Skip to main content

गुगलको यात्रा


सेप्टेम्बर ४, १९९८ लाई गुगलको जन्मदिन मानिन्छ । अस्ति भर्खर मात्रै गुगल १२ वर्ष पुगेर १३ लागेको छ । सर्च इन्जिनबाट सुरु भएको गुगल को यात्रा एन्ड्रोइड फोन हुँदै गुगल प्लस सम्म आइपुगेको छ । गुगलले सर्च देखि मोबाइल र सामाजिक सञ्जाल को क्षेत्रमा प्रयोगकर्ताहरुको वाहवाही पाइरहेको छ ।

१३ वर्ष अघि गुगल सुरु भो, जुनबेला हाम्रो देशमा ‘नेपाल पर्यटन वर्ष १९९८’ (Visit Nepal 1998) को नारा लागेको थियो, र मलाई इन्टरनेट, कम्प्युटर को केही ज्ञान थिएन । हुन त ईन्टरनेट नै भर्खर भर्खर विकास हुँदै गइरहेको थियो । गुगल को जन्म हुँदा याहु (Yahoo!) र एओल (AOL) को वर्चश्व थियो ।

गुगलका संस्थापकद्वय ‘ल्यारी पेज’ र ‘सेर्गे ब्रिन’ को भेट स्टान्डफोर्डमा सन् १९९५ मा भएको थियो र उनीहरुले १९९६ को जनवरी मा “ब्याकरब” नामक सर्चइन्जिन सार्वजनिक गर्ने विचार गरेका थिए । तर पछि उनीहरुको त्यही “ब्याकरब” गुगल सर्च इन्जिन मा परिवर्तन भयो । गणितमा गुगल (Googol) को अर्थ हुन्छ १ पछाडी सय वटा शुन्य । आज गुगल (Google) करोडौँ इन्टरनेट प्रयोगकर्ताहरुको जिवनशैली बनिसकेको छ ।

१९९६-१९९७: ब्याकरब
संस्थापकद्वय पेज र ब्रिन ले सुरुमा ब्याकरब (BackRub) नामक सर्च इन्जिन सार्वजनिक गरेको भएपनि १९९७ को सेप्टेम्बर मा गुगलडटकम (Google.com) डोमेन लिएर आधिकारिक रुपमा गुगल को स्थापना गरेका थिए । गणितमा गुगल (Googol) को अर्थ १ पछाडी सय वटा शुन्य भएजस्तै गुगल ले अनगिन्ती कुराहरु समेटेको छ ।

१९९८: गुगल को पहिलो होमपेज
गुगलको आधिकारिक पेज नोभेम्बर १९९८ मा आएको थियो । गुगल ले लगानिकर्ताहरुबाट १ लाख अमेरिकी डलर को लगानि भित्र्याउन सफल भएको थियो ।
2.1_Google first homepage1998१९९९: अंकल साम होमपेज
गुगल ले आफ्नो पेजमा “अमेरिकी सरकारको दस्तावेज” हरु खोजी गर्नलाई “अंकल साम” लाई आफ्नो होमपेजमा अटाएको थियो । त्यसैवर्ष नै गुगल ले क्यालिफोर्नियमा आफ्नो कार्यालय खोलेको थियो। त्यसवर्ष पनि उनीहरुले २५ लाख अमेरिकी डलर को लगानी भित्र्याएका थिए ।
4_Uncle Sam homepage1999
२०००: याहू को सर्च गुगलबाट
गुगल ले सुरुवाती का दिनमा याहू सँग सर्चको लागि साझेदारी गरेको थियो । सन् २००० सम्म आइपुग्दा गुगल ले १ बिलियन युआरएल (1 Billion URL) समेटेको थियो, अत: गुगल विश्व को सबैभन्दा ठूलो सर्च इन्जिन बन्न पुग्यो । त्यसैवर्ष गुगल ले एडओर्ड (AdWord) कार्यक्रम पनि सुरु गर्यो ।

२००१: गुगल तस्विर खोजी
‘टेक्सट्’ (Text) अर्थात शब्दहरु मात्र सर्च गर्ने गुगल ले जुलाइ २००१ देखि तस्विरहरु (Google Image Search) पनि खोजी गर्न थाल्यो । २५० मिलियन तस्विरहरु गुगल ले ‘इन्डेक्स’ (Index) गरेर राखेको थियो । त्यसैवर्ष देखि गुगल समूह (Google Groups) पनि सुरु भएको थियो ।

