Skip to main content

Posts

Showing posts with the label Technology

करिव ४-५ महिना अघिको कफी भेटमा ब्रजेश दाइले आइप्याड आफ्नै घरबाटै चोरी भएको घटना सुनाउनु भएको थियो । त्यही समयताका आइफोनमा राखिएको ट्रयाकिङ डिभाइसको मद्दतले हराएको आइफोन भेटियो भन्नेबारे  गिजमोडोमा एउटा ब्लग पनि पढेकोथिँए ! नेपालमा सामान्यत: चोरी भएका मोबाइल, कम्प्युटर आदि इलेक्ट्रोनिक्स वस्तुहरु फेला पार्न सकिँदैन । अत: ब्रजेशदाइको चोरिएको आइप्याड अब भेटिँदैन भन्नेमा विश्वस्त थिँए । तर अलि अघि सिभिलमलमा भएको भेटमा ब्रजेशदाइले भन्नुभो, अब आइप्याड फेला पर्लाजस्तो छ । त्यसको केही दिनपछि नै चोरिएको आइप्याड ब्रजेशदाइको हातमा आइपुग्यो । चोरीभएको नौ महिना पछि आइप्याड भेटिनु चानचुने कुरा थिएन । के - कसरी भेटियो होला भन्ने कौतुहलता लागिरहेको थियो। मेरो कौतुहलता ब्रजेश दाइले नेपाल साप्ताहिकमा "बायाँ" फन्कोमा समेट्नुभएको रहेछ । आज त्यही आइप्याड भेटिएको कुरा नेपाल साप्ताहिकबाट साभार गरेर यहाँ राख्दैछु । चेतन भगत र चोरिएको आइप्याड जीमेलका स्प्याम अक्सर हेर्दै नहेरी एकमुष्ट उडाइदिने मेरो बानी छ। फेब्रुअरी २०१३ को दोस्रो साता खोइ किन हो, फोल्डर खोलेर सबै स्प्याम सरर्र हेर्दै थिएँ,

सगरमाथाको देशमा बसेर अहिलेसम्म, सगरमाथा त के आधार शिविर सम्म नि पुग्न सकियाहैन । अब बेसक्याम्प हिँडेरै नपुगिएपनि गुगल म्याप मार्फत भने पुग्न सकिने भएकोछ । गुगलले संसारको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर सहित दक्षिण अमेरिका, अफ्रिका, युरोप लगायतका अग्ला चुचुराहरुको ३६० डिग्री फोटो गुगल म्यापमा हेर्न सकिने व्यवस्था गरेकोहो । Mount Everest Basecamp गुगलको ब्लग अनुसार गुगल म्यापमा नेपालको तेङ्बोचे गुम्बा तथा सगरमाथा वेसक्याम्पको ३६० डिग्री तस्विर हेर्न सकिन्छ । सन् २०११ मा सगरमाथा बेसक्याम्प घुम्न आएका गुगलरहरुको एक समूहले १२ दिन लगाएर सगरमाथा वेसक्याम्प, नाम्चेबजार तथा तेङ्बोचे गुम्बाको फोटो लिएकाथिए । Tengboche Monastery Mount Everest Base Camp Street View on Google Maps View Larger Map   Tengboche Monastery Street View on Google Maps View Larger Map Kala Patthar Street View on Google Maps View Larger Map Mudslide bridge Street View on Google Maps View Larger Map Namche Bazaar Street View on Google Maps View Larger Map Googlers Team at Mount Ev

MobileNepal is organizing Pivot Nepal - A competition for mobile app developers and other mobile enthusiasts to bring forward their creative and innovative mobile app ideas, products and prototypes that has the potential to stand out as a sustainable business in itself. If you have some killer mobile app ideas and concepts that you think will work in Nepalese context and has the potential to be scaled up at an International level this is the right avenue for you to submit your idea and take it forward. At the same time, if you already have conceived and developed mobile app and are looking to develop business around it, this is the right place for your to submit your concept and take it forward. The competition has started from February 25, 2013 and will continue till April 26, 2013. Teams will be able to submit their idea in any of the three categories - Social Development, Utilities and Entertainment and Business and Financial Services through the website . Top 5 submis

