Skip to main content

एप्पल र गुगल को चिसिँदो सम्बन्ध [Apple Vs. Google]

'सर्च जायन्ट' गुगल र 'आइफोन'का निर्माता एप्पल बिच को सम्बन्ध चिसिँदै गएको कुरा 'सिलिकन भ्याली' मा तेस्रो विश्वयुद्द को रुपमा हेरिँदैछ । विगत मा एउटै साझा लक्ष्य बनाएर, माइक्रोसफ्ट को 'मोनोपोली' विरुद्ध खनिएका एप्पल र गुगल बिच को सम्बन्धमा हालै का दिनमा खटपट आएको कुरा गतहप्ता न्युयोर्क टाइम्स ले प्रमुुखताका साथ प्रकाशित गरेको थियो । दुई कम्पनी विच बढ्दै गएको तिक्तकता त छँदैछ, त्यसमाथि भर्खरै सार्वजनिक गरिएको एउटा सर्वेक्षण ले गुगलको वर्चश्वलाई तोड्दै एप्पललाई विश्वको सबैभन्दा 'महत्वपुर्ण ब्रान्ड' [Apple Now World’s Most Valuable Brand - Mashable] को रुपमा चिनाएको छ ।

माइक्रोसफ्टलाई 'अनलाइन सर्भिस' र मोबाइल फोन दुवै क्षेत्रमा पछार्ने हेतुले विगतमा गुगल र एप्पल ले साझेदारी गरेका थिए । एप्पल ले पहिलो आइफोन बनाउँदा, दुवै कम्पनी को साझेदारीमा 'गुगल सर्च' र 'गुगल म्याप' लाई आइफोनमा राखिएको थियो । सन् २००७ मा एप्पलका 'स्टिभ जब्स' [Steve Jobs] र गुगल का 'इरिक स्मिथ' [Eric Schmidt] दुवै ले संयुक्त रुपमा पहिलो आइफोन सार्वजनिक गरेका थिए । तर गुगल ले 'एन्ड्रोइड' अपरेटिङ सिस्टम मार्फत स्मार्ट फोन बजार मा आफ्नो उपस्थिति जनाउन थालेपछि, आइफोन निर्माता एप्पल, 'सर्च जायन्ट' गुगलमाथि बढि नै आक्रामक रुपमा प्रस्तुत भएको छ ।विगत छ महिना को समयमा 'प्रोडक्ट र सर्भिस' लाई लिएर केयौँ पटक एप्पलका 'स्टिभ जब्स' र गुगल का 'इरिक स्मिथ' विच सार्वजनिक स्थानमा वाकयुद्ध चलिसकेको छ, त्यतिमात्र होइन, एप्पलले गुगलका एन्ड्रोइड सञ्चालित मोबाइलहरु माथि 'पेटेन्ट' आदिको दावी गर्दै मुद्दा पनि हालेको छ ।

केही हप्ता पहिले मात्रै पनि गुगल को 'एन्ड्रोइड' सिस्टम प्रयोग गर्ने स्मार्टफोन निर्माता 'एचटिसी' माथि आफ्नो 'पेटेन्ट' को दुरुपयोग भएको भन्दै एप्पल ले मुद्दा चलाएको छ । स्मार्टफोन बजारमा बढ्दै गएको गुगल को वर्चश्वलाई निस्तेज पार्ने उद्देश्यले एप्पल, गुगल माथि खनिएको कुरा, जानकार टेक पण्डितहरु बताउँछन् ।एप्पल सोच्छ, 'स्मार्ट फोन' र 'ट्याब्लेट'हरु नियन्त्रित हुनुपर्छ र एप्लिकेशनहरु तोकिएको 'एपस्टोर' बाट मात्रै डाउनलोड गरेर प्रयोग गर्नेखालको हुनुपर्छ। तर गुगल सोच्छ, 'स्मार्ट फोन'हरु 'ओपन' हुनुपर्छ, ताकि जोकोही ले एप्लिकेशन बनाएर, जुन सुकै 'फोन' मा सजिलै प्रयोग गर्न सकुन् । गुगल को यही 'ओपन कन्सेप्ट' का कारण नै उसले छोटो समयमै स्मार्टफोन बजारमा 'एन्डोइड' अपरेटिङ सिस्टम मार्फत आफ्नो महत्वपुर्ण उपस्थिति जनाएको छ ।

