Skip to main content

आईबिएम भन्दा पहिले नेपालमा माइक्रो कम्प्युटर

झट्ट सुन्दा पत्याउन गाह्रो पर्ने कुरा, र खासै चर्चा, परिचर्चा गरेको पनि सुनिँदैन । तर नेपाल पनि कम्प्युटर प्रविधि विषयमा धेरै पहिले देखि काम हुँदै आएको रहेछ । अमेरिकामा एप्पल, आइबिएम, माइक्रोसफ्ट आदि कम्पनीहरु आफ्नो पहिलो माइक्रो कम्प्युटर बनाउने प्रयास गरिरहँदा, नेपालमा पनि यस्तै प्रयास भइरहेको थियो । परिणामस्वरुप आइबिएम भन्दा २-३ वर्ष पहिले नै, नेपालमै माइक्रोचिप्स प्रयोग गरेर माइक्रो कम्प्युटर निर्माण भएको थियो । हिजो लोकस २०१२ मा नेपालमा पहिलो कम्प्युटर बनाउने व्यक्ति भनेर परिचित ईन्जिनियर मुनिबहादुर शाक्यको कुरा सुनिरहँदा, एकमनले रमाइलो र अर्को मनले नरमाइलो लाग्यो ।muni-bahadur-shakyaआइबिएम, एप्पल, माइक्रोसफ्ट लगायतका कम्पनीहरुकै हाराहारीमा तत्कालिन समयमा ईन्जिनयर मुनिबहादुर शाक्यले नेपालमै कम्प्युटर बनाउनु भएको थियो । रमाइलो र गौरव यसअर्थमा लाग्छ कि, त्यो समय देखि नै नेपालमा पनि कम्प्युटरको विकास भएको रहेछ, जुन समयमा भारतमा यही किसिमको काम भएको थिएन । तर नरमाइलो यस अर्थमा लाग्यो कि, आइबिएम, एप्पल जस्ता कम्पनीहरु कहाँ पुगे, तर हामी जहिँको तहिँ । हामी सँधै बुद्ध र सगरमाथा भन्दै नाक फुलाएर बसेका छौँ, यदि एप्पल वा आइबिएम जसरी शाक्यको कम्प्युटर विश्वभरि फैलिएको हुँदो हो त, हामी नेपाल र नेपाली भनेर संसारसामु चिनिने थियौँ होला, कसैले गौतमबुद्ध र सगरमाथा मेरो भन्ने साहस पनि गर्दैन थियो होला । नेपाल पश्चिमी मुलुक जत्तिकै सुविधा सम्पन्न पनि हुनेथियो होला । शाक्यको कुरा सुन्दै जाँदा यस्तै यस्तै कुराहरु मनमा खेल्दै रहे ।

हार्डवेयर निर्माणबाट प्रसिद्दि कमाएको आइबिएमले सन् १९८१ मा माइक्रोचिप्सयुक्त माइक्रोकम्प्युटर निर्माण गरेको थियो । तर त्यस भन्दा २-३ वर्ष पहिले नै मुनिबहादुर शाक्यले त्यस्ता कम्प्युटरहरु नेपालमै बनाउनु भएकोथियो । सन् ७०-८० को दशकमै विश्वमा कम्प्युटरको विकासक्रमले गति पाएकोथियो ! मुनिबहादुर शाक्यको कुरा यतिमै सिमित छैन, केही न केही नयाँ गर्न रुचाउनुहुने शाक्यले कम्प्युटरको लागि सन् १९८३ मा ‘देवनागिरी लिपी’को पनि निर्माण गर्नु भएकोथियो । 