After the m2Work ideation phase, which was conducted by infoDev and Nokia's Idea's Project, four mLabs and a mHub (Mobile Nepal ) are organizing m2work Hackathon on September 15 - 16, 2012 with the support of infoDev and YoungInnovations Pvt. Ltd . The four mLabs are situated in Republic of Armenia, Kenya, South Africa and Vietnam. Mobile Nepal is organizing the hackathon in Nepal. The objective of the hackathon is to create mobile applications based on mobile microwork. The participants can convert ideas posted in the ideation phase or own ideas based on mobile microwork. The winners will also be awarded. Prizes-1st:Rs.30,000 2nd:Rs.20,000 3rd:Rs.10,000 The m2Work Hackathon aims to: Shape promising idea submissions into mobile application prototypes; Bolster other prototype mobile microwork applications that qualify for pre-incubation support at infoDev’s Mobile Application Labs (mLabs), and Increase awareness for the job-creating potential of

झट्ट सुन्दा पत्याउन गाह्रो पर्ने कुरा, र खासै चर्चा, परिचर्चा गरेको पनि सुनिँदैन । तर नेपाल पनि कम्प्युटर प्रविधि विषयमा धेरै पहिले देखि काम हुँदै आएको रहेछ । अमेरिकामा एप्पल, आइबिएम, माइक्रोसफ्ट आदि कम्पनीहरु आफ्नो पहिलो माइक्रो कम्प्युटर बनाउने प्रयास गरिरहँदा, नेपालमा पनि यस्तै प्रयास भइरहेको थियो । परिणामस्वरुप आइबिएम भन्दा २-३ वर्ष पहिले नै, नेपालमै माइक्रोचिप्स प्रयोग गरेर माइक्रो कम्प्युटर निर्माण भएको थियो । हिजो लोकस २०१२ मा नेपालमा पहिलो कम्प्युटर बनाउने व्यक्ति भनेर परिचित ईन्जिनियर मुनिबहादुर शाक्यको कुरा सुनिरहँदा, एकमनले रमाइलो र अर्को मनले नरमाइलो लाग्यो । आइबिएम, एप्पल, माइक्रोसफ्ट लगायतका कम्पनीहरुकै हाराहारीमा तत्कालिन समयमा ईन्जिनयर मुनिबहादुर शाक्यले नेपालमै कम्प्युटर बनाउनु भएको थियो । रमाइलो र गौरव यसअर्थमा लाग्छ कि, त्यो समय देखि नै नेपालमा पनि कम्प्युटरको विकास भएको रहेछ, जुन समयमा भारतमा यही किसिमको काम भएको थिएन । तर नरमाइलो यस अर्थमा लाग्यो कि, आइबिएम, एप्पल जस्ता कम्पनीहरु कहाँ पुगे, तर हामी जहिँको तहिँ । हामी सँधै बुद्ध र सगरमाथा भन्दै नाक फुलाएर बसेका छौँ

प्रत्येक वर्ष पुल्चोक क्याम्पसमा आयोजना हुने लोकसको नबौँ संस्करण “लोकस २०१२” आजबाट सुरु हुँदैछ । “ब्रिजिङ द डिजिटल डिभाइड” (Bridging the Digital Divide) थिम सहित आयोजना भएको कार्यक्रम ३ दिनसम्म चल्नेछ । कार्यक्रममा विभिन्न कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता रहेनछ । कार्यक्रममा सफ्टेवयर कम्पिटिसन, हार्डवेयर कम्पिटिसन, सेमिनार, भिडियो कम्पिटिसन, पेपर प्रिजेन्टेसन लगायत विविध कार्यक्रम आयोजना गरिने, लोकसको वेवसाइटमा उल्लेखछ । यसभन्दा अघि भएका लोकस २००९ तथा लोकस २०१० यहाँ हेर्न सकिन्छ । लोकस २०१२ बारे, लोकसको फेसबुक पेजमा लेखिएकोछ: LOCUS 2012 is organizing the “9th National Technological Festival” with aim of providing a platform to showcase innovative ideas and creativity in the field of technology. Keeping up with the current scenario of Nepal , where there is a large disparity in the access to and the use of technology, our theme “Bridging the Digital Divide” aims to encourage clever ideas and designs which will help in taking technology from selected institutes

