Skip to main content

Posts

Showing posts with the label Technology

'सर्च जायन्ट' गुगल र 'आइफोन'का निर्माता एप्पल बिच को सम्बन्ध चिसिँदै गएको कुरा 'सिलिकन भ्याली' मा तेस्रो विश्वयुद्द को रुपमा हेरिँदैछ । विगत मा एउटै साझा लक्ष्य बनाएर, माइक्रोसफ्ट को 'मोनोपोली' विरुद्ध खनिएका एप्पल र गुगल बिच को सम्बन्धमा हालै का दिनमा खटपट आएको कुरा गतहप्ता न्युयोर्क टाइम्स ले प्रमुुखताका साथ प्रकाशित गरेको थियो । दुई कम्पनी विच बढ्दै गएको तिक्तकता त छँदैछ, त्यसमाथि भर्खरै सार्वजनिक गरिएको एउटा सर्वेक्षण ले गुगलको वर्चश्वलाई तोड्दै एप्पललाई विश्वको सबैभन्दा 'महत्वपुर्ण ब्रान्ड' [Apple Now World’s Most Valuable Brand - Mashable ] को रुपमा चिनाएको छ । माइक्रोसफ्टलाई 'अनलाइन सर्भिस' र मोबाइल फोन दुवै क्षेत्रमा पछार्ने हेतुले विगतमा गुगल र एप्पल ले साझेदारी गरेका थिए । एप्पल ले पहिलो आइफोन बनाउँदा, दुवै कम्पनी को साझेदारीमा 'गुगल सर्च' र 'गुगल म्याप' लाई आइफोनमा राखिएको थियो । सन् २००७ मा एप्पलका 'स्टिभ जब्स' [Steve Jobs] र गुगल का 'इरिक स्मिथ' [Eric Schmidt] दुवै ले संयुक्त रुपमा पहिलो आइफ

Kenton Cool, a British mountain climber using a Ncell 3G Connection, made a first 3G call from Mount Everest. He climbed to the summit 9th time and this time, he set a record by tweeting ‘ first tweet ever ’ & “first 3G call ever” from the top of the world i.e. from the summit of ‘Mount Everest’. Though 3G Signal was weak, how ever he had managed to share his moment with his wife Jazz. In his YouTube channel Cool says, “ First 3G call ever made from the summit on the 6th May, 2011. I've summited Everest 9 times, but never been able to share the moment properly with my wife Jazz. An unbelievable moment for me .” Samsung sponsored Cool, made a first 3G call and first tweet from Mount Everest. Watch Video : First 3G call from summit of Mount Everest First 3G call from summit of Mount Everest   In October 2010, A private Nepali telecom company Ncell took high speed Internet facilities to the top of the world. Ncell launched Nepal's first 3G services at the base

केही दिन अघि, नेपाल को ‘आइटि’ क्षेत्र को अवस्था तथा यसले भोग्नुपरेका समस्या र समाधान अनि ‘आइटि’ को भविष्य र यसले देशको अर्थतन्त्र मा पार्ने प्रभाव बारे छलफल गर्न वनेपा को आइटि पार्क मा ‘बिबिसि वर्ल्ड ट्रष्ट’ को निर्माण मा बिबिसि रेडियो तथा कान्तिपुर टिभि ले ‘साझा सवाल’ नामक कार्यक्रम को आयोजना गरेको थियो । एक समयमा स्वर्गिय इन्द्र लोहनी ले चलाउने ‘बहस’ कार्यक्रम खुबै मन पर्थ्यो भने अहिले नारायण श्रेष्ठ ले सञ्चालन गर्ने ‘साझा सवाल’ कार्यक्रम उत्कृष्ट लाग्छ । आदरणिय दाजु, पत्रकार तथा साझा सवाल उत्पादन टिम का सदस्य दिपक भट्टराई को आग्रह स्विकार्दै कार्यक्रम मा सहभागी को रुपमा केही साथीहरु सहित आफूले उपस्थिति जनाइएको थियो । साझा सवाल प्राय: नियमित सुनिने र मन पर्ने कार्यक्रम भएपनि आफ्नो उपस्थिति भने पहिलो पटक थियो । करिब २ घन्टा को छलफल एकैछिन मा सकिएको झैँ भान भएको कार्यक्रम मा सहभागीहरु ले पर्याप्त समय भने नपाएको झैँ लाग्यो । कार्यक्रम को छलफल को केन्दविन्दु ‘आइटि’ भएको र सञ्चालन पनि आइटि पार्क मा आयोजना गरिएको ले, कार्यक्रम आइटि पार्क सँग पनि सम्बन्धित हुनुपर्छ भन्ने धारणा थियो । तर आ

मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला ले फेसबुक, ट्विटर र ब्लग मा निकै चर्चा पाइरहेको छ । तर विश्वस्त हुनुहोस् यो हल्ला मात्र हो । हल्ला कसरी सुरु भयो र कसले चलायो त्यो त थाहा छैन, तर पनि तपाई ढुक्क हुनुहोस् कि, यो हल्ला मात्र हो । झुटो खबर छापेर, सनसनी मच्चाउने केही साइटहरुमा मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला को खबर प्रमुखता का साथ छापिएको छ । ती भ्रम छर्ने साइटहरु ले लेखेका छन् “मार्क जुकरवर्ग ले फेसबुक बन्द गर्ने घोषणा गरेका छन्” । ती साइटहरुले मार्क जुकरवर्ग को हवाला दिँदै, जुकरवर्ग ले “आफूले फेसबुक सम्हाल्न नसकेको र, आफूलाई धेरै टेन्सन भएको” बताए भनेर, समाचार लेखेको छ । ती समाचारहरु मा, फेसबुक का विभिन्न पदाधिकारीहरु ले भनेको भनाइ भन्दै, “फेसबुक मार्च १५ देखि बन्द हुने हुँदा, आफ्ना सम्पुर्ण फोटोहरु डाउनलोड गर्न सुझाएका छन्” भनेर लेखेको छ । साइटहरुले लेखेका छन्, “मलाई पैसा को अब आवश्यकता छैन, म आफ्नै पुरानो जिवन मा फर्कन चाहन्छु भनेर, मार्क जुकरवर्ग ले भने । “विश्वास गर्नुस् फेसबुक बन्द हुँदैन !” फेसबुक मा अधिकांश साथीहरुले त्यही झुटा खबरका लिंकहरु सेयर गरिरहनु भए

गुगल का ब्लगर का प्रयोगकर्ताहरुलाई खुशी को खबर छ । केही दिन अघि ब्लगर ले ब्लगलाई मोबाइल फ्रेन्डली बनाउने सुविधा थपेको छ ।  डेस्कटप र ल्यापटप हुँदै, इन्टरनेट मोबाइलमय हुँदै गएको समय मा, ब्लगर ले थपेको यो सुविधाले ब्लग का पाठकहरु अझै बढाउने कुरामा दुविधा छैन । अब मोबाइल फ्रेन्डली ब्लग का लागि, ब्लगर का प्रयोगकर्ताहरुले अन्य साइटहरुमा निर्भर हुनु नपर्ने स्थिति आएको छ । अब ब्लगर को सेटिङ बाट नै, ब्लग को लागि मोबाइल साइट बनाउन सकिन्छ । मोबाइल भर्सन कसरी बनाउने ? हाललाई ब्लगलाई मोबाइल भर्सन बनाउने सुविधा ब्लगर ड्राफ्ट मा मात्र उपलब्ध छ । अत:  यो सुविधा उपयोग गर्न को लागि ब्लगर ड्राफ्ट मा जानुहोस । ड्यासबोर्ड हुँदै सेटिङ मा जानुहोस् , त्यसपछि सेटिङ हुँदै इमेल र मोबाइल ट्याब मा जानुहोस् । [Dashboard > Settings > Email & Mobile tab] त्यस पेज मा माथि यही फोटो मा देखाए जसरी, Yes भन्ने अप्सन थिचेर मोबाइल प्रिभ्यु थिच्नुहोस्, तपाई को मोबाइल साइट तयार भयो । ब्लगर कै टेम्प्लेट मा ब्लग बनाइको छ भने, मोबाइल मा पनि त्यही थिम देखिनेछ भने गुगल एड राखिएको भए, एड पनि तल र माथि देखिने क

