Skip to main content

एप्पल र गुगल को चिसिँदो सम्बन्ध [Apple Vs. Google]

'सर्च जायन्ट' गुगल र 'आइफोन'का निर्माता एप्पल बिच को सम्बन्ध चिसिँदै गएको कुरा 'सिलिकन भ्याली' मा तेस्रो विश्वयुद्द को रुपमा हेरिँदैछ । विगत मा एउटै साझा लक्ष्य बनाएर, माइक्रोसफ्ट को 'मोनोपोली' विरुद्ध खनिएका एप्पल र गुगल बिच को सम्बन्धमा हालै का दिनमा खटपट आएको कुरा गतहप्ता न्युयोर्क टाइम्स ले प्रमुुखताका साथ प्रकाशित गरेको थियो । दुई कम्पनी विच बढ्दै गएको तिक्तकता त छँदैछ, त्यसमाथि भर्खरै सार्वजनिक गरिएको एउटा सर्वेक्षण ले गुगलको वर्चश्वलाई तोड्दै एप्पललाई विश्वको सबैभन्दा 'महत्वपुर्ण ब्रान्ड' [Apple Now World’s Most Valuable Brand - Mashable] को रुपमा चिनाएको छ ।

माइक्रोसफ्टलाई 'अनलाइन सर्भिस' र मोबाइल फोन दुवै क्षेत्रमा पछार्ने हेतुले विगतमा गुगल र एप्पल ले साझेदारी गरेका थिए । एप्पल ले पहिलो आइफोन बनाउँदा, दुवै कम्पनी को साझेदारीमा 'गुगल सर्च' र 'गुगल म्याप' लाई आइफोनमा राखिएको थियो । सन् २००७ मा एप्पलका 'स्टिभ जब्स' [Steve Jobs] र गुगल का 'इरिक स्मिथ' [Eric Schmidt] दुवै ले संयुक्त रुपमा पहिलो आइफोन सार्वजनिक गरेका थिए । तर गुगल ले 'एन्ड्रोइड' अपरेटिङ सिस्टम मार्फत स्मार्ट फोन बजार मा आफ्नो उपस्थिति जनाउन थालेपछि, आइफोन निर्माता एप्पल, 'सर्च जायन्ट' गुगलमाथि बढि नै आक्रामक रुपमा प्रस्तुत भएको छ ।विगत छ महिना को समयमा 'प्रोडक्ट र सर्भिस' लाई लिएर केयौँ पटक एप्पलका 'स्टिभ जब्स' र गुगल का 'इरिक स्मिथ' विच सार्वजनिक स्थानमा वाकयुद्ध चलिसकेको छ, त्यतिमात्र होइन, एप्पलले गुगलका एन्ड्रोइड सञ्चालित मोबाइलहरु माथि 'पेटेन्ट' आदिको दावी गर्दै मुद्दा पनि हालेको छ ।

केही हप्ता पहिले मात्रै पनि गुगल को 'एन्ड्रोइड' सिस्टम प्रयोग गर्ने स्मार्टफोन निर्माता 'एचटिसी' माथि आफ्नो 'पेटेन्ट' को दुरुपयोग भएको भन्दै एप्पल ले मुद्दा चलाएको छ । स्मार्टफोन बजारमा बढ्दै गएको गुगल को वर्चश्वलाई निस्तेज पार्ने उद्देश्यले एप्पल, गुगल माथि खनिएको कुरा, जानकार टेक पण्डितहरु बताउँछन् ।एप्पल सोच्छ, 'स्मार्ट फोन' र 'ट्याब्लेट'हरु नियन्त्रित हुनुपर्छ र एप्लिकेशनहरु तोकिएको 'एपस्टोर' बाट मात्रै डाउनलोड गरेर प्रयोग गर्नेखालको हुनुपर्छ। तर गुगल सोच्छ, 'स्मार्ट फोन'हरु 'ओपन' हुनुपर्छ, ताकि जोकोही ले एप्लिकेशन बनाएर, जुन सुकै 'फोन' मा सजिलै प्रयोग गर्न सकुन् । गुगल को यही 'ओपन कन्सेप्ट' का कारण नै उसले छोटो समयमै स्मार्टफोन बजारमा 'एन्डोइड' अपरेटिङ सिस्टम मार्फत आफ्नो महत्वपुर्ण उपस्थिति जनाएको छ ।