हामीलाई डरलागेको वा गर्न नसक्ने जस्तो कुरा आफ्नो सामुन्ने आउँदा हामी नेपालीको मुखबाट फुत्कने शब्द हो, आबुई ! आबुई वा आब्बुइ वा अबुइ जे भने’पनि मैले भन्न खोज्या कुरा त बुझ्नु भो होला । म चैँ आबुई (Abui) भन्छु है । त्यही हामीभित्र रहको डर जनाउने शब्द ‘आबुई’लाई समेट्दै र हामी भित्रको शब्दको डर हटाउन ‘ आबुई डटकम’ आइपुगेकोछ । कुनै नेपाली शब्दको अर्थ आएन वा उखान टुक्काको अर्थ बुझ्न सकिएन भने अब त्यसको समाधान प्राय आबुई डटकममा भेट्न सकिन्छ । गतसाल पुषदेखि सञ्चालनमा आएको ‘आबुई डटकम’ नै ‘अनलाइन नेपाली शब्दकोष’ (Online Nepali Dictionary) हो। आबुई डटकममा नेपाली शब्दका अर्थका साथै नेपाली उखानहरुका अर्थ भेट्न सकिन्छ । नेपाली ब्लगका ब्लगर नेपाली ले निर्माण गरेको आबुई डटकममा दैनिक रुपमा एउटा शब्दलाई “आजको शब्द” भनेर त्यसको अर्थ दिने गरिएकोछ । आबुई डटकम कसरी चलाउने? आबुई डटकमको गृहपृष्ठमा टेक्स्टबक्स रहेकोछ । टेक्स्टबक्स माथि ‘शब्द कोरे कोरे जस्तो गरौँ’ भन्ने वाक्य राखिएकोछ, त्यहाँ भनिएजस्तै टेक्स्टबक्स भित्र गएर शब्द कोरे जस्तो गर्नुस अर्थात कुनै शब्द लेखेजस्तो गर्नुस्, तपाईले रोमनमा

विश्व खाद्य कार्यक्रम (World Food Program – WFP) को अनुसार भोकमरी (hunger) विश्वको सबैभन्दा ठूलो समाधान गर्न सकिने समस्या हो ! करिब १० करोड मानिसहरु अहिले खाद्यान्नको अभावमा भरपेट खान पाइराखेका छैनन् । क्लाइमेट चेन्ज (Climate Change) र बढ्दै गरेको जनसंख्याको कारणले गर्दा सन् २०५० सम्ममा यो संख्या दोब्बर भएर २० करोड पुग्ने अनुमान गरिएकोछ । यो समस्याको तत्काल समाधानको लागि विभिन्न किसिमका खाद्यान्न सहयोग कार्यक्रमहरु सञ्चालन भएपनि यसको दिर्घकालिन समाधान भने खाद्यान्न उत्पादन वृद्धि गर्नु नै हो । राम्रो सिँचाइ सुविधा उपलब्ध गराउन सके, आकाशे पानीमा भर परेर गरेको खेती भन्दा दुई देखि पाँच गुना सम्म बढि खाद्यान्न उत्पादन गर्न सकिन्छ ! तर धेरै जस्तो विकसित देशमा पानीको समस्या भएकोले सिँचाइ सुविधा उपलब्ध गराउन त्यति सजिलो भने छैन । यस्तै खाद्यान्नको समस्या नेपालले पनि भोगिरहेकोछ । नेपाल खाद्यान्न आयात गर्ने देशहरु मध्येमा परे पनि अरु देश जस्तो सुख्खा छैन, नेपालमा प्रशस्त खोलानाला छन्, नेपाल जलश्रोतमा धनि छ । तर नेपालको भौगोलिक वनावटको कारणले गर्दा विशेष गरी पहाडी भूभागमा सिँचाइ सुविधा पुर्याउ