फेसबुक तथा ट्विटर जस्ता सामाजिक सञ्जाललाई लक्षित गरेर, २ हप्ता पहिले इन्टरनेटमा 'रकमेल्ट' नामक 'वेव ब्राउजर' सार्वजनिक भएको छ । हेर्दा ठ्याक्कै गुगल को वेव ब्राउजर, 'गुगल क्रोम' जस्तो देखिने, 'रकमेल्ट' मा गुगल तथा एप्पल ले आफ्ना ब्राउजरमा प्रयोग गरेको 'क्रोमियम वेवकिट' लाई नै आधार मानिएको छ । 'योर ब्राउजर ! रि-इम्याजिन्ड' भन्ने थिम सहित आएको ब्राउजर 'हलुका, छिटो र सुरक्षित' रहेको दावी कम्पनीले गरेको छ । तपाईले इन्टरनेट कसरी चलाइरहनुभएको छ भन्ने कुरालाई ध्यानमा राख्दै, 'रकमेल्ट' ब्राउजर को निर्माण गरिएको कुरा, कम्पनी ले आफ्नो अनलाइन ब्लग मा जनाएको छ । मुख्यत: 'तपाई को इन्टरनेट चलाउने बानी (इन्टरनेट कसरी चलाइरहनुभएको छ)' भनेर, 'रकमेल्ट' ले फेसबुक तथा टुविटर का प्रयोगकर्ताहरुलाई इंगित गरेको छ भन्दा अत्युक्ति नहोला । ब्राउजर को दुइछेउ मा, एकातिर फेसबुक का 'अनलाइन' साथीहरु देखाउने तथा अर्को तिर 'एप्लिकेसन' र 'फिडहरु' देखाउने 'एज' (बार) रहेको छ । गुगल क्रोम कै जस्तो 'कुल&

नोभेम्बर १५, सनफ्रान्सिस्को मा भएको कार्यक्रम मा 'जिमेल किलर' को संज्ञा पाएको र फेसबुक को गोप्य प्रोजेक्ट भनिएको 'टिटान' अर्थात फेसबुक को ईमेल सेवा सार्वजनिक गरिँदैछ भन्ने हल्ला ईन्टरनेटमा व्यापक रुपमा फैलिएको थियो । तर सबैलाई आश्चार्यचकित बनाउँदै, फेसबुक का संस्थापक 'मार्क जुकेर्वग' ले 'फेसबुक ईमेल' नभइ सुधारिएको 'फेसबुक म्यासेज सिस्टम' को घोषणा गरे । संसारका प्रसिद्ध टेक्नोलोजी ब्लग, टेक्नोलोजी वेवसाइट र टेक पण्डितहरु को भविष्यवाणीलाई विफल पार्दै, फेसबुक ले सुधारिएको र नयाँ कुराहरु थपिएको 'फेसबुक म्यासेज सिस्टम' को घोषणा गर्यो । ईमेल सेवालाई, फेसबुक म्यासेज ले विस्थापित गरिरहेको र 'गुगल र फेसबुक' बिच 'डाटा' आदानप्रदान को सन्दर्भमा 'शितयुद्ध' चलिरहेको अवस्थामा, 'फेसबुक' ले 'जिमेल किलर' को संज्ञा पाएको ईमेल सेवा सुरु गर्न लाग्दैछ भन्ने धेरै को बुझाइ थियो ।(हामी ले केही दिन अघि लेखेका थियौँ - फेसबुक को ईमेल सेवा सोमवार देखि आउने ) सुधारिएको भनिएको 'फेसबुक म्यासेजिङ सिस्टम' मा केही नयाँ कुर