शाक्यको रुचि रोबोटिक्समा पनि थियो, त्यसै समयमा उहाँले आफ्नो घरलाई यान्त्रिक बनाउनुभएको थियो । उहाँले आफ्नो आवाजबाट नियन्त्रण गर्न सकिने प्रविधि विकास गर्नुभएको थियो । पानी खोल्न, बत्ति बाल्न निभाउन, रेडियो बजाउन, बन्द गर्न छुनै नपर्ने, शाक्यले यी सबैकुरा आफ्नो आवाजबाटै गर्नुहुन्थ्यो । पानी भन्नेबित्तिकै पानी आउने, रेडियो भन्ने बित्तिकै रेडियो बज्ने । कुरा सुनिरहँदा कुनै एकादेशको कथा सुनिरहेजस्तो लाग्यो ।

muni-shakya-nepali-computer-scientistउहाँ ७० वर्ष टेक्दा पनि उत्तिकै फुर्तिलो हुनुहुन्छ भन्ने कुरा अहिले गरिरहेका कुराहरुले पनि पुष्टि गर्छ । उहाँले माइक्रोकम्प्युटर देखि, ग्रिन कम्प्युटर, सुपर कम्प्युटर, नेपाली रोबट्सहरु बनाउनु भएकोछ र अहिले ग्रिन कम्प्युटरलाई नै अघि सार्नुभएकोछ । २० वाट भन्दा कम पावर खपत गर्ने ग्रिन कम्प्युटरको निर्माण गर्नुभएका शाक्यले यही ग्रिन कम्प्युटर मार्फत देशको पश्चिमि भागमा टेलिमेडिसिन समेत सञ्चालन गरिरहनु भएकोछ ।

सन् १९४२ मा जन्मनु भएका शाक्यले सन् १९६५ मा भारतबाट रेडियो इलेक्ट्रोनिक्सको कोर्स गर्नुभएको थियो भने, १९७२ मा बेलायतबाट कम्प्युटर इन्जिनियरिङ गर्नुभएको थियो । शाक्यको कम्प्युटर पहिलोपटक नेपाल कृषि बैंकले प्रयोग गरेको थियो भने अन्य केही देशहरुमा पनि कम्प्युटर निर्यात गर्नुभएको थियो ।

(नोट: हिजो लोकस २०१२ मा नेपाली कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले भन्नु भएको कुरामा आधारित भएर यो ब्लग तयार पारिएको हो । उहाँले बनाएका कम्प्युटर र विकास गरेका प्रविधिहरुको फोटो भने कुनै दिन उहाँकै कार्याशालामा पुगेर खिचेर ल्याउनेछु । धन्यवाद ।)

Comments

  1. This is completely incredible. But never heard anything before. If he has really innovated such a technology, he must have come out in the public with his innovation. It's not too late yet, I can read that he is working on super Computer, green Computers and Nepali Robots. He needs to share his idea with young nepalese people those who are in this field and try to make it lage in the wold market. I am very much looking forward to read more articles and to see pictures of his innovation.
    Anil Bhai thanks for sharing it.

    ReplyDelete
  2. कतै फुर्ति गरेको जस्तो त लाग्दैन । सबैले थाहा पाएको कुरा फेरि गरेको भए, सायद भन्न मिल्थ्यो । थाहा नै नभएको कुरा अगाडि ल्याउनु फुर्ति गरेको भन्न अलि नमिल्ला । कम्प्युटर बनेको थियो भनेर हामी त अहिले गर्व नि गर्न सक्दैनौँ तर विश्वमा नयाँ क्रान्ति ल्याएको त कम्प्युटर ले नै हो । उहिले हार्डवेयरमा गरिएको कुरा बाहिर आउन सकेन । अहिले नेपालमा हार्डवेयर त होइन तर सफ्टवेयर चाँही वार्षिक रुपमा दर्जनौँ रुपमा बनिरहेकाछन् तर यहाँ पनि त्यस्तै कुरा दोहोरिएको जस्तो लाग्छ । अहिले आफूले गरेको काम नदेखाइ कसैले थाहा पाउँदैन, त्यस्तै आशय सहित मुनी शाक्यले गरेका कुराहरु ब्लगमा लेखिएको हो ।

    ReplyDelete
  3. wow, kuhirole chopeko kaag jastai, ko hi pani aayenan Gham ko ujyalo liyera Badal lai pansauna........................................

    ReplyDelete
  4. What do yo mean by "
    He built 'Devnagiri'"?