फेसबुक, इन्स्टाग्राम, फ्लिकर, पिकासा लगायतका साइटहरुमा दैनिक लाखौँ फोटोहरु अपलोड हुने गर्छन् । यसका अतिरिक्त इन्टरनेटमा अन्य सयौँ फोटो सेयरिङ साइटहरु पनि छन् । भर्खरै पनि फेसबुकले फोटो सेयरिङ मोबाइल एप्स इन्स्टाग्रामलाई महंगो मुल्य तिरेर किनेकोछ । हामीले खिच्ने प्रत्येक फोटोले कुनै न कुनै कथा बोकेको हुन्छ, चाहे त्यो प्रोफेशनल क्यामराले खिचिएको होस् वा साधारण मोबाइलबाट खिचिएको होस् । हामीले ती फोटोका कथाहरु फेसबुक, ट्विटर, फ्लिकर, पिकासा, मुभी मेकर, आईफोटो आदि विभिन्न साइट र विभिन्न टुलहरु मार्फत सेयर गर्ने गरेकाछौँ । यही फोटोहरुको कथा भन्ने भन्ने मेसोमा नेपाली सफ्टवेयर ‘पिकोभिको’ पनि थपिएकोछ । मुभी मेकर, पिकासा, आईफोटो आदि चलाइरहेका प्रयोगकर्ताहरुलाई भर्खरै बजारमा आएको नेपाली सफ्टवेयर ‘पिकोभिको’ (Picovico) बारेमा भने खासै जानकारी नहुन सक्छ ! पिकोभिको (Picovico) फोटोहरुलाई भिडियो (Photos to Videos) मा छिटो र छरितो सँग बदल्ने फ्रि “वेब वेस्ड एप्लिकेशन” (Web based Application) हो, जसबाट सजिलोसँग आफूले चाहेको थिम (theme), संगित (Music) र शब्द (Text) राखेर फोटोहरुलाई भिडियोमा बदल्न सकिन्छ

कारको फोटो मात्रै होइन, अब थ्रिडी प्रिन्टरबाट कार नै प्रिन्ट गर्न सकिने  आसयको शीर्षक भएको लेख कुनै टेकब्लगमा देखे झैँ लाग्छ ! त्यो बेला, के नचाहिने कुरा गर्याहोला भनेर, उक्त लेखको शीर्षकमात्र पढेर छोडेको थिँए । अब फोटो प्रिन्ट गर्ने प्रिन्टरले कार नै प्रिन्ट गर्छ भन्दा कसरी पत्याउनु ! थ्रीडी नै प्रिन्टर भए नि, कागजमा कारको फोटो प्रिन्ट गर्ने होला भन्ने मलाई लागेको थियो ! तर अघि डुल्दै जाँदा ‘टेड’ को भिडियोमा पुगियो, भिडियो हेरेपछि पो, एकहप्ता पहिले देखेको ब्लग शीर्षक याद आयो ! अब हामीमाझ यस्तो प्रविधि आउँदैछ कि, कुनै कुरा अनलाइनमा सपिङ गर्यौँ भने, उक्त वस्तु/सामान नै हामी आफ्नो कम्प्युटरबाट डाउनलोड गरेर, थ्रिडी प्रिन्टरमा प्रिन्ट गर्न सक्छौँ ! कहिलेकाँही घरमा फोन हुँदा यस्तो पकाइराकोछु, मिल्ने भए यही फोनबाट पठाइदिन्थेँ भन्नुहुन्छ, तर अलि केही समयपछि यस्तो कुरा सम्भव नहोला भन्न सकिन्न ! मानौँ कि मलाई बाल्टिन चाहियो ! बाल्टिन चाहियो भने, बाहिर बजार गइरहनु पर्ने जरुरत नै छैन ! अनलाइनमा आफूलाई मन परेको बाल्टिन छान्यो, वा आफैँ बाल्टिन डिजाइन गर्यो, अनि प्रिन्टरबाट प्रिन्ट गर्यो ! कुर