फेसबुक ले भोलि सोमबार एक विशेष कार्यक्रम का बिच फेसबुक ईमेल को घोषणा गर्ने आशंका गरिएको छ । ‘टिटान’ नाम दिइएको भनिएको फेसबुक को ईमेल सेवालाई टेक्नोलोजी ब्लग तथा साइटहरुले ‘जिमेल किलर’ को संज्ञा दिएका छन् । हालको समय मा गुगल र फेसबुक का बिच देखिएको दौड तथा दुरी ले गर्दा, ‘जिमेल किलर’ को रुप मा फेसबुक को ईमेल सेवालाई प्रचार गरिएको छ । अधिकांश प्रयोगकर्ताले जिमेललाई अहिले सम्म को राम्रो ईमेल सेवा मान्दै आएकाछन् । इन्टरनेट मा प्रचार गरिएजस्तै, फेसबुक ले आफ्नो ईमेल सेवा सुरु गर्ने हो भने, यसको धेरै मार जिमेललाई पर्ने देखिन्छ, भनेर टेक्नोलोजी ब्लगहरु ले उल्लेख गरेकाछन् । हुन त अहिले कै स्थिति मा पनि, ईमेललाई केही हदसम्म, फेसबुक मेसेज ले विस्थापन गरिसकेको छ । हिजोआज धेरै जसो साथीभाइ बिच, सुचना आदान प्रदान फेसबुक मेसेज बाट नै हुने गरेको छ । सबैभन्दा, राम्रो फोटो प्रणाली भएको, राम्रो ‘इभेन्ट’ प्रणाली भएको फेसबुक ले चाहने हो भने, फेसबुक को ईमेल सेवा उत्कृष्ट हुने निर्क्यौल टेक पण्डितहरुले गरेकाछन् । फेसबुक ले ‘सर्च’, अनलाइन विज्ञापन,फोटो, ईभेन्ट, ईमेल आदि सबै क्षेत्रमा हात हाल्दै गर्दा

गत नोभेम्बर २ मा, फेडोरा कम्युनिटि ले ‘Laughlin’ कोडनाम राखिएको फेडोरा को चौँधौ संस्करण सार्वजनिक गरेको छ । फेडोरा १४, धेरै नयाँ ‘फिचर’हरु को साथ मा आएको छ । ‘परफर्मेन्स’, ‘क्वालिटि’ आदि का हिसाब ले फेडोरा १४ उत्कृष्ट रहेको, फेडोरा कम्युनिटि ले बताएको छ । फेडोरा कम्युनिटिव्दारा जारी प्रेस विज्ञप्ति मा भनिएको छ । ‘रेडह्याट’ को प्रायोजन मा फेडोरा कम्युनिटि ले ‘ओपनसोर्स अपरेटिङ सिस्टम’ फेडोरा १४ सार्वजनिक गरेको छ ।  छ महिना कै अन्तराल मा फेडोरा ले आफ्नो नयाँ भर्सन को अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । The latest version of Fedora has cloud aspirations, decodes jpg files faster, includes SPICE – a useful protocol for virtualizing desktop PCs, and contains numerous enhancements of interest to developers. Fedora 14 includes several new features for developers, system administrators and open source enthusiasts including: Framework software for Spice, a rapidly advancing infrastructure for desktop virtualization New debugging features for developers, such as support for dynam

गत बिहिबार नेपाली प्राइभेट टेलिकम कम्पनी ‘एनसेल’ ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो । अब पर्वतारोहीहरु ले सगरमाथा वेसक्याम्प तथा सगरमाथा को सर्वोच्च चुचुरोबाट नै, टेलिफोन गर्न मात्र होइन, भिडियो कल तथा  हाइस्पिड इन्टरनेट पनि चलाउन सक्नेछन् । Ncell ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो भन्ने बित्तिकै सारा संसार को ध्यान सगरमाथामा खिचिएको थियो । सोसल मिडिया तथा टेक्नोलोजीका टप साइटहरु मासावेल, इएनग्याजेट, गिजमोडो आदि साइटहरुले ब्रेकिङ न्युज नै दिएका थिए । त्यसबाहेक, बिबिसी टेक, गार्जियन लगायत लगभग सम्पुर्ण मिडियाहरु ले प्रमुखताका साथ समाचार प्रकाशन प्रशारण गरेका थिए । उनीहरुका लागि, यो अचम्मित तुल्याउने किसिम को समाचार थियो तर हामी नेपाली र हाम्रो नेपाल मा भने, यी कुरा ले खासै प्रभाव पारेको देखिएन । सगरमाथा मा थ्रिजी सेवाले यति धेरै चर्चा पायो कि, माइक्रोब्लगिङ साइट टुविटर मा ‘Trending Topic’ नै Mount Everest बनेको थियो । टुविटर मा विश्वभरि का मान्छेहरु अचम्मित र रोमाञ्चित हुँदै आफ्ना कुरा टुविटर मार्फत विश्वलाई सुनाइरहेका थिए । यो खबर ले उनीहरु निकै उत्साहित बनेका थिए, मलाई लाग्छ