सर्चमा आफ्नो प्रभुत्व जमाएको गुगल ले,'स्मार्टफोन' बजारमा हात हालेका कारण एप्पल रुष्ट भएको हो भन्दा फरक नपर्ला । न्युयोर्क टाइम्स का अनुसार गत जनवरीमा भएको एक कन्फ्रेन्समा एप्पल का 'सिइओ' स्टिभ जब्स गुगल विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । जब्सले भनेका थिए, “हामीले उनीहरुको सर्च विजनेसमा हात हालेका थिएनौँ, तर उनीहरुले हाम्रो फोन विजनेसमा हात हालेकाछन् ! गुगल हाम्रो 'आइफोन'लाई मार्न चाहन्छ तर हामी कदापी त्यसो हुन दिँदैनौ ।” [“We did not enter the search business. They entered the phone business.Make no mistake: Google wants to kill the iPhone. We won’t let them.” ~ Steve Jobs]

एन्डोइड सिस्टम ले स्मार्टफोन बजारमा दह्रो उपस्थिति जनाउन थालेपछि केही पहिले स्टिभ जब्स ले गुगल प्रति लक्षित गर्दै अब आफू चुप लागेर नबस्ने बताएका थिए । त्यसपछि एप्पल ले 'एचटिसी' का विरुद्ध एप्पलको 'पेटन्ट' को दुरुपयोग गरेको भन्दै मुद्दा हालेको थियो । हुन त, गुगल का 'इरिक स्मिथ' ले पनि एप्पललाई भन्न बाँकी राखेका छैनन् । गत जनवरीमा 'वल्ड इकोनोमिक फोरम' मा आइप्याड महिना मै लाखौँ लाख विक्रि भएको सम्बन्धमा जिज्ञासा राख्दा ठट्टा गर्दै इरिक ले 'आइप्याड' लाई ठूलो फोन को संज्ञा दिएका थिए । [“You might want to tell me the difference between a large phone and a tablet.” ~ Eric Schmidt] यसरी दुई कम्पनीहरु विच को प्रतिस्पर्धा अहिले व्यवसायिक भन्दा पनि व्यक्तिगत जस्तो देखिन थालको छ । विगत मा सँग-सँगै रहेका र एक अर्कालाई सहयोग गर्दै आएका दुई कम्पनीहरु अहिले शितयुद्द र वाकयुद्ध मा उत्रिनुलाई राम्रो मान्न सकिँदैन ।

एप्पल आफ्नो आइफोनका 'सेवा र सुविधा', गुगल ले चोरेको आरोप लगाउँदैछ भने गुगल भन्छ,'एन्ड्रोइड' ओपन भएका कारण 'एन्ड्रोइड' का 'फिचर्स' र सेवा सुविधा का बारेमा धेरै पहिले देखि नै चर्चा हुँदै आएको छ र एन्ड्रोइड का केही 'प्रोटोटाइप'हरु 'आइफोन' भन्दा पहिले निस्किएका हुन् ।

गुगल को एन्ड्रोइड व्दारा सञ्चालित पहिले का फोनहरु मा 'मल्टिटच' थिएन । यही कुरालाई ध्यानमा राख्दै एप्पलका स्टिभ जब्सले पहिले नै, 'गुगल का एन्ड्रोइडमा यस्ता फिचर आयो भने, स्यु गरिने' बताएका थिए । तर गुगल ले कसैको कुरामा ध्यान नदिइ आफ्नो सेवा र सुविधालाई राम्रो बनाउन लागिरह्यो र अहिले सम्म आउँदा 'एन्ड्रोइड' ले ठूलो फड्को मारिसकेको छ र स्मार्टफोन बजारमा आफ्नो दह्रो उपस्थिति जनाइसकेको छ ।

गोपनियता को सवाल उठाउँदै 'गुगल भ्वाइस' एप्लिकेशनलाई आइफोन ले गत जुलाई मा ब्लक गरेपछि, जब्स र इरिक बिच को सम्बन्ध चिसिएको थियो फलस्वरुप एप्पल को 'बोर्ड' मा समेत रहेका गुगल का इरिक ले एप्पलबाट आफ्नो हात झिकेका थिए । कम्प्युटर का लागि 'क्रोम' अपरेटिङ सिस्टम र स्मार्टफोन का लागि एन्ड्रोइड अपरेटिङ सिस्टम बनाउने गुगललाई एप्पल ले आफ्नो शत्रुको रुपमा देखेको छ ।  'इरिक' ले एप्पलबाट हात झिक्दा जब्सले 'क्रोम' र 'एन्ड्रोइड' तर्फ लक्षित गर्दै भनेका थिए, "गुगल ले हाम्रो विजनेशमा हात हालिरहेकोछ" । अनि त्यसपछि झनै चर्किएको थियो, एप्पल र गुगल विच को युद्द !