सर्चमा आफ्नो प्रभुत्व जमाएको गुगल ले,'स्मार्टफोन' बजारमा हात हालेका कारण एप्पल रुष्ट भएको हो भन्दा फरक नपर्ला । न्युयोर्क टाइम्स का अनुसार गत जनवरीमा भएको एक कन्फ्रेन्समा एप्पल का 'सिइओ' स्टिभ जब्स गुगल विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । जब्सले भनेका थिए, “हामीले उनीहरुको सर्च विजनेसमा हात हालेका थिएनौँ, तर उनीहरुले हाम्रो फोन विजनेसमा हात हालेकाछन् ! गुगल हाम्रो 'आइफोन'लाई मार्न चाहन्छ तर हामी कदापी त्यसो हुन दिँदैनौ ।” [“We did not enter the search business. They entered the phone business.Make no mistake: Google wants to kill the iPhone. We won’t let them.” ~ Steve Jobs]

एन्डोइड सिस्टम ले स्मार्टफोन बजारमा दह्रो उपस्थिति जनाउन थालेपछि केही पहिले स्टिभ जब्स ले गुगल प्रति लक्षित गर्दै अब आफू चुप लागेर नबस्ने बताएका थिए । त्यसपछि एप्पल ले 'एचटिसी' का विरुद्ध एप्पलको 'पेटन्ट' को दुरुपयोग गरेको भन्दै मुद्दा हालेको थियो । हुन त, गुगल का 'इरिक स्मिथ' ले पनि एप्पललाई भन्न बाँकी राखेका छैनन् । गत जनवरीमा 'वल्ड इकोनोमिक फोरम' मा आइप्याड महिना मै लाखौँ लाख विक्रि भएको सम्बन्धमा जिज्ञासा राख्दा ठट्टा गर्दै इरिक ले 'आइप्याड' लाई ठूलो फोन को संज्ञा दिएका थिए । [“You might want to tell me the difference between a large phone and a tablet.” ~ Eric Schmidt] यसरी दुई कम्पनीहरु विच को प्रतिस्पर्धा अहिले व्यवसायिक भन्दा पनि व्यक्तिगत जस्तो देखिन थालको छ । विगत मा सँग-सँगै रहेका र एक अर्कालाई सहयोग गर्दै आएका दुई कम्पनीहरु अहिले शितयुद्द र वाकयुद्ध मा उत्रिनुलाई राम्रो मान्न सकिँदैन ।

एप्पल आफ्नो आइफोनका 'सेवा र सुविधा', गुगल ले चोरेको आरोप लगाउँदैछ भने गुगल भन्छ,'एन्ड्रोइड' ओपन भएका कारण 'एन्ड्रोइड' का 'फिचर्स' र सेवा सुविधा का बारेमा धेरै पहिले देखि नै चर्चा हुँदै आएको छ र एन्ड्रोइड का केही 'प्रोटोटाइप'हरु 'आइफोन' भन्दा पहिले निस्किएका हुन् ।

गुगल को एन्ड्रोइड व्दारा सञ्चालित पहिले का फोनहरु मा 'मल्टिटच' थिएन । यही कुरालाई ध्यानमा राख्दै एप्पलका स्टिभ जब्सले पहिले नै, 'गुगल का एन्ड्रोइडमा यस्ता फिचर आयो भने, स्यु गरिने' बताएका थिए । तर गुगल ले कसैको कुरामा ध्यान नदिइ आफ्नो सेवा र सुविधालाई राम्रो बनाउन लागिरह्यो र अहिले सम्म आउँदा 'एन्ड्रोइड' ले ठूलो फड्को मारिसकेको छ र स्मार्टफोन बजारमा आफ्नो दह्रो उपस्थिति जनाइसकेको छ ।

गोपनियता को सवाल उठाउँदै 'गुगल भ्वाइस' एप्लिकेशनलाई आइफोन ले गत जुलाई मा ब्लक गरेपछि, जब्स र इरिक बिच को सम्बन्ध चिसिएको थियो फलस्वरुप एप्पल को 'बोर्ड' मा समेत रहेका गुगल का इरिक ले एप्पलबाट आफ्नो हात झिकेका थिए । कम्प्युटर का लागि 'क्रोम' अपरेटिङ सिस्टम र स्मार्टफोन का लागि एन्ड्रोइड अपरेटिङ सिस्टम बनाउने गुगललाई एप्पल ले आफ्नो शत्रुको रुपमा देखेको छ ।  'इरिक' ले एप्पलबाट हात झिक्दा जब्सले 'क्रोम' र 'एन्ड्रोइड' तर्फ लक्षित गर्दै भनेका थिए, "गुगल ले हाम्रो विजनेशमा हात हालिरहेकोछ" । अनि त्यसपछि झनै चर्किएको थियो, एप्पल र गुगल विच को युद्द !