“Competition Builds Quality” भन्ने थिमसहित “7th National Technological Festival LOCUS 2010” को सातौँ संस्करण IOE पुल्चोक क्याम्पस मा आज देखि  सुरु हुँदैछ । पुल्चोक क्याम्पस मा  इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर  इन्जिनियरिङ तथा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु को संस्था लोकस ले लोकस २०१० को आयोजना गरेको हो । लोकस आज र भोलि (सेप्टेम्बर १७  र १८) दुइ दिन सम्म, इन्जिनियरङ अध्ययन संस्था (पुल्चोक क्याम्पस) पुल्चोक मा चल्नेछ । LOCUS 2010 मा Software Competition , Hardware competition , Electrical event competition , Paper presentation , आदि विभिन्न कार्यक्रमहरु समावेश गरिएकोछ । त्यसबाहेक Gaming Competition, Fastest Google Searching Competition,Coding Contest,Problem Solving Competition,3D Movie Show लगायत अन्य विभिन्न कम्पिटिसनहरु पनि समावेश गरिएको छ । Non-competitive events तर्फ भने Exhibition,Seminar/workshop/talk-program,+2 Expo आदि कार्यक्रमहरु सञ्चालन हुने भएको छ । कार्यक्रम मा MicroHydro, Robots, तथा विभिन्न अन्य प्रोजेक्टहरु को प्रदर्शनी गरिनेछ । LOCUS 2010 को उद्घाटन बिहान

“Knitting Innovators” को थिम सहित ‘काठमाडौँ बारक्याम्प २०१०’ को दोस्रो संस्करण हिजो अगष्ट २८, २०१० शनिबार का दिन काठमाडौँ स्थित फल्चा, बबरमहल मा सम्पन्न भयो । विभिन्न क्षेत्र का युवाहरु को जमघट रहेको कार्यक्रम मा, सहभागिहरु ले आ-आफ्ना विचार, अनुभव र आइडियाहरु सबै सामु बाँडेका थिए । ३ सेसन मा विभाजित समय मा करिब ३० जना सहभागिहरु ले, बारक्याम्प मा आफ्ना कुराहरु राखेका थिए ।  एउटै टपिक र एउटै क्षेत्र मा मात्र सिमित नरहेको कार्यक्रम काठमाडौँ बारक्याम्प २०१० मा, विभिन्न क्षेत्र का युवाहरुले आफ्ना कुराहरु राखेका थिए, आइडियाहरु सेयर गरेका थिए । कार्यक्रम मा, कोर टेक्नोलोजी देखि लिएर कला, फेसन र मुभि लगायत विविध कुराहरु माथि विचार मन्थन गरिएको थियो । कार्यक्रम मा निम्न कुराहरु माथि वक्ताहरु ले आफ्ना धारणा राख्नुभएको थियो । (शीर्षक र वक्ता को नाम तल दिइएको छ) Crowdsourcing and Microwork in Nepal  -  M Sears Karma, A framework for Creating Educational Software   - Peter Gijsels Hello Messy political economy!   - Chandan Sapkota V.E.N.T! how we do it?   - Sanjana

हामी इन्टरनेट को युग मा छौँ । इन्टरनेट त छँदै नै छ, साथ मा संसार मोबाइलमय नै भएको छ । हाम्रै देश को तथ्याङक ले पनि भन्छ, हाम्रो देश मा इन्टरनेट चलाउने ८० प्रतिशत भन्दा बढि मान्छेहरु, मोबाइल बाट नै इन्टरनेट चलाउँछन् । हिजो आज, च्याट गर्न र वेव सर्फ गर्न, फेसबुक चलाउन वा ट्विटर चलाउन पहिले को जस्तो साइबर धाएर कमै जान्छन् । हिजो आज अधिकांश त मोबाइल बाटै नेट चलाउँछन् । एनटिसी, एनसेल आदि को जिपिआरएस, थ्रीजी, एज नामक सेवा मार्फत हाम्रो मोबाइल इन्टरनेटमय बन्दै गएको छ । स्मार्टफोन, आइफोन बाहेक का अन्य मोबाइल प्रयोगकर्ताहरु, प्राय: ओपेरा मिनी तथा मोबाइल को आफ्नै ब्राउजर बाट इन्टरनेट को कुना चिहाइरहेका हुन्छन् । अरु केही नहेरेपनि, फेसबुक त जरुर हेर्छन् । तर के तपाई ले Snaptu एप्लिकेशन मार्फत इन्टरनेट चलाउनु भएको छ त ? आउनुहोस्, आज हामी यही Snaptu को बारेमा कुरा गर्दै छौँ । यो इन्टरनेटमय मोबाइल मा यो Snaptu तपाई को लागि बहुउपयोगी सावित हुन सक्छ । Snaptu के हो ? Snaptu एउटा मोबाइल एप्लिकेशन हो जसको इन्टरफेस ले स्मार्टफोन तथा आइफोन को झझल्को दिलाउँछ । स्नापटु यस्तो मोबाइल एप्लिकेशन हो, जसको माध्य

