बजे सकिएको थियो । कार्यक्रममा, काठमाडौँ विश्वविद्यालय का भूतपुर्व विद्यार्थीहरुले निर्माण गरेको “उजेली” नामक वृतचित्र समेत प्रदर्शन गरिएको थियो । कार्यक्रम को सभापतित्व काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क का संयोजक ओमप्रकाश सापकोटा ले गरेका थिए । कार्

यहाँ म बम को कुरा गर्दैछैन, तर बम विस्फोटनले पारेको असर फोटो मार्फत देखाउँदैछु । हुन त फोटो को लागि भनेर छुट्टै ब्लग बनाएको छु, अनि कम्प्युटर टेक्नोलोजी को लागि अर्को बनाएको छु । तर अहिले एउटै ब्लगमा पनि समय दिन गाह्रो बैरहेको छ, अत: सबै ब्लग अपडेट गर्नु भनेको काम गाह्रै हुँदोरहेछ । हुन त म समय यही ब्लगलाई दिने गर्छु, अनि खासमा भन्ने हो भने, अरु ब्लगलाई प्रमोट पनि गरेको छैन तर पनि नतिजा सन्तोषजनक नै छ । यहाँ म दिनहुँजसो झुल्कन्छु भने अरु ब्लगमा महिनौँ पनि रेगुलर नहुन सक्छु, यसका आफ्नै कथाहरु छन् । खैर, आज को पोष्ट को प्रसंगमा जाउँ होला । यहाँ फोटोहरु राखिएको छ, करिब महिना दिन अघि रौतहटको चन्द्रनिगाहपुर मा बम पड्किएको स्थल को । बाँकि कुरा त यही फोटो अनि क्याप्सन ले भन्नेछ । एक महिना अघि दुई जना बालबालिका को मृत्‍यु हुने गरी चपुर चोक मा भएको बिस्फोटको कारणले सुकेको रुख । मध्यमाञ्चल महोत्सब को प्रचार को लागि राखिएको ब्यानर। गौरमा भएको उक्त महोत्सबमा भएको बिस्फोट ले गर्दा पुरै महोत्सब नै असफल भएको थियो। सबै फोटोहरु दाजु "मेलोडियस मिलन" ले अस्ति रौतहट जाँदा खिच्नुभएको हो । आजै केह

These photos are taken in one evening from Kathmandu University, Dhulikhel.

रुनु थियो सँधैभरि, हाँस्न सकिएन । उदासि यो जिवनमा खुशि भेटिएन ॥ संगी मेरी गईसकी, चट्टमाया मारी । झरीसरी आशुँ झर्छ, थाम्न सकिएन ॥ तिम्रो याद एकाएकै, आउँछ आजभोलि । सपनीमै भएपनि, भेट्न सकिएन ॥ सपनाका महलहरु, कति थिए यहाँ । भत्के सबै कम्पिएर, रोक्न सकिएन ॥ तिमीबिना एक्लै अब, बाँच्ने छैन मन । आफैँलाई आफैँ किन रेट्न सकिएन ॥ -मुकुन्द अनडेस्टिनि बायोटेक - दोश्रो वर्ष, केयु

पानी खान पाइएन, पानी को हाहाकार छ । पानी नपाउँदा कस्तो हुन्छ, सायद मैले भनिरहनु पर्दैन होला । तर पनि मेरा लागि नयाँ अनुभव नै हो, पानी को लागि तड्पिनुपरेको । शान्तिपुर्ण आन्दोलन नसम्झने अनि बुझेर पनि बुझ पचाउने प्रशासन, अनि तोडफोड नगरी कुनैपनि समस्या को समाधान निस्कँदैन भन्ने जनता, खै, के भन्ने - के भन्ने, कोही पनि कम छैनन् । पानी आन्दोलन को घोषणा गरेको करिब हप्ता दिन अगाडि तर सम्बन्धित पक्ष को ध्यान गएन, या भनौँ सम्झन चाहेनन् । केही दिन अघि यहाँ, "खानेपानी उपभोक्ता समिति" को पुतला पनि बनाइएको थियो । अनि हिन्दु बिधि अनुसार हरियो बाँस मा कात्रो ले नै बेरेर केयु गेट अगाडि जलाइएको थियो, चेतावनि सहित माग पुरा नभए, कडा रुपमा प्रस्तुत हुन्छौँ भनेर । तर त्यतिखेर कसैको कान मा बतास पसेन, कुनै मिडिया ले फुकेन । जब पाइप फुटाइयो, सबैको एकैपटक आँखा खुलेको छ । मिडियामा पनि राम्रै कभरेज छ अनि केयु मा पनि यसै विषयमा मिटिङ चलिरहेको छ । अब पाइप कहिले जोडिने हो, कहिले पानी को सप्लाइ यथावत हुने हो, अनिश्चित नै छ । अनिश्चितताको बिचमै केयुमा भने, केही ट्याङ्कर खानेपानी ल्याइएको छ । तर ओसारेको पानील

ब न्द ! बन्द को अर्थ थाहा नपाउने अनि बन्द नभोग्ने नेपाली कोही छैन होला । बन्द महिना मा कतिपटक होला ? एकपटक अनुमान गर्नुहोस् । मलाई थाहा छ तर तपाई को अनुमान मिल्नेवाला छैन कारण महिना मा कतिदिन बन्द हैन, कतिदिन खुल्ला हुन्छ भनेर प्रश्न गर्नु उचित होला । अब सायद, प्रश्न केही सजिलो भयो कि ? लोकतन्त्र सँगै, छाडातन्त्र अनि अराजकतन्त्र पनि भित्रिएछ, हाम्रो नेपाल मा थाहा नै नपाइ । अनि हामीलाई नराम्रोसँग गाँजिरहेछ, यही छाडातन्त्र र अराजकताले । लोकतन्त्रलाई यहाँ गलत व्याख्या गरिँदैछ, अराजकतालाई बढावा दिँइदैछ । यस्तो अराजकता बढ्दैगएमा, मुलुक मा ठूलो दुर्घटना अवश्य हुनेछ, यसमा कुनै दुईमत नहोला । बन्द किन हुन्छ, अनि के कारण ले हुन्छ । मैले पहिले नै लेखिसकेको छु, एकपटक यहाँ हेर्नुहोला है, धेरै कुरा स्पष्ट हुनेछ । भन्दिहालौँ, “बन्द” भन्ने पोष्ट कान्तिपुर एफएम बाट बजिसकेको छ, अनि डामाडोल डटकम मा पनि छापिएको छ । बन्द को बिरोध मा कतिपटक लेखियो होला, कतिपटक कुरा गरियो होला, अनि कति पटक त्यस्ता समूहलाई सम्झाइयो होला अनि, हप्काइयो होला, अनि कतिपटक प्रतिबद्धता पनि लिन लगाइयो होला । तर “काग कराउँदैछ, पिना