Skip to main content

रि-क्याप्चाको रोचक पक्ष [Use reCAPTCHA - Help Digitize Books]

क्याप्चा

“क्याप्चा”को बारेमा प्राय सबैले सुनेको हुनुपर्छ, धेरैपटक क्याप्चा “टाइप” पनि गर्नु भएकोहोला ! प्राय प्रयोगकर्तालाई क्याप्चा “टाइप” गर्न गाह्रो र झन्झटिलो लाग्छ । प्रयोगकर्तालाई झन्झटिलो लागेपनि सम्भावित ‘स्पाम’ प्रतिक्रिया, अपडेट आदिबाट बच्नको लागि साइट/ब्लगमा “क्याप्चा” प्रयोग गर्ने गरिन्छ । विकीपेडियाका अनुसार क्याप्चाले प्रयोगकर्ता मानव हो कि कम्प्युटर हो भनेर बताउँछ (A CAPTCHA is a program that can tell whether its user is a human or a computer) । क्याप्चामा लेखिएको अक्षर कम्प्युटर/रोबटले बुझ्न सक्दैन, क्याप्चामा लेखिएको अक्षर मानिसले मात्र पढ्नसक्छ !

RecaptchaLogo

रिक्याप्चा

“रिक्याप्चा” पनि क्याप्चा नै हो । क्याप्चाले जस्तै “रिक्याप्चा”ले पनि स्पामरहरुबाट साइटलाई जोगाउन सहयोग गर्छ । यसका अतिरिक्त “रिक्याप्चा”को माध्यमबाट इन्टरनेटमा साधारण तर ठूलो काम भइरहेको छ । सायद धेरैलाई थाहा नहुनसक्छ, रिक्याप्चाको माध्यमबाट हामीहरु विश्वका पुराना पत्रिका तथा कितावहरुलाई “डिजिटाइज” (डिजिटल बनाउनु) गरिरहेकाछौँ ।

रिक्याप्चाले साइटलाई “स्पाम”बाट जोगाउनुको साथै बर्षौँ पुराना किताब र पत्रिकाहरुलाई इन्टरनेटमा “डिजिटाइज” गर्न सहयोग गरिरहेकोछ । सन् २००९ मा गुगलले किनेको “रिक्याप्चा” सर्भिसले हाललाई विश्वको चर्चित अखबर न्युयोर्क टाइम्सका पुराना अंकहरु र गुगल बुक्सका किताबहरुलाई “डिजिटाइज” गरिरहेकोछ । रिक्याप्चाको रोचक पक्ष यो छ कि, विश्वभरी रहेका हामी प्रयोगकर्ताहरुले नजानिकनै वा भनौँ अन्जानमै न्युयोर्क टाइम्सको वर्षौँ पुराना अंकहरुलाई र गुगलबुक्सका कितावहरुलाई डिजिटाइज गरिरहेका छौँ ।

क्याप्चामा प्राय: एउटा शब्द राखिएको हुन्छ, कुनै साइटले आफ्नै क्याप्चा बनाउँछन् त कसैले अरुको क्याप्चा सर्भिस प्रयोग गर्छन् र यो पूर्णत साइटलाई “स्पामर”हरुबाट जोगाउनको लागि राखिन्छ ! तर रिक्याप्चामा भने दुईवटा शब्द हुन्छ, जसमा एउटा शब्द पुराना पुस्तकहरु र पत्रिकाहरुलाई ‘स्क्यान” गरेर लिइएको हुन्छ, जसको प्रमुख उद्देश्य हुन्छ साइटलाई स्पामरहरुबाट जोगाउनु अनि वर्षौँ पुराना किताबहरुलाई डिजिटाइज गरेर अनलाइनमा राख्नु । र एउटा शब्द चाँही क्याप्चाले आफ्नै “डाटावेस”बाट राख्नेगर्छ ।

reCAPTCHA helps digitize books

स्क्यान गरेका किताब र पत्रिकाहरुलाई “अप्टिकल क्यारेटक्टर रिकग्निसन” (Optical Character Recognition – OCR) प्रविधिमार्फत शब्दमा परिणत गरिन्छन् ! तर सबै शब्दहरु OCR प्रविधीबाट पढ्न सकिँदैनन् अनि कम्प्युटरले पढ्न नसक्ने शब्दहरु या भनौँ त्यो शब्द जसलाई OCR प्रविधीमार्फत पढ्न सकिँदैन, ती शब्दहरुलाई तस्विरको रुपमा क्याप्चामा राखिन्छ । ओसीआर (OCR) प्रविधीमार्फत पढ्न नसकिएका शब्दहरु कम्प्युटरले स्वत थाहा पाउने भएका कारण, ती पढ्न गाह्रो भएका शब्दहरु स्वत “रिक्याप्चा”मा राखिन्छन् । सायद याद गर्नुभएको होला, फेसबुक, ट्विटर, वर्डप्रेस वा अन्य साइट जहाँ “रिक्याप्चा”को प्रयोग भएकोछ त्यहाँ देखिने शब्दहरु प्रस्ट हुँदैनन्,  कहिलेकाँही रिक्याप्चा भर्नको लागि तपाईले सोचेरै टाइप गर्नुपर्ने अवस्था पनि आउँछ।

