Skip to main content

गोडा तीन मिनेटे कुरा [STORY]

मेरो सबैभन्दा प्यारो थियो उ। जहाँसुकै जाँदा होस्,जेसुकै गर्दा होस् हामी प्राय सँगै हुन्थ्यौं। जब म थकित हुन्थें, उ मेरो साहारा बन्थ्यो। मेरो सुख दु:खको एकमात्र साथी थियो उ। त्योबेला मा उसको प्रशंसा गरेरै थाक्दिनथें, उसले दिने खुशीको बर्णन गर्न सक्दिनथें। उ बीनाको मेरो जिबन अकल्पनिय थियो। मेरो परिवार, साथीसँगी मेरो उप्रतिको लगाव देखेर चिडिन्थे। हेर्दाखेरी उ अरुको भन्दा राम्रो थियो, मोर्डन खालको थियो, त्यसैले मलाई लाग्थ्यो सबैजना मेरो डाह गर्दथे।

बिस्तारै समय बदलिँदै गयो, हामी ठुला भयौँ, अनि समय सँगै हामी परीवर्तित् हुँदै गयौँ। मलाई उसले सोच्दो हो, यो स्वार्थी भई, मलाई बिर्सिइ। तर म के गरौँ? उसलाई जे चाहिन्छ, त्यो म उसलाई दिन सक्दिन, मेरो चाहना उसले पुरा गर्न सक्दैन। त्यसमाथि मेरो जिबनमा उसका धेरै बिकल्प आइसके। अब उ मेरो जरुरतबाट रहरमा बदलिएको छ। कुनै दिन म उ बीनाको जिन्दगी कल्पना गर्न सक्दिनथें, आज म आँफै उसको साथ चाहँदिन। अतितको मेरो सबै भन्दा प्रिय उ, अहिले कहाँ छ, कुनै अड्कल् समेत छैन मलाई। मेरा सँगीहरुको सामुन्ने उसले एकपटक मेरो बेइज्जत गराएको थियो।

शायद १० बर्ष अघि हो, तीजको बेला थियो, हामी नाच्दै थियौँ, एक्कासी घ्यार् घ्यार् गर्दै बज्न छोडेको थियो उ। बनाएको भए बन्थ्यो होला, मैले बनाउन चाहिन। त्यसपछी हामी बिच पहिलेको जस्तो सम्बन्ध रहेन। मेरो रिसको झोँकमा उ २-३ पटक भुइँमा बजारियो पनि। टेबलमाथि रुमालले ढाकिएर शानसँग बिराजमान हुने उ यानिकी मेरो क्यासेट सो घटना पछी त्यही टेबल मुनी मिल्कियो। अन्तिम पटक उसलाई ३ बर्ष अघि सिरानको तलाको मुधुसभीत्र देखेकी थिएँ। ममा ऊप्रतिको लगाब हट्दै जानुमा अर्को कारण पनि थियो, त्यसै सालको दशैमा मामाले सिडि वाला वाक्मेन ल्याइदिन्छु भनेर भन्नु भएको थियो।

मेरा कलिला तरुनी सपनामा रङीचङी वाक्मेन देखिन थाले, अनि त त्यो थोत्रो क्यासेटलाई त हेर्न मन नि लागेन। हेर्दा हेर्दै यसरी मेरो क्यासेटसँग सम्बन्ध बिच्छेद भयो। आजकल त बजारतीर पनि त्यति क्यासेट देख्दिन, अडियो क्यासेट पाईन्छ कि पाइँदैन अचेल कुन्नी? शायद मेरै जसरी धेरैको सम्बन्ध बिच्छेद भयो होला क्यासेटसँग। आजकल कहिलेकाहीं पुराना गीत सुनें भने एस्एलसि दिँदा ताका मेरो प्यारो क्यासेटमा तिनै गीत सुन्दै पढेको झल्झली याद आऊँछ। अचम्म लाग्दो तरङ हुन्छ ति सम्झनामा। अनि एकमनले भन्छ, आज हामी जोसुकैको जतिसुकै प्यारा भए पनि कुनै दिन भविश्यमा तिनै क्यासेट जसरी बिस्थापित हुनेछौँ।

समय परिवर्तन हुँदै जान्छ, समयसँगै सबै कुरा बदलिँदै जान्छन। संसार नै यसरी चलेको छ।

-निशांक N®B

तस्विर:  acclaimclipart

Comments

  1. Well, expressed..:)

    ReplyDelete
  2. wow this story is so close to mine......i too had attachment with my cassette player but slowly we both parted away....

    ReplyDelete
  3. k garnu sathi, katha bhaye pani sabai ko life sanga milna milna khojcha yo kahani...

    nepali unicode

    ReplyDelete
  4. सारै राम्रो लाग्यो, पढिरहदाँ मैले यसलाई कुनै क्यासेट पात्रको रुपमा नलिई तरुनी केटीलाई लिएर पुरा गरेको हुन्छु । मजा आयो, पढियो, राम्रो बिश्लेषण । लेखकलाई धन्यबाद ।

    ReplyDelete
  5. Wow really nice story. I enjoyed it while reading. And it has some reality tooo....these days people are not much attached to such cassette and radios..........

    ReplyDelete
  6. Interesting,I remember my yung age.

    ReplyDelete
  7. वा वा वा वा धेरै नै राम्रो लग्यो कथा अनि यो कथा को लेखक निशंका दै होइन त ajai नया नया प्रस्तुति हरु पस्किदै जानु होला आउने दिन हरु को कामना ...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post