ब्लग छ, कम्प्युटर बाट धेरै ले हेर्छन् । हिजो आज फेसबुक धेरै ले मोबाइल बाट पनि चलाउने हुँदा, तपाई को ब्लगहरु मोबाइल बाट पनि हेर्न खोज्छन्, मोबाइल प्रयोगकर्ताहरु ! तर तपाई को ब्लग कम्प्युटर को लागि डिजाइन गरिएको हुँदा, मोबाइल मा तपाई को ब्लग लोड हुन धेरै समय लाग्छ, जसका कारण पैसा र समय दुवै को बर्बादी मात्र हुन्छ । साथै, कम्पयुटर को लागि डिजाइन गरिएको ब्लग, मोबाइल मा हेर्दा धेरै कुरा मिल्दैन । अर्को कुरा मोबाइल बाट हेर्ने पाठकहरु ‘साइडबार’ का विगेटहरु हेरेर बस्दैनन् । उनीहरुलाई नयाँ ब्लग के रहेछ भन्ने कुरा मात्र जान्ने इच्छाहरु हुन्छ । उनीहरु चाहन्छन्, ब्लगहरु क्रमैसँग मोबाइल को ब्राउजर मा देखियोस, चाँडो खुलोस, ब्लग सजिलो सँग पढ्न पाइयोस् । सायद तपाईहरु पनि यही सोच्नुहुन्छ होला, कुनै साइट मोबाइल मा खोल्नु पर्यो भने, तपाईहरुलाई चाँडो खुलोस, सजिलो सँग पढ्न पाइयोस् । अझ तपाईहरुलाई पनि आफ्नो ब्लग मोबाइल फ्रेन्डली बनाउने मन होला ! पक्कै पनि अहिले सबैकुरा मोबाइल मा अटाउन थालेको छ ।  मोबाइल बाट पनि तपाई को ब्लगहरु हेरिन्छन् भन्ने कुरा मा कुनै दुइमत छैन । तपाईलाई आफ्नो ब्लग को लागि मोबाइल साइट

काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गत इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स अध्ययनरत दिपेन्द्र मण्डल, सुरेश जोशी र कृस्टिना थापाको को सक्रियता मा काभ्रेको दुर्गम डाँडापारी गाउँमा टेलिसेन्टर को स्थापना गरिएकोछ । म्याग्सेसे पुरस्कार विजेता महावीर पुनको संस्था इ-नेटवर्किङ रिसर्च एन्ड डेभेलप्मेन्ट को प्रत्यक्ष सहभागिता मा मा, नेपाल दूर सञ्चार प्राधिकरण सँगै काठमाडौं विश्वविद्यालय र गाविसले विद्यार्थीहरुलाई सघाएको थियो । डाँडापारी, काभ्रे को तालढुंगा मा टेलिसेन्टर को स्थापना गरिएको हो । अन्तिम वर्ष को प्रोजेक्ट स्वरुप, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स का विद्यार्थीहरुले करिब ६ लाख ६६ हजार को लागत मा टेलिसेन्टर को स्थापना गरेका हुन् । टेलिसेन्टर को स्थापना सँगै दुर्गम गाउँमा इन्टरनेट सुविधा पुगेको छ भने, स्थानियलाई अब फोन गर्न कै लागि कोशौँ टाढा धाउनुपर्ने बाध्यता टरेको छ । डाँडापारी मा टेलिसेन्टर को स्थापनार्थ काठमाडौँ विश्वविद्यालयले चार थान पेन्टियम थ्री कम्प्युटर, कम्प्युटर इन्जिनियरिङका विद्यार्थी विनोद अधिकारीले एक थान कम्प्युटर र नेपाल वायरलेस प्रोजेक्टले रेडियो यन्त्