रिक्याप्चामा किताब तथा पत्रिकाबाट राखिएको शब्दहरु, प्रयोगकर्ताले ठिकसँग भरेका छन् कि छैनन् भन्ने काम चाँही रिक्याप्चामा भएको अर्को शब्दबाट छड्के चेकजाँच गर्ने गरिन्छ । मैले माथि नै भनिसकेँ रिक्याप्चामा दुईवटा शब्द हुन्छ, एउटा शब्द आफ्नै “डाटावेस”बाट राखिएको हुन्छ भने अर्को शब्द OCR प्रविधीमार्फत पढ्न नसकिएका शब्दहरु राखिएको हुन्छ । स्क्यान गरेर शब्दहरु राखिने कारण कहिलेकाँही रिक्याप्चामा चाइनिज/जापानिज शब्दहरु देखिन्छन् र हामी “रिक्याप्चा फेल” भनेर खुब हल्लाखल्ला गर्ने गर्छौँ ।

reCAPTCHAप्रयोगकर्ताहरुले रिक्याप्चामा भएका दुईवटै शब्द भर्नुपर्ने हुन्छ । कहिलेकाँही एउटा शब्दमात्रै ठिक लेखेपनि काम बन्ने गरेको देख्नुभएको होला, यसको मुलकारण भनेको रिक्याप्चालाई पहिले नै थाहा भएको शब्द हामीले सहीसँग टाइप गरेका हुन्छौँ, तर OCR बाट निकालिएको शब्दमा रहेको “अक्षर”बारे रिक्याप्चालाई ज्ञान हुँदैन । प्रयोगकर्ताले टाइप गरेको र रिक्याप्चालाई पहिले नै थाहा भएको शब्द मिलेपछि, रिक्याप्चाले अटोमेटिक रुपमा दोश्रो शब्द पनि सही रुपमा टाइप भएको होला भन्ने अनुमान गर्छ । तर धेरै प्रयोकर्ताहरुबाट आएको जवाफलाई मात्र रिक्याप्चाले सही मान्ने गर्छ, यसको अर्थ हुन्छ एउटै शब्दलाई धेरै प्रयोगकर्ताहरुले टाइप गर्ने गर्छन्, यदि सबै प्रयोगकर्ताहरुले रिक्याप्चाले दिएको शब्दमा अर्को शब्द पनि एउटै टाइप गरेका रहेछन् भने रिक्याप्चाले “शब्द” सही रहेछ भनेर निर्क्यौल गर्छ ।

(Here's how: Each new word that cannot be read correctly by OCR is given to a user in conjunction with another word for which the answer is already known. The user is then asked to read both words. If they solve the one for which the answer is known, the system assumes their answer is correct for the new one. The system then gives the new image to a number of other people to determine, with higher confidence, whether the original answer was correct. ~ Via Google Recaptha)

रिक्याप्चाले कसरी किताब र पत्रिकाहरुलाई डिजिटाइज गर्न सहयोग गरिरहेको छ, रिक्याप्चाले कसरी यो शब्द सही हो भनेर थाहा पाउँछ, भनेर मैल माथि लेखेका कुराहरु सायद बुझ्न अप्ठ्यारो लागिरहेको होला । तल हामीले टेडको एउटा भिडियो राखेका छौँ, यसबारे अधिक जानकारी राख्न चाहनुहुन्छ भने भिडियो हेर्नुहोस् !

Luis von Ahn: Massive-scale online collaboration










Further Reading:

reCAPTCHA: Stop Spam, Read Books

reCaptcha – Wikipedia

Anti-Spam Turing Test Is Really Global Human-Powered OCR System

Spam weapon helps preserve books

Comments

  1. interesting...तर हाम्रो श्रम शोषन पो भै रा रहेछ डिजीटाइज गर्न   

    ReplyDelete
  2. Wow!!! This is an amazingly new piece of information for me. However, wikipedia definitions should be improved as "A CAPTCHA is a program that TRIES TO tell whether its user is a human or a computer". Its good to know that reCaptcha is helping digitize the books. Thanks for this awesome piece of information. Loved it.

    ReplyDelete
  3. nice.. didn't know about it.. thanks for sharing.. :) 

    ReplyDelete
  4. Really amazing story of recaptca n the Duolingo. Thanx for sharing it Aakar. n one question, is Nepali wikipedia also being built with the same technique?

    ReplyDelete
  5. रमाइलो पो रहेछ 'रि-क्याप्चा' पछाडिका कथा !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

Subscribe to Aakar Post