क्याप्चा “क्याप्चा”को बारेमा प्राय सबैले सुनेको हुनुपर्छ, धेरैपटक क्याप्चा “टाइप” पनि गर्नु भएकोहोला ! प्राय प्रयोगकर्तालाई क्याप्चा “टाइप” गर्न गाह्रो र झन्झटिलो लाग्छ । प्रयोगकर्तालाई झन्झटिलो लागेपनि सम्भावित ‘स्पाम’ प्रतिक्रिया, अपडेट आदिबाट बच्नको लागि साइट/ब्लगमा “क्याप्चा” प्रयोग गर्ने गरिन्छ । विकीपेडियाका अनुसार क्याप्चाले प्रयोगकर्ता मानव हो कि कम्प्युटर हो भनेर बताउँछ (A CAPTCHA is a program that can tell whether its user is a human or a computer) । क्याप्चामा लेखिएको अक्षर कम्प्युटर/रोबटले बुझ्न सक्दैन, क्याप्चामा लेखिएको अक्षर मानिसले मात्र पढ्नसक्छ ! रिक्याप्चा “रिक्याप्चा” पनि क्याप्चा नै हो । क्याप्चाले जस्तै “रिक्याप्चा”ले पनि स्पामरहरुबाट साइटलाई जोगाउन सहयोग गर्छ । यसका अतिरिक्त “रिक्याप्चा”को माध्यमबाट इन्टरनेटमा साधारण तर ठूलो काम भइरहेको छ । सायद धेरैलाई थाहा नहुनसक्छ, रिक्याप्चाको माध्यमबाट हामीहरु विश्वका पुराना पत्रिका तथा कितावहरुलाई “डिजिटाइज” (डिजिटल बनाउनु) गरिरहेकाछौँ । रिक्याप्चाले साइटलाई “स्पाम”बाट जोगाउनुको साथै बर्षौँ पुराना किताब र पत्रिकाह

तपाईको फेसबुकका साथीहरुको स्काइप (Skype) मा खाता (account) छैन भने पनि अब तपाईले स्काइप मार्फत सिधै आफ्ना फेसबुक का साथीहरु सँग कुरा गर्नसक्नुहुने भएको छ । ३ दिन अघि घोषणा गरिएको यो सुविधा स्काइपको पछिल्ला भर्सनहरु ( Skype 5.4 Beta for Mac र Skype 5.7 Beta for Windows ) मा उपलब्ध रहेको छ । अत: स्काइपबाट फेसबुकमा भएका साथीहरु सँग सिधै कुरा गर्नको लागि, तपाईहरुले स्काइपको नयाँ भर्सन प्रयोग गर्नुपर्नेछ । स्काइपमा आफ्नो फेसबुक प्रोफाइल ‘कनेक्ट’ गरेका प्रयोगकर्ताहरुले, स्काइपबाटै फेसबुकमा भिडियो कल पनि गर्न सक्नेछन् । साथै, स्काइपको ड्यासबोर्डबाट, फेसबुकमा को को साथी अनलाइन बसेका छन् भन्ने कुरा पनि थाहा पाउन सकिन्छ !  साथीहरुको फेसबुक स्टाटस अपडेट पनि स्काइपबाटै हेर्न सकिन्छ । पुनश्च: फेसबुकका साथीहरु सँग स्काइपबाटै च्याट गर्नको लागि स्काइपको नयाँ भर्सन प्रयोग गर्नुपर्नेछ ।