    ReplyDelete
  5. site pani 1970s tirai banako raichha :P

    ReplyDelete
  6. yo kura nepal khabar patrika ho ki himal khabar patrika ma pani paila charcha vaeko thyo!!!!

    ReplyDelete
  7. aakar jee le yo blog, ibm computer vanda paila nepal ma computer banisakeko vanera charcha garera furti gara..vanera lekheko haina jasto lagcha malai....

    ReplyDelete
  8. आइबिएम भन्दा पहिलेनै नेपालमा कम्प्युटर बनेको थियो भनेर के फुर्ती लाउनु ! यस्ता फुर्ती लाउने चिज कती छ कती नि यस्तो फुर्तीले भोकाएको पेट भरिने होईन क्यार !! काठमाण्डौ उपत्यकाका हरेक दरबार स्क्वायर कोलम्बसले अमेरिका पत्ता लाउनु भन्दा अघी बनिसकेका थिय नि !! गोर्खाली भने पछी हिट्लर नि डराउथे नि !! कुनै दिन जापानलाई नेपालले चामल अनुदान दिन्थ्यो नि !!

    ReplyDelete
  9. Yeah! It's hard to believe. btw, check out some comments here: http://goo.gl/7IjyM Also check his website
    http://www.hitechpioneer.com

    ReplyDelete
  10. Frankly speaking, I didn't believe this...
    "आईबिएम भन्दा पहिले नेपालमा माइक्रो कम्प्युटर" who gonna believe it...that was the time when there were no much computer in Nepal and when the computer price were so high which was difficult to afford for general nepalese people

    ReplyDelete
  11. May be, at that time, no one understood what computer means!

    ReplyDelete
  12. No Idea about this. But it's what he said.

    ReplyDelete
  13. Aakar, have the claims been verified?

    ReplyDelete
  14. Impressed... Mesmerized...yet wondering why he had been so much undercover..??

    ReplyDelete
  15. waiting for more on this one, with more facts!

    ReplyDelete
  16. यसरी सोचौ न!December 10, 2012 at 8:55 PM

    नेपालको धरातलिय यथार्थनै यो हो कि, यहाँ स्टिभ जब्सनै जन्मेकोथिए भने पनि केही गर्न सक्थ्येनन्। एक व्यक्तीले सपना देख्न सक्छ, त्यसलाई सही आर्थीक र प्राबिधीक र बौधिक सहयोग प्राप्त भएमात्र सपनाले साकार रुप लिनसक्छ जुन नेपालको प्रिष्ठभुमिमा असंभव छ। त्यसैले ईन्जिनियर मुनिबहादुर शाक्यको कुरालाई विश्वास नगर्नुपर्ने कुनै आधार भेट्दिन। मैले धेरै राम्रो योजना भएका नेपालीहरु भेटेको छु, कतीको योजना सफलप्राय: जस्तो लाग्छ यद्द्पी त्यसको लागि गर्ने खतरा मोल्न त एक व्यक्तीले सक्छ, न त हाम्रो सरकारनै त्यती सहयोगी छ। नेपाली भएकैले केही गर्न नसक्ने होईन, एक से एक जातका बिउहरु यहाँ पनि छन्, कुरो बातावरणको हो।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Embedded Comment Form in Blogger

Dear Blogger Friends, Today I'm going to share a new innovation in blogger. Actually I'm surfing some friends blog and I've seen, comment form in the same page. I'm really happy and shocked both at a time, about this features. So, I've gone through Google, I've found the solution and I'm going to share over here. Many of we users of Blogger are searching for such innovation from blogger group. Now we have. This is very easy to implement in your blog and is directly powered by blogger.Blogger have developed an inline (embedded) comment form which can be enabled through Blogger in Draft. This is probably the most requested feature for Blogger, and I'm sure many of you will want to use this straight away! Now we can place comment form in same page of blog as in wordpress blog. Now get started with it: May be you haven't use blogger in draft yet. So, as to enable this feature first of all go to Blogger In Draft because from Blogger you are unable to see...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Subscribe to Aakar Post