Buzzom ले केही हप्ता पहिले गुगल क्रोम को लागि ‘Buzz Button’ नामक एक्सटेन्सन सार्वजनिक गरेको छ । साथै, फायरफक्स ब्राउजर का लागि केही महिना पहिले नै ‘Buzz Button’ नामक एडवान सार्वजनिक गरेको थियो । के हो Buzz Button ? Buzz Button एउटा यस्तो एक्सटेन्सन / एडवान हो, जुन Google Chrome र Mozilla Firefox मा राख्न सकिन्छ । जसका माध्यमबाट कुनै पनि साइटका लिंकहरुलाई एकै क्लिक मा विभिन्न सोसल नेटवर्क साइटहरु मा ‘सेयर’ गर्न सकिन्छ । अहिले त, इन्टरनेट मा सोसल नेटवर्क साइटहरु नै हावी भइरहेको छ । माइक्रो ब्लगिङ साइट टुइटर देखि फेसबुक र स्टम्बल अपअन, डिग लगायत विभिन्न सोसल नेटवर्किङ साइटहरु को प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । तपाई कुनै साइट को कुनै पेज भिजिट गर्दै हुनुहुन्छ । तपाईलाई त्यो पेज अरु सँग ‘सेयर’ गरुँ गरुँ झैँ लाग्छ । तर तपाईलाई ‘लिंक सेयर’ गर्न कै लागि हरेक पटक, फेसबुक, ट्विटर, स्टम्बल अपअन, डिग, माइस्पेस, याहु बज, गुगल बज, डिलिसियिस आदि मा गइरहन झन्झट लाग्छ । यही झन्झट बाट Buzz Button ले मुक्ति दिलाउँछ । तपाई जुनसुकै पेज हेर्नुस्, यदि तपाईलाई ‘लिंक’ सेयर गर्नु पर्यो भने, Buzz B

टुइटर माइक्रो ब्लगिङ साइट तर टुइटर ले लामो समय सम्म टुइटर चलाउने प्रयोगकर्ताहरु पाउन सकेको छैन ।  ६० प्रतिशत भन्दा बढि प्रयोगकर्ताहरु टुइटर मा साइन अप त गर्छन, तर २-३ दिन मै टुइटर बाट हराउँछन् । म टुइटर चलाउँछु, फेसबुक पनि चलाउँछु अनि अन्य सोसल नेटवर्किङ साइटहरु अर्कुट, लिङइन, देखि भर्खरै आएको ‘सोसल मेन्टल हेल्थ नेटवर्क’ र नेपाली फेसबुक ‘कनेक्ट फ्रेन्स’ , हाइफाइभ सबै चलाउँछु ! हुन त सबै सोसल नेटवर्किङ साइट को आफ्नै विशेषता छ तर यी सबै मध्ये मलाई टुइटर ले धेरै मोहनी लगाएको छ र म टुइटर नै धेरै चलाउँछु । टुइटर मा आफूलाई रमाइलो लाग्ने, र टुइटर असाध्यै मन पर्ने भएकोले आफ्ना साथिहरुलाई पनि टुइटर मा भेटियोस, आपस का कुराहरु टुइट गर्न पाइयोस भने झैँ लाग्छ । त्यसैले फेसबुक का आफ्ना नजिक का साथिहरुलाई भन्ने गर्छु, टुइटर मा भेटौँ न, टुइटर चलाउनुहोस् न ! म भन्छु, १४० क्यारेक्टर मा कुराकानी गरिने टुइटर मा कति धेरै मज्जा छ, धेरै रमाइलो पो छ त ! साथिहरु पनि, ‘ए ! रमाइलो नै पो छ क्यारे भनेर, टुइटर मा साइन अप गर्छन् । ३-४ दिन टुइटर मा झुल्किन्छन्, ३-४ दिन टुइटर मा झुल्किँदा पनि टुइटर मा नयाँ कुरा , रोच