एप्पल ले आइफोन र आइप्याड डिभाइसहरुमा विज्ञापन को लागि 'मोबाइल एडभर्टाइजिङ' कम्पनी 'एडमोब'लाई ६ सय मिलियन डलर मा किन्ने प्रस्ताव राख्यो तर त्यसको ४५ दिनपछि गुगल ले हामी पो, अनलाइन विज्ञापन का 'प्रो' हौँ भन्दै ७ सय ५० मिलियन डलर मा 'एडमोब' किन्यो । आफ्नो हातमा आइसकेको कम्पनीलाई गुगल ले बठ्याँइपुर्वक हत्याएपछि  स्टिभ जब्स क्रुद्ध भएका थिए । त्यसपछि एप्पल ले एडमोव को प्रतिस्पर्धि 'क्वाट्रो वायरलेस'लाई किन्यो तर त्यसै दिन गुगल ले आफ्नो फोन 'नेक्सस वान' बजार मा ल्याएका कारण, एप्पल को खबर ओझेलमा परेको थियो ।

विगतमा धेरै क्षेत्रमा साझेदारी गर्दै आएको गुगलले, एप्पल का ब्राउजर, आइफोन, आइप्याड एप्लिकेशन आदिमा गुगल सर्च र गुगल का अन्य सुविधाहरु राख्न को लागि एप्पललाई वर्षेनी लाखौँ डलर तिर्ने गरेको छ ।तर 'स्मार्ट फोन' लाई लिएर दुई कम्पनि विच तिक्तता उत्पन्न भएका कारण, कतै एप्पल ले गुगल को प्रतिस्पर्धि 'बिङ्ग' लाई आफ्नो 'डिभाइस' मा 'डिफल्ट' सर्च इन्जिन बनाउने त हैन भन्ने चिन्ता मा गुगल परेको छ ।एप्पल ले सहकार्यको लागि माइक्रोसफ्ट सँग सम्झौता गरेको हल्ला पनि चलेको छ । हुन त एप्पल ले 'बिङ्ग' लाई नै राखेपनि, 'गुगल' गर्ने मान्छेहरु 'बिङ्ग' गर्दैनन्  र गुगललाई खासै घाटा पर्ने पनि देखिँदैन । यी दुइ कम्पनीहरु बिच बढेको तिक्तता हटाउन मध्यस्थकर्ताहरु को आवश्यकता टड्कारो रुपमा देखिएको छ ।

सन्दर्भ सामाग्री तथा तस्विर : न्युयोर्क टाइम्स

Comments

  1.   गूगललाइ पछि पार्न धेरै नै गारो पर्ला | गूगल को सोच निक्कै नै फराकिलो छ र त्यहाँ काम गर्ने हरुको दिमाग निक्कै नै तेजिलो छ | हालसम्म देखिएको नतिजामा गूगल सोसियल Networking  बाहेक का अन्य क्षेत्रमा निक्कै अगाडी नै छ |

    ReplyDelete
  2.  के हेर ब्लग लेखेर बसि रा'त, गइदिनुस न unmin बनेर ;) !!! hehe

    ReplyDelete
  3. त्यही भएर त लेख्या नि, न कुनै ले यस्सो ब्लग हेरेर भिजा दिएर बोलाइहाल्थ्यो कि, unmin बन भनेर । :) 

    ReplyDelete
  4. प्रकाश समीरAugust 1, 2012 at 11:51 AM

    यो लडाईं र प्रतिस्पर्धाको फाईदा शायद हामी उपभोक्तालाई हुन्छ होला । प्रतिस्पर्धाले प्रबिधी र सेवामा गुणस्तर थपिए राम्रो हुने थियो। 
                             

     

    ReplyDelete
  5. apple bichara :)) pahila microsoft le choryo tesko idea ahile google le chordai chha :)) 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post