तपाईको रेफ्रिजरेटरमा राखिएको तरकारी लगायतका खाद्यवस्तु सकियो भने इन्टरनेटमार्फत जोडिएको रेफ्रिजरेटर आँफैले तरकारी लगायतका खाद्यवस्तुको अर्डर दिन्छ । तपाईको खाना खाने प्लेटले, तपाईले आज यो खानुभयो भनेर सोसल नेटवर्किङसाइटमा अपडेट गरिदिन्छ । तपाईको कफी मेसिनले कफि बनाएर बिहानै स्वागत गर्छ।  तपाईको अनुपस्थितिमा कोही अरु नै तपाईको अफिस जान्छ । ड्राइभरविना नै तपाई कारमा यात्रा गर्नुहुन्छ  । यदि माथि भनिएको जस्तै भयो भने तपाईलाई कस्तो लाग्ला? न्युयोर्क टाइम्सले लेखेको कुरालाई सही मान्ने हो भने, माथि भनिएका कुराहरु केही समयपछि नै देख्न सकिनेछ । सर्च इन्जिन कम्पनी गुगल ले, गोप्यरुपमा “गुगल-एक्स” नामक प्रयोगशाला सञ्चालन गरिरहेको छ, जहाँ माथि भनिए जस्तै कुराहरुमा  अध्ययन अनुसन्धान भइरहेकोछ । आर्टिफिसियल इन्टेलिजेन्सको भरपुर प्रयोग गर्न गुगल लागिपरेकोछ, उनीहरुको प्रयोग सफल भएको खण्डमा निकट भविष्यमै हामी ड्राइभरविनाको गाडिमा गुड्नेछौँ, सबै कामहरु रोबटले आफैँ बुझेर गर्नेछन् । गुगलको उक्त प्रयोगशाला “गुगल-एक्स”मा, रोबोटिक्स इन्जिनियरहरु गुगलको सपनालाई साकार पार्ने अभियानमा लागेकाछन् । आर्टिफिसि

सेप्टेम्बर ४, १९९८ लाई गुगलको जन्मदिन मानिन्छ । अस्ति भर्खर मात्रै गुगल १२ वर्ष पुगेर १३ लागेको छ । सर्च इन्जिनबाट सुरु भएको गुगल को यात्रा एन्ड्रोइड फोन हुँदै गुगल प्लस सम्म आइपुगेको छ । गुगलले सर्च देखि मोबाइल र सामाजिक सञ्जाल को क्षेत्रमा प्रयोगकर्ताहरुको वाहवाही पाइरहेको छ । १३ वर्ष अघि गुगल सुरु भो, जुनबेला हाम्रो देशमा ‘नेपाल पर्यटन वर्ष १९९८’ (Visit Nepal 1998) को नारा लागेको थियो, र मलाई इन्टरनेट, कम्प्युटर को केही ज्ञान थिएन । हुन त ईन्टरनेट नै भर्खर भर्खर विकास हुँदै गइरहेको थियो । गुगल को जन्म हुँदा याहु (Yahoo!) र एओल (AOL) को वर्चश्व थियो । गुगलका संस्थापकद्वय ‘ल्यारी पेज’ र ‘सेर्गे ब्रिन’ को भेट स्टान्डफोर्डमा सन् १९९५ मा भएको थियो र उनीहरुले १९९६ को जनवरी मा “ब्याकरब” नामक सर्चइन्जिन सार्वजनिक गर्ने विचार गरेका थिए । तर पछि उनीहरुको त्यही “ब्याकरब” गुगल सर्च इन्जिन मा परिवर्तन भयो । गणितमा गुगल (Googol) को अर्थ हुन्छ १ पछाडी सय वटा शुन्य । आज गुगल ( Google ) करोडौँ इन्टरनेट प्रयोगकर्ताहरुको जिवनशैली बनिसकेको छ । १९९६-१९९७: ब्याकरब संस्थापकद्वय पेज र ब्रिन ले सुरु