एप्पल ले आइफोन र आइप्याड डिभाइसहरुमा विज्ञापन को लागि 'मोबाइल एडभर्टाइजिङ' कम्पनी 'एडमोब'लाई ६ सय मिलियन डलर मा किन्ने प्रस्ताव राख्यो तर त्यसको ४५ दिनपछि गुगल ले हामी पो, अनलाइन विज्ञापन का 'प्रो' हौँ भन्दै ७ सय ५० मिलियन डलर मा 'एडमोब' किन्यो । आफ्नो हातमा आइसकेको कम्पनीलाई गुगल ले बठ्याँइपुर्वक हत्याएपछि  स्टिभ जब्स क्रुद्ध भएका थिए । त्यसपछि एप्पल ले एडमोव को प्रतिस्पर्धि 'क्वाट्रो वायरलेस'लाई किन्यो तर त्यसै दिन गुगल ले आफ्नो फोन 'नेक्सस वान' बजार मा ल्याएका कारण, एप्पल को खबर ओझेलमा परेको थियो ।

विगतमा धेरै क्षेत्रमा साझेदारी गर्दै आएको गुगलले, एप्पल का ब्राउजर, आइफोन, आइप्याड एप्लिकेशन आदिमा गुगल सर्च र गुगल का अन्य सुविधाहरु राख्न को लागि एप्पललाई वर्षेनी लाखौँ डलर तिर्ने गरेको छ ।तर 'स्मार्ट फोन' लाई लिएर दुई कम्पनि विच तिक्तता उत्पन्न भएका कारण, कतै एप्पल ले गुगल को प्रतिस्पर्धि 'बिङ्ग' लाई आफ्नो 'डिभाइस' मा 'डिफल्ट' सर्च इन्जिन बनाउने त हैन भन्ने चिन्ता मा गुगल परेको छ ।एप्पल ले सहकार्यको लागि माइक्रोसफ्ट सँग सम्झौता गरेको हल्ला पनि चलेको छ । हुन त एप्पल ले 'बिङ्ग' लाई नै राखेपनि, 'गुगल' गर्ने मान्छेहरु 'बिङ्ग' गर्दैनन्  र गुगललाई खासै घाटा पर्ने पनि देखिँदैन । यी दुइ कम्पनीहरु बिच बढेको तिक्तता हटाउन मध्यस्थकर्ताहरु को आवश्यकता टड्कारो रुपमा देखिएको छ ।

सन्दर्भ सामाग्री तथा तस्विर : न्युयोर्क टाइम्स

Comments

  1.   गूगललाइ पछि पार्न धेरै नै गारो पर्ला | गूगल को सोच निक्कै नै फराकिलो छ र त्यहाँ काम गर्ने हरुको दिमाग निक्कै नै तेजिलो छ | हालसम्म देखिएको नतिजामा गूगल सोसियल Networking  बाहेक का अन्य क्षेत्रमा निक्कै अगाडी नै छ |

    ReplyDelete
  2.  के हेर ब्लग लेखेर बसि रा'त, गइदिनुस न unmin बनेर ;) !!! hehe

    ReplyDelete
  3. त्यही भएर त लेख्या नि, न कुनै ले यस्सो ब्लग हेरेर भिजा दिएर बोलाइहाल्थ्यो कि, unmin बन भनेर । :) 

    ReplyDelete
  4. प्रकाश समीरAugust 1, 2012 at 11:51 AM

    यो लडाईं र प्रतिस्पर्धाको फाईदा शायद हामी उपभोक्तालाई हुन्छ होला । प्रतिस्पर्धाले प्रबिधी र सेवामा गुणस्तर थपिए राम्रो हुने थियो। 
                             

     

    ReplyDelete
  5. apple bichara :)) pahila microsoft le choryo tesko idea ahile google le chordai chha :)) 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

गुगल डुडलमा गुरू पूर्णिमा

आज नेपालमा गुरू पूर्णिमा मनाइँदैछ, यसै सन्दर्भमा गुगलले आफ्नो डुडल मार्फत गुरू पूर्णिमाको शुभकामना दिएको छ । विगत केही समय यता देखि, नेपालका चाडपर्व र महत्वपूर्ण दिनहरु गुगलको डुडल मा समेटिन थालेको छ । यसैको निरन्तरता स्वरुप, गुगलले आफ्नो गृहपृष्ठमा हामीलाई अन्धकारबाट उज्यालो तर्फ डोर्याउने, समस्त गुरुहरुको सम्मानमा सेतोपाटी सहितको गुगल डुडल राखेको छ। गुरु पूर्णिमाको डुडल, आज नेपालभर गुगलको गृहपृष्ठ मा हेर्न सकिन्छ । विकिपेडिया अनुसार , संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। मेरा समस्त गुरूहरुमा, गुरू पुर्णिमाको शुभकामना। Download Aakar Post Android App

Subscribe to Aakar Post