२००२: गुगल ल्याव
सन् २००२ को सुरुवाती दिन मा गुगल ले “गुगल सर्च एप्लायन्स”, “हार्डवेयर” सार्वजनिक गर्यो । २००२ कै मे महिना मा गुगल ल्याव को स्थापना भयो ।
google-search-appliance-2002
२००३: गुगल एडसेन्स र ब्लगर
सन् २००३ मा गुगल ले ‘एडसेन्स’ सार्वजनिक गर्यो । यसका अतिरिक्त गुगल ले ‘प्यारा ल्याब्स’ को ब्लगर पनि किन्यो।

२००४: जिमेल
सन् २००४ को अप्रिल १ मा गुगल ले आफ्नो ईमेल सेवा ‘जिमेल’ सार्वजनिक गरेको थियो । यसैवर्ष देखि गुगल ले सामाजिक सञ्जाल अर्कुट पनि सञ्चालनमा ल्याएको हो।
gmail
२००५: गुगल म्याप
गुगल ले सन् २००५ को फेव्रुअरी बाट गुगल म्याम सञ्चालन मा ल्याएको हो । आइफोनको लागि भने सन् २००७ मा सार्वजनिक गरिएको थियो । यसैवर्ष कोड गुगल (code.google.com) पनि सञ्चालन मा आएको हो । जुन महिनामा गुगल अर्थ सार्वजनिक गरेको गुगल ले अक्टोबरमा गुगल रिडर सार्वजनिक गरेको थियो । वर्ष को अन्त्यतिर गुगल ले ‘गुगल एनालाइटिक्स’ सञ्चालनमा ल्याएको हो ।

२००६: युट्वुब
अक्टोवर २००६ मा गुगल ले १.६५ बिलियन डलरमा युट्युव खरिद गरेको थियो । यसैवर्ष गुगल ले ‘गुगल ट्रेन्ड’ (Google Trends) पनि सञ्चालनमा ल्याएको थियो । अनलाईन खरिदका लागि गुगल ले “गुगल चेकआउट” को आरम्भ गरेको थियो ।

२००७: एन्ड्रोइड
सन् २००७ मा गुगल ले मोबाइलको क्षेत्रमा ‘एन्ड्रोइड’ मार्फत हात हालेको थियो ।
13_Android2007
२००८: गुगल क्रोम
२००८ को सेम्टेम्बरमा गुगल ले आफ्नो ब्राउजर गुगल क्रोम सार्वजनिक गरेको थियो । त्यही वर्ष नै टि-मोबाइल ले ‘एन्ड्रोइड’ सिस्टममा मोबाइल बनाउने घोषणा गरेको थियो ।

२००९: गुगल वेभ
गुगल वेभ आयो र गयो । सुरुमा केही चर्चा भएपनि, रियल टाइम मा चल्ने यो गुगल वेभ कसैले बुझ्न सकेनन् । गुगल वेभ सन् २००९ मा सार्वजनिक गरिएको थियो ।
google-wave

२०१०: गुगल बज
गुगल वेभ जस्तै, गुगल बज पनि आयो र गयो । गुगल बज ले कुनै चमत्कार गर्न सकेन । यसै वर्ष गुगल ले ‘एप्स मार्केटप्लेस’ पनि सार्वजनिक गरेको थियो, जहाँबाट ‘डेभ्लपरहरु’ ले आफ्ना एप्सहरु बेच्न सक्छन् । सोनी, इन्टेल र लजिटेक को सहकार्यमा गुगल टिभी बजारमा भित्रिएको थियो ।

२०११: गुगल प्लस
गुगल को सामाजिक हुने प्रयास स्वरुप आएको गुगल वेभ र गुगल बज ले खासै कमाल गर्न नसकेपनि, यसै वर्ष को जुन मा गुगल ले सार्वजनिक गरेको गुगल प्लस ले भने अनलाइनमा तहल्का मच्चाइरहेको छ ।

नोट: यो ब्लग मासावेलबाट साभार गरिएको हो!

Comments

  1. छोटोमा गगलको 'पूर्ण जानकारी !

    ReplyDelete
  2. Padhera ekdamai ramailo lagyo. Gooogle ko history thanks for postings tthis

    ReplyDelete
  3. Mero Pani Happy birth day to GOOGLEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEE

    ReplyDelete
  4. hapy birhday my best frn........for knowledge,search,entetinmaint,,,,,,,.........

    ReplyDelete
  5. do you know google went to EXCITE.com and offer them their search engine.

    ReplyDelete
  6. google le 12 barsa ko umer ma katti pragati garya ta.... aafu 25 barsako lathe bhara ni kei garna sakiyena... :D

    nepali unicode

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

Subscribe to Aakar Post