'ओइ आज कम्पनिबाट मलाइ फोन आयो यार, भ्याकेन्सी छ, आउने हो? भन्दै थियो' मैले खुशी हूँदै भने। 'ल बधाई छ ब्रो, पार्टी खान पाइने भो' सबैले बधाई दिए। 'यार तर एउटा प्रब्लम आइपर्यो, पासपोर्टमा प्रोफेसन चेन्ज गर्नुपर्छ रे, कृषि प्रोफेसन भएकालाइ कम्पनिबाट भिसा निकाल्न मिल्दैन, चेन्ज गरेर पासपोर्ट पठा’भन्दैछ' 'ह्या टेन्सन नली, १ दिनैं चेन्ज हुन्छ परराष्ट्रमा, अलि अस्ति किस्न दाइले चेन्ज गरेर आका हुन' ---------- अँध्यारो भैसकेको थियो, राती नै काठमाडौँ हान्निउ कि जस्तो भको थियो, सुपर एक्साइटेड थिएँ म। हुन पनि म निकै फ्रस्टेड भैसकेको थिएँ, केहि महिना अघि अप्रत्यासित रुपमा घर फर्केको थिएँ। घर आउने खासै योजना नहूँदा नहूँदै कम्पनिले आकस्मिक निर्णय गरेर घर पठाएको थियो। त्यसैले मलाई केहि खल्लो लागि रहेको थियो, म’मा घर फिर्तीको जुन उमङ्ग हुनुपर्ने हो त्यो थिएन। कम्पनिले जनवरीमा कन्ट्रयाक्ट पायो भने बोलाऊँछ भन्ने गाइगुईं सुनेर झिनो आशा त थियो, तर भर लागेको थिएन। शुरुका लाहुरे दिन कलेज पढ्दा ताकाका दशैं छुट्टीका दिन जस्ता थिए, बिहान अबेरसम्म कुम्भकर्णको झैँ सुत्य...