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल

सर्च जायन्ट गुगल ले, ‘सोसल नेटवर्क’मा एकपटक आफ्नो भाग्य फेरि परिक्षण गर्दैछ । गोप्य राखिएको प्रोजेक्ट ‘गुगल प्लस’लाई हिजो गुगल ले सार्वजनिक गरेको छ । बज, वेभ आदि को असफलताबाट पाठ सिक्दै गुगल ले फेरि एकपटक ‘सोसल नेटवर्क’ मा आफ्नो अस्तित्व खोज्दैछ । अनि यसपटक, गुगल, ‘गुगल प्लस’ मार्फत ‘सोसल नेटवर्क’ मा आफ्नो उपस्थिति जनाउन खोज्दैछ । हिजो देखि केही व्यक्तिहरुलाई गुगल ले ‘टेस्टिङ’ गर्न को लागि गुगल प्लस दिएको छ । अन्य का हकमा भने, गुगल प्लस को “एकाउन्ट” बिस्तारै पछि दिइने कुरा गुगल ले जनाएको छ । गुगल प्लस को आगमन सँगै गुगल ले आफ्ना सबै पेजहरुको ‘नेभिगेसन’ बारको रङ्गलाई पनि परिवर्तन गरेको छ । अब गुगल का सबैपेज को माथि ‘कालो रङ्’ को नेभिगेसन बार देखिने छ । गुगल प्लस को सुरुवाती ‘रिभ्यु’ सबैतिर बाट राम्रो आएको छ । क्लिन डिजाइन मा आएको गुगल प्लसलाई ‘टेक पण्डित’हरुले ‘फेसबुक किलर’ को संज्ञा दिएका छन् । गुगल को सामाजिक हुने प्रयत्नलाई, फेसबुक चलाउँदा चलाउँदा दिक्क भएका प्राय सबै प्रयोगकर्ता ले स्वागत गरेकाछन् । गुगल प्लस कस्तो छ ? उत्तर सिम्पल छ, ‘फेसबुक’ जस्तो हो, तर फेसबुक भन्दा धेरै फर

ओपनसोर्स अपरेटिङ सिस्टम “फेडोरा लिनक्स” को ‘लभलक’ (Lovelock) नाम दिइएको  १५ औँ संस्करण को अपरेटिङ सिस्टम फेडोरा कम्युनिटि ले आज सार्वजनिक गरेको छ । ‘रेडह्याट’ को प्रायोजन मा फेडोरा कम्युनिटि ले ‘ओपनसोर्स अपरेटिङ सिस्टम’ फेडोरा १५ (लभलक) सार्वजनिक गरेको हो । फेडोरा १५ मा दर्जनौँ ‘नयाँ फिचर’ राखिएको फेडोरा कम्युनिटि व्दारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ । फेडोरा १५ मा फायरफक्स ब्राउजर, इम्प्याथी च्याट क्लाइन्ट, ईभोलुसन मेल मेसेन्जर, जिनोम ३, लिब्रे अफिस आदि  राखिएको छ  । गत नोभेम्बर २ मा फेडोरा ले आफ्नो चौधौँ संस्करण सार्वजनिक गरेको थियो । प्रयोगकर्ताहरुका लागि थपिएको नयाँ फिचरहरु यसप्रकार रहको कुरा, फेडोरा कम्युनिटि ले जानकारी गराएको छ । ==== For desktop users ==== A universe of new features for end users: * GNOME 3 desktop environment -- GNOME 3 is the next generation of GNOME with a brand new user interface. It provides a completely new and modern desktop that has been designed for today's users and technologies. Fedora 15 is the first major distribution to inclu

Italian EvK2Cnr in collaboration with Nepal Academy of Science and Technology (NAST) and the Department of Hydrology and Meteorology installed the Mobotix webcam at Mount Everest. Ekantipur reported , “With the installation of a Mobotix webcam at Kala Patthar on May 17, people around the world can view high resolution images of Mount Everest (Sagarmatha)”. In a statement, EvK2Cnr said, the installation was part of the 2011 Share Everest expedition. And webcam will be active only during daylight, almost between 6am and 18pm (NST). The statement said the Mobotix is the “highest webcam” in the world. Following the UN resolutions and indications Ev-K2-CNR launched the SHARE project - Stations at High Altitude for Research on the Environment - with the aim to promote continuous scientific observations in key high-mountain regions able to contribute to knowledge on regional and global climate change. Through this Share project, Firm will do research on Climate change and Global war